प्रश्न गर्न पनि ढङ्ग चाहिन्छ !

हामी अरूसित सोधेर वा अरूका कुरा सुनेर नै धेरै कुरा जान्दछौं । तर कसैले पनि हामीले सोचेजस्तो किसिमले, हामीलाई चाहिए जति कुरा भन्दैन । त्यसैले, जसले राम्रोसित प्रश्न गर्न जान्दछ, उसले राम्रो उत्तर पाउने सम्भावना बढी हुन्छ ।

कुनै पनि प्रश्न कससित र किन गरिंदैछ भन्ने कुरा सबभन्दा महŒवपूर्ण हुन्छ । नौलो व्यक्तिसित प्रश्न गर्नुअघि आफ्नो प्रश्नका बारेमा मात्र होइन, जवाफ दिने व्यक्ति र उसले गरेको कामका बारेमा पनि केही कुरा जान्नु आवश्यक हुन्छ ।
त्यस बाहेक, निम्न कुराहरूमा ध्यान दिए राम्रा प्रश्न गर्न मद्दत पुग्छ :

प्रश्न गर्नुको उद्देश्य : कुनै व्यक्तिलाई कुनै प्रश्न गर्नुको प्रयोजन हो, उसलाई थाहा भएको कुनै तथ्यपरक जानकारी माग्नु वा कुनै विषयमा उसको विचार बुझन खोज्नु । प्रश्नकर्ता आफूले के जान्न खोजेको हो भन्ने बारेमा पहिले स्पष्ट हुनुपर्छ । एउटै व्यक्तिसित तथ्यपरक जानकारी लिन र कुनै विषयमा उसको विचार पनि सोध्न सकिन्छ । तर प्रश्नकर्ता आफूले प्रश्न गर्नुको कारण र पाउन खोजेको जवाफका बारेमा सधैं स्पष्ट हुनुपर्छ । उत्तरदातासित भेट हुनुअघि नै आफूले के कुरा थाहा पाउनका लागि प्रश्न गर्न लागेको हो त्यही अनुसारका उत्तर आउने गरी प्रश्न बनाउनुपर्छ ।

खुला प्रश्न : जति खुलेर कुराकानी ग¥यो, उत्तरका रूपमा राम्रा र अर्थपूर्ण कुरा आउने सम्भावना उति नै बढ्छ । त्यसैले बिट मारेर प्रश्न गर्नु भन्दा बिट नमारी प्रश्न गर्नु राम्रो हुन्छ । उदाहरणका लागि, कसैलाई “तपाईंलाई हिमाली जनजीवन मनपर्छ ?” भनेर सोधियो भने उत्तर ‘मनपर्छ’ वा ‘मनपर्दैन’ मा टुङ्गिन सक्छ । तर “तपाईंलाई हिमाली जनजीवन कस्तो लाग्छ ?” भनेर वा, “हिमाली जनजीवनका मुख्य विशेषताका बारेमा केही बताइदिनुहोस् न” भनेर सोधियो भने लामो र महŒवपूर्ण जवाफ पाइने सम्भावना बढेर जान्छ । त्यही प्रश्नलाई “तपाईंको अनुभव र विचारमा हिमाली जनजीवनका राम्रा पक्ष र अप्ठ्यारा पक्ष के के हुन् ?” भनेर विषयकेन्द्रित, ‘खुला’ (बिट नमारेको) प्रश्न गर्न पनि सकिन्छ ।

माध्यम र स्तर अनुसारका प्रश्न : रेडियो, टेलिभिजनका लागि अर्थात् ती माध्यमबाट प्रश्न सोध्दा श्रोता वा दर्शकले बोल्ने र बुझने भाषामा सोध्नुपर्छ, जसले गर्दा श्रोता वा दर्शकलाई प्रस्तोताले आफ्नै मनका प्रश्न सोधिदिएको अनुभूति हुन्छ । विद्यालय वा कक्षामा कुनै अतिथि आएका बेला, विद्यार्थीका सामु उनीहरूसित कुनै प्रश्न सोध्नुप‍¥यो भने शिक्षकले विद्यार्थीकै स्तरका प्रश्न उनीहरूकै भाषामा सोध्ने प्रयास गर्नुपर्छ ।

