के फरक पार्छ स्कूलको वातावरणले ?

दुईजना साथीबीच धेरै दिन पछि भेट भएको छ । तीमध्ये एकजना शिक्षक हुन् । उनलाई भेट्न साथी स्कूलमै आएका छन् । स्कूल सँगैको एउटा शान्त चौतारोमा बसेर उनीहरू गफ गर्न थाल्छन् । एक छिन पछि कुरा शिक्षामा केन्द्रित हुन पुग्छ ।

साथी: तिम्रो स्कूल साँच्चिकै राम्रो देखिन्छ । यहाँका विद्यार्थी पनि निकै खुशी र मिलनसार देखिन्छन् । मलाई थाहा छ, स्कूल राम्रो बनाउन र चलाउन निकै ऊर्जा चाहिन्छ । तर मलाई भन— शिक्षाका लागि साँच्चै नै ‘विशेष वातावरण’ चाहिन्छ ?

शिक्षक: मेरो विचारमा, तिम्रो प्रश्नमा विचार गर्न लायक दुइटा कुरा छन् । शिक्षाको लक्ष्य के हो ? अनि, स्कूलको वातावरणले केटाकेटीमा कस्तो प्रभाव पर्छ ?

साथी: तर एकै छिन है ! मलाई त स्कूलको वातावरण खासै महŒवपूर्ण हुन्छ जस्तो लाग्दैन । हामीलाई थाहै छ, केटाकेटीहरू जस्तोसुकै वातावरणमा पनि सिक्न सक्छन्: जस्तै, युद्धग्रस्त क्षेत्रमा, अत्यन्त गरीबीका बीच, विद्वेषपूर्ण र घरायसी हिंसाको वातावरणमा पनि । अनि तिनलाई सहयोगी, उत्प्रेरक, मैत्रीपूर्ण ठाउँ चाहिन्छ भनेर यत्रो होहल्ला र उत्तेजना किन ? यसले केही फरक पर्छ र ?

शिक्षक: तिमी आफ्ना केटाकेटी त्यस्तो प्रतिकूल परिस्थितिमा हुर्किउन् भन्ने चाहन्छौ ?

साथी: होइन, होइन । तर हामी पनि त निकै हदसम्म प्रतिकूल परिस्थितिमा, परम्परागत शिक्षा प्राप्त गरेरै यहाँसम्म आइपुगेका हौं नि ! आखिर हामीले राम्रै गरेका छौं ।

शिक्षक: तिम्रो कुरा त तिमीलाई नै थाहा होला, तर म त्यति सन्तुष्ट छैन ।

साथी: के भनेको त्यस्तो ? अरे यार, हामी त समाजका सफल सदस्यमै गन्ती हुन्छौं नि !

शिक्षक: हो, हामी केही हदसम्म सफल र केही गर्न सक्ने अवश्य छौं । तर हाम्रो समग्र समाज र व्यक्तिविशेषतर्फ हेर्ने हो भने मलाई लाग्छ, न समाज स्वस्थ अवस्थामा छ, न त व्यक्ति नै खुशी छ ।

साथी: समाजमा त थुप्रै समस्या छन् । हामी व्यक्तिगत तवरमा तिनको समाधान कसरी गर्न सक्छौं ! अनि यसको शिक्षासँग के सम्बन्ध हुन्छ र ?

शिक्षक: यसका लागि समाज यस्तो कसरी भयो, अथवा त्यो के हो जसले समाजलाई यस्तो बनाउँछ भनेर हेर्नु जरूरी हुन्छ । त्यसवेला बल्ल हामी शिक्षा र समाजबीचको सम्बन्ध बुझन सक्छौं— कमसेकम त्यसरी, जसरी म हेर्छु ।

साथी: यो त समाजशास्त्री, अर्थशास्त्री र दार्शनिकहरूले व्याख्या गर्ने कुरा हो । तैपनि मेरो सामान्य विचारमा समाजको वर्तमान व्यवस्था अत्यन्तै भ्रष्ट छ । धनी र राजनीतिज्ञहरूबीच नराम्रो साँठगाँठ छ, शासन–व्यवस्था एकदमै खत्तम छ । यी बाहेक हजारौं अन्य कारक छन्, जसका बारेमा शायद हामीलाई थाहै छैन अथवा जुन कुरा बुझन हाम्रा लागि सम्भव छैन । तर, व्यक्तिलाई समाजबाट छुट्याएर हेर्न पनि सम्भव छैन ।

शिक्षक: ठीक छ, यो जटिल विषय होला । फेरि हामी समाजशास्त्री, अर्थशास्त्री अथवा दार्शनिक पनि त होइनौं नि ! तर भन त, आज मान्छे किन यस्तो छ ? हामी भ्रष्ट, संवेदनाहीन र शोषक किन छौं ?

