कुनै विषयका अन्तरसम्बन्धित मुद्दाहरू के हुन सक्दछन् ?

मुद्दा भनेका यस्ता प्रश्न हुन् जसको कुनै ठोस उत्तर पाउन मुश्किल हुन्छ र पाइहाले पनि ती व्यक्तिपिच्छे फरक–फरक हुन सक्दछन् । विद्यालयमा शिक्षण गरिने विषयमा यस्ता मुद्दा थुप्रै हुन सक्दछन् । खासमा सामाजिक विज्ञानसित सम्बन्धित विषयहरूमा यस्ता मुद्दा बढी आउन सक्दछन् । यस्ता मुद्दाको कुनै एक सर्वमान्य अर्थ, परिभाषा, समाधान र सीमाना निर्धारण गर्न कठिन हुन्छ । त्यसैले विभिन्न विषयमा समावेश भएका यस्ता विषयवस्तुहरू शिक्षण गर्दा तलका प्रश्नलाई महŒवपूर्ण मूल

मुद्दाका रूपमा आत्मसात् गरी शिक्षण सिकाइ सहजीकरण गर्नु उपयुक्त मानिन्छ :
१.    शिक्षणका सन्दर्भमा त्यस्ता विषयवस्तु, घटना, सवाल या प्रश्नहरू ल्याउनुपर्ने किसिमका हुन् वा होइनन् ?
२.    देश, समाज र समुदायको सन्दर्भमा ती कुराले कस्तो प्रभाव पार्लान् ?
३.    पाठ्यक्रम तथा शैक्षिक कार्यक्रममा त्यस्ता विषयवस्तुको क्षेत्र र क्रम के हुने ?
४.    कुन–कुन विषयवस्तुले कुन हदसम्म सामाजिक वास्तविकता बोध गराउन सक्लान् ? त्यसको निक्र्योल कसले, कसरी र कहिले गर्ने ?
५.    त्यस्ता मुद्दाको शैक्षणिक महŒव, औचित्य र उपादेयता के कस्तो छ ?
६.    के त्यस्ता सबै विषयवस्तु कक्षाकोठामा ल्याउनु आवश्यक छ ? छैन भने के कति ल्याउने ? यसको निर्धारण कसले र कहिले गर्ने ? शैक्षिक सत्र अगावै, शैक्षिक सत्रका बीचमा वा आवश्यकतानुसार जहिले पनि ?
७.    त्यस्ता सामग्रीहरूले कक्षामा नवीनता, रौनकता, रोचकता सिर्जना गर्न सक्छन् सक्दैनन् ?
८.    शिक्षण गरिने विषयवस्तुहरूको स्रोतको प्रामाणिकता र आधिकारिकता के हुने ? कस्ता सामग्रीलाई प्रामाणिक र आधिकारिक मान्ने ?
९.    त्यस्ता विषयवस्तुलाई विद्यार्थीको मनोभावना, रुचि, चाहना र आवश्यकता अनुकूल कसरी बनाउने ?
१०.    कस्ता कस्ता विषयवस्तुलाई शिक्षक र विद्यार्थीको पहुँचभित्र कसरी समेट्ने ?
११.    त्यस्ता विषयवस्तु शिक्षण गर्न आवश्यक पर्ने सामग्रीहरू उपलब्ध हुन सक्छन् सक्दैनन् ?
१२.    यस्ता विषयवस्तु शिक्षण गर्नु देशको विद्यमान कानून, नीति, नियमले वैध वा अवैध के मान्दछ ? त्यसप्रति सामान्य प्रशासन, शैक्षिक प्रशासन, विद्यालय प्रशासन र समुदायको के कस्तोे सहयोग र समर्थन प्राप्त हुन्छ ?
१३.    पाठ्यक्रमका विषयवस्तु र विद्यार्थीले मागे जतिका विषयवस्तु प्रदान गर्न लागत प्रभावकारिताका हिसाबले कसरी मितव्ययी र सहज बनाउने ?

