अन्तर्चक्षु खुलाउने साथी

शिक्षक मासिक १००औं अंकमा प्रवेश गरेकोमा हार्दिक बधाइ तथा शुभकामना !

शिक्षक मासिकका ९९ ओटा अंकहरूमध्ये ४२ ओटा अंकको रसस्वादन गरिएछ । प्रत्येक अंकका खास विषयवस्तुले पाठकको मन तान्दोरहेछ र त्यसको निचोडले पाठकलाई आफ्नो शैक्षिक÷शैक्षणिक पेशा उत्तम बनाउन मद्दत गर्दोरहेछ । सशक्त हेडमास्टर कसरी बन्ने (अंक ११), विद्यार्थीका आँखामा राम्रा शिक्षक (अंक १३), निरन्तर मूल्यांकन प्रणाली (अंक ४५), स्कूलिङ र एजुकेसनको बहस (अंक ६९, ७०, ७१), कथा सुनाउने कला (अंक ७५), गिजुभाईको स्कूल ः जहाँ बच्चा रमाउन आउँछन् (अंक ७६), नानीहरूलाई ‘तँ’ होइन ‘तपाईं’ (अंक ७८), सिकाइ उपलब्धि कसरी सुधार्ने (अंक ८८), लेखन कला सिक्न–सिकाउन सकिन्छ (अंक ९०), एक प्राथमिक शिक्षकको डायरी (अंक ९६, ९७, ९८, ९९) आदि मन लोभ्याउने प्रतिनिधिमूलक रचनाका दृष्टान्त हुन् ।

शिक्षक मा छापिने प्रत्येक अनूदित लेखहरू प्रेरणादायक र उपयोगी हुन्छन् । नेपालको प्राकृतिक भूगोल बुझने डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल–अध्ययन’ मा रम्नुपर्छ । अनन्तकुमार पौड्यालले शिक्षकहरूलाई ताजा ताजा सहयोगी सामग्री पस्किंदै आउनुभएको छ । सम्पादकीय लेख विषय–सन्दर्भ, ‘हेराइ र बुझइ’ ले शैक्षिक पाठकहरूलाई झ्क्झ्क्याएकै हुन्छ । यस्तो लाग्छ– शिक्षक मा आफ्नो लेख–रचना पठाउनुभन्दा अरूका लेख–रचना पढ्नु नै मज्जा ! शिक्षकमा कुनै सामग्री हेर्दा आकारमा साना छन् तर पाठकको नसा–नसामा रगत तताउने सामथ्र्य राख्दछन्, पाठकको मनोबल उकास्न र विचार परिवर्तन गर्न यथेष्ट तागत बोकेका हुन्छन् ।  ‘आलोपालो’ स्तम्भ त्यसको एउटा उदाहरण हो । मेरो निष्कर्ष – मेरो लागि शिक्षक मासिक सर्वोत्तम छ ।

मेरो अनुभवमा सामुदायिक विद्यालयका शिक्षकहरूमा पठन संस्कृति अत्यन्त न्यून छ, जसको असर विद्यार्थीको सिकाइ उपलब्धिमा पनि परेको छ । शिक्षक मासिक २०६४ माघमा प्रकाशन शुरू भएदेखि हालसम्म मैले तीन ओटा विद्यालयमा काम गरें । प्रत्येक विद्यालयमा शिक्षकहरूको संख्या कम्तीमा दुई दर्जन भए पनि एक–दुई शिक्षकहरू मात्र शिक्षक को वार्षिक वा नियमित ग्राहक बनेको जानकारी छ । मलाई लाग्छ, प्रत्येक शिक्षक यो पत्रिकाको वार्षिक ग्राहक बन्नुपर्छ, घरमा लगेर पढ्नुपर्छ, ज्ञानको क्षेत्रलाई विस्तार गर्नुपर्छ किनकि विद्यालयमा गहन अध्ययन गर्ने समय हुँदैन, बालबालिकाका लागि समय दिनुपर्छ । हरेक शिक्षकले शिक्षण पेशालाई व्यावसायिक र पेशागत बनाउने हो भने पठन संस्कृति, अध्ययन–अनुसन्धान संस्कृति स्थापित गर्नै पर्छ । कक्षाकोठामा शिक्षण–सिकाइ गराउने सिलसिलामा आइपरेका कठिनाइ वा समस्याहरू समाधान गर्न विभिन्न सन्दर्भ सामग्री अध्ययन गर्नुपर्छ, इन्टरनेट सर्च गर्नुपर्छ या यसै पत्रिकामा जिज्ञासा पठाउन पनि सकिन्छ ।    

