विद्यार्थीले उत्तरपुस्तिका फिर्ता पाउनुपर्छ

“सर ! जाँचमा मेरी छोरीले लेखेको उत्तर सार्ने केटा पास भएछ । मेरी छोरी फेल भइन्, किन ?”

“मेरो छोरो रातभरि पढ्थ्यो तैपनि फेल भयो किन ?”

“मेरी छोरी भन्छे, ‘हिसाब पढाउने सरकोमा ट्यूसन पढ्न न गएकै कारणले मलाई सरले फेल गरिदिनुभयो । मैले जाँच पनि रराम्रो गरे की थिएँ ।”

अर्का अभिभावकले आफ्नो छोराले गरेको गृह कार्यको कपी देखाउँदै भने, “यी  !सरले ठीक भनेर चिनो लगाइदिएको उत्तरलाई छोराले जस्ताको तस्तै लेखेको थियो रे ! तर पनि फेल भयो । कसरी ?

उपर्युक्त कथन अभिभावकहरूका हुन् । कुरो २०५० साल तिर को हो । वार्षिक परीक्षाफल प्रकाशित भएपछि जसका छोराछोरी कक्षोन्नतिमा परेनन्, ती अभिभावक र अनुत्तीर्ण भएका विद्यार्थीले दुई सातासम्म प्रअ र शिक्षकहरूलाई यस्तै गुनासो गरेर पिरोल्थे । कसैले उत्तरपुस्तिका देखाइदिन आग्रहगर्थे भने कसैले पुनः परीक्षणको माग राख्थे । कति पटक त अभिभावकको जिद्दी यति बढ्थ्यो कि हामी उत्तरपुस्तिका देखाउन बाध्य हुन्थ्यौं ।

त्यसरी उत्तरपुस्तिका देखाउँदा कति पटक शिक्षक साथीहरूले उत्तरपुस्तिका परीक्षणमा गम्भीरता नदेखाई गल्ती गरिदिंदा र अभिभावकले शिक्षकको लापरवाही पहिल्याउँदा हामीले रातो मुख लगाउनु परेको थियो । तै शिक्षकको गल्ती पहिल्याउन सक्ने अभिभावकको संख्या कम थियो र यसले ठूलै समस्या निम्त्याएन । कति अभिभावकले उत्तीर्ण हुने र अनुत्तीर्ण हुने विद्यार्थीको उत्तर पुस्तिका भिडाउनुपर्छ समेत भन्थे । त्यो वर्ष यसरी नै चल्यो । दोस्रो वर्ष यस विषयमा शिक्षक साथीहरूबीच छलफल चलायौं, उहाँहरूबाट आएका फरक विचार लाई मन्थन गरेर एउटा निष्कर्ष निकाल्यौं— ‘लब्धाङ्कपत्रसँगै उत्तरपुस्तिका समेत विद्यार्थीलाई उपलब्ध गराउन सक्यो भने यो समस्याको समाधान सम्भव छ ।’ धेरै शिक्षक साथीहरू यसमा सहमत देखि नुभयो । हरेक कक्षाको पहिलो परीक्षा देखि नै यो पद्धति लागू गर्ने निर्णय गरियो । प्रत्येक विद्यार्थीको बेग्लाबेग्लै फाइल बनाइयो । सबै विषयका उत्तरपुस्तिका र लब्धाङ्कपत्र फाइलिङ गर्ने र अभिभावकलाई परीक्षाफल वितरण गर्ने । यो दायित्व कक्षा शिक्षकले बहन गर्नु पर्ने भयो ।

त्यसै वर्ष देखि लब्धाङ्कपत्र लिन विद्यार्थी साथ अभिभावक पनि अनिवार्य रूपमा आउनै पर्ने नियम बनाइयो । अभिभावकको सुविधालाई ध्यानमा राखी शनिबारका दिन परीक्षाफल वितरण गर्ने व्यवस्था मिलाइयो । पहिलो परीक्षाको परीक्षाफल वितरण गर्दा अभिभावकको उपस्थिति न्यून रह्यो । अभिभावकलाई सँगै लिएर नआउने विद्यार्थीलाई लब्धाङ्कपत्र दिइएन । एक साताभित्र अभिभावक आएर लब्धाङ्कपत्र लगिसक्नुपर्छ भनेर सूचना गरियो । यसो गर्दा एउटा अप्ठ्यारो भने परयो । अभिभावकहरू आफूखुशी समयमा आइदिंदा कक्षा शिक्षकका कक्षा एक सातासम्म बिथोलिए । रराम्रो कामको शुरूआत गर्दा स–साना समस्या आइनै हाल्छन् भनेर यसलाई सामान्य रूपमा लियौं ।