शिक्षण सिकाइ प्रक्रियामा नवप्रवर्तनात्मक (Innovative) अभ्यास भनेको के हो ?
नवप्रवर्तनात्मक अभ्यास भनेको नयाँ र फरक तरीकाले गरिहेर्ने अभ्यास हो । यस्तो अभ्यासले परम्परागत रूपमा गरिंदै आएका कार्यहरूमा नयाँपन ल्याउन सघाउँछ । नयाँपनमा सिर्जनात्मकता हुन्छ । शिक्षण सिकाइका परम्परागत तौरतरीकाहरूमा निरन्तर नयाँ–नयाँ खोजी र अभ्यासहरू भइरहेका हुन्छन् । यस्तो अभ्यास समयसापेक्ष हुन्छ । एक पटक स्थापित भएको नयाँ अभ्यासमा देखिएका कमी–कमजोरी सुधार गर्ने प्रयासले अर्को नयाँ अभ्यास जन्माउँछ । यसरी हेर्दा नवप्रवर्तनात्मक अभ्यास एक पटकमा सकिने नभई निरन्तर रूपमा चलिरहने कुरा हो । शिक्षण सिकाइ प्रक्रियामा निरन्तर रूपमा एकपछि अर्को गर्दै आउने यस्ता नयाँ–नयाँ सोच, चिन्तन, विधि, प्रविधि र नयाँ–नयाँ क्रियाकलापहरूको प्रयोगलाई नवप्रवर्तनात्मक अभ्यास भनिन्छ ।

पहिलेका शिक्षण सिकाइमा पाइएका कमी–कमजोरी हटाउन खोजी गरिएका विकल्प र तिनको अभ्यासले नै नयाँ–नयाँ सोच र विधिको आविष्कार भएको हो । परियोजना कार्यमा आधारित सिकाइ, योजनाबद्ध सिकाइ, बहुकक्षा÷बहुस्तर÷बहु उमेर सिकाइ, सूक्ष्म शिक्षण, समूह शिक्षण, सूचना र प्रविधिमा आधारित सिकाइ आदिलाई यस्तो नवप्रवर्तनात्मक अभ्यासका रूपमा लिन सकिन्छ । शिक्षा जगतमा देखापरेको हिजोआजको विकसित अवस्था यस्तै नयाँ नयाँ प्रवर्तनहरूको उपज हो । (शर्मा एन्ड शर्मा, २०६३:१९७)

एक प्रसिद्ध शिक्षाविद् कुर्त लेविनले शिक्षामा नवप्रवर्तनका तीन वटा अवस्था हुन्छन् भनेका छन् : १. अस्थिर (Unfreezing) अवस्था २. परिवर्तित (Changing) अवस्था र ३. पुन: स्थिर (Refreezing) अवस्था । पुराना प्रविधि, पुराना तरीका, पुराना विचारले काम गर्न नसकेको अवस्था अस्थिर अवस्था हो भने पुराना प्रविधि, पुराना तरीका, पुराना विचारलाई हटाएर नयाँ प्रविधिको प्रयोग गर्ने तयारीको घडी परिवर्तित अवस्था हो । शिक्षण सिकाइमा परिवर्तन भएपछि पुन: अर्को चरणको नयाँ परिवर्तनमा जानुपर्ने अवस्था पुन:स्थिर अवस्था हो ।

यस्तो नवप्रवर्तनात्मक अभ्यास गर्ने कार्यमा विश्वास र प्रतिबद्धताको कमी, आर्थिक समस्या, अधैर्य, सहभागिताको कमी, योजना र तयारीको कमी, जोखिम लिने मानसिकता नहुनु, पर्याप्त ज्ञानको कमी, स्वीकृतिको समस्या आदि जस्ता विभिन्न बाधा अडचनहरू आउँछन्, यिनको सामना गर्नुपर्दछ । नवप्रवर्तनात्मक अभ्यास शिक्षाविद्ले वा स्थापित मान्छेले मात्र गर्न सक्दछन् भन्ने होइन । यो साधारण शिक्षक, स्रोतव्यक्ति, शिक्षा हेर्ने सुपरीवेक्षक, प्रशिक्षक, अध्यापक, शैक्षिक प्रशासक आदि सबैले गर्न सक्ने कुरा हो ।

