जिज्ञासा जवाफ

४ जी.पी.ए. भनेको ९०+ प्रतिशत हो
कुनै परीक्षार्थीले एसइइ परीक्षामा ४ जी.पी.ए. प्राप्त गरेको सुनियो । त्यसमा परीक्षार्थीले कुल कति प्रतिशत अङ्क प्राप्त गरेको हो ? के उक्त परीक्षार्थीले सम्पूर्ण विषयमा १०० प्रतिशत अङ्क प्राप्त गरेको भनेर बुझन मिल्छ ? उदाहरण सहित जवाफका लागि अनुरोध छ ।
केशव सिंह तिंकरी
धारीपाटा मावि धारी, दार्चुला

यस वर्षको एसइइ परीक्षामा ४ जि.पि.ए. ल्याउने विद्यार्थी ७४ जना छन् । यसको मतलब ती सबैले सबै विषयमा १०० अङ्क ल्याएका भने हैन । तर ती ७४ जनाले सबै विषयमा ९० प्रतिशत वा सो भन्दा बढी अङ्क प्राप्त गरेको भने अवस्य हो । कुनै विद्यार्थीले सबै विषयमा ब्ं ल्यायो भने उसको जी.पी.ए. ४ हुने हो ।  
रामराज खकुरेल
उपनियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय

त्रुटि सच्याउने छौं !
कक्षा–१० को स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा (प्रथम संस्करणः २०७४) पृष्ठ संख्या ९० मा ‘नेपालको प्रजाति विविधता विवरण’ (तालिका ६.१) अन्तर्गत विश्वमा पाइने वनस्पति प्रजाति, ज्ञात प्रजाति र विश्वको ज्ञात प्रजातिमा नेपालको हिस्सा प्रतिशतबारे जानकारी दिने क्रममा ढुसी २.९ प्रतिशत, झ्याउ ४.५ प्रतिशत, फूल नफुल्ने (एन्जिओसपर्म) ३ प्रतिशत पाइने कुरा उल्लेख गरिएको छ । त्यस्तै माछा २.४ प्रतिशत, उभयचर १.६ प्रतिशत, पन्छी वर्ग ८.७६ प्रतिशत र स्तनपायी ४.४ प्रतिशत भनिएको छ । तर तालिका लगत्तै नेपालको वनस्पति प्रजातिको अवस्था उपशीर्षकमा ती वनस्पति तथा प्राणी प्रजातिको नेपालले ओगट्ने हिस्सा प्रतिशत अन्यथा उल्लेख गरिएको छ । पाठ्यपुस्तकमा यस्ता असंगति स्वाभाविक हुन् कि लापर्वाही ?
पेशलकुमाल निरौला
सरस्वती मावि, खानीभञ्ज्याङ, ओखलढुंगा

कक्षा–१० को पेज नं. ९० को तालिका ६.१ मा दिइएको नेपालको प्रजाति विविधता विवरणमा त्यसको स्रोत सँग मेल नखाएको तर त्यसको लगतै उल्लेख गरिएको वर्णनमा दिइएका तथ्याङ्कहरू सही देखिएको छ । तालिका ६.१ लाई त्यसको तल उल्लेखित स्रोतसँग मिलाइ आगामी संस्करणमा सुधार गरिने र सो सम्बन्धि अग्रिम जानकारी सम्बन्धितलाई गराइने छ । त्रुटि औंल्याइ दिनुभएकोमा पाठ्यक्रम विकास केन्द्र आभार व्यक्त गर्दछ ।
रामचन्द्र पौडेल
निर्देशक, पाठ्यक्रम विकास केन्द्र

अनुभवको अंक पाउन सक्नुहुन्छ
म एक अस्थायी शिक्षक हुँ । मैले गत असार २९÷३० गते भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा दिइसकेको छु । अब, त्यो लिखित परीक्षामा पास भएँ भने अन्तर्वार्तामा अनुभव बापतको अङ्क पाउँछु कि पाउँदिनँ ?
विष्णुप्रसाद भट्टराई
त्रिभुवन आ.वि., देउमाई नपा–९, इलाम

