जिज्ञासा जवाफ

गल्ती औंल्याइदिएकोमा धन्यवाद !

कक्षा ६ को विज्ञान (पुनर्मुद्रण २०७४, एकाइ ५) को ‘प्रकाश’ पाठमा प्रकाशको स्रोत अन्तर्गत सूर्य, विद्युत् र बत्तीलाई उल्लेख गरिएको छ । फेरि दीप्त र अदीप्त वस्तुको बयान गर्ने क्रममा— सूर्य, बिजुली, आगो, तारा र जूनकिरी दीप्त अनि बेन्च, टेबुल, पुस्तक, शिशा, ऐना, चक इत्यादिलाई अदीप्त भनिएको ठीक छ । तर सोही पाठको अभ्यास खण्डमा, ‘प्रकाशको स्रोत र दीप्त वस्तुका बीच के फरक छ ?’ भनेर सोधिएको छ । कक्षा ६ का विद्यार्थीले यस्तो प्रश्नको उत्तर कसरी दिन सक्छन् र शिक्षकले कसरी बुझाउन सक्छन् ?

रामशोभित यादव सरस्वती मावि खानीभञ्ज्याङ,
ओखलढुंगा

तपाईं ले औं ल्याउनु भएको ‘पर काशको स्रो त र दीप्त वस्त ु माको फरक छ ?’ भन्ने प्र श्न आफ ैं मागलत हो । यसमा ‘दीप्त र अदीप्त वस्त ु मा के फरक छ ?’ भन्ने हुनु पर्ने हो । आगामी परिमार्जि  त संस्करणमा यो सच्चिएर आउने छ । गल्ती आ ै ं ल्याइदिनु भएको मा तपाईं लाई   धन्यवाद छ ।

यु वराज अधिकारी
शाखा अधिक ृ त, पाठ ् यक्रम विकास को न्द ्र

वेबसाइट हेर्नुस्

नेपालमा रोजगारीको मामिलामा शिक्षा प्रमुख क्षेत्र हो । तर यो क्षेत्रमा जागिर पाउन गाह्रो छ । शिक्षक सेवा आयोगले पर्याप्त स्थायी शिक्षक विज्ञापन नखुलाएर हो कि पदपूर्तिको सूचना दुर्गम गाउँका मानिसहरूले थाहा नपाएर हो ? यस्तो अवस्थामा आयोगबाट शिक्षा क्षेत्रमा रोजगारीका लागि गरिने नयाँ—पुराना विज्ञापनको सूचना शिक्षक  मासिकमा समेत प्रकाशन गराए अध्यापन अनुमतिपत्र बोकेर जागिरको आसमा घरमै दिन बिताइरहेका लाखौं युवालाई सहज हुनेथियो कि ?

डा. सञ्जय कुमार साह पशु विज्ञान प्रशिक्षक,
श्री जनता मावि महालक्ष्मी नपा–७ जितपुर,
धनकुटा

शिक्षक से वा आयोगले आफ्ना पदपूर्ति  लगायतका स ू चना आफ्नो वे बसाइटमा राख्दै आएको छ । त्यस सम्बन्धी जानकारी आयोगको वेबसाइटबाट लिन सक्नु हुने छ ।

दामो दर आचार्य
प्र वक्ता, शिक्षक से वा आयोग, भक्तप ु र

तपाईंले नियम अनुसारको तलबभत्ता पाउनुपर्छ

म शिक्षक सेवा आयोगको खुल्ला विज्ञापनबाट स्थायी नियुक्तिमा सिफारिश भई जिल्ला शिक्षा कार्यालय तनहुँको मिति २०७४ असार २९ गतेको स्थायी नियुक्ति पत्र बुझी २०७४ असार ३० गते यस विद्यालयमा हाजिर भई शिक्षण सेवा शुरूआत गरेको हुँ । तथापि मैले विद्यालयमा हाजिर हुँदाको समयमा तनहुँ जिल्लाका सम्पूर्ण विद्यालयसँगै यस विद्यालयमा पनि साउन १४ गतेसम्म बर्खे विदा थियो । स्रोतकेन्द्रबाट सिफारिश भई नगरपालिका लेखा शाखाबाट स्वीकृत भई साउन १ गते देखि कात्तिक मसान्तसम्मको मेरो तलबभत्ता र सुविधा बापतको सम्पूर्ण रकम एकमुष्ट रूपमा रु.१,३१,७०० विद्यालयमा निकासा भएको छ । तर पनि विद्यालयले बर्खे विदाको २०७४ साउन १ देखि १४ गतेसम्म जम्मा १४ दिनको मेरो तलबभत्ता (सा.सु. कर समेत) मेरो वृत्ति–विकास मा समेत असर पर्ने गरी बीमा र संचय कोष सुविधा समेतको एकमुष्ट हुन आउने रकम रु.१२,६२३.३३ पैसा रोक्का गरेको छ ।

तर सोही नगरपालिका भित्र मेरो जस्तै अवस्थामा मसँगै सेवा शुरूआत गर्नु भएका अन्य विद्यालयका शिक्षकहरूले सम्पूर्ण सुविधा प्राप्त गर्नु भएको छ । सोही सम्बन्धमा सम्बन्धित स्रोत केन्द्र, नगरपालिका लेखा शाखा तथा तत्कालीन जिल्ला शिक्षा कार्यालयमा बुझदा सो समयको मेरो तलबभत्ता र सुविधा बापतको रकम रोक्का गर्नु पर्ने कुनै कारण नभएको जानकारीगराउँदा र शिक्षा ऐनमा हाजिर भएको दिन देखि तलबभत्ता पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि विद्यालयले मेरो उक्त समयको सो सुविधा दिएको छैन । अब मैले उक्त सुविधा प्राप्त गर्न कस्तो कानूनी वा अन्य प्रक्रिया अपनाउनु पर्ला ?

राजीव श्रेष्ठ श्री राजपुर मावि,
शुक्लागण्डकी नपा–११,
राईपुर, भुस्नापुर, तनहुँ

क ु नै पनि स्थायी शिक्षकले विद्यालयमा हाजिर भएका मिति देखि काम गरेको अवधिसम्मको तलबभत्ता नियमानु सार पाउनु हुन्छ ।

क े शवपर साद दाहाल प्र वक्ता,
शिक्षा विभाग

commercial commercial commercial commercial