परियोजना कार्य भनेको के हो ? विद्यालयमा परियोजना कार्य दिने समय हुँदैन भन्ने शिक्षकलाई तपाईं के सल्लाह दिनुहुन्छ ?
परियोजना कार्य भनेको विद्यार्थीलाई कक्षाकार्य वा गृहकार्यका रूपमा दिइने एक प्रकारको योजनामूलक कार्य हो । जे ए स्टेभेन्सनको भनाइमा, ‘परियोजना कार्य एउटा यस्तो समस्यामूलक काम हो, जसलाई प्राकृतिक वातावरणमा रहेर पूरा गरिन्छ ।’ बलार्डको विचारमा ‘परियोजना कार्य वास्तविक जीवनको एउटा अङ्ग हो, जसलाई पाठशालामा आयात गरिन्छ ।’ सामाजिक शिक्षाविद् रामकुमार पाँडेका शब्दमा, ‘निगमन विधिमा निष्कर्ष निकाल्न पूर्व ज्ञान चाहिन्छ, यसबाट शुद्ध नयाँ ज्ञान हासिल हँुदैन । तर परियोजना विधिमा आधारित आगमन विधिबाट एउटा मौलिक र नयाँ निष्कर्षमा पुग्न सकिन्छ ।’ कुनै नयाँ नियम र सिद्धान्तको सिर्जना गर्न परियोजना कार्य चाहिन्छ । परियोजना कार्यमा पहिले उदाहरणहरूको खोजी गरिन्छ र त्यसपछि प्राप्त उदाहरणहरूलाई विश्लेषण गरी सोका आधारमा पहिचान गरिएको प्राप्तिबाट नियम वा सिद्धान्त बनाइन्छ । त्यसैले परियोजना कार्य विधिलाई आगमन विधिको एउटा उच्चतम अभ्यासका रूपमा लिन सकिन्छ । परियोजना कार्य आफ्नो लागि चाहिने ज्ञान आफैं निर्माण गर्ने एउटा सुन्दर अभ्यास हो ।

परियोजना कार्यलाई विभिन्न नामले उल्लेख गरिएको पाइन्छ, जस्तै : परियोजना विधि, परियोजना कार्य, योजना विधि, परियोजना कार्यविधि आदि । तर ती सबै शब्दावलीको आशय परियोजना कार्यलाई शिक्षणमा उपयोग गर्ने भन्ने नै हो । यो केही घन्टा वा केही दिन वा केही हप्ताका लागि विद्यार्थीलाई दिइने सिर्जनात्मक तथा खोजमूलक कार्य हो ।

परियोजना कार्य गर्न धेरै समय चाहिन्छ र विद्यार्थीलाई टाढा लैजानुपर्छ भन्ने छैन । कुनै परियोजना कार्य एक, दुई घन्टीमै विद्यालय हातामै सम्पन्न गर्न सकिने गरी दिन सकिन्छ भने कुनै केही दिन लगाएर सम्पन्न गर्न सकिने गरी दिन सकिन्छ । कुन परियोजना कार्यको अवधि कति भन्ने कुरा दिइएको कार्यको उद्देश्य र विधिमा निर्भर गर्दछ । जस्तै, विद्यालयको हातामा पाइने फूल फुल्ने र नफुल्ने बिरुवाको नाम, उँचाइ, पातको बनावट आदिको विवरण संकलन गरी ल्याउने र त्यसको विवरण बताउने परियोजना एक घन्टीमा नै सम्पन्न हुन सक्दछ । त्यस्तै घरपरिवारमा प्रयोग हुने भाँडाकुँडा र तिनको प्रयोग लेखेर ल्याउने कार्य एक दिनका लागि दिन सकिन्छ । त्यस्तै स्थानीय मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्च आदिमा गरिने मुख्य धार्मिक क्रियाकलापको विवरण ल्याउने कार्य केही दिन वा हप्ताका लागि दिन सकिन्छ । परियोजना कार्य जटिल र कठोर किसिमको हुनुुपर्दछ भन्ने होइन । यसलाई आवश्यकतानुसार उत्पादनमूलक, उपभोक्तामूलक, समस्यामूलक, अभ्यासमूलक, सिर्जनात्मक, कलात्मक आदि विभिन्न किसिमले दिन सकिन्छ ।
 
