‘ड्रप आउट’ का दर्जन कारण
श्रीधान्याचल महायज्ञ मावि, रामनगर–२, बडेरा, नवलपरासीको कक्षा ९ मा पढ्ने सन्तोष बिक तिहारपछि विद्यालय नआएको तीन दिन भइसकेछ । उनकी आमालाई फोन गर्दा स्वीचअफ भन्ने प्रतिक्रिया आयो । छिमेकी विद्यार्थीलाई सोध्दा ‘घरमै थियो’ भन्ने जानकारी आयो । शिक्षक साथी ठानेश्वर ढकाल र म उनको घरमा पुगी सन्तोषकी आमालाई उनको बारेमा सोध्दा ईंट्टा भट्टाको ट्र्याक्टरमा गयो भन्ने जवाफ आयो । आमाले सन्तोष स्कूल जाओस् नै भन्ने खासै चाहना देखाउनु भएन ।
कक्षा १० को ल्याकत परीक्षामा कमला चौधरी अनुपस्थित भइन् । तुरुन्तै उनको घरमा पुग्दा बाबाले अब तयारी कक्षाको लागि पैसा खर्च गर्न नसक्ने कारण देखाएर विद्यालय नपठाएको पाइयो । निःशुल्क तयारी कक्षा दिने भनी दुई दिन ल्याइयो परीक्षामा । फेरि उनको बुवाले ‘मलाई नसोधी किन विद्यालय गएको÷लगेको’ भनी रोक्नुभएछ । उहाँलाई भेट्न प्रयास गर्दा सधैं ‘खेतमा जानुभएको’ जवाफ आयो । भेट्नै सकेनौं, उहाँले चाहनु भएन । उहाँको चार बिघा खेत रहेछ ।
त्यो वर्ष दुई जना विद्यार्थीले यसरी बीचैमा पढाइ छोड्दा, धान्याचल मावि नवलपरासीले ८७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराई सामुदायिक विद्यालयतर्फ जिल्लामै दोस्रो स्थान हासिल ग¥यो । तर उत्तीर्ण विद्यार्थी संख्या न्यूनतम ५० जना भए मात्रै पुरस्कार पाउने सरकारी नीति रहेको र ४८ जना विद्यार्थी मात्र सहभागी भएकोले पुरस्कार पाउनबाट भने विद्यालय वञ्चित भयो ।
मनमा कुरा सल्बलाउन थाले । आखिर किन यसरी विद्यार्थीले विद्यालय बीचैमा छाड्छन् त ? अनि यी कारणहरू पत्ता लगाएँ ः
पढाइ छोड्नका कारण
शिक्षकका कारणः
– विद्यार्थीको वास्तविक समस्या पहिचान गर्न नसक्दा ।
– बाल मनोविज्ञानको ज्ञान र कार्यान्वयन नहुँदा ।
– प्रोत्साहनको कमी ।
– बालमैत्री वातावरणको अभाव ।
– विद्यार्थीको स्तर अनुसार शिक्षण क्रियाकलापको कमी ।
– अतिरिक्त क्रियाकलापको बेवास्ता ।
– शैक्षिक सामग्रीको अभाव तथा उपयोग नहुनु ।
– शिक्षकले अभिभावकको भूमिका निर्वाह गर्न नसक्नु ।
– शिक्षाको व्यावहारिक ज्ञान र उपयोगिताबारे बुझउन नसक्नु ।
– विद्यार्थीको पारिवारिक, आर्थिक, शारीरिक र सांस्कृतिक अवस्थाको पर्याप्त ज्ञान नहुनु ।
– विद्यार्थीको चाहनाको कदर नगर्नु ।
– कडा शारीरिक तथा मानसिक सजाय ।
अभिभावकका कारणः
– बालबालिकाको भविष्यप्रति कम चासो ।
– शिक्षकसँगको सुमधुर सम्बन्धको अभाव ।
– शिक्षकका कमि–कमजोरीको टीकाटिप्पणी बालबालिकासँग गर्नु ।
– आवश्यक शैक्षिक सामग्रीको व्यवस्था नगर्नु, गर्न नसक्नु ।
– शिक्षाको भूमिका बारे चेतनाको कमी ।
– बालबालिकाको मनोभावनाको अनादर ।
