चीलका चक्षु

भु ल्काकाले ने त्रले हेरे पुत्र होगोत्रको म़ल,

चीलको  चक्षुले हेरे देहको तेज आत्मज ।

प्रसिद्ध नेपाली नाटककार बालकृष्ण समको नाटक ध्रु व बाट उद्धरित यी दुई लवजबाट भुल्का (लाटोकोसेरो) र चीलको आँखाको दृष्टिक्षमता कति फरक हुन्छ भन्ने बोध हुन्छ । आँखा त आँखै हुन् दुवै पक्षीका तर पनि दृष्टिक्षमता किन बेग्लाबेग्लै भन्ने जिज्ञासालाई लिएर यो लेख लेख्न बसेको छु ।

आकाशमा उडेका चीलले पानीभित्र पौडिरहेका माछालाई आकाशैबाट ठम्याई तिनलाई झ्म्टेर पञ्जाले च्याप्प समातेर उडाएको दृश्य नदी, तलाउ र सिमसार क्षेत्रका बासिन्दाका निम्ति उति नौलो होइन । विश्वमा यस्ता माछा मार्ने चील (Fishing Eagles) का करामतहरू छायाङ्कनका लागि लोकप्रिय सामग्री सावित भएका छन् । हाम्रा चरा विशेषज्ञहरू यस्ता चीललाई ‘मलाह चील’; ‘माछा कुल’ पनि भन्दछन् । यसै गरी, हाम्रा काकाकुलका प्रसंग पनि रोचक हुने गर्छन् । हावामा कावा खाँदै आकाशमै काकाकुल... काकाकुल... भन्दै तल खेत–बारीमा सलबलाउने सर्प, छनेपारो वा भ्यागुतालाई देख्ने काकाकुल चीलको शिकारी नजर पनि तारिफ लायक हुन्छ । शहरका सडकगल्लीमा मिल्केका मुसा टिपेर भाग्ने चीलहरूको दृष्टि पनि निकै तिखो हुन्छ । तर बढ्दो शहरी भीडभाडमा अब त्यो दृश्य दुर्लभ भइसक्यो । नत्र कुखुराका चल्ला वा केटाकेटीका हातको रोटी समेत खोसेर लैजाने चीलहरूको करामत काठमाडौंमै पनि नौलो थिएन ।

तीक्ष्ण दृष्टि भएका चील, बाज वा काकाकुलहरूमध्ये सबैभन्दा प्रख्यात हाम्रै कर्णालीका ‘शाहीबाज’ (Peregrine Falcon) हुन् । ईश्वरको सृष्टिमा ‘शाहीबाज’ को दृष्टिलाई कसैले भेट्दैन । यी बाजको लोकप्रियता भारत लखनौका नबाब देखि अरबका शेखहरूसम्म फैलिएको थियो । परम्परागत चरा शिकारमा यी शिकारी बाजको प्रयोग मुगल संस्कृतिको रोचक पक्ष पनि हो । बाजले पक्रेर ल्याउने शिकार निष्प्राण लास नभएर हलालयोग्य जिउँदा प्राणी हुने भएको ले बाजशिकार (Falconery) लोकप्रिय खेलको रूपमा स्थापित भएका हुन् । तिनका करामत बाजको तेज आँखामा निहित हुन्छ ।

चील वा बाजका आँखा सामान्य मानिसको भन्दा चार देखि आठगुणा शक्तिशाली हुन्छन् । यी प्राणी मानिसभन्दा निकै सानो जीउज्यानको भए तापनि तिनका आँखाको आकार मानिसकै आँखाको दाँजोमा आइपुग्छन् । त्यसो भन्नुको अर्थ हुन्छ— चील, बाज र अरू चराचुरुङ्गीको खोपडीमा सर्वाधिक ठाउँ आँखाले ओगटेको हुन्छ । हामीले खाने हाँस–कुखुराकै खोपडी अध्ययन गर्दा पनि त्यो कुरा पुष्टि हुन्छ । चराचुरुङ्गीका ती ठूला ठूला आँखा शोभायमान पनि हुन्छन् । तिखा हुन्छन् । तर तिनले मानिसले झै आँखाको नानी दायाँबायाँ घुमाउन सक्दैनन् । अर्थात् चराका आँखा स्थिर हुन्छन् । तैपनि आँखा त सबैको आँखै हो— सूर्यको प्रकाश र तिनका किरणलाई ठम्याएर संसारलाई हेर्ने, संसारलाई देख्ने ! भुल्का या लाटोकोसेरोका नेत्र होउन् वा