सामुदायिक कार्य भनेको के हो ?
सामुदायिक कार्य भनेको स्थानीय समुदायमा पुगी विद्यार्थी आफैंले कार्य गरेर सिक्ने विधि हो । यो विधि परियोजना कार्य विधिमा आधारित छ । सामुदायिक कार्य शिक्षण विधि र शिक्षण क्रियाकलाप दुवै हो । यसलाई सहक्रियाकलापका रूपमा अपनाइन्छ । विद्यार्थीहरूलाई गृहकार्यका रूपमा पनि सामुदायिक कार्य दिन सकिन्छ । विद्यार्र्थीले गर्नुपर्ने सामुदायिक कार्यहरू पाठ र अभ्यासमा समावेश गरिएको हुन्छ । पाठ्यपुस्तकमा दिइएका यस्ता सामुदायिक कार्यहरू पाठ्यक्षेत्र तथा सिकाइ उपलब्धिहरूसँग सम्बन्धित हुन्छन् । सामुदायिक कार्य (Community Work) र सामाजिक कार्य (Social work) फरक कुराहरू हुन् । सामुदायिक कार्य भनेको स्थानीय र वास्तविक वातावरण (Natural setting) मा लगेर ज्ञान, सीप आर्जन गराउने र सक्षमता विकास गराउने एक शिक्षण विधि हो भने सामाजिक कार्य भनेको समाजको कल्याणका लागि समुदायलाई सम्पन्न र पूर्ण जीवन बिताउन गरिने समग्र प्रयत्न हो । छोटकरीमा विभिन्न किसिमका सामाजिक कार्यहरूमा विद्यार्थीलाई संलग्न हुने अवसर दिएर शिक्षण गर्ने तरीकालाई सामुदायिक कार्य भन्न सकिन्छ ।

विद्यालयमा सामुदायिक कार्य अपेक्षित रूपमा सञ्चालन गर्न नसकिएको गुनासो छ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न के के गर्नुपर्ला ?
विद्यालय पाठ्यपुस्तकमा विभिन्न प्रकारका सामुदायिक कार्यहरू दिइएका छन् । शिक्षण सिकाइ क्रियाकलापलाई व्यावहारिक, ज्ञानमूलक र सिकारूकेन्द्रित बनाउने अभिप्रायले यस्ता कार्यमूलक अभ्यासहरू दिइएको भए तापनि अपेक्षित रूपमा सञ्चालन गर्न नसकिएको गुनासो सर्वत्र सुन्न पाइन्छ । यसको कार्यान्वयन विधिका बारेमा जानकारी कम र यो एक बोझ्लिो विधि हो भन्ने सोचाइ हुनाले पनि सामुदायिक कार्यलाई अपेक्षित रूपमा अपनाउन नसकिएको हुन सक्दछ । यसका अतिरिक्त सामुदायिक कार्यको विकास र प्रबोधीकरणमा सम्बद्ध निकायको चासो र सक्रियताको पनि उत्तिकै बढी भूमिका हुन्छ ।

तल दिइएका उपाय अपनाइएमा सामुदायिक कार्यको सञ्चालनमा सहजता आउने विश्वास गर्न सकिन्छ :
१.    सामुदायिक कार्यहरू सञ्चालन गर्ने विधिसहितको कार्ययोजना तयार गरी विद्यालयमा प्रबोधीकरण गर्ने । यसले शिक्षकमा हुने अन्योल कम गर्न मद्दत गर्दछ ।
२. विभिन्न विषयमा दिइएका सामुदायिक कार्यलाई एकीकृत रूपमा सञ्चालन गर्ने । यसो गर्दा समय र स्रोत–साधनको बचत हुन्छ ।
३.    प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, संघसंस्था तथा सम्बन्धित व्यक्तिलाई सामुदायिक कार्यका सम्बन्धमा जानकारी दिने । यसबाट सम्बद्ध पक्षबाट अपेक्षित सहयोग हासिल हुन्छ ।
४.    सामुदायिक कार्यमा संलग्न हुने विद्यार्थीलाई सामुदायिक कार्यअघि, कार्यान्वयनको घडी र सामुदायिक कार्यपछि निरन्तर रूपमा शिक्षकले सहजीकरण गरिरहने । यसो गर्दा विद्यार्थीलाई सामुदायिक कार्य गर्ने हौसला प्राप्त हुन्छ ।
५.    सामुदायिक कार्य गर्न सस्ता र कम मूल्य पर्ने मानवीय, भौतिक, आर्थिक तथा सामाजिक स्रोतसाधनहरू पहिचान गर्ने र योजना बनाउने । यसले शिक्षकमा कम लागत वा विना पैसा पनि सामुदायिक कार्य गर्न÷गराउन सकिन्छ भन्ने ज्ञान प्राप्त हुन्छ ।
६.    विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर वा विषयवस्तुसँग सम्बन्धित सामुदायिक कार्यहरू सञ्चालन गर्ने । यसले पाठको महŒवलाई सान्दर्भिक बनाउँछ र बढी शैक्षिक सामग्रीहरू जुटाउने अवसर प्राप्त हुन्छ ।
७.    समुदायमा लगेर गरिने तथा धेरै विषयका लागि एकीकृत रूपमा गरिने किसिमका कार्यहरूलाई विद्यालयको वार्षिक क्यालेण्डरमा समावेश गर्ने र विषयगत रूपमा नियमित शिक्षण क्रियाकलापका रूपमा सञ्चालन गर्ने । यसो गर्दा सामुदायिक कार्यले विद्यालयको प्रणालीमा एउटा महŒवपूर्ण ‘इनपुट’ का रूपमा स्थान पाउँछ ।
८.    समुदायलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने सामाजिक कार्यमा विद्यार्थीलाई स्वयं सेवकको रूपमा परिचालन गर्ने । यसबाट सामुदायिक कार्य व्यावहारिक बन्छ, साथै सिकेको ज्ञान र सीप दिगो हुन्छ ।
९.    सामुदायिक कार्य सम्पन्न भएपछि प्रतिवेदन तयारी गर्न र प्रस्तुतीकरण गर्न लगाउने । यसबाट विद्यार्थीले बनाएको ज्ञानको अभिलेखन हुन्छ, ज्ञानको प्रबोधीकरण हुन्छ । किताबी ज्ञान माथिको अधिक निर्भरता कम भई आफूलाई चाहिने ज्ञान आफैं बनाउने बानीको विकास हुन्छ ।