शिक्षक सेवा आयोग नियमावली २०५७ को दफा (क) मा समान तहको (प्राथमिक तह पढाएकोले प्राथमिकमै र माध्यमिक तह पढाएकोले माध्यमिकमै परीक्षा दिदा) अश्थायी वा राहत अनुदान कोटा अन्तर्गतको शिक्षकको रूपमा काम गरेवापत पत्येक वर्षको एक नम्बरको दरले बढीमा १२ अन्तरर्वार्ता वापत अङ्क दिइने व्यवस्था छ । विष्णुप्रसादजीले लिखीत परीक्षा पास गर्नुभएमा, सोही अनुरूप अङ्क प्राप्त गर्नु हुनेछ ।
दामोदर आचार्य
सूचना अधिकृत, शिक्षा सेवा आयोग

बिदा कहिले लिने ?
शिक्षा नियमावली अनुसार भैपरी र पर्व बिदा वर्षभरिमा ६–६ दिन पाउने व्यवस्था छ । उक्त बिदाहरू महीना समाप्त भएपछि लिने हो वा सो बराबरको बिदा जुनसुकै महीनामा आवश्यकता अनुसार लिन सकिन्छ ? यदि महीना समाप्तपछि मात्रै त्यस्तो बिदा लिन पाइन्छ भने अन्तिम महीनाको बिदा सोही महीनामा लिने कि आउँदो वर्ष ?
धीरेन्द्र यादव
श्री नेरा आ.वि, पिप्रादी–६, बारा

पर्व र भैपरी आउने बिदाको सन्दर्भमा, यो बिदा आधा दिन पनि लिन सकिन्छ । बिदा वर्षको शुरूमा वा जुनसुकै महीनामा एकमुष्ट पनि लिन मिल्छ । तर अन्तिम महीनाको पर्व र भैपरी आउने बिदा सोही महीनाभित्र लिनुपर्छ । अर्काे वर्षमा उक्त बिदा लिन पाइँदैन ।  
अर्जुन शाही, शाखा अधिकृत
शिक्षा तथा मानव स्रोत विकास केन्द्र

शिक्षक पत्रिका ई–पेपरमा पढ्न सकिन्छ ?
गोरखापत्र आदि पत्रिकाहरू जस्तै शिक्षक मासिकका पेजहरू इन्टरनेटबाट सजिलै अथवा ‘इ–पेपर’ हेर्न तथा पढ्न सकिन्छ कि सकिंदैन ?
लक्ष्मी गौतम, पाँचथर

शिक्षक मासिकका सबैजसो अङ्क यसको वेबसाइट www.teacher.org.np अभिलेख खण्डमा शुरूदेखि ६ महीना अघिसम्मका अङ्क पीडीएफ फरम्याटमा व्यवस्थित ढंगबाट राखिएका छन् । ती अङ्क जोकोहीले निःशुल्क अध्ययन गर्न, डाउनलोड, प्रिन्ट गर्न सक्छ ।

नयाँ अंक निस्कने बित्तिकै अन्य दैनिक झ्ैं ई–पेपरका रूपमा चाहिं शिक्षक मासिक उपलब्ध गराइने गरेको छैन । वेबसाइट अथवा ई–पेपरका पाठकबाट शुल्क असुल गर्ने परिस्थिति नबन्दासम्म त्यस्तो सुविधा दिन हामी असमर्थ छौं, किनभने शिक्षक मासिक मूलतः यसका पाठकले तिर्ने रकमबाट खर्च धानेर चलिरहेको पत्रिका हो ।
– सम्पादक

त्रुटि सच्याइने छ
कक्षा–४ को अंग्रेजी किताबको पेज ४ को यूनिट १ अभ्यास ४ मा ‘Who saved Raj ?' पाठमा Raj studies in Grade four भनेर उल्लेख छ । यहाँ Grade को ‘g' क्यापिटल लेटरमा लेखिएको छ । वाक्यको बीचमा किन ‘G' क्यापिटल लेखिएको होला ? यस्तो गल्ती विद्यार्थीलाई कसरी पढाउने ?
हरिनारायण गौतम
भगवती मावि चैनपुर–२ चित्लाङ, संखुवासभा

प्रस्तुत जिज्ञासाको सम्बन्धमा उक्त वाक्यमा Grade भएकोमा grade नै हुनुपर्ने हो । त्रुटि औंल्याइदिनुभएकोमा धन्यवाद । आगामी संस्करणमा यस्ता त्रुटि सच्याइनेछ ।
रेमशप्रसाद अधिकारी
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

commercial commercial commercial commercial