पिंडी शिक्षा

(१)

त्यसबखत पहाडी मौजापिच्छे विरलै एकाधसम्म प्राथमिक पाठशाला हुँदा हुन्— त्यो पनि एक गुरुले सञ्चालित । १९३४ सालसम्म नेपालमा शिक्षा आएरलैण्डमा सर्प सरहज्ञ (विरला कोटि) थियो भन्ने कुनै विदेशीको पुरानो कथन छ । १९८० सालसम्म शिक्षामा खास केही परिवर्तन आएको थिएन । अक्सर गरेर काठमाडौंको पाठशालामा पढी बनारसबाट संस्कृतमा मध्यमा परीक्षा पास गरेका पहाडिया एकाध ब्राह्मणका छोराले पहाडका पाठशालामा बल्लतल्ल जागीर पाउँदथे । त्यस्तो पाठशाला पनि मौजाको कुनै एक कुनामा खुल्ने हुँदा, गाउँले केटाको पढ्न जतिसुकै इच्छा भए तापनि खोलानाला, भीर, जंगल काटेर हिउँद वर्षा पाठशालामा उनीहरूले पढ्न जाने कुनै सम्भावना थिएन ।

विद्यार्थीको भन्दा पनि आफ्नो सुबिस्ता र स्वार्थ हेरी गुरुजीले सकभर आफ्नै घर धन्सारमा पाठशाला खोल्दथे । सो नभए, घर वरिपरि गाउँको माझ् पारेर, कसैको गोठ धन्सारमा कुनै बहाल तिर्न नपर्ने ठाउँमा पाठशाला चलाइन्थ्यो । शिक्षा दिनलाई छुट्टै भवन बनाउनुपर्दछ भन्ने धारणा त्यसबखत शासक र शासित दुवैमा थिएन । ती पिंडी, गोठ र धन्सारहरूमा खुलेका पाठशाला खालि नाममा मात्र भएकाले ती कुनै कामका हुँदैनथे । तिनबाट काम नचलोस् भन्ने हेतुले सरकारबाट खोलिएका हुँदा ती बेकम्मा भएकोमा आश्चर्य मान्ने कुरा पनि भएन । नेपालमा शिक्षा बढाउनु त आफ्नो खुट्टामा बन्चरोले हान्नुजस्तो हो भने मनोवृत्ति भएको तत्कालीन राणा सरकारले खालि आफू अपवादबाट बच्न र झरा टार्नलाई मात्र जिल्लामा खोलेका ती एकाध तथाकथित गाउँले पाठशालामा गुरुको वरिपरि दुई–चार मात्र चेला बसी, ‘राजाको काम कहिले जाला घाम’ को हिसाबले पठन–पाठन चल्दथ्यो ।

अछूतकोद्द छायाँ परे पनि छिटो हाल्नुपर्ने खालको त्यस कट्टर समाज र जमानामा अछूतका छोराहरूले तागाधारीका छोराहरूसँग जोडिएर सरकारी पाठशालामा पढ्ने त कुरै थिएन । ब्राह्मणको मुखबाट निस्केका धेरै संस्कृत शब्दहरू परेको देवनागरी भाषा अछूतलाई पढाउने सवालै उठ्दैनथ्यो । मतवालीका छोराहरू पनि कमै पढ्दथे । तागाधारीमा पनि प्रायः एकाध कुलका (पण्डित्याइँ, पुरोहित्याइँ, जजमानी गर्ने, खानदानी कहलिएका र अड्डाखानामा लेखनदासी व्यवसाय भएका) ब्राह्मण, क्षत्री; ठकुरीका र मतवालीमा नेवारका छोराले थोरबहुत पढी टोपल्दथे । जोरेमोरेको अक्षर पढ्न र लेख्नसम्म जाने धेरैलाई पुग्दथ्यो । त्यस्ताको आँखा खुलेको ठहरिन्थ्यो । पढ्न नजान्नेले आँखा देखेको छैन भनिथ्यो ।

