जिज्ञासा जवाफ

सङ्कोचको उपचार !

२०७४ सालमा नर्सरी भर्ना भई हाल एलकेजीमा अध्ययनरत एउटी स्वस्थ बालिका घरमा परिवारसँग बोले पनि विद्यालयमा साथी तथा शिक्षकहरूसँग बोल्दिनन् । कक्षाकार्य र गृहकार्य लेखेर शिक्षकलाई देखाउँछिन् तर नबोलिकन । घरकाले तिमी किन विद्यालयमा कोहीसँग नबोलेको भनी सोध्दा ‘लाज लागेर नबोलेको’ बताउँछिन् । उनमा शारीरिक, मानसिक अक्षमता केही देखिंदैन । ‘अटिज्म’ ९ब्गतष्कm० को लक्षण पनि देखिंदैन । अब उनको सिकाइ कसरी अघि बढाउने ? उनलाई विद्यालयका साथी तथा शिक्षकसँग कसरी बोल्ने बनाउन सकिन्छ ?
सरला थापा
श्री कोटाकोट आ.वि., कोटाकोटबेसी, स्याङ्जा

सानो उमेरमा बालबालिकामा लजाउने स्वभाव देखिनु सामान्य हो । कसैको त यो स्वभाव नै पनि हुन सक्छ । यो कुनै जटिल प्रकारको मनोवैज्ञानिक समस्या होइन । नबोलेको कारण नै पढाइमा समस्या आएको जस्तो पनि देखिंदैन । आफ्ना दैनिक कार्य र पढाइजन्य क्रियाकलापमा उनी सहज रूपमा सहभागी भइरहेकी छन् भने त्यहाँ कुनै चिन्ताको विषय छैन । नयाँ परिस्थिति र नयाँ ठाउँमा बालबालिकाले लाज मान्नु स्वाभाविक हो ।

यी बालिकाको हकमा विद्यालय तथा कक्षाकोठामा उनलाई बोल्न तथा अन्तरक्रियामा सहभागी हुन प्रोत्साहित गर्ने वातावरणको कमी देखिन्छ । त्यसैले विद्यालयको वातावरणमा सुधार ल्याउन सकेमा यो बानीमा सुधार हुन्छ । यसमा शिक्षकको व्यवहार र कक्षाकोठाको वातावरणको अहम् भूमिका हुन्छ । कतिपय बालबालिकाहरू आफैं सहभागी भएर अन्तरक्रियामा सहभागी हुन्छन् भने कतिपयलाई प्रोत्साहनको जरूरी हुन्छ । मैले बोल्दा अरूलाई कस्तो लाग्ने हो, अरूले के भन्ने हुन् भनेर नबोल्दा नबोल्दै नबोल्ने बानीको विकास हुन पनि सक्छ । त्यसैले यस विषयका अभिभावक र शिक्षकहरूले भेटेर छलफल गर्नुपर्ने देखिन्छ ।

विद्यालयमा कक्षा शिक्षकले पनि उनीसँग बसेर अनौपचारिक रूपमा रमाइला कुरा गर्ने वा विभिन्न खेलको माध्यमबाट नजिक हुने, कक्षाकोठामा सानो सानो समूहमा खेल्ने तथा पढ्ने वातावरण मिलाउने, साथीहरूको अगाडि उनलाई प्रशंसा गरिदिने, सानो कुरामा उनलाई जिम्मेवारी दिने, जिम्मेवारी पूरा गर्नमा सहयोग गरिदिने र जिम्मेवारी पूरा गरेकोमा सबैको अगाडि प्रशंसा गरिदिने जस्ता कार्य गर्न सकिन्छ । उमेर बढ्दै जाँदा यस्तो स्वभाव हटेर पनि जान सक्छ ।
मधुविलास खनाल, मनोविद्, काठमाडौं

यस विषयमा रुचि हुने अभिभावक तथा शिक्षकहरूले पृष्ठ ४४–४६ मा प्रकाशित ‘सौरभ समस्या होइन’ शीर्षकको अनुभवमा आधारित कथा पनि पढ्नुहोला । – सम्पादक

