नेपाल शिक्षित होइन लेखपढ गर्नेहरूको देश बन्दैछ !

दोष अरू माथि नथुपारी, साँच्चै आत्माबाटै कर्तव्यनिष्ठ भएर लाग्ने हो भने शिक्षकले नै शिक्षा क्षेत्रको धेरै सुधार गर्न सक्छ । यसो भनिरहँदा हामी सबैले शिक्षाको खास अर्थ बुझनु पनि जरूरी छ ।

“आफूले जन्म दिएको बच्चालाई तिमी जति प्रेम गर्छौ, त्योभन्दा बढी आफ्ना विद्यार्थीलाई गर किनकि शिक्षकको रूपमा तिमीले पारिश्रमिक पनि प्राप्त गरेका छौ ।”

धेरै वर्षदेखि सोच्दै आएको माथिको विचारलाई आफूमा मात्र सीमित राख्नु ढिकुटीमा थुपारेको धान झ्ैं लाग्न थालेपछि त्यसलाई सार्वजनिक गर्न आफैंभित्रकोे आत्माले मलाई घच्घच्याइरह्यो । खोटाङ जिल्लाको २०७३ सालको एसईई परीक्षाको नतिजा हेर्दा सन्तोष गर्न सकिने स्थिति छैन । ‘बी’ र त्यसभन्दा माथिको ग्रेड ल्याउने (जसलाई राम्रो मानिन्छ) विद्यार्थीको प्रतिशत घटेको छ । गत वर्ष उक्त समूहमा ८.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष ५.७ प्रतिशत मात्र रहेका छन् । विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरू— शिक्षानीति, राजनीति, शिक्षा ऐन तथा नियमावली, अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षा सम्बन्धी काम गर्ने कर्मचारीहरू आदि भए तापनि सबैभन्दा मूल तत्व र जिम्मेवार पक्ष भनेको शिक्षक नै हौं ।

दोष अरू माथि नथुपारी, साँच्चै आत्माबाटै कर्तव्यनिष्ठ भएर लाग्ने हो भने शिक्षकले नै शिक्षा क्षेत्रको धेरै सुधार गर्न सक्छ । यसो भनिरहँदा हामी सबैले शिक्षाको खास अर्थ बुझनु पनि जरूरी छ । अहिलेसम्म हामीमध्ये धेरैले शिक्षाको गूढ मर्म बुझन र मूल्याङ्कन प्रक्रियामा भएको कमी–कमजोरीलाई पहिल्याउन सकेका छैनौं ।

शिक्षा शब्दलाई अनेक कोणबाट परिभाषित गरिएको छ । तैपनि ती परिभाषा पूर्ण छैनन् । शिक्षालाई कुनै एक वाक्यमा समेटेर संकुचन गर्न सकिन्न । यो शब्द व्यापक मात्र होइन सर्वव्यापक छ । यसको सैद्धान्तिक पुष्टिले मात्र कुनै अर्थ राख्दैन । यो त व्यावहारिक बन्नुपर्छ र उपलब्धिमूलक पनि । सामान्यतया अक्षर लेखपढ गर्नुलाई साक्षर र विद्यालयीय अनेक तहका प्रमाणपत्रहरू हासिल गर्नुलाई शिक्षित भन्ने हाम्रो परम्परावादी सोच र बुझइ छ । यो गलतै नभए पनि पूर्ण भने पक्कै छैन ।

कहिल्यै विद्यालयमा पाइला नटेकेका व्यक्तिहरू पनि सुशील, सभ्य र शिक्षित भेटिन्छन् भने विद्यालय—विश्वविद्यालयका औपचारिक प्रमाणपत्रधारीहरू असभ्य, नीच र अशिक्षित पनि भेटिन्छन् । यसकारण शिक्षाको अर्थ पनि औपचारिक शैक्षिक प्रमाणपत्र प्राप्त गरे÷नगरेको आधारमा मात्र लगाइएमा गलत हुन जान्छ । जीवनलाई सुखी बनाउने सीप र कला सिकेको व्यक्ति जो आफू आनन्दपूर्वक बाँच्न सक्छ र अरूलाई पनि बाँच्न सिकाउँछ, बाँच्न सहयोग गर्छ, त्यो नै शिक्षित हो । शिक्षा प्राप्त अर्थात् शिक्षित व्यक्तिबाट कसैको पनि हानि हँुदैन । सबैको भलाइ हुन्छ र शिक्षित व्यक्तिसँग सबै रमाएर ढुक्कसँग बाँच्न सक्छन् ।

के नेपालमा शिक्षित व्यक्तिहरूको बाहुल्य छ त ? अहँ छैन । नेपाल लेखपढ गर्नेहरूको देश त बन्दैछ तर शिक्षितहरूको देश भने पक्कै हुनसकेको छैन । शिक्षित व्यक्तिहरूको खडेरी छ यो देशमा । र, यो खडेरी अरू धेरै वर्षसम्म कायम रहने सङ्केत देखिन्छ किनकि हाम्रो घर, समाज, राजनीतिक दल र नेता तथा कार्यकर्ता सबैले भावी सन्ततिलाई शिक्षित बन्न सिकाइरहेका छैनन् । यतिसम्म कि, हाम्रा विद्यालयमा काम गर्ने अधिकांश शिक्षक समेत विद्यार्थीलाई पढ्न लेख्न मात्र सिकाउँदैछौं, तर शिक्षित बन्न सिकाइरहेका छैनौं । बरू; माथि उल्लिखित तत्वहरूले जालझ्ेल, विभेद, अन्याय र ठगी जस्ता अशिक्षित क्रियाकलापहरू भने सिकाइरहेका छौं । यस्ता कमजोरीको मूल पत्ता लगाएर त्यसलाई नष्ट गर्न सकेमा मात्र शैक्षिक सुधार हुन सक्छ । त्यो मूल जरो के हो त भन्ने कुरा पत्ता लगाउन सबैले एकछिन घोत्लिएर सोच्नुपर्छ । मेरो ठम्याइमा हाम्रो कमजोरीको मूल जरो स्वयं ‘म’ हो । वैज्ञानिक मनोक्रान्तिका प्रणेता डा. योगी विकासानन्दले भन्नुभए जस्तै ‘संसारलाई बदल्नु पर्छ भने शुरू आफैंबाट गर्नुपर्छ ।’ शिक्षित समाज निर्माण गर्न ‘म’ समाजको अगुवा, ‘म’ राजनेता, ‘म’ कर्मचारी, ‘म’ अभिभावक र ‘म’ स्वयं शिक्षक शिक्षित बन्नुपर्छ ।