गाउँघरमा पढेका स्वास्नी मानिस त एक पनि थिएनन् । हजारमा एक स्वास्नी मानिसले काकताली परी पढ्न जाने भने, उसलाई बालककालमा कुनै वनझँक्री (वनमानिस)ले लगेर पढ्न सिकाएको भन्ने चलन थियो— त्यसबेला जानीजानी लडकीलाई पढाउने चलन नहुँदा । निकै कट्टर त्यो समाजमा अरूले नगरेको कुरा आफूले गर्न कोही अघि सर्दैनथ्यो । त्यसैले स्वास्नी मानिस पढ्ने र पढाउने भन्ने त कुरै थिएन ।

शिक्षा प्रति सरकारको वक्रदृष्टि परेको र सरकारी शैक्षिक साधन अति सीमित भएको त्यसबेला गाउँले केटाहरूको शिक्षा–दीक्षाको एक मात्र स्रोत थिए— आफ्नै गाउँले पण्डित बाजे । त्यसताका गाउँपिच्छे अथवा २÷३ गाउँको आसपासमा एकाध पण्डित बाजे हुन्थे र उनको अधिकांश समय, गाउँमा पुराण, भागवत, नवाह भन्दै र विवाह, ब्रतबन्ध, श्राद्ध, छैंटी, न्वारान, किरिया, सत्यनारायणको पूजा गराउँदैमा बित्दथ्यो । जजमानी नै पण्डितजीको मूल व्यवसाय भए तापनि आफ्नो व्यस्त समयबाट एकाध घण्टा फुर्सद निकाली बिहान आफ्नै पिंडीमा आफ्ना छोरा, भतिजा, भानिज र नातिका साथ वरपरका गाउँले केटाहरूलाई निकै चाख लिएर उनी पढाउँदथे— आफू मरेपछि पनि कर्मकाण्डको काम गाउँमा नरोकियोस् भन्ने हेतुले । त्यसलाई पिंडी शिक्षा भनिन्थ्यो । त्यहाँ सबै विद्यार्थी गुन्द्रीमा पलेंटी मारेर गुरुको वरिपरि पिंडीमा बस्दथे र गुरुको कथन ध्यान दिएर सुन्दथे ।

(२)

त्यो पिंडी शिक्षा शुरू हुन्थ्यो बिहान ६–७ बजेतिर पण्डितजीको पिंडीमा । पढाइ हुन्थ्यो वेद, चण्डी, दुर्गाकवच र बाह्रखरी । लामो टुप्पी, जुँगा, दाह्री, निधार छातीमा खरानी, विभूति र चन्दन, घाँटीमा रुद्राक्षको माला, हातमा कुशको जराको बाला, आङभरि झयापझयाप्ती झ्ुसिला रौं भएका र धोतीपाटा फेरेका गुरुले बिहान पाँच–सात बाजि कत्ति झ्ंिजो नमानीकन लडकैपिच्छे बाह्रखरी, दुर्गाकवच, चण्डी र वेदको पाठ कण्ठ घोकाउँदथे र अक्षर चिन्न र लेख्न सिकाउँदथे । त्यो सुगा पढाइको जमानामा हरेक बिहान लडकाले गुरुकै पिंडीमा पुरानो पाठ उग्राउन र नयाँ पाठ लिनु अनिवार्य हुन्थ्यो । “घोकन्ति विद्या”घ भन्दथे ।

त्यति घोकाइको भरमा भोलिपल्ट गुरुलाई पाठ कण्ठस्थ सुनाउनुपर्ने हुँदा, लडकालाई गुरुको त्यो पाँच–सात बाजिको पाठ घोकाइ निकै ध्यानपूर्वक सुन्नुपर्ने र अनि मनमा राख्नुपर्ने ठूलो आवश्यकता थियो । बाह्रखरी पढ्दा अँगारले पोतेको पाटी, कमेरोले लिपेको बाँसको सुप्लो, खरी र अँगार लडकाका शैक्षिक सामग्री हुन्थे । १९८० सालसम्म देशी कागज, स्लेट र पेन्सिल गाउँमा भेट्किसकेका थिएनन् । गाउँले लडकाले नेपाली कागजमा मसीले लेख्ने चलन पनि थिएन । मेच, टेबुल र ब्ल्याकबोर्डको त गाउँले लडकाले नामसम्म पनि सुनेका थिएनन्— देख्ने कुरा त परै जाओस् ।

