जवाफ लेख्नुअघि प्रश्न पढौं, प्रश्न बुझैं !

शिक्षक सेवा आयोगको परीक्षा दिइसक्दा पनि सिरहाको सन्हैठाका रामविनोद यादव (तस्वीर)लाई आफू उत्तीर्ण हुन्छु भन्ने विश्वास थिएन । उनलाई लाग्थ्यो, “पहुँच भएका व्यक्तिहरूको मात्रै नाम निस्कनेछ ।”

शिक्षक सेवा आयोगको २०६९ सालको विज्ञापनमा उनले प्राथमिक तहमा आवेदन दिएका थिए । परीक्षा दिन जाँदा उनलाई वस्तुगत र विषयगत दुवै प्रश्न सजिला लागेका थिए । वस्तुगतमा २० मध्ये १७ वटा प्रश्नको जवाफ ठीक लेखेको स्मरण छ उनलाई । विषयगतका पनि सबै प्रश्न हल गरेका थिए । तैपनि उनलाई उत्तीर्ण हुन्छु भन्ने लागेको थिएन । तर अहिले भन्छन्, “सही लेख्दा उत्तीर्ण भइने रहेछ भन्ने कुराको उदाहरण म आफैं छु । जतिपटक आयोगका परीक्षा दिएँ सबैमा उत्तीर्ण भएँ ।” २०६९ सालको विज्ञापन अनुसारको परीक्षामा सफल भएपछि यादव २०७२ असोजमा आफैंले पढेको सिरहाको सन्हैठा–१ स्थित माविमा स्थायी शिक्षकका रूपमा सिफारिश भए ।

शिक्षक सेवा आयोगको उक्त परीक्षा दिनुअघि निजी विद्यालयमा काम गर्दै आएका यादव भन्छन्, “पहिलो पटक प्रश्नपत्र पाएपछि पाँच मिनेटसम्म सबै प्रश्नको अध्ययन गरें र दिमागलाई शान्त पारेर लेख्न शुरू गरें । समयभन्दा पाँच मिनेट पहिला नै सबै प्रश्नको उत्तर लेखी ‘रिचेक’ गरेर परीक्षा केन्द्रबाट बाहिरिएको थिएँ ।”

प्राथमिक तहमा स्थायी भएका यादवलाई अझ् माथिल्लो तहको शिक्षक बन्ने अभिलाषा त छँदैथियो । उनले त्यो अभिलाषा पूरा गर्न २०७२ सालको विज्ञापन निस्कँदा निमावि र मावि तह दुवैमा आवेदन दिए । त्यसबेला उदयपुरबाट परीक्षा दिएका उनको नाम निमाविमा निस्कियो ।

२०७३ मा यादवले मावि तहमा आवेदन दिएर खुला र समावेशी दुवैतर्फ नाम निकाले । यसपटक आयोगले उनलाई ताप्लेजुङको भञ्ज्याङ मावि, लिम्बुदेनमा सिफारिश ग¥यो । निमावि तहमा पनि उनी ताप्लेजुङमै कार्यरत थिए । तर जिल्लान्तर सरुवा मिलाई अहिले उनी सिरहाकै विष्णुपुर गाउँपालिका–५ स्थित लक्ष्मी माविमा अंग्रेजी विषय शिक्षकको रूपमा कार्यरत छन् ।

फरक कुरा होइन, फरक तरिकाले लेख्ने हो
शिक्षक सेवा आयोगका तीनै तहका परीक्षा उत्तीर्ण गरेका शिक्षक यादव परीक्षा दिने बेलामा सर्वप्रथम प्रश्नपत्र राम्रोसँग बुझनुपर्ने बताउँछन् । उनी भन्छन्, “यदि प्रश्न नै बुझन सकिएन भने उत्तर लेख्न असजिलो हुन्छ अथवा गलत लेखिन सक्छ । त्यसैले उत्तर लेख्न थाल्नुअघि हरेक प्रश्न राम्ररी पढ्नु र बुझनुपर्छ । अर्को ध्यान दिनुपर्ने बुँदा लेख्ने शैली हो । परीक्षामा फरक कुरा भन्दा पनि फरक तरिकाले लेख्न सक्नुपर्छ ।”

समयको महŒव बुझनुपर्छ
शिक्षक यादवको अनुभवमा धेरै परीक्षार्थीका निम्ति विषयगततर्फ लेखाइ एउटा समस्या बन्ने गर्दछ । यस्तो किन हुन्छ भने धेरैले पढेका त हुन्छन्, लेख्ने ‘प्राक्टिस’ गरेका हुँदैनन् । त्यसैले तयारीको बेला लेख्ने अभ्यास गरिरहनुपर्ने उनको सुझव छ । साथै, परीक्षा दिन जाँदा समयको महŒवलाई पनि बुझनुपर्ने उनको कथन छ । उनी भन्छन्, “अहिलेको पाठ्यक्रममा ६ वटा विषयगत प्रश्न हुन्छ । वस्तुगतको ४५ मिनेटबाहेक समय मिलाउने हो भने एउटा प्रश्नको उत्तर २२.५ मिनेटमा लेखिसक्नुपर्ने हुन्छ । तर, १७ देखि १८ मिनेटमा एउटा प्रश्नको उत्तर लेखिसक्नुपर्छ । ४ मिनेट पहिला नै किन लेख्नुप¥यो भन्दा लेखिएको कुरा दोहो¥याएर हेर्न मिल्छ ।” कतिपय परीक्षार्थीले आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर समयको ख्याल नै नगरी लेख्न थाल्दा २५ देखि ३० मिनेटसम्म लेख्ने गरेको बताउँदै उनी यसो गर्दा बाँकी प्रश्नको उत्तर समयमा लेख्न गाह्रो हुने बताउँछन् ।

परीक्षा दिंदाको आफ्नो अनुभव सुनाउँदै रामविनोद भन्छन्, “परीक्षार्थीहरूले विषयगत प्रश्नको उत्तर लेख्दा प्रश्नको प्रकृति हेरेर सकेसम्म ‘प्वाइन्ट’ मा लेख्नुपर्छ । ‘प्वाइन्ट’ मा लेख्दा काम लाग्ने र राम्रा शब्दहरूको प्रयोग गर्नुपर्छ । र, प्रश्नको उत्तर निष्कर्ष निकालेर मात्रै टुंग्याउनुपर्छ ।” उनका अनुसार अहिले आयोगमा दुई प्रकृतिका प्रश्न सोधिन्छन् । ४० अंकको ४० वटा वस्तुगत प्रश्न र १०÷१० अंकका ६ वटा विषयगत प्रश्न । प्रश्न पत्रमा सबैभन्दा बढी ध्यान दिने कुरा संकेत नम्बर हो । अहिले प्रश्न पत्रमा संकेत नम्बर उल्लेख हुन्छ । यो संकेत नम्बर कापीमा अनिवार्य रूपमा उतार्नुपर्छ । उनी भन्छन्, “धेरैले के गर्छन् भने रोल नम्बर, नाम लेख्छन्, उत्तर लेख्छन् र संकेत नम्बर लेख्दैनन् । संकेत नम्बर लेखिएन भने कापी नै रद्द हुन्छ ।”

श्रवणकुमार देव

commercial commercial commercial commercial