अझ् बढी त ‘म’ शिक्षकले जसरी आफ्ना छोराछोरीलाई माया गरेर हुर्काउँछन्, जसरी पढाइ–लेखाइ र सिकाइमा राम्रो गरोस् र परीक्षामा उत्कृष्ट होस् भन्ने कामना गर्छन् त्यस्तै माया र कामना तिनले आफ्ना विद्यार्थीहरूप्रति पनि गर्नुपर्छ । कामना मात्र होइन व्यवहारमा समेत उत्रिनुपर्छ । माथि नै भनियो खोटाङ जिल्लाको एसईई परीक्षाको नतिजा सन्तोषजनक छैन । त्योभन्दा महŒवपूर्ण; हामीले दिएको शिक्षाले विद्यार्थी कति स्वावलम्वी बने ? कति सक्षम बने ? कति शिक्षित बने ? यी प्रश्नमा विचार गरिएन भने यस प्रकारको शिक्षाको कुनै अर्थ रहँदैन । वर्तमान नेपाली विद्यालयीय शिक्षाले त्यसतर्फ ध्यान दिन सकेको छैन ।

उच्चस्तरको ग्रेड ल्याउने विद्यार्थी आफंै उत्पादनशील र उब्जाउशील कुनै काम गर्न सक्दैन र अभिभावककै भरमा बाँच्नुपर्दछ भने त्यो शिक्षा देखावटी मात्र बन्दछ । तर आजको आवश्यकता त स्वावलम्बी र आत्मनिर्भर शिक्षा हो ।

अर्को कुरा नेपाली विद्यार्थीको वर्तमान मूल्याङ्कन प्रक्रिया पूर्ण छैन । पाठ्यपुस्तकमा समावेश गरिएका कुराहरू वर्षभरि घोक्न लगाएर तिनै पाठबाट प्रश्न बनाई लेख्न लगाएर मात्र कुनै पनि विद्यार्थीको सबै पक्षको मूल्याङ्कन हुँदैन । पाठ्यपुस्तकका कुरा बाहेक विद्यार्थीका मौलिकता, क्षमता, कला र सृजनाहरूको समेत मूल्याङ्कन गरिनुपर्छ । विद्यार्थीको आचरण, स्वभाव, सामाजिकीकरणका अतिरिक्त उसको खेलकुद, साहित्य र सृजना, गीत–संगीत, कला, व्यावसायिक क्षमता आदि विषयहरू समेतलाई मूल्याङ्कनले समेट्न सक्नुपर्छ । यसैगरी जीवनोपयोगी शिक्षाका लागि विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित गरिनु हुन्न । कक्षाकोठाको चौघेराले मात्र शिक्षा पूर्ण बन्न सक्दैन ।

अर्को थप कुरा; हाम्रा विद्यार्थीलाई नैतिक शिक्षा र आध्यात्मिक ज्ञान दिनु पनि आवश्यक छ । संस्कृत भाषाको विरोध गर्दा नैतिक विषयलाई समेत हटाएर भूल गरेको कुरालाई महसूस गर्नुपर्छ; किनकि सामाजिकीकरण र नैतिकता भएन भने प्राप्त शिक्षाको दुरुपयोग हुन्छ । जतिसुकै उच्च भनिने शैक्षिक प्रमाणपत्र हासिल गरे पनि नैतिक ज्ञान भएन भने त्यो घातक हुन्छ ।

वैज्ञानिक उपलब्धिहरू अत्यधिक रूपमा मानव संहारमा प्रयोग हुनाको एउटा कारण नै नैतिक शिक्षाको अभाव हो । यस्तै गरेर जतिसुकै भौतिक सुख समृद्धि प्राप्त गरे पनि अध्यात्म ज्ञान भएन भने जीवन सुखी र आनन्दित बन्न सक्दैन । आज मान्छेले उच्चस्तरको जीवनशैली बिताए पनि हत्या, हिंसा, बलात्कार, आत्महत्या, तनाव, डिप्रेशन र भ्रष्टाचारका घटनाहरू बढिरहनुले अध्यात्म शिक्षाको अभाव दर्शाउँछ । आखिर मानवजगतले चाहेको कुरा ‘सुख, सन्तोष, आनन्द र शान्ति’ नै त हो । आजको शिक्षाले त्यसतर्फ ध्यन पु¥याउनु नितान्त आवश्यक छ र सो अनुसारको पाठ्यक्रम तयार गरेर लागू गर्न अब ढिलो गरिनुहुँदैन ।

(सरस्वती मावि, दिक्तेल)

commercial commercial commercial commercial