भुल्का या लाटोकोसेरोका नेत्र होउन् वा चीलका चक्षु या हाम्रा आफ्नै आँखा— तिनका आधारभूत आकृति समान हुन्छन् । मान्छेले बनाएको सामान्य क्यामरा (तस्वीर खिच्ने यन्त्र) पनि आँखाकै सिद्धान्तमा निर्मित उपकरण हो । आँखाका मुख्य अवयवलाई चार भागमा बाँड्न सकिन्छ । पहिलो अवयव नानीको प्वाल जहाँबाट प्रकाशले प्रवेश पाउँछ । त्यो प्वालबाट प्रवेश गर्ने प्रकाशलाई एकीकृत गरेर प्रशोधन गर्न सक्ने वीक्ष अर्थात् लेन्स (Lens)दोस्रो अवअव हो । बाहिरबाट आएको प्रकाशपुञ्ज यो लेन्सबाट छिरेर गएपछि केही टाढा त्यो प्रकाश एकीकृत अर्थात् फोकस  (Focus) हुन्छ । यसरी एकीकृत भएको प्रकाशलाई थाप्ने पर्दालाई रेटिना (Retina) भनिन्छ । हामीले फोटो खिच्ने क्यामरामा रेटिनाको काम फिल्म  (Film) ले गर्छ । क्यामरामा पनि लेन्स जडिएको हुन्छ । त्यो सिसाको पारदर्शक उपकरण हो । हराम्रो आँखाको लेन्स भने प्राकृतिक तत्वले बनेको चर्मचक्षु हो । लेन्सभित्र कति प्रकाशपुञ्जलाई छिर्न दिने भन्ने कुरा को नियन्त्रण आँखाको नानी (Iris) ले गर्छ । यहाँ आँखाको नानी भन्नाले आँँखा भित्र प्रकाश छिर्ने प्वाल (Eye hole) र त्यसको चारैतिर कालो, खैरो वा कैलो घेरा देखि ने अवयवलाई बुझनुपर्छ । घमाइलो दिनमा हराम्रो नानी खुम्चिएर बीचमा एउटा सानो प्वाल जस्तो विन्दु मात्र बाँकी हुन्छ भने धमिलो साँझ्मा त्यो नानी फुकेर बीचमा रहेको प्वाल पनि चौडा र ठूलो देखिन्छ । आँखाको सुरक्षा गर्ने विभिन्न अवयवमध्ये हामीले झ्म्क्यिाउने पटल र त्यसमा जडिएका परेलीका अतिरिक्त आँखालाई छोप्ने तर पारदर्शी ढकन पनि हुन्छ । हामी सामान्यतया त्यसलाई देख्दैनौं ।

मानिसको उमेर बढेपछि आँखा कमजोर हुन्छन् । त्यसो भन्नुको अर्थ— आँखाको लेन्स र आँखा भित्रको रेटिना (दृष्टिपट) बीच समन्वय र सन्तुलनमागडबडी हुनु हो । लेन्सले निर्माण गरेको आकृति दृष्टिपट भन्दा वर वा पर केन्द्रित हुन थाल्यो भने आँखाले धमिलो देख्छ, स्पष्ट देख्दैन र लेखपढ वा अरू कार्य गर्न सक्दैन । त्यस अवस्थालाई सुधार्न मानिसले चस्माको आविष्कार गरयो । आज विश्वमा चस्मा नहुँदो हो त अरबौं मानिस आफ्नो जीवनको उत्तराद्र्ध फाल्तु जीवन बिताउन बाध्य हुनेथिए । त्यस अर्थमा, आजसम्म मानिसले गरेको वैज्ञानिक आविष्कारमध्ये चस्माको भूमिका सर्वाधिक महत्वको सावित हुन्छ । चस्माले आँखालाई पनि आँखा दिन्छ । यी सबै मानिसका आँखाका कुरा भए ।