अन्त्यमा, सामुदायिक कार्य एक सक्रिय र सहभागितामूलक सिकाइको एउटा उत्तम विधि हो । तर पनि विद्यालयमा यो अपेक्षित रूपमा कार्यान्वयन हुन नसकिरहेको अवस्था छ । यस्तो हुनुको मुख्य कारण खोजी गरी माथि भनिएका उपायहरू अवलम्बन गरिएमा सामुदायिक कार्यको प्रयोगमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । (स्रोत: परियोजना कार्य सहजीकरण पुस्तिका, शिक्षा विभाग)

स्रोतव्यक्ति आमन्त्रण भनेको के हो ? विद्यालयमा स्रोतव्यक्ति आमन्त्रण गर्दा ध्यान दिनुपर्ने कुरा के–के हुन् ?
स्रोतव्यक्ति भनेका कुनै खास विषयमा जानकार र अनुभवी व्यक्ति हुन् । अर्को शब्दमा समुदायमा रहेका पाठ्यपुस्तकको कुनै विषयवस्तुसित सम्बन्धित क्षेत्रमा विस्तृत जानकारी र लामो अनुभव हासिल गरेका व्यक्तिलाई स्रोतव्यक्ति भनिन्छ ।

स्रोतव्यक्तिहरूलाई कुनै पनि शैक्षणिक प्रयोजनका लागि बोलाइन्छ भने त्यसलाई स्रोतव्यक्ति आमन्त्रण भनिन्छ । यस्ता व्यक्तिलाई ज्ञान र अनुभवको जीवन्त स्रोतका रूपमा लिन सकिन्छ । स्रोतव्यक्तिहरूबाट प्राप्त हुने जानकारी र वर्णन प्रेरणादायी र मन छुने किसिमका हुन्छन् । स्रोतव्यक्तिबाट पाठ शिक्षण गर्न, अभ्यासहरूको समाधान गर्न, परियोजना कार्य गर्न र परीक्षा सञ्चालन कार्यमा सहयोग लिन सकिन्छ । यस्ता व्यक्तिबाट सञ्चालन गरिने परीक्षा र मूल्याङ्कन अझ् बढी वैध र विश्वसनीय हुन सक्दछ । धेरै विस्तृत क्षेत्र समेटिएका विषयहरू (जस्तै सामाजिक अध्ययन, पेशा व्यवसाय र प्रविधि, स्वास्थ्य जनसंख्या र वातावरण आदि) को पाठमा स्रोतव्यक्तिबाट शिक्षण सिकाइ गर्न ज्यादै आवश्यक हुन्छ । किनभने यस्तो विषयका सबै पाठ र अभ्यासमा एक जना शिक्षक नै जानकार र विज्ञ हुन्छन् भन्न सकिन्न । यस्तो अवस्थामा एक, दुई घन्टीका लागि स्थानीय परिवेशमा उपलब्ध जानकार, अनुभवी वा विशेषज्ञ व्यक्तिबाट कक्षा सञ्चालन गर्न सकिन्छ ।

