हामी माष्टरका गफ !

केही महीनाअघिको कुरा हो । स्थानीय चियापसलमा, छिमेकी जिल्लाका नेपाली पढाउने सरसँग चिनजान भयोे । ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ भनेझ्ैं एउटै पेशाका मानिस भेट भएपछि कुराकानीको विषय साझ भइहाल्छ । हामीले पनि आ–आफ्नै पेशाको बारेमा कुरा शुरू ग¥यौं– विद्यार्थी नियन्त्रण बाहिर गए, उनीहरूलाई प्रविधिले अल्मल्याइदियो । लेटर ग्रेडिङले शिक्षक विद्यार्थी दुवैलाई अल्छे बनायो... आदि आदि । त्यसपछि आफूहरूले पढाउने विषयका बारेमा पनि कुरा ग¥यौं । विद्यार्थीले नेपाली विषयलाई त्यति महŒव दिने नगरेको, विद्यालयको कार्यतालिकामा समेत यो विषयलाई अन्तिम घण्टीतिर राखिने गरेको, यो विषयलाई सबैले सजिलो मानेर हेला गर्ने गरेको, वर्णविन्यास पनि कक्षा ९ सम्मका पुस्तकमा एउटा, १० मा अर्कै, ११ मा अर्कै र त्यसभन्दा माथि फेरि अर्कै हुने गरेको तीतो सत्यको पनि चर्चा ग¥यौं । त्यति गरेर पनि हाम्रा कुरा सकिएका थिएनन् । आ–आफ्नो विद्यालयमा भोगेका अनौठा अनुभव पनि हामीबीच आदानप्रदान हुँदै गए ।

आगन्तुक मित्रले कुरो अघि बढाउँदै भन्नुभयो, “अस्ति भर्खरकै कुरा हो । ६ पिरियड पढाएर लखतरान भई घर पुग्नै लाग्दा स्थानीय चौकीका परिचित प्रहरी भाइको फोन आयो । फोनमा उनले ‘मेरो आँखामा प्रहरी बन्द’ भन्ने शीर्षकमा आजै निबन्ध लेखी भोलि स्कूलमा लिएर आउनुहोला भने । पोहोर पनि यसैगरी प्रहरी दिवसको उपलक्ष्यमा निबन्ध पठाउन भनिएको थियो र मैले नै लेखेर एकजना विद्यार्थीको नाममा पठाइदिएको थियो । जिल्लामा मूल्यांकन हुँदा त्यो प्रथम स्थानमा आउन सफल पनि भएको थियो । यसपटक भने जानकारी पाएकै अन्तिम क्षणमा थियो । तैपनि हतारमा भए पनि लेखेर पठाइयो । भाग्यवश यसपाला पनि मैले लेखेकै निबन्ध पहिला भएछ ।”

‘मेरो आँखामा प्रहरी बन्द’ भन्ने शीर्षक नबुझ्ेर मैले सोधें, “सर, कस्तो अनौठो शीर्षक रहेछ ?”

