विज्ञान र छद्म–विज्ञान

विगत २०० वर्षमा मानिसको सरदार आयु दु गुना बढेको छ । उसको यात्रा समय १०गुणाले किफायत भएको छ ।गाँस–बासको हैसियत र औषधोपचारमा स्तर ोन्नति भएको छ, प्रति व्यक्ति कुलगार्हस्थ्य उत्पादन १०गुणाले वृद्धि भएको छ । यी अधिकांश कुरा विज्ञान र प्रविधिसित जोडिएका छन् । मानिसहरू प्रविधिको प्रयोग किन गर्छन् भन्दा, एउटा कारण उनीहरू सुविधा भोगी हुन्छन् । दोस्रो, त्यसमा उनको स्वार्थ हुन्छ । विश्व–व्यापारीकरणको शैली यस्तो छ कि तिनको प्रचारलाई तपाईं पन्छाउन नै सक्नुहुन्न । फेसबूक प्रयोगकर्ताको संख्या २.१९ अर्ब पुगिसकेको छ ।

प्रविधि प्रयोगको व्यापकतासँगै विज्ञानको अपव्याख्या गर्ने प्रवृत्ति पनि बढ्दो छ । उदेकलाग्दो कुरा त त्यही प्रविधिको प्रयोग गरेर विज्ञानको दोहोलो काढ्नेहरू पनि समाज मा उत्तिकै पाइन्छन्, जबकि प्रविधिको जननी नै विज्ञान हो । जस्तो; विज्ञान विरोधी फेसबूक पेज, ब्लग वा वेबसाइटहरू, टेलिभिजनका पर्दामा देखि ने स्वर्ग र नर्कका प्रवचन, राशिफल आदि जसले प्रविधिको भरपुर प्रयोग गरिरहेका हुन्छन् तर ती विज्ञानसम्मत पटक्कै हुँदैनन् ।

सन् १६१० मा जबग्यालिलियोले एउटा परिष्कृत दुरबिनको सहायताबाट बृहस्पतिका चार वटा उपग्रह पत्ता लगाए; उनका समकालीन वैज्ञानिकहरू समेतले त्यो प्रविधि प्रयोग गर्न मानेनन् र दुरबिन हेर्दै हेरेनन् ।ग्यालिलियोले सूर्यले पृथ्वीलाई हैन, पृथ्वीले सूर्यलाई घुम्दछ भन्दा उनी माथि चर्च अवहेलनाको मुद्दा लाग्यो । सन् १९९२ मा चर्चले उनकै पक्षमा मुद्दा छिनोफानो गरयो, तर त्यतिन्जेल उनको मृत्यु भएको पनि ३५० वर्ष भइसकेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रविधिका पारखी हुन्, हर घटनामा उनी ट्वीटर नबिराई चलाउँछन् । एउटा अनुसन्धानशालाको उद्घाटनमा उनलेगज–शिरका काल्पनि कगणेशको मूर्तिलाई अङ्ग प्रत्यारोपणको उत्कृष्ट वैज्ञानिक विकास भने । शुरूमा उनलाई वैज्ञानिक समुदायले पौराणिक कथा र प्रामाणिक विज्ञानलाई पृथक् गर्न नसकेको भनी शंकाको लाभ दियो । तर जब थुप्रै त्यस्ता पौराणिक कथाहरूलाई विज्ञान नै हो भन्ने उनको आदत देखि यो, भारतीय वैज्ञानिकहरूले त्यसमा विज्ञानकोगलत व्याख्या गर्ने छद्म–विज्ञान  (Pseudoscience) प्रवद्र्धनको राज्य–प्रपन्च देखे । विरोधमा उनीहरू सडक र संचारमा उत्रिए । यही विवादमा प्रसिद्ध वैज्ञानिक पीएम भार्गवले आफूलाई प्रदान गरिएको पद्मभूषण फिर्ता गर्ने घोषणा गरे भने सन् १९१४ देखि आयोजना हुँदै आएको इन्डियन साइन्स कंग्रेस रद्द भयो ।

