डार्विनको देन उनी नभएका भए के हुन्थ्यो होला ?

आजको दुनियाँलाई डार्विनको परिचय दिइरहनु आवश्यक छैन । ‘जीवनको उत्पत्तिका पछाडि कुनै पनि बाहिरी तŒव अथवा निश्चित उद्देश्यको कुनै हात छैन । छ त केवल अनन्त अनुमान र सम्भावना मात्र’— यो स्थापित गरेर डार्विनले हामी को हौं, कहाँबाट आएका हौं जस्ता प्रश्नलाई बुझन हामीलाई ठूलो मदत पुर्याएका छन् ।

हुन त, जीवनको विकास पृथ्वीमा भएको हो र त्यो निरन्तर विकसित हुँदै आइरहेको छ भन्ने कुरा चाल्र्स रोबर्ट डार्विन जन्मनुभन्दा धेरै अघि नै धेरैले बुझसिकेका थिए । कतिसम्म भने, प्राचीन भारत जस्तो अध्यात्मवादी र ईश्वरमा विश्वास गर्ने भूखण्डमा समेत कैयौं चिन्तक यस्ता थिए, जसको मान्यता थियो— यो दुनियाँलाई ईश्वर या ऊजस्तो कुनै बाहिरी तŒवले बनाएको होइन, यो त आफ्नो आन्तरिक विकास प्रक्रियाका आधारमा विकसित भएको होः त्यसै गरी, जसरी कुनै फल पाक्छ । तर, लामो समयसम्म यस्ता विचार हरू सैद्धान्तिक अनुमान र अन्योलको घेरामै रुमल्लिइरहे । किन भने, त्यस्ता कुनै ठोस प्रमाण उपलब्ध थिएनन्, जसले तिनको पुष्टि र व्याख्या गर्न सकुन् ।

डार्विनले यही काम गरे । सन् १८०९ मा बेलायतमा जन्मेका यी प्रकृतिविज्ञानीले आफ्नो जीवनभरिको श्रमसाध्य, सुविचार ित एवं वैज्ञानिक अध्ययनका आधारमा जीवनको विकास को विवरण तयार गरे । अर्थात्, पृथ्वीमा जीवन विकास को ठोस तथ्ययुक्त प्रमाण हाम्रासामु उपलब्ध गराए । ५० वर्षमा हिंड्दै गर्दा उनले निष्कर्ष निकालिसकेका थिए— प्रत्येक नयाँ प्रजाति, केही परिवर्तनका साथ, आफ्नो कुनै पूर्वज प्रजातिबाट निस्केको हुन्छ ।

वास्तवमा, उनको अद्भुत कामको बलबुतामा विज्ञानले ठूलो फड्को मारयो । खास गरी उनको पुस्तक ‘अन द ओरिजिन अफ स्पीशीज’ छापिएपछि का विगत १५० वर्षमा । हामी को हौं, कहाँबाट आएका हौं, किन आएका हौं, किन बाँच्छौं, कसका लागि बाँच्छौं जस्ता आधारभूत प्रश्न बुझन डार्विनले हामीलाई भनिनसक्नु सघाए । उनको कामकै आधारमा हामीले विभिन्न रासायनिक प्रतिक्रिया र भौतिक प्रक्रियाहरूका कारण अ–जीवनबाट जीवनको उत्पत्ति कसरी भयो भन्ने बुझन सक्यौं । डार्विनकै कारण जीवनबारे हराम्रो ज्ञान परिस्कृत हुँदै गएको छ र हामीले बुझेका छौं— जम्मै थोक लगातार बदलिइरहेको छ र यसलाई भौतिक प्रक्रियाका माध्यमबाट बुझन सकिन्छ ।

आफ्नो चारैतिर फैलिएको विराट जीवन–वैविध्य माथि सर्सर्ती आँखा दौडाइहेर्नोस् त, तपाईं जिल्ल पर्नुहुनेछ— यसको विविधताबाट मात्र होइन, जीवनका विविधरूपभित्र समेटिएको समान ताबाट पनि । यो विस्मय त्यसवेला अझ् बढ्नेछ, जब डार्विनको आलोकमा अतीतका ती अर्बौं जीवहरू पनि तपाईंको कल्पनापथमा दौडिन थाल्नेछन्— जसलाई आज तिनको जीवाश्ममा मात्र भेट्न सकिन्छ

