द्वितीया विभक्ति र यसको प्रयोग

यस शृङ्खलाका अघिल्ला दुई पाठमा संस्कृतमा वाक्य बनाउन आवश्यक पर्ने कतिपय आधारभूत विषयहरूको चर्चा गरियो । अघिल्लो पाठमा संस्कृतका वर्णहरूको परिचय र प्रथमा विभक्तिको प्रयोग प्रस्तुत गरियो । यस पाठमा चाहिं मुख्यरूपले द्वितीया विभक्तिको प्रयोग देखाउन खोजिएको छ । विभिन्न प्रातिपदिकका (शब्दका) र धातुका विविधरूपहरू नजानीकन संस्कृत भाषा सिक्न नसकिने हुनाले तिनको अभ्यास गर्न आवश्यक हुन्छ । पहिलो पाठमा बालक– प्रातिपदिकका सबै विभक्ति र वचनकारूपहरू दिइएको थियो । तीरूप कण्ठ गरे मा अकारान्त (अन्त्यमा अकार आउने) पुंलिङ्गी हजारौं शब्दकारूपहरू स्वतः जानिन्छन्, अर्थात् यस्ता शब्दकारूपहरू बालक शब्दका जस्तै नै हुन्छन् ।

कतिपय अकारान्त पुंलिङ्गी शब्दहरू

मनुष्यः मानव ः नरः मत्र्यः (मान्छे), अग्रजः (दाइ), अनुजः (भाइ), जनकः (पिता), पितामहः (पिताका बा), मातामहः (आमाका बा), मातुलः (मामा), पुत्रः तनयः सुतः (छोरो), पौत्रः (छोराको छोरो, नाति), दौहित्रः (छोरीको छोरो, नाति), अश्वः घोटकः तुरगः (घोडा),गजः (हात्ती), ऋषभः ( गोरु), एडकः मेषः (भेडा), अजः वर्करः (बाख्रो), वत्सः (बाच्छो, बच्चो), सिंहः मृगेन्द्रः (सिंह), व्याघ्रः (बाघ), शृगालः जम्बुकः (स्याल),गण्डकः (गैंडा), गर्द भः खरः (गधा), मृगः हरिणः (मिर्ग), कुक्कुरः सारमेयः (कुकुर), बिडालः मार्जारः (बिरालो), मूषकः (मुसो), नकुलः (न्याउरी मुसो), चटः चटकः विहगः विहङ्गमः (पक्षी), काकः वायसः (काग), पारावतः कपोतः (परेवा), शुकः कीरः (सुगा), श्येनः (बाज पक्षी), भेकः मण्डूकः (भ्यागुतो),ग्राहः मकरः (गोही), मत्स्यः मीनः (माछा) इत्यादि अकारान्त पुंलिङ्गी शब्द हुन् ।

अमरकोशजस्ता कोशबाट शब्दको अर्थ र तिनका पर्यायवाची शब्दको ज्ञान प्राप्त गर्न सकिन्छ । संस्कृतका आधुनिक कोशहरूमध्ये वामन शिवराम आप्टेको संस्कृ त–हिन्दी को श सर्वसुलभ र बर्ता उपयोगी पनि छ । उनकै द स्टे्यु डण्ट्स संस्क ृ त् –इङ्लिश ् डिक्श ् नरि पनि उपलब्ध छ ।

द्वितीया विभक्तिको प्रयोग

नाम वा सर्वनाम वाक्यमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकका रूपमा प्रयुक्त हुन्छन् । नाम वा सर्वनाम बुझाउने शब्दसित जोडिने पाणिनीय व्याकरणले देखाएका सु औ जस् इत्यादि प्रत्ययलाई विभक्ति भन्छन् । सात विभक्तिमध्ये द्वितीया विभक्तिले कर्म कारकलाई बुझउँदछ । पाणिनीय व्याकरण अनुसार द्वितीयाका एकवचन, द्विवचन र बहुवचनमा क्रमशः अम्, औट् र शस् प्रत्यय लागेररूपहरू बन्छन् । कर्म कारकको प्रयोग गर्न विभिन्न शब्दका द्वितीया विभक्तिकारूपहरू जान्न आवश्यक हुन्छ । तल केही प्रातिपदिकका (शब्दका) द्वितीया विभक्तिका एकवचन, द्विवचन र बहुवचनकारूप दिइएका छन्—

अस्मत्— माम् (मा)  आवाम् (नौ) अस्मान् (नः )
            (मलाई ,   हामी दुईलाई ,  हामी धेरैलाई )