साथी: शायद, यो मानवीय स्वभावको अभिन्न अंग नै हो ।

शिक्षक: मानवीय स्वभाव भनेर तिमीले के भन्न खोजेको ?

साथी: मनुष्य पशुजगत्कै एक हिस्सा हो । त्यहाँ हामी आफूलाई, आफ्ना बच्चालाई, आफ्नो इलाकालाई सुरक्षित राख्ने प्रवृत्ति पाउँछौं । आदिकालका कबीलाहरूमा पनि हिंसा र अरूहरूमाथि प्रभुत्वको प्रवृत्ति पाइन्छ । त्यसैले आजको हाम्रो प्रवृत्ति पनि हाम्रै स्वभावको एक अंग हो ।

शिक्षक: तर मानिस दयालु, निस्वार्थ र करुणाशील पनि हुन्छन् । मैले यी गुण पशुहरूमा पनि हुन्छन् भन्ने सुनेको छु । जे होस्, मानिसमा सिक्ने अद्भुत सामथ्र्य हुन्छ भन्ने कुरामा तिमी सहमत छैनौं र ? यस अवस्थामा हामीले आफैंलाई सोध्नुपर्छ– शिक्षाको प्रभाव व्यक्ति र समाजमा पर्दैन त ?

साथी: स्पष्टै छ, प्रभाव त पर्छ नै । शिक्षाबाट केटाकेटीलाई भोलि गएर जीविकोपार्जन गर्न सघाउ पु¥याओस् भन्ने अपेक्षा गरिन्छ । यस अर्थमा शिक्षाले व्यक्ति र समाज दुवैमा प्रभाव पार्छ ।

शिक्षक: ठीक हो । तर म तिमीलाई शिक्षाबारे कृष्णमूर्तिको विचार सुनाऊँ है त ? आजभोलि म उनकै पुस्तक पढिरहेको छु । ल सुन ...

“स्कूल शब्दको अर्र्थ हो– फुर्सत; सिक्ने फुर्सत । यस्तो स्थान, जहाँ शिक्षक र विद्यार्थी दुवै फुल्न–फल्न सकुन्, जहाँ भविष्यको पुस्ता तयार गरियोस् । यही स्कूलको उद्देश्य हो । मानिसलाई यान्त्रिक, प्रौद्योगिक उपकरणका रूपमा जागीर र व्यवसायहरूका निम्ति तयार पार्नु स्कूलको उद्देश्य होइन । के आवश्यक छ भने, उनीहरू विना कुनै डर, विना कुनै भ्रम र अनिश्चय इमानदार, मानिसका रूपमा विकसित होउन् र ‘असल’ मानव बन्न सकुन् । असल अर्थात् सम्पूर्ण मानव, जो खण्डित वा टुक्रा–टुक्रा छैन, न भ्रम र अनिश्चयमै छ ।”

“निश्चय नै, स्कूल यस्तो स्थान हो, जहाँ हामी जीवनको समग्रता, त्यसको सम्पूर्णताका बारेमा सिक्छौं । यस्तो स्थान, जहाँ शिक्षक र विद्यार्थी दुवै बाह्य संसार र ज्ञानको संसारलाई मात्र होइन, आफ्नो सोच र आफ्नो व्यवहारलाई पनि जाँच्ने–मूल्यांकन गर्ने गर्छन् । यहींबाट उनीहरू आफ्नो दशानुकूलन (परिस्थिति अनुरूप आफूलाई ढाल्ने प्रक्रिया) लाई खोज्न–जान्न शुरू गर्छन् र यसैक्रममा त्यसले उनीहरूको सोचाइलाई कसरी विकृत बनाउँछ भन्ने पनि जान्दछन् । यद्यपि, यो अनुकूलन त्यही स्वत्व हो जसलाई यति बढी र यति निर्मम महŒव दिने गरिन्छ । यस कुराप्रतिको जागरुकताका साथै दशानुकूलन र दु:खबाट स्वतन्त्रताको प्रारम्भ हुन्छ । र, यस्तो स्वतन्त्रतामा मात्र वास्तविक सिकाइ सम्भव हुन्छ ।”

साथी: यो त निकै चुनौतीपूर्ण कुरा जस्तो पो लाग्छ ! साँच्चै, शिक्षाले यति ठूलो चुनौतीको सामना गर्न सक्छ ? अनि यसका लागि कस्तो वातावरण बनाउनुपर्ला नि !