स्रोतव्यक्ति आमन्त्रण विधि अनुमान र हचुवाका आधारमा प्रयोग गर्नुहुन्न । यसलाई विद्यालय प्रणाली र मान्यतामा आँच नआउने गरी व्यवस्थित गर्नुपर्दछ । यसका लागि सम्बन्धित विषय शिक्षकले स्थानीय परिवेशमा उपलब्ध स्रोतव्यक्तिहरू पहिचान गरी तिनको रोस्टर (सूची) बनाइराख्नुपर्दछ । कुन कुन विषयवस्तुको शिक्षणमा को को स्रोतव्यक्ति आमन्त्रण गर्ने, कहिले आमन्त्रण गर्ने, के प्रयोजनका लागि आमन्त्रण गर्ने र त्यसबाट के नतीजा हासिल हुन्छ भनी शिक्षकले कार्ययोजना बनाउनुपर्दछ र विद्यालयबाट स्वीकृति प्राप्त गर्नुपर्दछ । शिक्षकले स्रोतव्यक्तिलाई पाठको प्रकृति, शिक्षण उद्देश्य, विद्यार्थीको रुचि, स्तर, क्षमता र आवश्यकताका बारेमा अग्रिम जानकारी दिनुपर्दछ । स्रोतव्यक्तिले शिक्षण गरेको समयमा विषय शिक्षक कक्षा बाहिर जानुहुँदैन । विद्यार्थीलाई स्रोतव्यक्तिको परिचय र अनुभवको पृष्ठभूमि बताइदिनुपर्दछ । शिक्षक आफूले पनि कक्षामा बसेर स्रोतव्यक्तिले भनेका सबै कुरा सुन्नुपर्दछ र टिपोट गर्नुपर्दछ । विद्यार्थीलाई थप जानकारी पाउन र नबुझ्ेका कुरा सोध्न उत्प्रेरित गर्नुपर्दछ । कक्षाको अन्त्यमा शिक्षकले स्रोतव्यक्तिको प्रयासको प्रशंसा गर्दै आवश्यक पृष्ठपोषण दिनुपर्दछ ।

कक्षाकोठामा पाइने विविधताको सूची तयार गर्नुहोस् :
१. लैङ्गिक विविधता २. पितृसत्ता र मातृसत्ताको अवस्था ३. जातजातिगत विविधता ४. भाषिक विविधता ५. सांस्कृतिक विविधता ६. धार्मिक विविधता ७. दृष्टिविहीन, शारीरिक अक्षमता, सुस्तश्रवण, असक्त, असहाय गरीब आदिको विविधता ८. विभिन्न परिस्थितिका कारण उत्पन्न हुने विविधता ९. फरक–फरक मूल्य र मान्यताको अवस्था १०. पीडक, शोषक, शोषित र हुने÷नहुनेबीचको अवस्था ११. बालमजदूर, बालश्रमिक, सडक बालबालिका १२. विभिन्न संवेगात्मक अवस्था भएका बालबालिकाको अवस्था आदि । (स्रोत: जेनेरिक, स्वाध्ययन सामग्री, शैजविके)

कक्षाकोठाको विविधता पहिचान गर्ने तरीका के के हुन सक्दछन्, सूची तयार गर्नुहोस् :
विद्यार्थीको सामाजिक, पारिवारिक, धार्मिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमि थाहा पाएर, संवेगात्मक अवस्था पहिचान गरेर, विद्यार्थीको सिकाइको गति पत्ता लगाएर, विद्यार्थीले गर्ने त्रुटिक्षेत्र पहिचान गरी, कुन भाषिक परिवारबाट आएको हो जानकारी लिएर, विद्यार्थीको दैनिक क्रियाकलापको अवलोकन गरेर, साथीहरूसँगको व्यवहार, खाजा खाने प्रक्रिया÷शैली, संगत, समूह निर्माण, खेल्ने समूह आदिको अवलोकन गरेर, कक्षामा विद्यार्थीको बसाइको अवस्था पहिचान गरेर, कक्षामा बोलेको, कालो सेतो पाटीमा लेखेको सुन्ने, देख्ने, प्रक्रिया के कस्तो छ त्यसको पहिचान गरेर, देख्ने र सुन्ने क्षमताको पहिचान गरेर, स्वास्थ्यकर्मी, तालीमप्राप्त व्यक्ति वा तत्सम्बन्धी चिकित्सकहरूको सहयोग, सल्लाह र परामर्श लिएर । (स्रोत: जेनेरिक, स्वाध्ययन सामग्री, शैजविके)