जीवनको सञ्जाल

उदाहरणका लागि, सूक्ष्म अध्ययनहरूले देखाएका छन्— पक्षीहरूको सम्बन्ध डायनासोरसँग छ । पक्षी र डायनासोरगोहीसँग सम्बन्धित छन् । छनेपारा सर्पका नातेदार हुन् र सर्पगोहीका दाजुभाइ हुन् अनि यी सबै कछुवाका आफन्त हुन् । आदि ...

यस्ता अध्ययनले हामीलाई तर्कसंगत वर्गीकरणकोरूपरेखा बनाउन सघाउ पुरयाउँछन् ।गहिरिंदै जाँदा हामी के देख्छौं भने, पृथ्वीका सबै जीवित प्राणीहरूको एकअर्कासँग कुनै न कुनै नाता रहेछ । संसारका सबै सभ्यताहरूमा पुरातनकाल देखि नै विभिन्न प्रजातिहरूबीच रहेको परस्पर–निर्भरता र पारस्परिक सम्बन्धलाई बुझने प्रयास हुँदै आएको छ । डार्विनले यिनै प्रयासहरूमा आफ्नो योगदान दिएर तिनलाई अघि बढाए ।

हामीलाई थाहै छ, पृथ्वीमा विद्यमान जीवनका समस्तर ूपहरूको मूल आधार भन्नु तिनको एकैखाले आणविक जैविकी हो । आफ्नो वंशाणु (जीन) बाट प्रोटिन बनाउन यी सबैले एउटै आनुवंशिक कूट (जेनेटिक कोड) प्रयोग गर्छन् । सबैखाले जीन डीएनए–शृंखलाहरूबाट बन्छन् अनि विभिन्न जीवका डीएनए शृंखलामा प्रशस्त समान ता पाइन्छ । उदाहरणका लागि, मानिस र बाँदरका डीएनए शृंखला ९५ देखि ९८ प्रतिशतसम्म ठ्याक्कै मिल्छन् । कारण के हो त भन्दा, मानिस र बाँदरको उद्भव एकै पूर्वजबाट भएको हो । रमाइलो चाहिं के भने, यसका बावजूद, र यदाकदा हामीबाट जंगली व्यवहार प्रकट हुँदाहुँदै पनि , हामी आज पनि आफूलाई ‘त्यो असभ्य बाँदर’ को निकट नातेदार मान्न आनाकानी गर्छौं ।

तमाम समान ताहरूका बाबजूद यसग्रहका विभिन्न प्रजातिहरूमा अविश्वसनीय विविधता पनि व्याप्त छ । यति मात्र नभएर एउटै प्रजातिभित्र, अनि एउटा प्रजाति अन्तर्गतको एउटै समुदाय अन्तर्गत पनि पत्याउन गाह्रो पर्ने विविधता फैलेको छ । यीमध्ये कतिपय परिवर्तन वंशानुगत हुन्छन्, जसलाई पुस्ता–दर पुस्ता अगाडि बढाउनगलत सकिन्छ । यस्ता कैयौं कुरा लाई व्याख्यायित गर्ने प्राकृतिक चयनको प्रक्रिया डार्विनले पत्ता लगाए, जसका आधारमा जीवन विकसित हुँदै आयो, विकसित हुँदै गएको छ र विकसित हुँदै जानेछ ।