युष्मत्— त्वाम् (त्वा)  युवाम् (वाम्)  युष्मान् (वः )
            (तिमीलाई /तँलाई /तपाईंलाई , तिमीहरू/तपाईंहरू दुईलाई , तिमीहरू/तपाईंहरू धेरैलाई )

बालक— बालकम्   बालकौ   बालकान्
            (एक बालकलाई , दुई बालकलाई , धेरै बालकलाई )

बालिका— बालिकाम्   बालिके   बालिकाः
              (एक बालिकालाई , दुई बालिकालाई , धेरै बालिकालाई )

फल— फलम्    फले    फलानि
          (एक फललाई , दुई फललाई , धेरै फललाई )

द्वितीया विभक्तिको र क्रियापदको वाक्यमा प्रयोग कसरी गरिन्छ भन्ने कुरा तलका उदाहरणबाट जान्न सकिन्छ । तलका वाक्यको प्रयोग बुझेपछि अन्य वाक्यको प्रयोग पनि बुझन सजिलो हुन्छ । तल प्रथम, मध्यम र उत्तम पुरुषका एकवचन, द्विवचन र बहुवचनका क्रियापदको वाक्यमा प्रयोग गरिएका छन् । प्रथम पुरुषका कर्ताका प्रयोगहरूचाहिं क्रमशः पुंलिङ्ग स्त्रीलिङ्ग र नपुंसकलिङ्गमा दिइएका छन् । यी वाक्यहरूको सकेसम्म बढी अभ्यास गर्नु उचित हुन्छ—

बालकः पाठं पठति । (एक बालक पाठ पढ्छ ।)
बालिका पाठं पठति । (एक बालिका पाठ पढ्छे ।)
मित्रम् पाठं पठति । (एक मित्र पाठ पढ्छ ।)

बालकौ पाठं पठतः । (दुई बालक पाठ पढ्छन् ।)
बालिके पाठं पठतः । (दुई बालिका पाठ पढ्छन् ।)
मित्रे पाठं पठतः । (दुई मित्र पाठ पढ्छन् ।)

बालकाः पाठं पठन्ति । (धेरै बालकहरू पाठ पढ्छन् ।)
बालिकाः पाठं पठन्ति । (धेरै बालिकाहरू पाठ पढ्छन् ।)
मित्राणि पाठं पठन्ति । (धेरै मित्रहरू पाठ पढ्छन् ।)

त्वम् पाठं पठसि । (तिमी पाठ पढ्छौ ।)
युवाम् पाठं पठथः । (तिमीहरू दुई जना पाठ पढ्छौ ।)
यूयम् पाठं पठथ । (तिमीहरू धेरै जना पाठ पढ्छौ ।)

अहम् पाठं पठामि । (म पाठ पढ्छु ।)
आवाम् पाठं पठावः । (हामी दुई जना पाठ पढ्छौँ ।)
वयम् पाठं पठामः । (हामी धेरै जना पाठ पढ्छौँ ।)

पाठ अकारान्त पुंलिङ्गी शब्द हो, यसकारूप बालकका जस्तै हुन्छन् । त्यसैले दुई पाठ र धेरै पाठ पढ्ने कुरा गर्दा क्रमशः पाठौ पाठान् शब्दहरूको प्रयोग गर्नु पर्छ । जस्तै— बालकः पाठा ै पठति (बालक दुई पाठ पढ्छ) । बालिका पाठान्पठति (बालिका धेरै पाठहरू पढ्छे) । त्वम् पाठा ै पठसि (तिमी दुई पाठ पढ्छौ) । वयम् पाठान् पठामः (हामी धेरै जना धेरै पाठहरू पढ्छौं) । इत्यादि । यसरी नै अरू पनि वाक्य बनाउने अभ्यास गर्नु पर्छ ।

संस्कृतका वाक्यमा शब्दहरूको क्रमभेदले अर्थभेद नहुने भएकाले बालक पाठ पढ्छ भन्ने वाक्यलाई संस्कृतमा विभिन्न क्रममा शब्दहरू राखेर अनुवाद गर्न सकिन्छ— बालकः पाठ ं पठति, पाठ ं बालकः पठति, पठति बालकः पाठम् , पाठं पठति बालकः । संस्कृतमा विभक्ति अनुसार शब्दकारूपहरू फरक हुने हुनाले वाक्यमा शब्दहरूको क्रम परिवर्तन गरे पनि अर्थमा फरक नपरेको हो

(जिज्ञासा वा स्पष्टीकरणका निम्तिः amoda67@hotmail.com, Twitter: @amoda67)

commercial commercial commercial commercial