तटस्थता प्रश्नको प्राण : आफूले चाहेको उत्तरतिर मात्रै डो¥याउने पूर्वग्रहयुक्त या ‘लोडेड’ प्रश्नलाई राम्रो मानिंदैन र त्यसले वास्तविक उत्तर पनि निकाल्न सक्दैन । प्रश्नकर्ताले तटस्थ भएर प्रश्न गर्ने हो भने उत्तरदाताले धेरै कुरा भन्न सक्छन् । ‘डो¥याउने’

प्रश्नको एउटा नमूना: ‘हाम्रो विद्यालयले यस वर्षको एसईई परीक्षामा हासिल गरेको अत्यन्त राम्रो परिणामका बारेमा तपाईं के भन्नुहुन्छ ?’ (यहाँ प्रश्नकर्ताले नै ‘अत्यन्त राम्रो’ भनिदिइसकेपछि उत्तरदाताको जवाफ त्यही ‘अत्यन्त राम्रो’ कै परिधिमा सीमित हुन्छ र उत्तरदाताले कदाचित त्यो परिणामलाई राम्रो मानेको छैन भने पनि सुझव वा समीक्षा वा फरक विचार आउने सम्भावना घटेर जान्छ ।) यही प्रश्न यसरी सोध्न सकिन्छ: “हाम्रो विद्यालयले यस वर्षको एसईई परीक्षामा हासिल गरेको परिणामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?’

एक पटकमा एउटा मात्र : भएजति सबै प्रश्न अथवा एउटै प्रश्नमा धेरै कुरा एकै पटक सोध्दा चाहेको जवाफ नआउन सक्छ ।

सन्तुलन : सामान्य (जेनरल) प्रश्न र विशिष्ट (स्पेशिफिक) प्रश्नको सन्तुलन मिलाउन सके प्रश्नोत्तरबाट धेरै कुराको जवाफ पाउन सकिन्छ । त्यस्ता प्रश्नको उदाहरण यस्तो हुन सक्छ, सामान्य प्रश्न: ‘इलाममा चिया खेतीले किसानहरूको आम्दानीमा कस्तो अन्तर पारेको छ ?’ (यसको उत्तर व्यक्तिको अनुभव र भोगाइका आधारमा फरक पर्न सक्छ) । विशिष्ट प्रश्न: ‘ग्रीन टी र ब्ल्याक टी बनाउने चियाका बोटको प्रकार नै फरक हो कि बनाउने प्रक्रिया मात्र फरक हो ?’

पुच्छ«े प्रश्न : अघिल्लो प्रश्नको जवाफबाट उब्जिने प्रश्नहरू (अंग्रेजीमा ‘फलोअप कोइश्चन’) लाई ‘पुच्छ«े प्रश्न’ भन्न सकिन्छ । प्रश्नोत्तरमा ‘पुच्छ«े प्रश्न’ हरूको ज्यादै ठूलो (कहिलेकाहीं त मूल प्रश्नको भन्दा बढी) महŒव हुन्छ । ‘‘पुच्छ«े प्रश्न’ गर्नका लागि विषयवस्तुको ज्ञान त चाहिन्छ नै, सावधानीपूर्वक सुन्ने र सुन्दासुन्दै उत्तर नपुगेका वा विरोधाभास भएका कुराका आधारमा प्रश्न बनाउने क्षमता पनि विकास गर्नुपर्छ ।

प्रश्नका लागि प्रश्न: केही मानिसहरू आफ्नो उपस्थिति जनाउनका लागि मात्र प्रश्न गर्छन् । सभासमारोहहरूमा प्रश्न गर्ने समयमा आफ्ना विचार पोख्ने मान्छे पनि धेरै हुन्छन् । सोध्नै पर्ने प्रश्न मात्र सोध्ने बानीको विकास गर्नु पनि प्रश्न गर्ने कलाकै अंग हो ।
उत्तरदाता बोल्दाबोल्दै बोल्नु, बीचमा कुरा काट्नु प्रश्नोत्तरको शिष्टाचार बाहिरको कुरा हो ।

(https://www.dummies.com/tips-for-asking-good-questions/ मा आधारित)

commercial commercial commercial commercial