युवा शिक्षक, नयाँ ऊर्जा

झपाको कमल गाउँपालिका–६ स्थित मंगलमय माविकी निमावि तहकी शिक्षक अनुजा सापकोटा कक्षा–८ को विज्ञान विषयको पदार्थ शीर्षकको पाठ पढाउँदा माटोका डल्ला लिएर कक्षामा पुगिन् । कुनै पनि वस्तु कुन–कुन तत्व मिलेर बनेको हुन्छ भन्ने कुरा विद्यार्थीलाई बुझाउन माटोको उदाहरण प्रस्तुत गरे की हुन् ।

झपाकैगौरादहस्थित जनता माविमा लेखा विषयकी शिक्षक पूजा पोखरेलले फाइल शीर्षकको पाठ पढाउने क्रममा विद्यार्थीको एक हूल आफूसँगै कार्यालयमा लिएर आइन् । त्यसपछि दराजबाट फाइल निकालिन् । पत्र संख्या, चलानी नम्बर के हो, कसरी पत्र संग्रह गर्ने , फाइल कसरी बनाउने भनेर विद्यार्थीलाई देखाइन् । पत्र विषय पढाउँदा खाली कागज लिएर कक्षामा पुगिन् । त्यसपछि मिति देखि सम्बोधन र विवरणसम्मको भाषा लेख्न सिकाइन् ।

कमल गाउँपालिका–२ को महेन्द्र रत्न माविका शिक्षक बद्री कार्की सामाजिक पढाउँछन् । २०७५ सालकोगणतन्त्र दिवसको अघिल्लो दिनको पाठ हाम्रा राष्ट्रिय दिवसहरू भन्नेमा पुग्यो । उनलेगणतन्त्र दिवसको दिन विद्यार्थीलाई दिवसको महत्व बुझाउने र कुनै कार्यक्रम गर्ने योजना बनाए । विद्यार्थीकै आयोजनामा विद्यालय हातामा वृक्षरोपण गरियो । हर्ताकर्ता सबै विद्यार्थी भए भने शिक्षकहरू अतिथि मात्र । कार्कीले भने “यसरी नै रचनात्मक रूपमा हाम्रा हरेक दिवस मनाइनुपर्छ भनेर विद्यार्थीलाई अभ्यास गराए का हौं ।” विद्यार्थीले रोपेको धुपीमागणतन्त्र दिवस–२०७५ लेखिएको छ (हे . तस्वीर दायाँ )

प्रविधिको पनि सहायता

यी त केही उदाहरण मात्र हुन् । पछिल्लो समय शिक्षण पेशामा आवद्ध युवा शिक्षकहरू परम्परागत भन्दा फरक  शैलीमा विद्यार्थीलाई विषयवस्तुको ज्ञान दिन प्रयासरत छन् । २०७४ वैशाख ३ गते मंगलमय माविमा नियुक्त भएकी २३ वर्षीया अनुजा भन्छिन्, “किताबमा भएको मात्र पढाएर विद्यार्थीलाई बुझए पनि उनीहरू ज्ञानको अनुभव गर्दैनन्, त्यसैले विषयवस्तु मिल्दा विभिन्न सरसामान सँगै लिएर जान्छु ।” पाठ अनुसार कक्षामा डोरी, कैंची, पानी आदिको प्रयोगबाट विषयवस्तु बुझाउन सहज हुने उनको अनुभव छ । “कतिपय समान किन्नुपर्छ, तर कम पैसा पर्ने र पैसै नपर्ने ढुंगा, माटो, कागज, डोरी जस्ता समान चाहिं म पाठ अनुसार प्रयोग गरिरहन्छु”, उनले भनिन्

जनता माविकी शिक्षक पूजा पोखरेल २०७४ साउन २ गते देखि लेखा विषय पढाउँदैछिन् । “किताबको कुरा मात्र भनेर त अकाउण्ट विषय बुझाउनै सकिंदैन” उनले भनिन्, “चिठी, फाइल, बिल जस्ता सामग्री पाठ अनुसार कक्षामा लैजान्छु, कहिलेकाहीं अफिसमै व्यावहारिक कुरा सिकाउँछु ।” कक्षामा पस्नासाथ अभिवादन, ह्वाइटबोर्डमा मिति, विषय, पाठ, शीर्षक लेखिसकेपछि अघिल्लो दिनको समीक्षाबाट उनको कक्षा शुरू हुन्छ । यसबाट अघिल्लो दिनको केही समस्या भए त्यसलाई राख्न र दैनिक विषयवस्तुसँग जोडिन सहज भएको उनले अनुभव सुनाइन् ।