एउटा प्रजातिबाट अर्को प्रजाति जन्मिएको हो भन्ने अनुमान इतिहासमा लामो समय देखि हुँदै आएकै हो । तर डार्विनको उपलब्धि— उत्पत्ति यसरी भयो भनेर जान्नु मात्र थिएन, बरु के जान्नु थियो भने— प्राकृतिक चयनको प्रक्रियाबाट यो ‘हुनु’ कसरी सम्पन्न हुँदोरहेछ । उनले कहीं लेखेका पनि छन्— ‘प्राकृतिक चयन’ शब्दको चयन शायद ठीक भएन; यस प्रक्रियालाई ‘प्राकृतिक संरक्षण’ भनेको भए बढी ठीक हुन्थ्यो । ‘चयन’ शब्दसँग जोडिएको समस्या के हो भने, यसबाट जीवनको उत्पत्ति (र उद्विकास ) कुनै उद्देश्यपूर्वक चुनिएको बाटोबाट अथवा योजनाबद्ध तरीकाबाट प्रेरित हुन्छ भन्ने अर्थ पनि लाग्न सक्छ । वास्तविकता त्यो चाहिं हुँदैहोइन ।

न लक्ष्य, न उद्देश्य

कृत्रिम चयनसँग को समरूपताले पनि हामीलाई यस्तै कुनै भ्रममा पार्न सक्छ । कृषिका प्रारम्भिक दिन देखि नै मानिसले कुनै खास उद्देश्यलाई ध्यानमा राखेर वनस्पतिका प्रकार र पशुहरूका जात तयार पार्दै आएका छन् । उदाहरणका लागि, आज हामीकहाँ पाइने केही महत्वपूर्ण खाद्य–वनस्पति हुन्— फूलगोभी, बन्दागोभी, तोरी, रायो, मूला,ग्याँठगोभी, शलजम, ब्रोकाउली आदि । तपाईंलाई अचम्म लाग्ला, तर यी सबैको विकास किसानले जंगली सस्र्यंूको बिरुवाबाट गरेका हुन् । प्रत्येक खेतका बिरुवाहरूमा विविधता हुन्छ । किसानले सस्र्यूंका बिरुवाबाट यस्ता बिरुवा मात्र चयन गरे , जसमा मनवाञ्छित विशेषता थिए । कुनैमा नजीक–नजीकै ठूलठूला पात थिए त कुनैमा मोटामोटा जरा, कुनैमा मोटा डाँठ र एकदम घना पुष्पगुच्छा । एउटा खास विशिष्टतालाई चयन गरेर अघि बढाउँदै गएपछि , हजारौं पुस्ता पश्चात् एउटा बेग्लै किसिमको बिरुवा वा भनौं खाद्य–वनस्पति विकसित हुन पुग्यो । यसबाट नयाँ प्रजाति त देखा परयो तर त्यो प्राकृतिक नभएर कृत्रिम चयन थियो— उद्देश्यपूर्ण ।

डार्विनले पनि यसतर्फ संकेत गरेका छन् र भनेका छन्— प्रकृतिमा पनि यस्तैखाले प्रक्रिया हुन्छ, तर त्यो उद्देश्यपूर्ण हुँदैन ।

डार्विन जन्मेयताका २०० वर्षमा ‘प्राकृतिक चयन’ का घटना मानिसले प्रत्यक्ष देखेको छ । उदाहरणका लागि, ब्रिटेनमा एक खालका बुट्टादार पुतली थिए— विभिन्न ठाउँमा, ठूलो संख्यामा । तीमध्ये अधिकांशतः कालोबुट्टे पुतली थिए । तर आकस्मिक रूपमा भएको जीन उत्परिवर्तन (म्यूटेशन) का कारण यीमध्ये केही पुतलीगाढा बदामी रंगका हुन पुगे । हल्का रंगका कारण यी पुतली बढी सुरक्षित रहँदै आएका थिए, किन भने मध्य दिउसो झलमल्ल घाम लागेको वेलारूखका हाँगाबिंगामा आरामसँग बसेका वेला ती सजिलै देखि ंदैनथे— उस्तै रंगका कारण । तर औद्योगिक क्रान्तिपछि बेलायतमा उद्योगको संख्या अत्यधिक बढ्यो र त्यसको फलस्वरूप अन्धाधुन्द प्रदूषण फैलिएपछि रूखमा पनि कालोपन बढ्न थाल्यो । परिणाम के भयो भने, अबगाढा कालो रंगका पुतली चाहिं बढी सुरक्षित हुन थाले र हल्का (बदामी) रंगका पुतलीको ज्यान जोखिममा पर्न थाल्यो । यसप्रकार,गाढा रंगका पुतलीहरू शिकार हुनबाट बचेपछि तिनले ढुक्कसाथ सन्तान जन्माउने–हुर्काउने गर्दै गए । फलस्वरूपगाढा रंगका पुतलीको संख्या बढ्दै गयो र हल्का रंगका पुतली घट्दै गए । यस घटनामा, प्राकृतिक चयनका कारण कुनै नयाँ प्रजाति जन्मिएन, किनभने दुवैखालका पुतली सन्तान जन्माउन समर्थ बनिरहे । तथापि, तिनको आवादीको बनावट (मोथ डेमोग्राफी) भने बदलिन पुग्यो ।

