‘बाईबाई ऐकिक नियम’ एउटा दुर्भाग्यपूर्ण निर्णय

विद्यालय गणितमा ऐकिक नियमले धेरै पहिलादेखि वर्चस्व जमाएको हो । पहिले, नेपाली भाषाका गणित किताब नहुँदा चक्रवर्तीको अङ्कगणित पढाइने गरिन्थ्यो । त्यसमा रहेको ऐकिक नियम कक्षा ६ देखि १० सम्म नै पढाइन्थ्यो । मैले पनि करीब ३८ वर्षदेखि ऐकिक नियम प्राथमिकताका साथ पढाउँदै आएको छु । गणितको पठनपाठनमा यसको अनिवार्यताको एउटा प्रत्यक्ष कारण के हो, भने यो भएन भने साधारण ब्याजको सूत्र  स्थापित गर्न सकिंदैन । त्यस्तै ऐकिक नियमको पूर्वाधार भएन भने कक्षा १२ को वाणिज्य अङ्कगणित पढ्न–पढाउन गाह्रै पर्छ ।

तर, एक दिन, पाठ्यक्रमसँग निकटको सम्बन्ध राख्ने एकजना गणित शिक्षकले मलाई भने, ‘सर हामीले पाठ्यक्रम (विशेषतः कक्षा ९ को गणित) बाट ऐकिक नियम हटायौं नि !’ मैले सोधें, ‘किन ?’ उनले थपे, ‘त्यति मात्र होइन; हामी त कक्षा १० को गणितबाट समय र काम पनि हटाउँदैछौं ।’ म अचम्ममा परें । छिमेकी भारतको सी.बी.एस.सी. तथा एन.सी.ई.आर.टी. जस्ता बोर्डहरूको पाठ्यक्रममा समय र काम सम्बन्धी समस्याको प्राक्टिकल नै गर्नुपर्छ । सी.बी.एस.ई.ले त त्यसको प्राक्टिकल मोडल समेत तयार पारेको छ । त्यसैले, मैले पुनः प्रश्न गरें, ‘महोदय, तपाईंले यस्तो दुस्साहस किन गर्नुभयो त ?’ जवाफ पाएँ, ‘यो विद्यार्थीलाई कठिन भयो ।’

तर, अंकगणितको ऐकिक नियम कसरी कठिन भयो ? यसलाई कठिन कसले बनाए ? प्रकृतिबाट नै कठिन भयो ? चुरो कुरा के हो ? ती मित्रले अलि कड्किएर जवाफ फर्काए, ‘कठिन भयो, त्यसैले हटायौं ।’ मैले पुनः प्रश्न उठाएँ, ‘सजिलो के छ त ? प्ले ग्रुप÷नर्सरीमा कपुरी ‘क’ पढाउन गाह्रो भयो भने त्यसलाई पनि हटाउने ? यो त तर्कसंगत भएन नि !’ तर मित्रले जवाफ फर्काएनन् ।

२०५० सालमा पाठ्यक्रम परिमार्जनको काम गर्दा हाम्रो पाठ्यक्रम ‘सार्क’ स्तरीय हुनैपर्छ भन्ने मान्यतामा सर्वसम्मति थियो । तर, त्यतिवेलाको पाठ्यक्रम लागू भएको करीब २० वर्षपछि ‘सार्र्क’ का सबै देशमा भएको ऐकिक नियमलाई हटाएर हामीले गणितमा के चमत्कार गर्न खोजेका हौं, बुझन सकिएको छैन ।

कुनै कुरा लागू गर्दा १० पटक सोचियो भने त्यो हटाउँदा २० पटक सोच्नुपर्ने हुन्छ । यहाँ प्रश्न उठ्छ के ‘ऐकिक नियम’ बालमैत्री बनाउन सकिन्नँ ? के यो मनोरञ्जनात्मक हुन सक्दैन ? के यो सहभागितामूलक हुन सक्दैन ? के एकाध विशेषज्ञले भन्दैमा कुनै कुरा सजिलो वा अप्ठ्यारो हुन सक्छ ? विशेषज्ञको परिभाषा र पुष्टि जे भए पनि गणित शिक्षकको हैसियतमा भन्नुपर्दा ‘ऐकिक नियम’ लाई कक्षा ९ बाट बाई–बाई गरिनु दुर्भाग्यपूर्ण छ । यो हचुवा र विवेकहीन निर्णय हो ।

के ‘ऐकिक नियम’ लाई सजिलो पार्न सकिंदैन ? सकिन्छ भने त्यो प्रयास हुनुपथ्र्यो । सकिंदैन भने यसलाई बहसको विषय बनाउनुपथ्र्यो । कुन गणित विज्ञको बहसले ‘ऐकिक नियम’ सरल पार्न सकिन्न भन्यो ? त्यसको कुनै लेखाजोखा छ ? छैन भने दुई चारजना गणित विज्ञहरूको निर्णयले ‘ऐकिक नियम’ लाई बाईबाई भन्न मिल्छ ? हुन त हाम्रो मुलुकमा गणितीय अदालतको व्यवस्था छैन । गणित विज्ञहरूका केही संघसंस्था नभएका होइनन् । यहाँ गणित शिक्षा परिषद् छ । यहाँ नेपाल गणित केन्द्र छ । यहाँ नेपाल गणितीय समाज छ । के भनिरहेका छन् यी परिषद्, समाज र केन्द्रहरू ‘बाईबाई ऐकिक नियम’ को बारेमा ?

के हो त ऐकिक नियम ?
ऐकिक नियम अर्थात् एकको नियम । एक थाहा भएपछि संसार थाहा हुन्छ । एउटा स्याउको मूल्य जानेपछि पाँच वटा स्याउको मूल्य जान्न सकिने, ५० वटाको मूल्य जान्न सकिने; ५०० वा १००० वा जति चाह्यो त्यतिको मूल्य जान्न सकिने । यो सब गुणनको खेल हो । अर्को तरिकाले हेर्दा; जति धेरै वस्तुको मूल्य दिए पनि एकको मूल्य निकाल्न मिल्ने । जस्तै १० वटा सुन्तलाको मूल्य रु.५० भए एउटाको मूल्य रु.५ अनि ५०० वटाको मूल्य रु.२५०० भए एउटाको मूल्य रु.५ निकाल्न सकिने । यो भागको चमत्कार हो, तर गाँसिन पुग्यो ऐकिक नियमसँग । के यो गणितको चामत्कारिक आविष्कार होइन ?

यथार्थमा ऐकिक नियम आफैंमा गाह्रो होइन, यसलाई गाह्रो

 

commercial commercial commercial commercial