माथि नै भनियो— चील वा अरू पक्षीका आँखाका डल्ला  (Eye ball) स्थिर हुन्छन् । तिनले आँखाका नानी दाहिने–देब्रे नचाउन सक्दैनन् । दायाँ–बायाँ हेर्नु परयो भने चराहरू टाउको नै घुमाउँछन् । अझ् लाटोकोसेरोले त टाउको फनक्कै घुमाएर चारैतिर नजर डाल्न सक्छ । चराले पनि आँखाका नानी आवश्यकता अनुसार हामीले जस्तै सानो र ठूलो बनाउन सक्तछन् । आँखा झ्म्क्यिाउनु परयो या बन्द गर्नु परयो भने आँखाको पलक तलबाट माथि उठाएर आँखा चिम्लिने काम गर्छन् । हामी भने आँखा चिम्लिनुपरयो भने माथिबाट तलतिर पलकलाई झर्दछौं ।

पक्षीको संसारमा चीलका चक्षु यतिविघ्न तेज हुनुको रहस्य खोतल्न थाल्दा त्यस चराको आँखा भित्रको दृष्टिपट अर्थात् रेटिनाको बनोटसम्म पुग्नुपर्ने हुन्छ । दृष्टिपटमा रहेका विशेष कोषिका (Cells) का कारण हराम्रो दृष्टि खुल्छ । यस्ता कोषिका दुई प्रकारका हुन्छन्ः जुन कोषिकाले प्रकाशलाई टिप्छ तर रंग छुट्याउन सक्दैन त्यसलाई ‘रडस्’  (Rods) भनिन्छ । अर्को प्रकारको कोषिकालाई ‘कोन्स’  (Cons) भनिन्छ । तिनले प्रकाशका सप्तरंग सबै टिप्न सक्छन् । हामी मानिसका आँखाको दृष्टिपटको एक मिलिमिटर क्षेत्रमा दुई लाख ‘कोन्स् कोषिका’ (Cons Cells) मौजूद हुन्छन् भने चीलको आँखामा त्यो संख्या १० लाख पुग्छ । लाटोकोसेरो या भुल्काको नेत्रमा भने कोन्स् नगन्य मात्रामा हुन्छन् । उसको दृष्टि कोन्स् कोषिकाको बाहुल्यमा खुल्दछ ।

चीलका आँखामा विद्यमान तीक्ष्ण शक्ति दिनको उज्यालोमा साकार हुन्छ । रातको अँध्यारोमा हेर्न र देख्न सक्ने आँखा भने लाटोकोसेरोको भाग्यमा पर्न जान्छ । लाटोकोसेरोको आँखाको दृष्टिपट ‘रडस्’ नामक कोषिकाले भरिपूर्ण हुन्छ । थोरैभन्दा थोरै प्रकाश किरणलाई पनि तिनले टिप्न सक्छन् । लाटोकोसेरो एकै स्थलमा अचल बसेर पनि आफ्नो चारैतिर को दृश्य हेर्न र देख्न सक्छ । उसको गर्द नको बनावट विशेषले गर्दा उसले आफ्नो टाउको चारैतिर घुमाउन सक्छ । लोटोकोसेरोले नजिकको कुरा देख्न सक्दैन तर टाढाको शिकार भने सजिलै आफ्नो पञ्जामा पार्न सक्छ

चीलको चक्षु र भुल्काको नेत्रमा जुन अन्तर देखिन्छ त्यसको वैज्ञानिक तथ्य र प्राकृतिक सत्यलाई नाटककार समजीले साहित्यिक दर्शनको रूपमा प्रयोग गरेर देखाइदिएका छन् । प्रकाशको सप्तरंगी किरणका बहुआयामिक दृष्टिले हेर्दा पुत्र देहको तेज आत्मज ठहरिन्छ । तर मात्र श्वेत–श्याम रंगमा प्रकाशग्रहण गर्ने हो भने पुत्र मात्रगोत्रको मलको रूपमा स्थापित हुन्छ ।

मानिसका आँखालाई भुल्का (लाटोकोसेरो) को नेत्र बनाउने वा चीलको चक्षु बनाउने भन्ने कुरा मानिसको चर्मचक्षुको विषय नभएर ज्ञानचक्षुको विषय बन्न जान्छ । ज्ञानको स्रोत शिक्षा हो, शिक्षार्थी हो । र, गुरुविना शिक्षा र विद्या प्राप्त गर्न सजिलो हुँदैन ।

 

commercial commercial commercial commercial