तर, यो परिवर्तन कुनै उद्देश्यका साथ भएको थिएन । जीन उत्परिवर्तन (म्युटेशन) ले गर्दा पुतलीको मूल आवादीमै केहीको रंग बदलिन थालेको थियो । यो उत्परिवर्तन पर्यावरण–परिवर्तनका कारण भएको थिएन । पर्यावरणमा भएको परिवर्तनले त पुतलीको आवादीको बनावट मात्र बदलेको थियो । बिर्सन नहुने कुरा के भने, पुतलीले आफ्नो रंगमा परिवर्तन परिवेशसँग अनुकूलनका लागि गरेका थिएनन् ।

त्यसैले, प्राकृतिक चयन कुनै सोद्देश्य गरिने जस्तो रचनात्मक कर्म होइन । वस्तुतः यो त विना उद्देश्यको सम्पादकीय–व्यवस्था मात्र हो । जैव विकास को कुनै लक्ष्य छैन । जीवनको कुनै पनि रूप, जीवनको कुनै पनि अन्यरूप भन्दा बढी परिपूर्ण छैन ।

जैव विकास मा संयोगको भूमिकाले नै यसलाई अद्भुत बनाउँछ । तर, उद्विकास संयोगवश हुन्छ (इभोल्युशन बाई चान्स) भन्नुको अर्थ कदापि के होइन भने, यो आधारहीन तवरले हुन पुग्छ । आधार त यसको हुन्छ नै, तर त्यो आधार केही ‘खास’गरौं भनेर अथवा उद्देश्यपूर्ण तवरले खडा गरिएको हुँदैन ।

‘लाफिङ फिलोसफर’ उपनामले पुकारिने, ईसापूर्व पाँचौं शताब्दीकाग्रीक दार्शनिक डेमोक्रिटसको निष्कर्ष थियो— संसारको सबै कुरा केवल संयोग र आवश्यकताको परिणाम हो । डार्विनको अनुसन्धानले उनको वाणीलाई नयाँ अर्थ प्रदान गरेको छ ।

निरन्तर बदलिंदो

डार्विनले जीवनको उत्पत्ति र प्राकृतिक चयनका प्रमाणहरू जीवजन्तु र वनस्पतिका ती विभिन्नरूपको अध्ययनबाट जुटाएका थिए, जसलाई उनी र उनका साथीहरूलेगेलापेगोस द्वीप सहित दक्षिण अमेरिकाका विभिन्न स्थानबाट एकत्र गरेका थिए । सूक्ष्म अध्ययनको आलोकमा उनले देखे— कसरी एक ठाउँबाट अर्को ठाउँमा जाने र बसोबास गर्ने क्रममा, पर्यावरण परिवर्तनको प्रक्रिया सँग सँगै प्राणीहरू नयाँ–नयाँ रूपमा विकसित हुँदै आए । दशकौंको समर्पित अध्ययन, सयौं वैज्ञानिक आलेखहरूको प्रकाशन अनि आफ्नो समयका विख्यात वैज्ञानिक र चिन्तकहरूसँग हजारौं पत्रहरूको आदानप्रदान पछि डार्विनलाई स्पष्ट भयोः कुनै पनि कुरा अचर, अपरिवर्तनशील छैन— सारा जीवन निरन्तर बदलिइरहन्छ ।

यो नयाँ बोध, नयाँ ज्ञान, नयाँ बुझइले कतिपय परम्परागत धार्मिक मान्यताहरूलाई चुनौती दियो । स्वर्ग–नर्कबारे थाहा नभए पनि , आज हामीलाई के थाहा छ भने, जीवन स्व–जनित साधारण रसायनहरूका कारण स्वयं अस्तित्वमा आयो । त्यसपछि जति जति जीवन विकसित हुँदै गयो, चेतना र बुद्धि पनि उति उति विकसित हुँदै गयो । निरन्तर भइरहेका अनुसन्धानका कारण हामीले जान्दै गएका छौं— प्राणीहरूमा तन्त्रिका–तन्त्रले कसरी काम गर्छ ? र, मानवीय चेतनालाई तिनै अत्यधिक जटिल तन्त्रहरूमा सं गठित आधारभूत भौतिक प्रक्रियाको भाषाबाट कसरी बुझन सकिन्छ ?

उत्पत्तिको प्रक्रिया सम्बन्धी यो बोधले हामीलाई महसूसगराउँछ— जीवन हाम्रा आजसम्मका तमाम कल्पनाहरू भन्दा कता हो कता बढी विस्मयकारी छ । डार्विनले भनेकै छन्ः यति सामान्य प्रारम्भबाट जीवनका यति सुन्दर, यति अद्भुत, यति अनन्तरूपहरू विकसित भए र विकसित हुँदैगइरहेका छन् ।

हे डक बयो फ़िजिक्स विषयमा  बिशेष दक्षता राख्नने पूर्व अध्यापक हुन । ‘शैक्षणिक सन्दर्भ  ’ पू र्णा ङ्क ७३ बाट साभार भाषान्तरः शरच्चन्द्र वस्ती

सबै अपूर्ण

मान्छे न त दुनियाँमा सबैभन्दा बढी संख्यामा पाइने प्रजाति हो, न यसकोगन्ती सबैभन्दा तेज धावक अथवा दह्रो शरीर भएको अथवा सबैभन्दा ठूलो दिमाग भएको प्राणीमै हुन्छ । तैपनि मान्छेले आफूलाई अरूभन्दा उत्कृष्टको संज्ञा किन दिनु ?

सामान्यतः हामी जैविक विकास लाई ‘पूर्णतातिर को यात्रा’ भन्ठान्छौं । तर, यो दृष्टिकोण सही होइन । किन भने यो प्रकृतिको सोद्देश्य कार्य होइन । यसको कुनै लक्ष्य छैन । त्यसैले कुनै पनि प्रजाति पूर्ण छैन र पूर्णतातिर गइरहेको पनि छैन ।

मान्छेकै कुरा गरौं । यो अरू प्राणीभन्दा फरक छ र आफ्नो आवश्यकता अनुसार यसले आफूलाई अनुकूलन पनि गरेको छ (जुन काम सबै प्राणीले गरेका छन्) तर यो पूर्ण वा ‘पर्फेक्ट’ चाहिं छैन । जस्तैः हामी सीधा ठाडो भएर हिंड्न, बस्न त सक्छौं तर धेरैवेर यसो गर्दा हराम्रो ढाड दुख्न थाल्छ । किन भने हराम्रो पिठ्यूँको हड्डी (मेरुदण्ड) सीधा ठाडो रहन धेरै अनुकूल भइसकेको छैन । मान्छे धेरै छिटो दगुर्न त सक्छ तर लामो समयसम्म पर्याप्त अक्सिजन विना जीवित रहन सक्तैन । हराम्रो शरीरमा प्रतिर क्षा प्रणाली हुन्छ, जसले गर्दा हामीलाई बाह्य संक्रमणबाट सुरक्षा प्रदान गर्छ, तर कहिलेकाहीं यही प्रतिर क्षा–तन्त्रले हाम्रा आफ्नै कोशिका र ऊतक (टिस्यू) हरू माथि आक्रमण गरिदिन्छ । यस्तै आक्रमणबाट हुने एउटा रोग हो— आर्थराइटिस, जो बाथको कारण बन्छ । यसै गरी, कतिपय मानिसमा मलेरिया प्रतिरोधी जीन हुन्छन्, तर यस्ता जीनबाट अर्को रोग उत्पन्न हुन्छ— सिकल से ल एनिमिया ।