“म त्यही त भन्न खोज्दैथिएँ”, उहाँले भन्दै जानुभयो, “मैले शीर्षक नबुझ्ेर त्यो भाइलाई ‘शीर्षक मिलेन जस्तो छ । अलि बुझ्ेर भन्नुस् न’ भने पनि उसले बारम्बार त्यही नै भनिरह्यो । घरमा परीक्षाको कापी जाँच्न ल्याइराखेको थिएँ । आमा पनि बिरामी । नबुझ्एिको शीर्षकमा निबन्ध लेख्ने काम त्यत्तिकै भयो । भोलिपल्ट स्कूल पुग्नासाथ त्यही प्रहरी भाइ मसँग निबन्ध माग्छ ! शीर्षक नबुझ्ेर मैले निबन्ध नलेखेको कुरो बताएपछि अन्य सरहरूबीच उक्त शीर्षकबारे सामान्य छलफल भयो । सबैको ठहर थियो— त्यो शीर्षकले त प्रहरीलाई कर्तव्यपालन नगर्ने पात्रका रूपमा चित्रण गर्दछ, निबन्ध लेखनको उद्देश्य त पक्कै पनि त्यस्तो होइन होला । त्यसपछि त्यो प्रहरी भाइ पनि अलि सशङ्कित भयो र चौकीको इन्चार्जलाई फोन गर्न थाल्यो । चौकीबाट १० मिनेटपछि मलाई फोन आयो, ‘मेरो आँखामा प्रहरी बन्द’ होइन ‘मेरो आँखामा प्रहरी’ भन्ने मात्रै रहेछ भनेर । त्यस दिन पढाउनै छोडेर हतारहतार निबन्ध लेखी पठाइदिएँ । धन्न पहिलै भएछ र मेरो इज्जत रह्यो । त्यस दिन मलाई कम्ती गाह्रो परेको होइन !”
समयमै सही शीर्षक जानकारी भएको भए पो हुन्थ्यो ! कस्तो अन्तिम समयमा, त्यो पनि शीर्षकै बिगारेर ! “सर, त्यस्तो चाहिं कसरी भएको रहेछ ?” मैले जिज्ञासा राखें ।

अनि उहाँले हाँस्तै भन्नुभयो, “सर, यी तल्लो तहका प्रहरी पनि केको बुझ्की हुँदा रहेछन् र ! जिल्लाबाट शीर्षक टिपाउँदा उद्धरण चिह्न शुरू गर्न लगाई ‘मेरो आँखामा प्रहरी’ भनेपछि बन्द गर्न लगाएको रहेछ । टिप्ने असईले हो न हो बन्द नै लेख्ने रहेछ भनेर ‘बन्द’ नै लेखेछ । कसो शुरूमा ‘शुरू’ चाहिं लेखिएनछ ! अनि त्यही लेखेको पनि थन्क्याएको थन्क्याएकै । पुलिसहरूलाई सम्झ्नै भएनछ । पछि जिल्लाबाट निबन्धबारे ताकेता गरेपछि यता असई चाहिं ‘साब, जम्मा गराइसकेको छु, त्यता पठाउने मान्छे नभएर’ भन्दै साँचिलो बन्दोरहेछ । अनि हतारहतार जवानलाई, नजिकैको विद्यालयको नेपाली सरलाई फोन गर्न लगाउँदो रहेछ । उसले गरेको गल्तीको सजाय चाहिं मैले भोग्नुप¥यो ।” सर हाँस्न थाल्नुभयो ।

“ओहो सर ! स्कूलमा तपाईंले त अनेकै पो खेप्नुभएको रहेछ त !” मैले यति भन्न नपाउँदै सरले, “त्यति मात्रै हो र ! यस्ता कुरा अरू पनि कति छन् कति !” भन्दै अगाडि बढ्नुभयो ः

“अन्तर विद्यालयस्तरीय कविता, निबन्ध, वादविवाद, वक्तृत्वकला, लोकगीत प्रतियोगिताहरूमा पनि आफ्नो विद्यालयलाई जिताउन मैले नै खट्नुपर्छ । बेवास्ता गरेर तर्किऊँ भने पनि आफ्नो कर्तव्य पूरा नगरेको र विद्यालय प्रशासनलाई नै सहयोग नगरेको जस्तो ठहरिने । गैरसरकारी संस्थाहरूले आयोजना गर्ने कार्यक्रममा पनि मेरै सक्रियता रहन्छ । प्रतियोगिताका लागि आफैंले मरिहत्ते गरेर लेखी लेखाई विद्यार्थीलाई घोकाउनुपर्छ । अरू विद्यालयका नेपाली सर र विद्यार्थीको पनि पारा त्यही हो ।

पछि प्रतियोगिताको नतीजा घोषणा हुँदा स्थान आएन भने, विद्यार्थीको होइन मेरोचाहिं मुख नीलो हुन्छ । यसपटक ‘मेरो आँखामा प्रहरी’ शीर्षकमा लेखिएको निबन्ध जिल्लामा सङ्कलित भएपछि जाँच्ने काम नेपाली विषयका एकजना स्रोत शिक्षकलाई दिइएछ । जिल्लामा, फलानो सर पहिला, फलानो दोस्रा, फलानो तेस्रा भन्ने कुरा चल्दैथियो रे ! यसरी हाम्रोतिर त अतिरिक्त क्रियाकलाप भन्यो कि, विद्यार्थीको होइन, शिक्षकको पो प्रतियोगिता हुन्छ ! तपाईंहरूको तिर त्यस्तो हुँदैन ?” उहाँले मलाई प्रश्न गर्नुभयो ।

मैले उहाँको प्रश्नको उत्तर नदिई उल्टो प्रश्नै सोधें, “अनि विद्यालयमा अरू सरहरू पनि त हुनुहुन्छ होला नि ? अतिरिक्त क्रियाकलापका कुरा आयो कि तपाईंले मात्रै खट्नुपर्ने हो र ?”

उहाँले तुरुन्तै उत्तर दिनुभयो, “सरहरू त धेरै हुनुहुन्छ नि ! कति विद्वान, वरिष्ठ र अनुभवी सरहरू हुनुहुन्छ । तर भएर के गर्नु ! कार्य सम्पादन मूल्यांकन फारममा उल्लिखित विशेष जिम्मेवारीको विवरण जिम्मा लिंदा पनि उहाँहरू भरसक, केही पनि गर्नु नपर्ने, विद्यार्थी परामर्श तथा सल्लाह सेवा संयोजक, परीक्षा र मूल्यांकन संयोजक, विद्यालय समुदाय सम्बन्ध संयोजक रोज्नुहुन्छ । तर त्यहाँ उल्लेखै नभएको कविता, निबन्ध, वादविवाद, वक्तृत्वकला, लोकगीत भन्ने बित्तिकै सबै नेपाली सरले नै संयोजक भएर जानुपर्ने रे ! फेरि खेलकुद, हाजिरीजवाफ, हिज्जे प्रतियोगिताहरू भने ठाउँका ठाउँमा उतिखेरै हुने भएकोले पहिले नै लेखिदिएर घोकाउन नमिल्ने÷नपर्ने रहेछ ।”
“आफूले जानेको— कविता, निबन्ध, वादविवाद, वक्तृत्वकला, लोकगीत इत्यादि लेखिदिन तपाईंलाई के गाह्रो भयो त ?” मैले उहाँलाई झ्र्को लाएँ । उहाँ कस्सिनुभयो :
“सरले पनि कस्तो बुझ्पचाउनुभएको होला ! नेपाली सर भन्नेबित्तिकै सबै कुरा आउँछ त ? पढेर जान्नु एउटा कुरा, सिर्जना गर्न सक्नु अर्को कुरा । सरले पनि बुझनुभएकै छ नि ! रचनात्मक सीप त मेरो पनि कहाँ छ र ! यसो बाङ्गोटिङ्गो लेख्ने हुँ । कति कार्यक्रममा त, आफैंले लेखिदिएको सामग्री प्रतियोगितामा सहभागी भइरहेको हुन्छ र त्यसैको निर्णायक मण्डलमा आफूलाई पनि बसाइएको हुन्छ । साह्रै नै अप्ठ्यारो महसूस हुन्छ । अझ्, हाम्रै नजिकको अर्को एउटा विद्यालयमा भने पोहोर साल अचम्मै भएछ ।”

“के अचम्म सर ?” मैले पनि सोधिहालें । सानो स्वरमा उहाँले बताउन थाल्नुभयो :
“माध्यमिक तहका विद्यार्थीबीच प्रतियोगिता गराई उत्कृष्ट एक छात्र र एक छात्रालाई छानेर, जिल्लामा हुने वक्तृत्वकला प्रतियोगिताका लागि पठाइदिनू भनेर पत्र आएको रहेछ । त्यहाँका नेपाली पढाउने सरले पनि उसैगरी रातभरि लगाएर वक्तृता लेख्नुभएछ । दुईजना छात्र र दुईजना छात्रालाई घोक्न दिएर भोलिपल्ट विद्यार्थीहरूमाझ् घोकाइएको कुरा कण्ठस्थ प्रस्तुत गर्न लाइएछ । जिल्लामा भाग लिन जानेमा एकजना छात्रा छानिइछिन् । छात्रमा भने कस्तो विवाद परेछ भने, के भन्नु ?”

“कस्तो विवाद सर ?”
सरले अझ् सानो स्वरमा भन्नुभयो :

“नेपाली सरकै छोरो त्यो विद्यालयमा पढ्दोरहेछ । वक्तृता कण्ठस्थ वाचन गर्ने क्रममा भने ऊ अकमकिएछ । अनि अरू सरहरूले अर्कै नअकमकिने छात्रलाई पठाऊँ भन्नुभएछ । तर नेपाली सरले चाहिं आफूले वक्तृता लेखेकोले आफ्नै छोरालाई पठाइनुपर्ने अड्डी लिनुभएछ । पछि, विद्यार्थीमाझ् प्रस्तुति गराइएकोले उनीहरूले पनि देखेको हुँदा यसो नगरौं भन्ने अन्य सरहरूको आग्रहलाई नेपाली सरले प्रतिवाद गर्न नसकेपछि, ‘अबदेखि म केही पनि लेख्दिनँ’ भन्दै अत्यन्त दुःखित भएर रिसाउँदै राजी हुनुभएछ । कस्तो नमज्जा !”

सरको कुरो सुनेर मलाई पनि नमज्जा लाग्यो । चरित्रवान्, अनुकरणीय, निष्पक्ष र उदारताको गुण नभएका कतिपय सरहरूकै कारण अरू सरहरूको पनि इज्जत नरहेको सम्झ्ेर मलाई थप खिन्नताबोध भयो ।  

“यसपटक त हाम्रो विद्यालयमा पनि अझ् अनौठो कुरो भयो”, सरले नै मौनता भङ्ग गर्नुभयो ।

“ओहो सर ! कस्तो अनौठो ?” मलाई सरका कुरा एक किसिमले रमाइला लागिरहेका थिए ।

“अस्ति भर्खरकै कुरा हो । बर्खे बिदामा म जनकपुरतिर गएको थिएँ । मलाई हाम्रै क्षेत्रका स्रोतव्यक्तिको फोन आयो, निबन्ध लेखी पठाउने बारेमा । मैले आफू जनकपुर भएको कुरा बताउँदै त्यसबारेमा सोधें । जिल्ला वन महासंघले आयोजना गरेको सो निबन्ध प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्रै भाग लिन पाउने रे ! अनि निबन्ध चाहिं भोलिपल्टै जिल्लामा पुगिसक्नुपर्ने रे ! मैले चाहिं निबन्ध लेखेर, कक्षा ११ वा १२ का कोही एकजना विद्यार्थीले पठाए जस्तो पारेर उहाँको फेसबूक मेसेज बक्समा राखिदिनुपर्ने रे ! मैले ‘यसो नगरौं होला सर’ भन्दा उहाँले ‘चलनै यस्तै छ’ भन्नुभयो । के भन्नु !” सरले नरमाइलो मान्दै कुरा सक्नुभयो ।

“विद्यालय बिदा हुँदा पनि तनावमुक्त भएर बस्न नपाइने यो कस्तो पवित्र पेशा होला !” भन्दै मैले लामो सास फेरें ।
मेरा कुरा भन्न भने बाँकी नै थियो ।

(सरस्वती उमावि खानीभन्ज्याङ, ओखलढुंगा)

commercial commercial commercial commercial