नैतिक शिक्षा अंग्रेजीमा पढाएर हामी कहाँ पुग्ने ?

अहिले हामी महŒव नराख्ने कुरा पाएकोमा गर्व गरिरहेका छौं । कक्षा १ मा अंग्रेजी पढाउने भन्दा ठूलो अभिशाप दुनियाँमा केही हुनै सक्दैन । हुँदहुँदा हामी अंग्रेजी विना सास फेर्न समेत नसक्ने अवस्थामा पुगेका छौं ।

विद्यालय तहमा स्थानीय पाठ्यक्रम समावेश गर्ने चाहना भएर पनि विगतमा यो विषयले पूर्णता पाउन सकेको थिएन । नयाँ संविधानले स्थानीय सरकारलाई शिक्षाको अधिकार दिएको र त्यसमा स्थानीय सरकारको प्रतिबद्धता समेत आएकोले स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि यो महŒवपूर्ण अवसर हो । तर पनि आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने स्थानीय सरकारको भूमिका परिपक्व देखिन बाँकी नै छ । किनभने कतिपय स्थानीय सरकारले सबै विषय अंग्रेजी माध्यममा पढाउने भनिसकेका छन् । मनसाय खराब नभए पनि त्यो निर्णयले भोलि शिक्षालाई कहाँ पु¥याउला भनेर उनीहरूको अनुभूति गरेको देखिंदैन । कामको अनुभूति र कार्यसम्पादन कसरी गर्ने भन्ने मात्र होइन, त्यसको परिणामबारे उनीहरूलाई बोध गराउने दायित्व विज्ञ समूहको हो । यो तत्कालको एजेण्डा पनि हो । स्थानीय सरकारले गर्ने निर्णय दूरगामी हुन्छ । विद्यालयको पठनपाठनको सबै जिम्मामा केशरमहल छैन, सिंहदरबार पनि छैन, स्थानीय निकाय छ ।

अहिले हामी विनिर्माणमा छौं, नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने भएकोले हाम्रो शिक्षाको ‘रि–इञ्जिनियरिङ’ गर्नुपर्ने हुन्छ । हामीले गरेको पाठ्यक्रमको चर्चा विगतमा तयार गरिएको पाठ्यक्रमको शृंखलाको आधार हो । नयाँ पाठ्यक्रममा त्यसको केही कुरा पुनरावृत्ति पनि होला । तर धेरै कुरा स्थानीय सरकारले आफ्नो ढंगले पुनः परिभाषित गर्छ नै । पाविके र नेपाल सरकारले एउटा खाका दिने हो, नमूना दिने हो । त्यसलाई पूर्णता दिने काम स्थानीय सरकारबाटै हुने भएकोले स्थानीय विषय, अंकभार, भाषाको माध्यमलगायतका कुरा स्थानीय सरकारसँग सम्बन्धित छन् ।

हुन त शिक्षाले के फाइदा दियो भनेर छलफल, समीक्षा भएको छैन । मलाई लाग्छ, शिक्षाले बालबालिकालाई धेरै कुरा हरण गरेको छ, थोरै मात्र दिएको छ । म आफैंलाई हेर्दा गाउँबाट आएर मैले हजारौं कुरा गुमाएको छु, थोरबहुत मात्र पाएको छु ।

ज्ञान, त्यसको गहिराइ र आफूभित्रको चिन्तन आदि सबै कुरा मेटाएर एउटा कृत्रिम जीवनमा आफूलाई रूपान्तरण गरेकोमा गर्व गरेको छु । जुन कुरा कति स्थायी हुन्छ र भोलि त्यसले लिने रूपबारे विश्लेषण भएकै छैन । त्यसकारण शिक्षाले के पाउन सक्षम बनायो, के गुमायो भनेर तुलना गर्ने हो भने स्थानीय पाठ्यवस्तु, स्थानीय भाषा स्वतः बाध्यकारी प्रावधानमा पर्छन् ।