हरेक जीव कुनै न कुनै मामिलामा अपूर्ण हुन्छ । जस्तै, हामी पानीबाट अक्सिजन लिन सक्तैनौं भने माछो जमीनमा

बाँच्न सक्तैन । मूल प्रश्न पनि यही हो— आखिर पूर्ण हुनु भनेको के हो ? के मानिस माछा, चरा अथवा बाँदरभन्दा उत्कृष्ट प्राणी हो ? के माछो मानिस भन्दा उत्कृष्ट हो, किन भने त्यो अहोरात्र पानीमा पौडिन सक्छ ? अथवा चरो, किन भने त्यो उड्न सक्छ ? मान्छे उत्कृष्ट कि मौरी ? के मान्छेले मह बनाउन सक्छ ? मान्छे न त दुनियाँमा सबैभन्दा बढी संख्यामा पाइने प्रजाति हो, न यसकोगन्ती सबैभन्दा तेज धावक अथवा दह्रो शरीर भएको अथवा सबैभन्दा ठूलो दिमाग भएको प्राणीमै हुन्छ । तैपनि मान्छेले आफूलाई अरूभन्दा उत्कृष्टको संज्ञा किन दिनु ? डार्विन स्वयंले भनेर गएका छन्ः एउटा प्राणीलाई अर्को प्राणीभन्दा उत्कृष्ट मान्नु एकदमै वाहियात कुरा हो ।

कहिलेकाहीं के पनि प्रश्न उठ्छ भने, के जैव–विकास भनेको पुनर्जन्म वा आत्माको स्थानान्तरण जस्तै हो ? अथवा दुवैको निहितार्थ एउटै हो ? पुनर्जन्मको मान्यता अनुसार, एउटा व्यक्तिको मृत्यु भएपछि उसको आत्मा अर्को प्राणीमा पुग्छ, अर्को शरीरमा उपस्थित हुन्छ । सारा प्राणी ररूख–बिरुवा, अनि माटो, पानी र हावा समेत एकअर्कासँग जोडिएका छन् । प्रत्येक जीवन अनगिन्ती परिवर्तन, अनगिन्तीरूपबाट गुज्रिरहेको हुन्छ । आत्मा कहिल्यै मर्दैन, जीवनकोरूप मात्र परिवर्तन भइरहन्छ— अनेकौंरूप अर्थात् अनेकौं योनि । तर, जैव–विकास को वर्तमान वैज्ञानिक बुझइ योभन्दा फरक छ । जैव–विकास को नियम अनुसार प्राणीको योनि होइन ‘जनसंख्या’ मा परिवर्तन हुन्छ । यहाँ जनसंख्याको अर्थ हो— एउटै समयमा, एकै ठाउँमा रहने एकै प्रजातिका जीवहरूको समूह । सबै जनसंख्या–समूहमा विविधता हुन्छ । र, कुनै पनि दुई जीव ठ्याक्कै उस्तै हुँदैनन् । यो विविधता नै जैव–विकास को आधार हो । कुनै पूर्ववर्ती जनसंख्या–समूहभित्र केही जीवहरूमा विविधता देखि ंदै गएपछि र त्यो टड्कारो बन्दै गएपछि नयाँ जनसंख्या–समूहको उद्भव हुन्छ । पुनर्जन्मको कथालेरूपकका रूपमा त काम गर्छ तर वैज्ञानिक मापदण्डमा त्यो सत्यापित हुन सक्तैन । जैव विकास भनेको पुनर्जन्म होइन । - क्यारेन हेडक

commercial commercial commercial commercial