उत्तरपुस्तिका परीक्षणमा व्यापक सुधार आयो

अभिभावक र विद्यार्थीलाई उत्तरपुस्तिका फिर्ता दिने काम आफैंमा रराम्रो भए पनि शुरूआती अवस्थामा निकै समस्या आए । उत्तरपुस्तिका परीक्षणमा शिक्षक साथीहरू गम्भीर नभइदिंदा धेरै उत्तरमा औसत अङ्क प्रदान गरेको, उत्तर राम्ररी नपढिकन लेखाइको गुणस्तर भन्दा परिमाण हेरेर अङ्क प्रदान गरेको, छोटो उत्तर लेख्नुपर्ने कतिपय प्रश्नको उत्तर परीक्षण गर्न नै छुटाएको, अङ्कगणना र कुल प्राप्ताङ्क योगमा समेत त्रुटि गरेको भेटियो । हाम्रा यस्ता कमी–कमजोरीलाई समातेर अभिभावकहरू झण्डै एक महीनासम्म स्कूल आएर विवाद गरिरहे । अभिभावकका जायज गुनासालाई स्वीकार्नै परयो । कतिपय गम्भीर त्रुटिलाई हामीले सच्याउने कबूल गर्यौ । सच्यायौं पनि । अभिभावक र विद्यार्थीले औंल्याएका गल्ती स्वीकार न गरी धरै थिएन । स्वीकार गरी सच्याउन ल गाउँदा शिक्षक साथीहरूले आफ्नो मान मर्दन भएको महसूस गरे । आफ्नो गल्ती सहजै स्वीकार गर्ने वातावरण निर्माण गर्न र शिक्षक अभिभावकबीच सिर्जना भएको सामान्य द्वन्द्व व्यवस्थापन गर्न थप केही समय लाग्यो ।

त्यो वर्ष तीनवटै खण्ड परीक्षाको परीक्षाफल लिन अभिभावक स्वयं उपस्थित हुनुपर्ने नियमलाई कडाइका साथ लागू गरियो । परिणामतः अन्तिम परीक्षासम्ममा सबैजसो अभिभावक परीक्षाफल लिन स्कूलमा उपस्थित हुने वातावरण बन्यो । आफ्ना छोराछोरीले जाँचमा के लेखे, कसरी लेखे र कति लेखे ? भन्ने थाहा पाउन र परीक्षाफल कस्तो छ ? भन्ने बारेमा अभिभावकको चासो ह्वात्तै बढेको मात्र होइन, यो एक वर्षमा उत्तरपुस्तिका परीक्षणमा शिक्षक साथीहरू पनि गम्भीर बनेका देखि ए । अन्तिम परीक्षासम्म आइपुग्दा उत्तरपुस्तिका परीक्षणमा शिक्षक साथीहरूबाट हुने गरेका त्रुटिमा व्यापक सुधार आयो । शिक्षकप्रति अभिभावक र विद्यार्थीको गुनासो पनि घटेर गयो ।

अर्को वर्ष देखि उत्तरपुस्तिका परीक्षणलाई अझ् विश्वसनीय र प्रभावकारी बनाउन परीक्षण नीतिमा थप परिमार्जन गरियो । विद्यार्थीले गरेका गम्भीर त्रुटिलाई सच्याइदिनुका साथै उत्तर कसरी लेख्नुपथ्र्यो, के गल्ती भयो, कुन पक्ष छुट्यो भन्ने बारेमा छोटो–छोटो टिप्पणी लेखिदिन थालियो । यसले विद्यार्थीलाई मैले कहाँ के गल्ती गरे छु, उत्तर कसरी र कति लेख्नुपर्ने रहेछ ? भन्ने कुरा को जानकारी हुन गयो । उत्तरपुस्तिका विद्यार्थी अभिभावकलाई उपलब्धगराउँदा उनीहरूलाई आफ्ना कमी–कमजोरी पहिचान गर्न र सबल पक्ष थाहा पाउन सहज भयो । आफूले सुधार गर्नु पर्ने पक्ष के–के रहेछन्, कसरी सुधार गर्ने भन्ने बारेमा योजना बनाउन र उत्तर व्यवस्थापन गर्न सजिलो भयो । अभिभावकले पनि आफ्ना छोराछोरीको सिकाइको स्तर कस्तो रहेछ ? उनीहरूका सबल पक्ष र कमजोर पक्ष के के रहेछन् भनेर थाहा पाउने भए । सुधारका लागि प्रयत्न गर्न सहज हुनेभयो । हेर्दा सामान्य लाग्ने, लब्धाङ्कपत्रसँगै परीक्षाका उत्तरपुस्तिकाहरू अभिभावक र विद्यार्थीलाई फिर्ता गर्ने यो पद्धति अत्यन्त प्रभावकारी सिद्ध भयो । यसले पढाइ, लेखाइ र सिकाइप्रति विद्यार्थी, अभिभावक दुवैको चासो बढायो र गुणस्तर वृद्धिमा ठूलो टेवा पु¥यायो ।