कक्षाकोठामा विविधताको सम्मान तथा विविधता व्यवस्थापन गर्ने तरीकाहरू के के हुन सक्दछन्, तिनको सूची तयार गर्नुहोस् :
सबै जातजाति, धर्म, संस्कृतिका विद्यार्थीप्रति समान र सम्मानजनक व्यवहार गर्ने, प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रूपमा चिन्ने र समान व्यवहार गर्ने, विद्यार्थीको रुचि, क्षमता वा खूबी अनुसार विभिन्न शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, कक्षामा खासगरी पिछडिएका वर्गका विद्यार्थीलाई अरू विद्यार्थी सरह सिकाइमा सक्रिय गराउने, सिकाइ उपलब्धि हासिल गराउन विभिन्न अवसर प्रदान गर्ने, विद्यार्थीको सिकाइ कौशल र सक्षमतालाई सशक्तीकरण गर्ने, सकारात्मक सम्बलनको उपयुक्त प्रयोग गर्ने, पिछडिएका जातजातिका विद्यार्थीको सामाजिक प्रतिष्ठा अभिवृद्धि गर्ने, उनीहरूले गरिआएका परम्परागत कार्यलाई प्रोत्साहन गर्ने, कक्षाकोठामा छात्रछात्राको बसाइ मिलाउने, सबै विद्यार्थीलाई सिक्ने अवसर दिने, शिक्षकले प्रभावकारी सहजीकरण गर्ने, समूह निर्माण गर्दा सबै पृष्ठभूमिका विद्यार्थीको सहभागिता गराउने, कार्यविभाजन र नेतृत्वको हेरफेर गर्ने, कक्षाकोठाको नियम पालनामा निष्पक्षता राख्ने, सबै क्रियाकलापमा सबैले सहभागी हुनुपर्ने नियम बनाउने, विद्यालय तथा कक्षाकोठाको वातावरण सबै विद्यार्थीका लागि खुला, रमाइलो, सहज र सुरक्षात्मक बनाउने, लैङ्गिक समाहीकरणको भाषा प्रयोग गर्ने, लैङ्गिक, सांस्कृतिक आदि भेदभावरहित उदाहरणहरू प्रस्तुत गर्ने, शिक्षणसिकाइका क्रममा आवश्यक परे विद्यार्थीलाई आफ्नै मातृभाषा वा भाषिकामा लेख्न लगाउने, अनुवाद गर्न लगाउने, शिक्षकले हरेक भाषा तथा भाषिकाको कदर गर्ने, समान व्यवहार गर्ने, अतिरिक्त क्रियाकलापमा सबैलाई सहभागी गराउने, विद्यार्थीमा भएका विविधताको सम्मान गर्ने, सहयोगात्मक सबैलाई सह तथा अतिरिक्त क्रियाकलापहरूमा संलग्न हुने अवसर प्रदान गर्ने आदि ।  (स्रोत: जेनेरिक, स्वाध्ययन सामग्री, शैजविके)

आधिकारिक मूल्याङ्कन भनेको के हो ? परम्परागत मूल्याङ्कनभन्दा यो कुन कुरामा भिन्न हुन्छ ? यसका साधनहरू के–के हुन् ?
आधिकारिक ९ब्गतजभलतष्अ० मूल्याङ्कन भनेको सिकेको कुराको यथार्थ मूल्याङ्कन हो । यसलाई उपयुक्त मूल्याङ्कन पनि भनिन्छ । यो विद्यार्थीले हासिल गरेको सक्षमता (ज्ञान, सीप, अभिवृत्ति, मूल्य, कार्य क्षमता) प्रदर्शन गर्न लगाउने र त्यसको आधारमा निर्णयमा पुग्ने एक प्रकारको परीक्षण हो । परम्परागत मूल्याङ्कनमा स्तरयुक्त तथा शिक्षक निर्मित परीक्षाका माध्यमबाट विषयगत तथा वस्तुगत प्रश्नहरू प्रयोग गरी विद्यार्थीलाई ज्ञान र सीपका कुराहरू लेख्न र सही उत्तरमा प्रतिक्रिया दिन लगाउने निर्देशन दिइन्छ । यस्तो मूल्याङ्कनमा पाठ्यक्रमले अपेक्षा गरेका ज्ञान र सीपका कुरा विद्यार्थीले परीक्षामा देखाउन सके कि सकेनन् भनेर हेरिन्छ । जबकि परम्परागत मूल्याङ्कनमा विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण पाठ्यक्रमबाट निर्देशित हुन्छ ।