गौरीगञ्ज–१ महाभाराको बालकल्याण माविमा २०७० जेठ २९ गते प्रावि दरबन्दीमा शिक्षण शुरू गरे की सुशीला पौडेलले कक्षा ३ को असल विचार शीर्षकको कविता कक्षाकोठामा भाका हालेर आफ्नै मोबाइलमा रेकर्ड गरिन् । विद्यार्थीलाई त्यसै गरी भाका हालेर पढ्न सिकाइन् । “रेकर्डर भए त हुने नि, छैन । मोबाइलबाटै काम चलाएर सिकाउने गरे की छु” उनले भनिन् ।

२०७२ पुस १५ देखि स्थायी नियुक्ति पाएका शिक्षक बद्री कार्की केही वर्ष अस्थायी थिए । २०७४ साउन देखि कमल–२ महेन्द्ररत्न माविमा आएका उनले सहायक प्रअको पनि जिम्मेवारी सम्हालेका छन् । हिजोआज उनी कतिपय विषय प्रोजेक्टरबाटै पढाउँछन् । अरू शिक्षकले पनि उनको सिको गर्न थालेका छन् । उनकै पहलमा प्रोजेक्टरबाट विद्यार्थीलाई सन्दर्भ सामग्री देखाउने गरिएको छ । उनी विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रभावकारी बनाउन खाली पिरियडमा कार्यालयमै बसेर सन्दर्भ सामग्री बनाउँछन् ।

इच्छाशक्तिको खाँचो

कमल गाउँपालिकाका स्रोतव्यक्ति केशव भट्टराई सबै शिक्षकले सन्दर्भ सामग्रीको अनिवार्य प्रयोग गर्न जरूरी रहेको बताउँछन् । “विद्यार्थीले सुनेर भन्दा हेरेर, हेरेर भन्दा गरेर छिटो र प्रभावकारी रूपमा बुझछन्” भट्टराईले भने, “त्यसैले विद्यार्थीलाई प्रभावकारी ढंगबाट विषयवस्तुबारे बुझाउन पाठ्य विषयले मागेका सन्दर्भ सामग्रीको प्रयोग अनिवार्य छ ।” पछिल्ला दिनमा यस्ता सामग्रीको प्रयोग बढ्दै गएको उनका भनाइ छ । “कतिपय सामान त किन्नुपर्छ, गाउँपालिकामा विद्यालयबाट सूची नै गएको छ, शायद गाउँपालिकाबाट पनि त्यस्ता सामग्री टेण्डर आह्वान गरेर विद्यालयमा उपलब्धगराइन्छ होला” उनले भने, “तर सबै चिज किन्नुपर्छ भन्ने होइन, आफंैसँग भएका सामग्रीको प्रयोग पनि गर्न सकिन्छ । सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो ।”

मंगलमय माविका प्रअ मोहनप्रसाद बगाले कतिपय सामग्री किन्नुपर्ने भएकाले पनि उपयोग हुन नसकेको बताउँछन् । तर सबै शिक्षकलाई पाठ्यक्रममा आवश्यक पर्ने शैक्षिक सामग्रीको प्रयोग गर्न प्रेरित गरिएको उनको भनाइ छ । झपाको शिवसताक्षी नगरपालिकाका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारी शैक्षिक सामग्रीको प्रयोगलाई आर्थिक अभावले रोक्न नसक्ने तर्क गर्छन् । “धेरैजसो शैक्षिक सामग्री शिक्षकहरू आफंैले बनाउन सक्नुहुन्छ”, उनले भने, “खर्च नै गर्न परे दुई/चार सय विद्यालयले पनि गर्न सक्नुपर्छ तर पैसै नभएर शैक्षिक सामग्रीको प्रयोग गर्न सकिएन भन्ने कुरा चाहिं तर्कसंगत छैन ।”

commercial commercial commercial commercial