किताब नै स्थायी साथी
यसो सोचिल्याउँछु, अहिलेसम्म कतिलाई साथी बनाइयो होला ? स्कूलकालीन साथी, क्याम्पसकालीन साथी, छरछिमेकका साथी, साथीको पनि साथीका नाताले बनेका साथी, हुँदाहुँदा आजको यो ‘भर्चुअल’ दुनियाँमा भर्चुअल साथीहरू पनि कतिकति ।
चाहेर, नचाहेर जिन्दगीको यात्रामा साथीहरू भेटिन्छन्, साथीहरू छुट्छन् । कसैसँगको मित्रता वर्षौं लामो हुन्छ, कसैसँगको मित्रता यति क्षणिक हुन्छ कि एक घुम्तीमा भेटिएका तिनीहरू अर्को घुम्तीमा पुग्दा नपुग्दै कता बिलाइ जान्छन् जान्छन् !
शास्त्र भन्छ, संसारका सबै कुरा अस्थिर छन्, परिवर्तनशील छन्, अनित्य छन् र नाशवान् छन् । यहाँ कुनै पनि कुरा चिरस्थायी हुँदैन । मित्रता जस्तो कुरा पनि जति टिकाउँछु भने पनि समय र परिस्थितिको मारमा परेर कतै न कतै श्वास फेर्न छोड्छ त्यसले । यो बेग्लै कुरा हो कि साथीहरूको साथ छुटे पनि सम्झ्नाको सिलसिला भने जीवनभर रहिरहन्छ ।
यी सबै साथीहरूको माझ्मा एउटा साथीको कुरा अलि फरक छ । मेरो आफ्नै अनुभवले भन्छ, कहिल्यै साथ नछोड्ने कुनै एउटा साथी रोज्नु प¥यो भने किताबलाई रोज्छु म !
किताबसँगको मेरो यात्रा बडो रोमाञ्चक लाग्छ । विशेष गरी साहित्यिक किताबसँगको यात्रा बडो रमाइलो हुन्छ । कोर्षको किताब त पढ्नै पर्ने कुरा हो । सबैले पढ्छन् । एकै ठाउँमा बसी–बसी नयाँनयाँ साथीहरूसँग फरकफरक खाले संगत गर्नु छ भने सबैले कोर्ष बाहिरका किताब पढ्नै पर्छ ।
स्कूलमा पढ्दाताकाकै कुरा हो । नेपाली पढाउने गुरुले पटकपटक मुनामदन र गौरी को खूब चर्चा गर्नुहुन्थ्यो । आफूले सधैं सम्मान गर्ने गुरुले पनि सम्मानपूर्वक लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेको नाम लिइरहँदा लेखक भनेका महासम्मानका पात्र हुन् जस्तो लाग्थ्यो । म सधैं एकप्रकारको आदरभावले नतमस्तक भइबस्थें ।
जब गुरुले भने पछि खोजेर ती किताबहरू पढे, मन नै हिक्कहिक्क भइरह्यो कति दिन । सुत्दा, उठ्दा, खाँदा, बस्दा, स्कूल जाँदा, फर्कंदा, साथीहरूसँग बोल्दा, खेल्दा मुनामदन र गौरी का श्लोकले पछ्याइरहे । तिनमा वर्णित कथा र भोगाइमा यति शक्ति थियो कि त्यसको ह्याङओभरबाट निस्कन मलाई महीनौं लाग्यो । अहो, किताब भनेको त यति प्रभावशाली कुरा हुँदोरहेछ भन्ने शुरूआतका ती दुई किताबहरू पढेर नै थाहा पाएकी थिएँ मैले ।
सानो छँदा घरमा केही राजनीतिक र प्रगतिशील मार्काका किताबहरू देखेकी थिएँ– ‘... जब दुनियाँ हिल उठी’ देखि ‘देवासुर संग्राम’ सम्म । ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ देखि ‘नारी बन्धन र मुक्ति’ जस्ता किताबहरू थिए घरमा । कति बुझ्ेर, कति नबुझ्ेर यसैयसै पढियो ती किताब पनि ।
किताब पसलमा तिनताका रु.१ मा उपन्यास र ५० पैसामा कमिक्सहरू भाडामा पाइन्थ्यो । हिजोआजका बच्चाहरूमा टि.भी.मा कार्टुन च्यानल वा ट्याबमा भिडियो गेमहरूको जुन क्रेज छ, हामी बच्चा छँदा कमिक्सको त्यस्तै क्रेज यियो । त्यतिबेला आफूसँग पैसा हुने कुरै भएन । उपन्यास वा कमिक्स पढ्न बाआमासँग पैसा माग्दा दिने कुरा पनि भएन । कक्षा सातको बर्खे बिदामा आमाले खाजा खान दिएको पैसाले प्रत्येक दिन एउटा उपन्यास पढिसक्थें म । कमिक्स त एकैदिनमा कति–कति । प्रत्येक दिन नबिराई किताब भाडामा लग्दै पढिसकेको देखेर किताब पसले पनि छक्क पथ्र्यो । हल्काफुल्का रमाइला किताब न थिए ती । उपन्यास पनि उही युधीर थापा वा प्रकाश कोविद मार्काका ।
किताब कस्तो पढियो भन्दा पनि शुरूशुरूमा किताब पढ्ने लत कसरी लाग्यो भन्ने महŒवपूर्ण कुरा हुँदोरहेछ ।