शिक्षक: यो चुनौतीपूर्ण कुरा जस्तो अवश्यै लाग्न सक्छ । तर जब म संसारको हालत देख्छु, त्यसवेला शिक्षाको योभन्दा अर्को तरीका देख्तिनँ । मेरो र मेरा साथीहरूको दृष्टिमा यस्तो शिक्षाका लागि सर्वप्रथम शिक्षक र विद्यार्थीको सम्बन्ध पारस्परिक विश्वास र स्नेहमा आधारित हुनुपर्छ, भय र सत्तामा होइन । विद्यार्थी र शिक्षकले मिलेर मानवको आन्तरिक चेतनाको प्रकृति बुझनु छ भने एक–अर्काप्रतिको भय र अविश्वासको वातावरणमा यो काम हुन सक्तैन ।

साथी: ठीक भन्यौ । मलाई आज पनि याद छ, हामी आफ्ना शिक्षकहरूसँग कति डराउँथ्यौं । त्यस्ता केही शिक्षकसँग बाहेक– जो साथी र सहानुभूतिपूर्ण जस्ता लाग्थे, हामी आफूलाई उनीहरूसँग सम्बद्ध कहिल्यै महसूस गर्दैनथ्यौं । तर एउटा प्रश्न छ । जति राम्रो सम्बन्ध भए पनि, ठूलो भएको नाताले अनि केटाकेटीप्रति जिम्मेवार भएको नाताले कहिलेकाहीं उनीहरूलाई हप्काउनु पर्दैन ? तिमीले केही नियम निर्धारित गर्नु पर्दैन ? तिनको पालन नहुँदा र त्यसले एकअर्कालाई नोक्सान पु¥याउँदा केटाकेटी सामु ठूलो स्वरले बोल्नु पर्दैन ? उनीहरू तिमीसँग डराउँदैनन् चाहिं नभन नि !

शिक्षक: तिमीले ठीक कुरा उठायौ । हामी, हामीले सबै प्रकारको भय समाप्त गरिदिएका छौं भन्दैनौं । तर भयलाई रीतिपूर्वक, ठीक तवरमा प्रयोग गरियो भने परिस्थिति बेग्लै खालको हुन पुग्छ । त्यसवेला पनि, जब शिक्षक र विद्यार्थीका बीचको आदान–प्रदान मूलत: भयको आधारमै भइरहेको हुन्छ । केही वर्ष अघि केही शिक्षकहरूले भारतका कतिपय स्कूलमा केटाकेटीलाई कुन–कुन कुराबाट डर लाग्छ भन्ने सर्वेक्षण गरेका थिए । मलाई केटाकेटीका केही प्रतिक्रिया, तिनका केही ‘डर’ अझ्ै याद छन्् । जस्तै: ‘गृहकार्य, परीक्षा र खतरनाक जनावर’, ‘अँध्यारो, गणितका शिक्षक र स्विमिङ पूलको गहिरो भाग’, ‘प्राकृतिक प्रकोप, बुबा, शिक्षक र परीक्षाहरू,’ ‘ईश्वर, सर्प र केही शिक्षक’ ।

साथी: मैले तिम्रो कुरा बुझ्ें : परम्परागत शिक्षामा मुख्य रूपले भयको माध्यमबाट नै केटाकेटीलाई केही सिक्न प्रेरित गरिन्छ । हुन पनि स्कूलहरूमा सामान्यत: प्रतिस्पर्धा, तुलना, पुरस्कार र सजायको अत्यधिक प्रयोग गरिन्छ । तिम्रो दृष्टिमा यी कुराहरू सिकाइका निम्ति हानिकारक हुन् त ?

शिक्षक: हो । यीबाट सिकाइ गम्भीर रूपमा बाधित हुन्छ । यसभन्दा पनि महŒवपूर्ण कुरा के हो भने, यी सबका कारण क्रूर समाजको निर्माण हुन्छ । उल्लेखनीय कुरा के पनि छ भने, वैज्ञानिक अनुसन्धानले पनि भय र त्रासले शिक्षालाई प्रभावित पार्छन् भन्ने देखाएको छ । प्रतिस्पर्धा, पुरस्कार र दण्डसजायले केही समयका लागि त फाइदा दिन सक्छन्, तर दीर्घकालीन रूपमा संवेदनारहित तथा असुरक्षित मानिस मात्र पैदा गर्छन् ।

साथी: ठीक हो । शिक्षा र समाजका बीच कस्तो सम्बन्ध रहेछ भन्ने अब मलाई पनि अलिअलि स्पष्ट हुन थाल्यो । तर अहिलेसम्म यसलाई हामीले परम्परागत शिक्षाका नकारात्मक प्रभावहरूको दृष्टिले मात्र हेरिरहेका छौं । तिम्रो दृष्टिकोण र त्यसको प्रयोगका केही ठोस परिणामहरूका बारेमा पनि बताऊ न !