– विवाह गरिदिन हतार ।
– बेरोजगारी र गरीबी ।
– बालबालिकाको परिवर्तित व्यवहारबारे अनभिज्ञता ।
– सामाजिकीकरणको कमी ।
– बच्चालाई भन्दा पैसालाई महŒव ।
– दम्पतीबीच नराम्रो सम्बन्ध तथा सम्बन्धविच्छेद ।
– बढी पुल्पुल्याउनु ।
विद्यार्थीका कारण
– शिक्षाको महŒव बुझन नसक्नु ।
– अनावश्यक सुविधा र स्वतन्त्रताको चाहना ।
– गलत संगत ।
– अभिभावक तथा शिक्षकको मायाको अभाव ।
– शिक्षित बेरोजगारीको प्रभाव ।
– वैदेशिक रोजगारको प्रभाव ।
– क्षणिक प्रेम र विछोडको पीडा ।
– कुलत तथा लागूपदार्थ दुव्र्यसन ।
– यौन शिक्षाको अभाव ।
– असुरक्षित यौन सम्बन्ध ।
– सहपाठीसँगको झ्ैझ्गडा ।
– पटक पटक फेल हुनु ।
अन्य कारण
– भौगोलिक विकटता ।
– टाढाको विद्यालय ।
– सामाजिक–सांस्कृतिक भेदभाव ।
– विद्यालयको खराब व्यवस्थापन ।
– बढी उमेर तथा शारीरिक अपाङ्गता ।
– छात्रामैत्री वातावरणको अभाव ।
– गुणस्तरीय तथा व्यावहारिक शिक्षाको अभाव ।
– यातायातको असुविधा ।
कसरी टिकाउने त ?
– व्यावहारिक, वास्तविक बालमैत्री वातावरणको व्यवस्था गर्ने ।
– विद्यार्थीको वास्तविक अवस्था अध्ययन गरी अभिभावकत्व प्रदान गर्ने ।
– शिक्षक, अभिभावक र विद्यार्थीबीच स्वतन्त्र अन्तरक्रियाहरू सञ्चालन गर्ने ।
– शिक्षक नतीजामुखी बन्ने ।
– शिक्षकहरूलाई निश्चित विद्यार्थीहरूको जिम्मा दिने ।
– शिक्षाको व्यावहारिक महŒव बारे विद्यार्थी र अभिभावकलाई बुझउने ।
– उत्कृष्ट विद्यालयहरूमा शैक्षिक भ्रमण र शिक्षक तालीमको व्यवस्था गर्ने ।
– शिक्षक, विद्यार्थी, अभिभावक, विव्यस, शिक्षक अभिभावक संघ बीच न्यानो सम्बन्ध राख्ने ।
– शिक्षकलाई पुरस्कार र दण्डको सही व्यवस्था गर्ने ।
– नवीनतम शैक्षिक सामग्रीको व्यवस्था र प्रयोग गर्ने ।
– समुदायलाई विद्यालयका हरेक क्रियाकलापको जानकार र सहभागी गराउने ।
– विद्यार्थीलाई सामाजिक कार्यक्रममा सहभागी गराउने ।
– नतीजाको बारेमा अभिभावकलाई समय–समयमा जानकारी दिने ।
विद्यालय बालबालिकाको भविष्य निर्माणस्थल हो, तैपनि उनीहरू विद्यालयबाट दैनिकजसो हटिरहेछन् । करीब ९७ प्रतिशत विद्यार्थी कक्षा १ मा भर्ना हुन्छन् भने यीमध्ये करीब १० प्रतिशत पनि स्नातकोत्तर तहमा पुग्दैनन् । यसमा केवल विद्यार्थी मात्रै दोषी हुँदैनन् । विद्यालयलगायत सम्पूर्ण सरोकारवालाहरूको सकारात्मक प्रवृत्ति र रचनात्मक सहयोग भएमा नै विद्यार्थीलाई विद्यालयमा टिकाउन र व्यावहारिक र सैद्धान्तिक ज्ञान दिन सकिन्छ । तब मात्र देशले खोजेको सच्चा, कर्मठ, इमानदार, लगनशील तथा योग्य देशभक्त निर्माण गरी यो देशको मुहार फेर्न सफल भइनेछ ।
श्री धान्याचल महायज्ञ मावि, रामनगर–२, बडेरा, नवलपरासी