ट्यूसनको सट्टा उपचारात्मक कक्षा

प्रश्नपत्र निर्माण, परिमार्जन, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणमा जति सुधार ल्याए पनि विद्यार्थी र अभिभावकको एउटा गुनासो भने कायमै रह्यो । विशेषतः माथ्लो कक्षाका विद्यार्थीहरू के भन्थे भने— “म गणितको ट्यूसन पढ्नगइनँ, त्यसैले गणितमै फेल भएँ ।” अरू भन्थे— “म विज्ञानको ट्यूसन पढ्नगइनँ विज्ञानमा फेल भएँ ।” वास्तवमा उनीहरूको भनाइको आशय ट्यूसन नपढेर म ती विषयमा कमजोर हुन पुगें भन्ने होइन रहेछ । बरू ट्यूसन पढ्न न गएकै कारणले मलाई कम अङ्क दिइयो भन्ने रहेछ ।

त्यसताका विद्यालयमा न्यूनतम विद्यार्थी अनुत्तीर्ण हुन्थे, जो अनुत्तीर्ण हुन्थे ती गणित र विज्ञान विषयमै हुन्थे । विद्यार्थीले गम्भीर विषय उठाए पनि तिनीहरू पढाइमा कमजोर मानिन्थे, त्यसैले शिक्षक साथीहरू त्यस्ता कुरा लाई खास महत्व दिनु हुन्नथ्यो ।
मलाई भने सत्यता थाहा पाउने हुटहुटी भैरह्यो । सत्यता पहिचान गर्न, गुनासो गर्ने विद्यार्थीका उत्तरपुस्तिका र ट्यूसन पढ्न जाने विद्यार्थीका उत्तरपुस्तिका ट्यूसन नपढाउने शिक्षकबाट पुनः परीक्षण गर्न लगाइयो । त्यसरी पुनः परीक्षण गर्दा आफूकहाँ ट्यूसन पढ्न आउने विद्यार्थी प्रति शिक्षक अलि बढी उदार भएकै पाइयो । गुनासो गर्ने विद्यार्थी कमजोर त थिए नै तर त्यो उदारताको लाभ यिनीहरूले पनि पाउन सकेका भए गुनासो गर्ने मध्येका अधिकांश विद्यार्थीले उत्तीर्णाङ्कसम्म प्राप्त गर्न सक्ने देखि यो । यो गम्भीर विषय थियो । यसलाई शिक्षक साथीहरूबीच छलफल मा ल्याइयो । तर साथीहरूले यसलाई गम्भीर त्रुटि मानेनन् । आफूकहाँ ट्यूसन पढ्न आउने विद्यार्थीप्रति शिक्षकको मनोविज्ञान सहानुभूतिशील हुन्छ नै भन्ने उहाँहरूको राय रह्यो । किनकि प्रदत्त अङ्कमा समात्नै सकिने गरी ठूलो भिन्नता थिएन । शिक्षकले विवेकको प्रयोग गर्न पनि पाउनुपर्छ भन्नेमा यो विषय टुङ्गियो

तर मलाई भने चित्त बुझरिहेको थिएन । परीक्षाफल प्रकाशन अघि उत्तरपुस्तिका संपरीक्षण गर्ने पद्धति थिएन । आन्तरिक परीक्षामा अहिलेसम्म पनि छैन । साथीहरूसामु मैले दुई वटा प्रस्ताव राखें । पहिलो परीक्षाफल प्रकाशन अघि उत्तरपुस्तिकाको नमूना संपरीक्षण गर्ने अनि मात्र प्राप्ताङ्क प्रविष्टि गर्ने । दोस्रो—उत्तरपुस्तिका परीक्षण गर्दा सेक्सन साटासाट गर्ने । अथवा जुन सेक्सनमा जुन शिक्षक साथीहरूले पढाउनु हुन्छ, त्यहाँका उत्तरपुस्तिका अर्को सेक्सनका शिक्षकलाई दिने । अन्तिम खण्ड परीक्षामा आफूले नपढाएको सेक्सनका विद्यार्थीहरूको उत्तरपुस्तिका परीक्षण गर्नु पर्ने । धेरैजसो साथीहरू यसमा सहमत देखि नुभयो ।

अर्को वर्ष कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूको मुख्य–मुख्य विषयका उत्तरपुस्तिका एकअर्कोलाई परीक्षण गर्न दिने र संपरीक्षण पश्चात परीक्षाफल प्रकाशन गर्ने निर्णय भयो । यो निर्णयको कार्यान्वयनले उत्तरपुस्तिका परीक्षणमा पूर्णतया एकरूपता ल्याउन नसके पनि सुधार भने अवश्य भयो । त्यस पछि ट्यूसन पढ्न जाने प्रवृत्तिलाई हतोत्साहित गर्न कमजोर विद्यार्थीका लागि विद्यालयमै उपचारात्मक कक्षा (जसलाई हामी विशेष कक्षा भन्थ्यौं) सञ्चालन गर्यौ । उपचारात्मक कक्षाले ट्यूसन जाने प्रवृत्तिलाई ह्वात्तै घटायो तर पूरै रोक्न भने सकेन । अहिलेसम्म पनि ज्ञानोदयमा यी पद्धतिहरू कायमै छन्

पूर्व प्र अ, ज्ञानो दय मावि, बाफल, काठमाडा ैं

commercial commercial commercial commercial