अनुभवको अंक पाउनुहुन्छ
म निमावि राहत अनुदान कोटा अन्तर्गत तृतीय श्रेणीमा विगत १० वर्षदेखि कार्यरत विज्ञान शिक्षक हुँ । मैले शिक्षक सेवा आयोगको निमावि तहको विज्ञानको ठाउँमा सामाजिक विषयको लिखित परीक्षा पास गरें भने, प्रत्येक वर्षको १ नम्बरको दरले पाउने १० अंक पाउँछु कि पाउँदिनँ ?
राजकुमार कार्की
श्री गणेश मावि, शिखरपुर, काभ्रे

शिक्षा सेवा आयोग नियमावली २०५७ को नियम २२ मा अनुभवका निम्ति सम्बन्धित तहको अस्थायी वा राहत अनुदान कोटा अन्तर्गत शिक्षकको रूपमा काम गरेबापत प्रत्येक वर्षको एक नम्बरको दरले बढीमा १२ अङ्क दिने व्यवस्था छ । नियममा यस्तो अङ्क पाउन विषयको उल्लेख नगरी तहको मात्र प्रावधान राखिएको छ । तसर्थ, विषय फरक भए पनि सम्बन्धित तहमा कार्यरत शिक्षकले लिखित परीक्षा पास गरेपछि अन्तर्वार्तामा जाँदा अनुभव बापतको अङ्क पाउँछन् । त्यस अनुसार तपाईंले पनि पाउनुहुन्छ ।
युद्धबहादुर सुवेदी
शाखा अधिकृत, शिक्षा सेवा आयोग

क)    पासाङल्हामु शेर्पा वि.सं. २०१८ मा जन्मिएकी हुन् ?
कक्षा–५ को सामाजिक अध्ययनको पाठ–६ मा ‘हाम्रा राष्ट्रिय विभूतिहरू’ मा पासाङल्हामु शेर्पाको जन्ममिति वि.सं. २०१८ लेखिएको छ । तर कक्षा–४ को अंग्रेजी ९ग्लष्त(द्ध ूब् द्यचबखभ ध्यmबलू० मा २०१७ उल्लेख छ । पासाङल्हामु कहिले जन्मिएकी हुन् ?

ख)    चित्रमा भिन्नता देखिएन ?
कक्षा–४ को ‘माई इङ्गलिस बुक फोर’ को इकाइ–३ को नम्बर ५ मा ‘लुक एण्ड राइट’ शीर्षक अन्तर्गत ूीययप बत तजभकभ उष्अतगचभक धजबत बचभ तजभ ायगच धबथक ष्ल धजष्अज उष्अतगचभ ‘ब्ु ष्क मषाभचभलत ाचयm उष्अतगचभ ‘द्यु भनेर लेखिएको छ, तर दुवै चित्रमा भिन्नता देखाइको छैन ।
नरेन्द्र श्रीष, श्री केवैखानी प्रावि
जैमनी नगरपालिका–८, छिस्ती, बागलुङ


क) यही प्रश्नको जवाफमा पाठ्यक्रम अधिकृत हेमराज खतिवडाले दिएको जवाफ २०७१ भदौको शिक्षक मासिकमा प्रकाशित छ । त्यस जवाफमा अधिकृत खतिवडाले भनेका छन्, “पासाङल्हामु शेर्पाको जन्ममिति वि.सं. २०१८ मंसीर २५ गते हो । त्यसैले कक्षा–४ को अंग्रेजी किताबमा लेखिएको जन्ममिति गलत हो । त्रुटि औंल्याइदिनुभएकोमा धन्यवाद । आगामी संस्करणमा पाठ्यपुस्तकमा भएको त्रुटि सच्याउने छौं ।”

तर, ४ वर्षपछि पनि त्यही त्रुटि सम्बन्धमा प्रश्न आउनु विडम्बनापूर्ण छ ।
– सम्पादक

ख) नरेन्द्र सरलाई धन्यवाद । वास्तवमा उक्त दुई वटा चित्रमा एकअर्कामा केही साधारण फरक देखिने गरी राख्नुपर्नेमा एउटै चित्र परेको देखियो । दुई चित्र बीच कुनै भिन्नता नै देखिएन । आगामी संस्करणमा चित्रमा फरक देखिने गरी राखिनेछ ।
रमेशप्रसाद घिमिरे
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

commercial commercial commercial commercial