अंग्रेजी अभिशाप
अहिले हामी महŒव नराख्ने कुरा पाएकोमा गर्व गरिरहेका छौं । कक्षा १ मा अंग्रेजी पढाउने भन्दा ठूलो अभिशाप दुनियाँमा केही हुनै सक्दैन । हुँदहुँदा हामी अंग्रेजी विना सास फेर्न समेत नसक्ने अवस्थामा पुगेका छौं । ओछ्यान, भान्छा जता गयो अंग्रेजी छ । त्यसैको लहडबाजीमा पाठ्यक्रममा भएको स्थानीयता, नेपाली भाषा, मौलिक ज्ञान आदि प्रावधान हटाएर ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि’ जस्तो बनाइदियौं । किनभने हजारौं पुस्ताले प्राप्त गरेको ज्ञान र विरासतलाई  हामीले सम्मान गर्नै सकेनौं । जसको भ्यालु नै छैन, त्योसँग हामीले आफ्नो ज्ञान साट्यौं । जुन कुरामा आहिले आएर पश्चात्ताप गर्दैछौं । भलै ती कुरा आजका दिनसम्म पाउन सकिएला । तर पनाति पुस्ताले पुरानो पुस्ताको गन्ध पनि पाउँदैन ।

हामी अंग्रेजी मोहमा आफ्नोपन नजानिंदो गरी बिर्सेर फसेका छौं । नैतिक शिक्षा, सामाजिक शिक्षा जस्ता विषय अंग्रेजीमा पढाएर यो देश उँभो लाग्छ ? नैतिक शिक्षाको पाठ अंग्रेजीमा अनुवाद गरेको किताबबाट विद्यार्थीले कसरी सिक्ने ? पैसाको लोभमा हामी क्रय–विक्रयमा फसेर शिक्षाको दुर्गति भएको हो । भाषा आयोगको रिपोर्टमा पनि हामीले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छौं । यस्ता समस्याको तत्काल सम्बोधन भएन भने अर्को पुस्तामा त हामी पुग्नै सक्दैनौं । १०–२० वर्षमै हामीले धेरै कुरा गुमाइसकेका हुन्छौं । आज आएर हजुरबुबा, हजुरआमाले त बोल्न पनि नपाउने भए, उनीहरूको ज्ञान तल सर्ने कुरै भएन । जबकि हामीलाई यहाँसम्म ल्याएको त्यही ज्ञानको महŒवलाई कम आकलन गर्दै अत्यन्त कृत्रिम विश्वव्यापी बजारको सम्मान गरेर नजानिंदो किसिमले त्यसको भुलभुलैयामा परेका छौं ।

अहिले दृष्टान्त दिने हो भने हामी दुईवटा मोडलमा चलिरहेका छौं । एउटा केन्द्रीकृत संघीय मोडलअन्तर्गत केन्द्रबाट पाठ्यक्रम बनाएर दिने । माथिको पाठ्यक्रमले एउटै पठनपाठन, एउटै विधि र एउटै पद्धतिबाट साँचोमा ढालेर आकार, अनुहार सबै एउटै बनाइदिन्छ । हामीले नक्कल गर्न खोजेको यही नै हो । अर्को सफल नमूना जहाँ केन्द्रीकृत पाठ्यक्रम छैन, स्थानीय सरकारले पाठ्यक्रम बनाउँछ । यसलाई संसारको सबभन्दा सफलतम उदाहरण मानिन्छ । जस्तो ‘पिसा’, यो भनेको ओईसीडी मुलुकहरूले संचालन गरेको विद्यार्थीको क्षमता आकलन गर्ने पद्धति हो । ‘पिसा’ रिपोर्ट प्रयोग गर्ने देशहरूमध्ये फिनल्याण्ड, कोरिया, जापान, सिंगापुर, हङकङले स्थानीय समुदाय र परिवेशमा पाठ्यक्रम बनाएका छन् ।

हामीकहाँ विद्यालय शिक्षामा ८०० पूर्णाङ्कको परीक्षा हुन्छ । यति धेरै पाठ्यभार दक्षिणएशियामै कहीं छैन । नेपाल मात्र यस्तो देश हो जहाँ यति धेरै विषय पढाइ हुन्छ । सही ढंगले चयन गर्ने हो भने विद्यालयमा ५०० पूर्णाङ्कको पढाए हुन्छ । मुख्य समस्या नचाहिने कुरा धेरै पढायौं, चाहिने कुरा हटायौं । त्यसकारण मेटाउने भन्दा नानीहरूलाई त्यो कुरा कसरी पुनस्र्थापित गराउने, स्थानीयसँग कसरी जोडिने भन्ने कुराको राम्रो शुरूआत भएको छ । यसलाई निष्कर्षमा पु¥याउनुपर्छ ।

(शिक्षाविद् अवस्थी भाषा आयोगका अध्यक्ष हुन् । शिक्षक द्वारा आयोजित अन्तरक्रियामा व्यक्त विचार ।)

commercial commercial commercial commercial