"Even the best can be improved." भन्ने कथन झ्ैं शिक्षक मासिक सर्वोत्तम छ, अझ् यसलाई राम्रो, लोकप्रिय र प्रशंसनीय बनाउन निम्न लिखित थप कदमहरू चाल्न सकिने मेरो सुझव छ ः
–    पाठक सर्वेक्षण गरी पाठक संख्या, पाठकको पठन व्यवहार आदि पक्षहरू पत्ता लगाउनुपर्छ । सम्पादक मण्डल स्थलगत भ्रमणमार्फत ग्राहकहरूसमक्ष पुग्नुपर्छ ।
–    शिक्षकहरू राम्रो लेख्नुहुन्छ, लेख्न सक्षम पनि हुनुहुन्छ तर लेख्न जाँगर चलाउनुहुन्न, दुनियाँ संघ–संस्थाहरूमा हात हाल्नुहुन्छ जसले गर्दा आफ्नो मुख्य शिक्षण पेशा ओझ्ेलमा परेको छ । अतः शिक्षक मासिकले शिक्षकहरूलाई लेख्न उक्साउने, पढ्न हौस्याउने कदम चाल्नुपर्छ । शिक्षकहरूबीच बालकथा÷लघुकथा, कविता, निबन्ध, चित्रकला, प्रतिवेदन लेखन, प्रश्न निर्माण प्रतियोगिताहरूको सञ्चालन शिक्षक जागरणको उपयुक्त विकल्प हुन सक्छ ।
–    विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघको आवाज पनि लेख रचनामार्फत समावेश गर्नुपर्छ किनकि परिवर्तनकारी, सकारात्मक सोच भएका विद्वत् पदाधिकारीहरू पनि त्यस्ता समितिहरूमा संलग्न रहेका छन् ।
–    शिक्षक मासिक अब शिक्षकहरूकै मित्र बनिसकेको हुँदा शिक्षकहरूप्रति समर्पित बनोस् । अतः यस पत्रिकाले शिक्षकहरूका विविध समस्या समाधान गर्ने प्रयास गर्नै पर्छ । संस्थागत विद्यालयहरूसँग प्रतिस्पर्धा गर्ने वा आधारभूत तहमा विद्यार्थी संख्या वृद्धि गर्ने सन्दर्भमा कतिपय सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पठनपाठन शुरू गरेका छन् । तर सो माध्यम माथिल्ला कक्षाहरूमा पुग्दा ती विद्यालयहरू भीरको चिण्डो जस्तो न उँधो न उँभोको स्थितिमा फसेका छन् । खासगरी पुराना शिक्षकहरूलाई अंगे्रजी माध्यममा कक्षा सञ्चालन गर्न समस्या सिर्जना भएको छ । यस प्रकृतिको समस्या हल गर्न कुनै विद्यालयले राम्रा अभ्यासहरू गरेको भए पत्रिकामार्फत आओस् ।
–    शिक्षा मूल विषय लिएर कक्षा ११ देखि उच्च शिक्षासम्मका विद्यार्थीहरूलाई काम लाग्ने खुराकहरू पत्रिकामा समावेश गर्नु जरूरी छ, जुन शिक्षक र विद्यार्थीका लागि सन्दर्भ सामग्री बनोस्, जस्तै; अनौपचारिक शिक्षामा पाउलो फ्रेरेको योगदान, अनुसन्धान पद्धतिमा तथ्याङ्क संकलन गर्ने विधिहरू ।
–    शिक्षा विभागले वर्षेनि ‘शैक्षिक सूचना’ नामक पुस्तकमार्फत देशभरिको शैक्षिक तथ्याङ्क प्रकाशित गर्छ । तर सो पुस्तक र इन्टरनेटमा सबै शिक्षकहरूको पहुँच हुँदैन । तसर्थ शिक्षक मार्फत त्यस्ता शैक्षिक तथ्याङ्कहरू प्रकाशित गर्ने व्यवस्था भइदिए शिक्षाका सरोकारवालाहरू लाभान्वित हुनेथिए ।

(प्रधानाध्यापक, श्री आदर्श विद्या मन्दिर उच्च मावि, घैलाडुब्बा, झपा)

commercial commercial commercial commercial