परम्परागत मूल्याङ्कनमा शिक्षकले अपेक्षा गरे अनुसार परीक्षार्थीले के के जान्न सकेको छैन, त्यो हेरिन्छ । तर आधिकारिक मूल्याङ्कनमा सिकारूले के–के गर्न सक्छ, त्यो काम प्रदर्शन गर्न लगाएर त्यसका आधारमा सिकाइ उपलब्धि परीक्षण गरिन्छ ।

आधिकारिक मूल्याङ्कनमा वास्तविक वातावरणमा विद्यार्थीको कार्यक्षमता हेरिन्छ । यस्तो प्रणालीमा शिक्षकले पहिले विद्यार्थीले हासिल गर्नुपर्ने त्यस्तो सिकाइ व्यवहारको सूची तयार गर्दछन्, अनि पाठ्यक्रमलाई अनुकूलन गरेर शिक्षण र आधिकारिक मूल्याङ्कनको खाका तयार गर्दछन् । छोटकरीमा भन्नु पर्दा परम्परागत मूल्याङ्कन पाठ्यक्रमबाट निर्देशित हुन्छ भने आधिकारिक मूल्याङ्कन पाठ्यक्रम परीक्षणबाट निर्देशित हुन्छ । त्यसैले यसलाई उल्टो योजनामा आधारित मूल्याङ्कन पनि भनिन्छ ।

परम्परागत मूल्याङ्कनमा विद्यार्थीले परीक्षामा दिएको प्रतिक्रिया हेरिन्छ भने आधिकारिक मूल्याङ्कनमा विद्यार्थीले प्रदर्शन गरेको कार्य सम्पादन हेरिन्छ । परम्परागत मूल्याङ्कनमा सम्झइ र घोकाइबाट देखाउन सकिने ज्ञान र सीपको सूची र वर्णन हेरिन्छ भने आधिकारिकमा विश्लेषण, संश्लेषण र प्रयोग सीपका पक्षहरू हेरिन्छ । परम्परागत मूल्याङ्कनमा शिक्षकले संरचना गरेको साधनबाट परीक्षण गरिन्छ भने आधिकारिकमा विद्यार्थी आफैंले छनोट गरेको कार्यबाट सिकाइको परीक्षण गरिन्छ । त्यसैले परम्परागत मूल्याङ्कन शिक्षक संरचित हुन्छ भने आधिकारिक मूल्याङ्कन विद्यार्थी संरचित हुन्छ । परम्परागत मूल्याङ्कनमा विद्यार्थीको अप्रत्यक्ष प्रमाणका आधारमा निर्णय गरिन्छ भने आधिकारिकमा प्रत्यक्ष प्रमाणका आधारमा । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई आधिकारिक मूल्याङ्कनको एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।

आधिकारिक मूल्याङ्कनलाई कार्यसम्पादनमा आधारित मूल्याङ्कन, वैकल्पिक पद्धतिको मूल्याङ्कन, प्रत्यक्ष विधिको मूल्याङ्कन आदि विभिन्न नामले पनि चिनिन्छ । सहपाठी अवलोकन, सहभागितामूलक परीक्षण, कार्य प्रदर्शन, रुजू सूची, श्रेणी मापन, सञ्चित अभिलेख, घटना अध्ययन, अवलोकन, आत्ममूल्याङ्कन, कक्षा कार्य, परियोजना कार्य आदि आधिकारिक मूल्याङ्कनका साधनहरू हुन् । आधिकारिक मूल्याङ्कनलाई विश्वसनीय बनाउन रुब्रिक्स (Rubrics) को प्रयोग गरिन्छ । (स्रोत : शिक्षक तालीम सामग्री र Authentic Assessment Toolbox: by JF Mueller)   (समाप्त)

commercial commercial commercial commercial