त्यसरी गुरुको पिंडीमा पढ्ने एक विद्यार्थीले अर्कोलाई पाठेभाइ भन्दथे । विद्यार्थीले अति रमाइलोसँग, गुरुको कत्ति दहकस नमानीकन मिलेर पढ्दथे । गुरुको धक चेलाले मान्नुपर्ने खण्ड पनि थिएन । कारण, गुरुको हातमा छडी पनि हुँदैनथ्यो । न त गुरुले झ्र्को मान्ने, चेलालाई हप्काउने दप्काउने, पिट्ने गर्दथे । पिंडी शिक्षा पट्यारलाग्दो किसिमले धेरैबेर हुँदैनथ्यो । न त थियो त्यहाँ हाजिर गयल र जाँच गर्ने चलन; भर्ना र पढाइको शुल्क कुनै लाग्दैनथ्यो । विद्या बेच्न हुन्न भन्ने गाउँले गुरुजीको अटल धारणा थियो ।

पैसा लिएर पढाउनुु; गोरस, फलफूल बेच्नु; औषधिमूलोको मोल माग्नु गाउँघरमा त्यसबखत पाप सम्झ्इिन्थ्यो । एक प्रकारको नजानिंदो किसिमले आजकालका साम्यवादी मुलुकको शिक्षा पद्धति जस्तो थियो त्यसबखत पहाडी गाउँमा शिक्षा दिने चलन । जन–जीवनलाई आवश्यक सीमित शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गाउँलेले पाउँदथे— सरकारतर्फबाट हैन, पुर्खादेखि गाउँघरमा चलेको पुरानो चलन अनुरूप ।

गुरु चेलाको बीच, बाबुछोरामा जस्तो– आफूभन्दा छोरा बढी जान्ने सुन्ने होस् भन्ने पैतृक भावना— गाउँले गुरुमा चेलाप्रति निहित थियो । कुनै आदर्शले प्रेरित नभैकन कसैले पनि निःशुल्क कुनै पनि काम गर्दैन । कर्तव्य सम्झ्ी गरेको कुनै पनि कामको परिणाम उत्तम हुन्छ, जस्तो ती गुरुले आफ्नो पिंडीमा दिएको निःशुल्क र निःस्वार्थ शिक्षाले ग्रामीण लडकालाई भएको थियो ।

जानी नजानी गाउँले गुरुले निःशुल्क प्रदान गरिएको त्यो पिंडी शिक्षा दानलाई कवि रवीन्द्रनाथ टैगोरले गीताञ्जलीद्ध मा मुक्तकण्ठले उल्लेख गरेका छन् ।

यसरी बालककालमा विद्यार्थीलाई सकभर कडा खालको शिक्षा दिने र कठोर व्याकरण पढ्न सक्ने बानी बसाल्नाले राष्ट्रलाई फाइदै हुँदोरहेछ भन्ने तथ्यको ज्वलन्त दृष्टान्त बनेको छ, जापान र संघीय गणतन्त्र जर्मनी । जर्मनको व्याकरण हाम्रो लघुकौमुदीसँग धेरै अंशमा मिल्दोजुल्दो छ । हाम्रा संस्कृतका विद्यार्थीले अमरकोष घोकेसमान जर्मनले आफ्नो व्याकरण घोक्दछन् । जर्मनहरूको बुद्धि तिखो, लगनशीलता र जाँगर अपार हुनुको कारण उनीहरूको यही शुरूको कठोर व्याकरणको अध्ययनले हो कि जस्तो देखिन्छ । जापानीले पनि आफ्ना नानीहरूलाई खूब पुस्तक रटाउँदछन् । छोराछोरी जाँचमा फेल भए भने ठूलो अपवाद र लाजको विषय हुन्छ जापानी अभिभावकलाई । यस्तै किसिमको पढाइको कारण जापान आजकाल संसारमा अद्वितीय भएको छ ।

मानिसमा निहित कुनै पनि सीप र जाँगर जगाउन र तिखार्नलाई, लगातार अभ्यासको नितान्त आवश्यक पर्दछ भन्ने कुरा निर्विवाद छ । छिटो हुन्छ भनेर सजिलो शिक्षातिर लाग्नु त, दम बढ्छ भनेर ढिलोचाँडो चढ्नैपर्ने उकालो बाटो, छिनभरलाई पन्छाउन खोज्नु जस्तो हो । प्राचीनकालमा झ्ैं विद्यार्थीले बाल्य–जीवन गुरुघरमा, गुरुसेवाका साथै विद्या आर्जनमा बिताउने र ब्रह्मचर्य ग्रहण गर्ने रीतिरिवाज शहर बजारमा पूरै हराइसकेको भए पनि, त्यसको तूष त्यसबेलासम्म गाउँघरमा थियो । गुरुको घरमा परेका साना–ठूला काम विद्यार्थीले खुशीसाथ कर्तव्य सम्झ्ेर गर्दथे र जे पढे पनि मुखाग्र गर्न पछि हट्दैनथे । यस्ता गुरुहरूसँग पढ्न टाढाटाढाबाट विद्यार्थी आई आफ्ना इष्टमित्रका घरमा डेरा गरेर बस्दथे ।

भानुभक्तको रामायण छ खाँडो र अनेक श्लोक गाउँले केटाहरूमध्ये थोरैलाई पढेर र धेरैलाई सुनेर कण्ठस्थ आउँदथ्यो ।

आवश्यकता आविष्कारको माता हो भने झ्ैं, मुखाग्र गर्नु सिवाय अरू कुनै विकल्प नहुँदा, सबै विद्यार्थीले गुरुको कथन ध्यान दिएर सुन्दथे, सुनेका कुरा सम्झ्रिहन्थे र परेको बेलामा सो तुरुन्त व्यक्त गर्दथे— झ्लक्क देखेको चीज कलाकारले धेरै वर्षपछि यथावत् कागजमा चिœयाउन समर्थ भए झ्ैं । अपठित गाउँले केटाले घण्टौंतक श्लोकमा सवाल जवाफ गर्न सक्नाको मूल कारण पनि यही पिंडी शिक्षा हो— त्यस किसिमको पढाइको अरू जुनसुकै अवगुण भए पनि, त्यसले बालकको स्मरणशक्ति छुरा पार्ने कुरामा कुनै शंका छैन । त्यसबखत गाउँघरमा नयाँ पुस्तक किन्न नपाइने हुँदा धेरैजसो विद्यार्थीसँग हुन्थे जिजु बाजेका पालाका पुस्तक— यदि भइहाले भने । नत्र सर–सापट गरेर नै काम चलाउँदथे । सबै पुस्तक वासामा बाँधिन्थे ।

वास्तवमा मानिसलाई पछिसम्म चाहिने कुरा पनि हाजिर–जवाफी हो । जसरी भए पनि आममौकामा सवालको सही जवाफ दिन सक्ने र परेको काम तुरुन्त गर्न सक्ने बालककालमा आर्जेको खूबी जीवनभर विशेष उपयोगी सावित हुन्छ । देशमा किताबका कीराको भन्दा अरूले गरेको काम देख्नासाथ गर्न सक्ने र भनेको कुरा सुन्नासाथ टपक्क टिप्न सक्ने, जेहन चलाख मानिसको बढी खाँचो पर्दछ ।

प्रख्यात कवि शेक्सपियरले, “दुःखको वेदना मीठो हुन्छ” भने झ्ैं, त्यो कठोर सुगा पढाइ सीमित मात्रामा भए पनि त्यसबखत बहुतै फलदायक साबित हुन्थ्यो । कवि रवीन्द्रनाथ टैगोरले पनि पुस्तकबाट भन्दा प्रकृतिबाट बालकले बढी सिक्दछ भन्ने विचारले शान्ति निकेतनको खुल्ला आँपको बगैंचामा विद्यार्थीको पढाइ चलाएका थिए । त्यहाँ विद्यार्थीहरू उठेर, बसेर, लेटेर गुरुको प्रवचन सुन्दथे र टिप्दथे । त्यस्तै नभए पनि त्यही ढाँचाको थियो त्यसबखत नेपाली गाउँलेको पिंडी शिक्षा ।

देशमा स्कूल खुले जनता शिक्षित हुन्छन् र शिक्षित जनता उपर राजकाज चलाउन गाह्रो पर्दछ भन्ने त्यसबखतको सरकारको नीचतर मूलभूत प्रशासनिक नीति र मुराद भएको बेला पनि, टुकीमा बालेको मधुरो बत्ती झ्ैं, हाम्रा पहाडपर्वतका कुनाकाप्चामा चलेको त्यो पिंडी शिक्षा अवश्य पनि अनुपम थियो— सरकारको इच्छा विपरीत पनि गाउँले पण्डितले त्यो ज्ञानको ज्योति जलाई राखेकाले । निःशुल्क भएको कारणले मात्र त्यसबखत पहाडमा त्यो पिंडी शिक्षाट चलेको हैन । त्यो चल्नाको खास कारण हो शिक्षाको बीउ जसले जतिसुकै करबलले मास्न खोजे पनि हतपति नमासिने तŒव हुँदा । पिंडी शिक्षाको सरकारसँग कुनै किसिमको केही सम्बन्ध थिएन । त्यसैले त्यो त्यसबेलासम्म चलिरहेको हो । त्यहाँ पढाउनेले पनि कर्तव्य सम्झ्ेर पढाउँदथे र पढ्ने पनि दिल दिएर पढ्दथे ।

(सरदार भीमबहादुर पाँडेद्वारा लिखित त्यसबखतको नेपाल, भाग १ बाट)

१    “आएरलैण्डमा सर्पको झ्ैं नेपालमा स्कूल र कलेजको विषयमा थोरै चर्चा गरिन्छ ।” भि.डी. राइट लिखित “नेपालको इतिहास”, पृष्ठ १८ । २००७ सालको आखिरतिर त नेपाल अधिराज्यमा एक प्रतिशत पनि साक्षरता पुगेको थिएन भने १९७७÷७८ सालतिर त्यो कति हुँदो हो त्यो त अनुमान गर्न सकिन्छ ।
२    २०२० साल भाद्र १ गते लागू भएको नयाँ मुलुकी ऐनले नेपालमा अछूत चलन मास्यो ।  
३    पुस्तक रट्ने चलन आजकालसम्म पनि जापानमा प्रचलित छ ।
४    “जहाँ (मानिसको) मनमा डर छैन र शिर ठाडो रहन्छ;    जहाँ शिक्षा निःशुल्क छ, त्यस्तो स्वर्गीय स्थानमा, हे मेरा पिताजी (ईश्वर) मेरो देश जागोस् ।”  
५    आदिकवि भानुभक्त आचार्यले सर्वप्रथम नेपाली भाषामा रामायण लेखी त्यसलाई छपाई बेलायतको पुस्तकालयमा समेत पठाएथे भनिएको छ । नेपालमा अतिजनप्रिय पुस्तक ।
६    २००७ सालमा नेपाल अधिराज्यमा जम्मा ३२१ स्कूल र ८००० विद्यार्थी थिए । २०४२÷४३ मा स्कूलको संख्या १७,०००, शिक्षक ६५,०००, विद्यार्थी २३,००००० र साक्षरता ३०.१ प्रतिशत पुगेको खबर छ । १९७७ सालतिर कति विद्यालय, कति शिक्षक र कति विद्यार्थी थिए त्यसको लगत कतै पाइन्न । तर जे जति थिए ती सब नगण्य थिए । पिंडी शिक्षा भने धेरैजसो गाउँमा चलेको थियो ।

commercial commercial commercial commercial