शिक्षक: पहिला त म के स्पष्ट पार्न चाहन्छु भने, शिक्षाका क्षेत्रमा हामी जति काम गर्छौं, सैद्धान्तिकताको कुरा गर्न अथवा ठोस परिणामको प्रत्याभूति दिन उति नै कम सक्छौं । हो, केटाकेटीसँग बितेका कैयौं वर्षमा गरिएका कामको आधारमा हामी केही कुरा भने पूर्ण विश्वासका साथ भन्न सक्छौं ।
साथी: जस्तै ?

शिक्षक: परीक्षा नलिईकन अथवा अन्य कुनै पनि तिकडमहरूको सहारा नलिईकन पढाउन सम्भव छ । हामी पहिलो दिनदेखि नै विद्यार्थीहरूलाई सोध्न र प्रश्न गर्न प्रेरित गर्छौं अनि उनीहरूले अवधारणाहरू बुझ्ुन् भन्ने सुनिश्चित गर्न प्रयास गर्छौं । यस क्रममा हामी देख्छौं— उनीहरूको पकड गहिरो छ र नयाँ कुरा सिक्ने–बुझने सामथ्र्य बढ्दै गएको छ । र, यो क्रम सिकाइको सामान्य अर्थभन्दा परसम्म पुग्छ । हामीले सिकाइलाई विद्यार्थीसँग आफ्नो सम्बन्धको केन्द्रमा ल्याउनासाथ कैयौं सूक्ष्म तर महŒवपूर्ण कुरा हुन थाल्छन् र हाम्रा दिन–प्रतिदिनका क्रिया–प्रतिक्रियामा पनि यस्तो हुन थाल्छ । जे–जस्तो हुन्छ त्यसलाई हामी बुझइको दृष्टिकोणबाट सम्बोधित गर्न थाल्छौं— केटाकेटीले कुनै नियम तोड्दा पनि... ।­­

साथी: तर, तिमीले आज पनि प्रोत्साहन र प्रतिरोधका चुनौतीको सामना गर्नुपर्दैन ? तिम्रो वातावरणले प्रेरित नगरे पनि, केटाकेटीहरू परस्परमा तुलना त गर्छन् नै । यस्ता अत्यन्त ‘अनुकूलित’ शक्तिहरूलाई तिमी कसरी सम्बोधित गर्छाै ?

शिक्षक: ठ्याक्कै कुराको चुरो पक्रियौ । शिक्षाका सीमित लक्ष्यहरूसम्म पुग्न, अर्थात् दक्षता र अवधारणामा सहज पहँुच गराउन त सम्भव छ । र, यो काम स्कूलमा विद्यार्थीहरूसँग हुने दुव्र्यवहार विना पनि सम्भव छ । तर तिमीले दृश्यपटल फैलाउनासाथ, तिम्रा सामु मानव–अनुकूलनको विशाल चुनौती खडा हुन पुग्छ । मेरो आशय के हो भने, एक–अर्कासँग सम्बन्ध बनाउने क्रममा हाम्रो सामना आफ्ना पूर्वाग्रह, डर र चिन्ताहरू, आशा र इच्छाहरू, खुशी र दु:खहरूसँग हुन्छ ।

साथी: त्यसो भए तिमी यस चुनौतीको सामना कसरी गर्छौ त ?

शिक्षक: विनम्रतापूर्वक । हामीहरू यस्तो वातावरण बनाउने आशा गर्छौं जहाँ आफू स्वयंको अनुकूलन र परिस्थिति अनुरूप परिवर्तन हुने प्रक्रिया, पहिचान र विभाजन, विश्वास र अनुरक्षाका शक्तिहरूप्रति जागरूक हुन सकौं । साथै यी शक्तिहरू कसरी बृहत् समाजमा सक्रिय हुन्छन् भन्नेबारे पनि सावधान हुन सकौं । म फेरि भन्छु, आफूलाई बुझ्ेपछि मात्र कुनै पनि परिवर्तन आउन सक्छ ।

साथी: अनि विद्यार्थी नै आफ्ना बारेमा केही सिक्न–बुझन तयार छैनन् भने नि ?