अघिल्लो वर्षको साइन्स कंग्रेसमा पुष्पक विमान को हवाला दिंदै भारतमा सात हजार वर्ष अघि नै हवाईजहाज बनेको भन्ने एउटा कार्यपत्र प्रस्तुत भएको थियो । कसैले त्यसलाई रमाइलो पनि माने, तर नहिच्किचाई बोल्नेले त्यसलाई ‘विज्ञान मञ्चमा छद्म–विज्ञानको धावा’ को संज्ञा दिए ।

पौराणिक कहानीहरूमा विज्ञान देख्ने दृष्टिभ्रम हामी धेरैको समस्या हो । आफूले बुझने सहज ज्ञान र आफ्नो तर्कसित मेल खाने विषयमा नै मानिसको आसक्ति हुन्छ, स्वभावैले ऊ आफ्नो कमजोरी लुकाउने प्रजाति हो । धार्मिकग्रन्थलाई धर्मकैग्रन्थ र त्यसका काल्पनि क पात्रहरूलाई जसरी प्रस्तुत गरिएको छ त्यसरी नै बुझी दिंदा कुनै समस्या हुँदैन । समस्या त्यतिखेर बल्झन्छि जतिखेर धार्मिक सिद्धान्तलाई बढाइँचढाइँ गर्न तिनकाग्रन्थमा विज्ञानको मोलम्बा लगाइन्छ र काल्पनि क पात्रलाई प्रतीक मात्र नभएर वास्तविक वैज्ञानिककै रूपमा उभ्याउने प्रयास गरिन्छ ।

नेपाली विद्यालय र कलेजहरूमा विज्ञान सम्बन्धी चलनको एउटा वाक्य दृष्टान्त छ— “ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ ।” नाटककार बालकृष्ण समको कृति ‘पर ह्लाद’ बाट उद्धृत यो वाक्यांश आकर्षक छ, तर यो नै ‘प्र ह्लाद’
 नाटकको उपसंहार भने होइन, समको दार्शनिक दृष्टिकोणको निचोड त झनै होइन । विज्ञानको भौतिक दर्शनबाट सम कति प्रभावित थिए भन्ने कुरा उनको कृति ‘नियमित आकस्मिकता’ पढेर नै थाहा लाग्छ । खण्डकाव्य ‘आगो र पानी’ समको अनीश्वरवादी चिन्तन हो । नाटकका मूल–चरित्र ईश्वरभक्त प्रह्लादको मुखबाट गराइएको संवादलाई लेखकको पृष्ठभूमि र समग्र चिन्तनलाई लुकाएर कक्षामा त्यो वाक्यांशको सिकाइ हुनु छद्म–विज्ञानकै निरन्तरता हो ।

एउटा अर्को वाक्यांश छ— “विज्ञान विनाको धर्म लँगडो हुन्छ, धर्म विनाको विज्ञान अन्धो हुन्छ ।” नेपाली बौद्धिक समुदायमा पनि यो वाक्यांश खुबै उद्धृत हुन्छ र धर्मपरायण बुद्धिजीवीहरू यही वाक्यका आधारमा आइन्स्टाइनलाई आफू जस्तै धार्मिक देख्छन् । तर आइन्स्टाइन थिए वैज्ञानिक, विशुद्ध भौतिक संसार र यसको प्राकृतिक नियमका खोजकर्ता । सन् १९५४ मा आइन्स्टाइनले एरिकगत्किन्दलाई लेखेको पत्रबाट उद्धृत यो वाक्यांश मात्रको प्रयोग पनि छद्म–विज्ञानको उदाहरण हो, किनकि त्यही पत्रमा उनले लेखेका छन् ‘मेरा लागि भगवान भन्ने शब्द मानिसको कमजोरीको अभिव्यक्ति सिवाय केही होइन’, धार्मिकग्रन्थहरू ‘बच्चा भुलाउने कथा’ मात्रै हुन् ।

के त्यसो भए विज्ञान माथि प्रश्न गर्न सकिन्न ? बिल्कुल गर्न सकिन्छ । अप्पनहाईमारले भने जस्तै विज्ञानमा “प्रश्न गर्न कुनै प्रकारको बन्देज हुनुहुँदैन । विज्ञानमा कुनै हठधर्मिता पनि हुँदैन ।” विज्ञान माथि सन्देह गर्नु विज्ञान नै हो, छद्म– विज्ञान होइन

commercial commercial commercial commercial