एकपटक किताब पढ्ने लत लागेपछि चाहिं सितिमिति मान्छे त्यो लतबाट मुक्त हुनै सक्दैन । म पनि मुक्त भइनँ कहिल्यै पनि । अथवा भनौं, मुक्त हुनै चाहिनँ कहिल्यै ।
बाँच्दा हामी एउटा जिन्दगी मात्र बाँच्दछौं । राम्रो किताब पढ्नुको अर्थ हो एकसाथ धेरै जिन्दगी बाँच्ने मौका पाउनु । जब कुनै राम्रो कथा वा उपन्यास पढिरहेका हुन्छौं, ती किताबमा वर्णित पात्रहरू सँगसँगै यात्रारत हुन्छौं हामी पनि । तिनका जिन्दगीका आरोह, अवरोह हामीलाई आफ्नै आरोह, अवरोह जस्ता लाग्छन् । तिनका हाँसो, आँसु हामीलाई आफ्नै जस्ता लाग्छन् । तिनका भोगाइले सिकाएको पाठ हामीलाई आफ्नै भोगाइले सिकाएको पाठ जस्तो लाग्छ । जीवनलाई अझ् गहिराइमा र अझ्ै फराकिला दृष्टिकोण बनाएर हेर्न त्यस्ता किताबले सहयोग गर्छन् सधैं ।
कविता, आत्मकथा वा दर्शनका किताबले पनि जीवनलाई हेर्ने नयाँनयाँ र फरकफरक आँखीझयाल दिन्छन् । किताब आफैंमा गुरु हुन् । नबोलिकनै बोल्छन् किताब र हामीलाई शिक्षा दिन्छन् । विभिन्न विषय र क्षेत्रका किताब पढिरहँदा थाहै नपाई हामी परिपक्व हुँदै गइरहेका हुन्छौं । बुझ्क्कड हुँदै गइरहेका हुन्छौं ।
जीवनको यो मोडमा आएर किताब विना बाँच्ने कल्पना पनि गर्न सक्दिनँ म । मेरा निम्ति किताब नै स्थायी साथी हुन् । दुःखमा, सुखमा, हाँसोमा, आँसुमा, भीडमा वा एकान्तमा किताबसँगको साथ सबैभन्दा सुखद् साथ लाग्छ । कतै छोटो वा लामो यात्रामा निस्कँदा नै किन नहोस्, ब्यागमा एउटा किताब सधैं बोकेकै हुन्छु मैले । किताब विनाको यात्रा नै अपुरो लाग्छ । कुनै दिन हतारमा बिर्सेर बाहिर जाँदा किताब बोक्न बिर्सेछु भने भित्रभित्रै औडाहा र छटपटी हुन्छ मलाई ।
हुन त मिलाएर राखेका ठाउँमा किताबहरू सुन्दर देखिन्छन् । तर म किताबको अम्मली यस्तो भएकी छु कि बिहान आँखा खुल्नासाथ र राति सुत्नुअघि आँखासामु किताब देख्न पाउँ जस्तो लाग्छ । यसर्थ अरू किताब आफ्नो लाइब्रेरीमा राखे पनि भर्खरै पढिसकेका वा पढ्दै गरेका किताब म ओछ्यानछेउको टेबलमै राख्ने गर्छु ।
धेरै साथी वा सरहरूले सधैं मलाई उमेर भन्दा छिटै परिपक्व भएको भन्थे । यसरी उमेरभन्दा छिटो परिपक्व हुनुको पछाडि केही तीखा भोगाइहरूको भूमिका आधा होला, आधा भूमिका त किताबसँगको सहयात्रा नै हो ।
फरक–फरक समाज । फरक–फरक मान्छे । फरक–फरक संस्कृति । फरक–फरक भोगाइ । फरक–फरक जीवन दर्शन । यसरी फरक–फरक किताबले हामीलाई जहिल्यै नयाँ–नयाँ दुनियाँको शयर गराउँछन् ।
शुरूशुरूमा किताब पढ्ने आदत बसाल्न जे पढ्दा पनि हुन्छ । एकपटक बानी बसिसकेपछि चाहिं किताबको छनोटलाई लिएर हामी आफैं चनाखो हुन शुरू गरिहाल्छौं । समयले सिकाउँछ पनि कति कुरा आफैं । अनुभवको एउटा निश्चित बिन्दुमा पुगेपछि चाहिं कति किताब पढियो भन्दा पनि कति राम्रा र गतिला किताब पढियो भन्ने कुराले धेरै अर्थ राख्दछ ।
अन्य साथीसँगको निष्ठा जति नै बलियो भए पनि समय, परिस्थिति र बाध्यताको सामु घुँडा टेक्न करै लाग्छ । चाहेर, नचाहेर सधैं कोही नजिकै रहिरहनै सक्दैन । तर एकपटक किताबलाई साथी बनाइसकेपछि किताबसँगको मित्रता जीवन रहुञ्जेल रहन्छ । निर्जीव चीज भइकन पनि सजीवताको अनुभूति दिलाउनु किताबको खूबी हो ।
जसले साथीको रूपमा एकपटकलाई किताब चुन्यो, त्यो मान्छे जीवनमा कहिल्यै एक्लो हुँदैन । भीडमा त एक्लो हुने कुरै भएन । साथमा किताब छ भने मान्छे जस्तै निर्जन एकान्तमा पनि एक्लो हुँदैन ।
मेरा त स्थायी मित्रहरू भन्नु नै किताब हुन्, अन्य मित्रहरू चाहिं तपसिलका मित्र ! ७
(कवयित्री सरस्वती प्रतीक्षाका तीन वटा कृति प्रकाशित छन् ।)