शिक्षक: उनीहरूमाथि कुनै पनि कुरा लाद्न सकिंदैन भन्ने त निश्चित नै छ । हामी उनीहरूलाई स्वयं आफ्ना बारेमा सिक्न–बुझन आमन्त्रित मात्र गर्न सक्छौं । यसका निम्ति स्कूलको व्यवस्थालाई यस्तो बनाइन्छ, जसमा सोच–विचार र प्रश्न गर्ने प्रक्रिया चल्न सकोस् । हामी सिक्नेहरूको यस्तो समुदाय हौं, जसमा आपसी सहयोग र सँगसँगै काम गर्ने कुरामा ज्यादै जोड दिइन्छ । यसले स्वाभाविक तवरमा हामी स्वयंलाई ‘सम्बन्धको ऐना’ मा हेर्न बाध्य बनाउँछ । हामी संसारभरि मानिसहरू अलग–अलग परिस्थितिमा जीवनको सामना कसरी गर्छन् भन्ने पनि सिक्छौं । हामी निकै समय प्रकृतिको समीपमा बिताउँछौं; अनि हामीले हरेक दिन शान्तिपूर्वक सोचविचार गर्नका निम्ति पनि समय छुट्याएका छौं । यो प्रत्येक दिन आधा घण्टाको ‘शान्त समय’ फेला पार्नु विद्यार्थीहरूका लागि सवैभन्दा कठिन कुराहरूमध्ये एक हो । र, यस तथ्यले स्वयं धेरै कुरा बताउँछ । कस्तो लाग्छ भने, कुनै कार्य विशेष अथवा मन–बहलाउने क्रियाकलापमा नअल्झ्एिको अवस्था आउनासाथ हामी स्वयंमा एक किसिमको बेचैनी, एक किसिमको छटपटीप्रति सचेत हुन पुग्छौं ।

साथी: तर, विद्यार्थीले यी अनुभवलाई एकदम बेग्लै किसिमले बुझ्ेका–लिएका पनि त हुन सक्छन् नि ! उदाहरणका लागि, प्रतिदिनको ‘शान्त समय’ लाई उनीहरूले योजना बनाउने अथवा सपना बुन्ने निश्चित समयका रूपमा व्याख्या गरिरहेका हुन सक्छन् । तिनले तिमीले सोचेजस्तै सोचेका, ठानेका वा गरेका हुन्छन् भन्ने कसरी सुनिश्चित गर्छौ ?

शिक्षक: तिमीले साँच्चै अप्ठ्यारो कुरा सोध्यौं । हो, प्रत्येक व्यक्तिले कुनै पनि कुरा वा गतिविधिलाई आफ्नै तरीकाले व्याख्यायित गर्छ । तर हामी आफ्नो ध्यान र ऊर्जा विद्यार्थीहरूसँग कुरा गर्नुमा लगाउँछौं । उदाहरणका लागि, माथ्लो कक्षाका विद्यार्थी एक हप्तामा औसत तीन घण्टा तथाकथित संवाद–सत्रहरूमा बिताउँछन् । उनीहरू शिक्षकसँग अनौपचारिक कुराकानी पनि गर्न सक्छन् । कुराकानीको विषय स्कूलका नियमदेखि आफ्ना व्यक्तिगत सम्बन्धलाई गहिराइमा पुगेर बुझनु र संसारमा उनीहरूको स्थानसम्म– जे पनि हुन सक्छ । यी सारा क्रियाकलापमा हामी के हेर्न खोजिरहेका हुन्छौं भने, पल–प्रतिपल हामीमा चलिरहने विचार र भावनाका क्रियाहरूमाथि हाम्रो ध्यान साँच्चै पुग्न सकिरहेको हुन्छ कि हुँदैन ? यसका लागि निकै मिहिनेत चाहिन्छ । अहिले त हामी यस यात्राको प्रारम्भमै छौं ।

साथी: त्यसो भए तिमी यस्ता मानिसहरूलाई ‘पोषण’ गर्न चाहन्छौ, जो दयालु र त्यस्ता तमाम बाधाहरूबाट मुक्त होउन्— जसलाई हामी विना कुनै प्रश्न, विरासतका रूपमा ग्रहण गरिरहेका हुन्छौं । मैले यसैगरी बुझ्ें ।

(झ्ण्डै तीन दशकदेखि शिक्षणमा संलग्न लेखक बङ्गलोर (भारत) मासिनियर स्कूलका लागि कार्यक्रम विकास गर्छन् ।)

(लर्निङ कर्म, मार्च २०१५ बाट साभार)

भाषान्तर : शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial