जिज्ञासा जवाफ

‘न्यानो माया’ बाट ‘न्यानो’ हटाइयो
कक्षा–५ मा पढाइ हुने मेरो नेपाली पुस्तकको पाठ–१६ मा राखिएको— ‘देशको माटो’ शीर्षकको कविता अन्तर्गत पेज–८९ को प्रश्न नम्बर १० मा उल्टो अर्थ लेख्ने अभ्यास दिइएको छ— जसमा ‘न्यानो माया’ भन्ने शब्दावली पनि छ । यसको उल्टो अर्थ खोज्ने क्रममा नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी माध्यमिक तहमा सोही विषय पढाउँदै आएका विज्ञ शिक्षकहरूको समेत राय माग्दा एक जना शिक्षकले ‘न्यानो’ को छुट्टै र ‘माया’ को छुट्टै अर्थ लाग्ने भएकाले यी दुई शब्द मिलेर बनेको ‘न्यानो माया’ भन्ने शब्दावलीको उल्टो अर्थ नै हुँदैन भन्नुभयो । अर्का एक शिक्षकले ‘निष्ठुरी माया’ भनी यसको उल्टो अर्थ लगाउनुभयो ।

तेस्रो शिक्षकले यो शब्दावलीको उल्टो अर्थ नहुने, बरु छुट्टाछुट्टै अर्थ लगाउँदा ‘न्यानो’ को ‘शीत’ र ‘माया’ को ‘वैर’ हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो । यसबारे उत्पन्न अन्योल अन्त्य गर्न अझ्ै चौथो शिक्षकको सल्लाह माग्दा उहाँले ‘अति घृणा’ लाई ‘न्यानो माया’ को उल्टो अर्थका रूपमा अथ्र्याउनुभयो ।

अब मेरो जिज्ञासा के रह्यो भने शिक्षकैपिच्छे फरक अर्थ बुझ्निे ‘न्यानो माया’ शब्दावलीलाई एउटै शब्द मानेर यसको उल्टो अर्थ खोज्नतिर लाग्ने कि दुई छुट्टाछुट्टै शब्दका रूपमा लिएर दुवैका विपरीतार्थक शब्द खोज्ने ? यदि एउटै शब्द हो भने माथि चार जना विज्ञ शिक्षकले व्यक्त गरेकामध्ये कुन चाहिं जवाफ सही हो ? दुई अलग शब्दका रूपमा बुझने हो भने पनि ठ्याक्कै यसको उल्टो अर्थ के हुन्छ ? स्पष्ट जवाफ चाहियो ।
दीपककुमार श्रेष्ठ
नवदीपेश्वर आभूवि, मन्थली नपा–९,
पुरानागाउँ, रामेछाप

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित भई हाल कार्यान्वयनमा रहेको कक्षा–५ को मेरो नेपाली पाठ्यपुस्तकको पाठ–१६ अन्तर्गत ‘देशको माटो’ शीर्षकको कविता पाठमा ‘न्यानो माया’ पदावलीले सन्दर्भगत अर्थ बोकेको छ । तर सोही पाठको अभ्यास खण्ड अन्तर्गत पृष्ठ ९२ को प्रश्न–१० मा उल्लिखित उल्टो अर्थ लेख्ने अभ्यासमा आएको ‘न्यानो माया’ पदावली सान्दर्भिक छैन । पुस्तकको डिजाइन ले–आउट गर्दा असावधानीवश दुई अलग शब्द एउटै बक्समा पर्न गएकाले उक्त त्रुटि हुन पुगेको रहेछ । ‘न्यानो माया’ पदावलीको ठ्याक्कै उल्टो अर्थ बालबालिकालाई बुझउन असजिलो भएको भनी शिक्षकहरूबाट आएका गुनासोलाई सम्बोधन गर्दै उक्त त्रुटि सच्याइएको छ । सुधार गर्दा यो पदावलीको ‘न्यानो’ शब्द हटाई ‘माया’ शब्द मात्र कायम राखिएको छ । अब छापिने पाठ्यपुस्तकमा तदनुरूप नै सच्चिएर आउने छ । पहिले छापिएका पुस्तकमा पनि सोही अनुरूप सच्चाएर पठनपाठन गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको सूचना यस केन्द्रको वेबसाइटमा समेत राखिसकिएको छ ।  
चिनाकुमारी निरौला
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर

जागिर सम्बन्धी तीन सवाल जवाफ
१. म २०४५÷०२÷१७ मा अस्थायी र २०४८÷०८÷०५ मा २०४८÷०४÷०१ देखि लागू हुने गरी स्थायी नियुक्ति प्राप्त शिक्षक हुँ । २०४९÷०४÷०१ देखि ग्रेड रकम पनि प्राप्त भएकै हो । हाल, स्थायी नियुक्ति पत्रमा भएको मितिदेखि मात्र नोकरी अवधि गणना हुन्छ भन्ने सुन्नमा आयो । यदि २०४८÷०४÷०१ देखि नोकरी अवधि गणना हँुदैन भने ‘२०४८÷०४÷०१ देखि लागू हुने गरी स्थायी नियुक्ति दिइएको छ’ भन्नुको अर्थ के होला ?
२. म अस्थायी हँुदाका बखतमा बिरामी विदा सञ्चित गरेको छु । यदि मेरो अस्थायी नियुक्ति जिशिकाबाट समर्थन नभएको भए म स्थायी हुन नै पाउने थिइनँ, तर मसँग अस्थायी नियुक्ति समर्थन पत्र छैन । अब मैले उल्लिखित बिरामी विदाको रकम पाउँछु कि पाउँदिन ? पाउँछु भने मैले के गर्नुपर्ला ?
३. शिक्षा नियमावलीमा अन्तिम तलब रकमलाई नोकरी अवधिले गुणा गरी ५० ले भाग गर्दा आउने रकम निवृत्तिभरणको रकम हुने व्यवस्था छ । तर ३० वर्षभन्दा माथि नोकरी अवधि भएमा थप सुविधा प्राप्त हुन्छ भन्ने सुनिन्छ, वास्तविकता के होला ?

तुलसीप्रसाद भण्डारी
श्री प्रावि श्रीगाउँ, दाङ

१. शिक्षकहरूलाई दिइएको नियुक्ति पत्रको ढाँचा जिल्लापिच्छे फरक–फरक पाइएको छ । कतिपय जिल्लाले नियुक्ति दिइएको दिन भन्दा अघिल्लो मिति राखेर शिक्षकलाई नियुक्ति पत्र दिएको देखियो । जस्तै, सम्बन्धित अधिकारीले ‘तपाईंलाई मिति २०४३÷०१÷०२ बाट लागू हुने गरी नियुक्ति गरिएको छ’ भन्ने व्यहोरा लेखिएको स्थायी नियुक्ति पत्र २०४४÷०४÷०१ मा दस्तखत गरी दिएको भेटिएमा त्यसरी नियुक्ति पाउने व्यक्ति पत्रमा दस्तखत गरिनुभन्दा अघिल्लो दिन अर्थात् २०४४ असार मसान्तसम्म पनि या गैरशिक्षक, या त अस्थायी शिक्षक रहेछ भन्ने बुझ्न्छि । पत्र पाउनुभन्दा एक दिन अघिसम्म फरक भूमिकामा रहेको व्यक्तिलाई त्यसको वर्ष दिन अघि नै २०४३ सालदेखि नै स्थायी शिक्षक रहेको मान्नु यथार्थपरक देखिंदैन । तर विगतका यस्तै अवास्तविक व्यहोरा लेखेर शिक्षकलाई स्थायी नियुक्तिपत्र दिने चलन रहेको देखियो ।

बुझइ र व्यवहारमा देखिएको यस्तै विविधतामा एकरूपता कायम गर्ने हेतुले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२७ क बमोजिम गठित परामर्श समितिको २०७३÷०९÷२८ मा बसेको बैठकले ‘नियुक्ति पत्र दिने अधिकारी (जिल्ला शिक्षा अधिकारी समेत) ले गरेको दस्तखतको मुनि मिति उल्लेख गरेको भए सोही मिति र मिति उल्लेख नगरेकोमा पत्रको सिरानमा भएको मितिलाई स्थायी नियुक्ति पत्र लागू हुने मिति कायम गरी सेवा अवधि यकिन गर्ने’ निर्णय गरेको छ । सोही निर्णयका आधारमा तपाईंलाई दिइएको नियुक्ति पत्रको पेटबोलीमा जेसुकै लेखिएको भए तापनि पत्रको दस्तखत मुनिको मिति या सिरानमा भएको मितिमध्ये जुन पछिल्लो छ, त्यही मिति कायम हुने व्यहोरा अनुरोध छ ।
२. कतिपय जिल्लामा अस्थायी शिक्षकको नियुक्तिलाई जिल्ला शिक्षा कार्यालयले समर्थन, प्रमाणीकरण र अभिलेखन नगरी तलब सुविधा प्रदान गरेको अवस्था छ । यस्तो अवस्थामा सम्बन्धित जिल्ला शिक्षा कार्यालयले निज शिक्षक सम्बन्धित जिल्लाको स्वीकृत दरबन्दी भित्र रही नेपाल सरकारको अनुदानबाट तलब सुविधा खाने गरी नियुक्त भएको हो भन्ने सिफारिश पत्रको आधारमा सञ्चित बिरामी विदा वापतको रकम दिन सकिन्छ । तर यो रकम हालको स्केलमा होइन, तत्कालीन स्केलमा दिइन्छ ।
३. निवृत्तिभरणको रकम निकाल्ने सूत्र यही हो । ३० वर्षभन्दा माथि सेवा गरेमा कुनै थप रकम वृद्धि हुँदैन । जति वर्ष सेवा गरे पनि एउटै सूत्र लागू हुने हो ।
रवीन्द्रकुमार बुढाप्रिथी
निर्देशक, विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं

एशियाको क्षेत्रफल घट्यो
कक्षा–६ को पाठ्यपुस्तक सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको एकाइ–५ को पाठ–७ मा एशिया महादेशको क्षेत्रफल ४,४३,८७,००० वर्ग किलोमिटर लेखिएको छ भने कक्षा–९ को पढाइने सामाजिक अध्ययन विषयको एकाइ–६ को पाठ ९ मा ४,३६,०८,००० वर्ग किलोमिटर लेखिएको छ । विभिन्न प्रकाशनले निकालेका सामान्यज्ञानका पुस्तकहरूमा यी दुवैभन्दा फरक ४,३९,९९,००० वर्ग किलोमिटर उल्लेख भएको पाइन्छ । यी तीनमध्ये कुन चाहिं आँकडा एशियाको वास्तविक क्षेत्रफल हो ?
लाल अञ्जान खड्का
भगवती आभूवि, भूमिकास्थान–२, ढाकाबाङ, अर्घाखाँची

प्रश्नका लागि धन्यवाद । एशियाको क्षेत्रफल सम्बन्धी तपाईंले उल्लेख गरेका तीन वटै तथ्याङ्क पहिले विभिन्न स्रोतबाट लिएर पाठ्यपुस्तकमा राखिएका भए पनि अब ती सबैको सान्दर्भिकता सकिएको छ । पहिला नेशनल ज्योग्राफिक सोसाइटी (बेलायत) ले विभाजन गरेको भौगोलिक सिमाना अनुसार रूसलाई एशिया र युरोप दुवै महादेशमा पर्ने गरी (क्यास्पियन सागर, युराल नदी र ककेसियन पर्वतदेखि पश्चिमतर्फ युरोप र त्यसभन्दा पूर्वतर्फको भागलाई एशिया महादेशमा राखिएको थियो । यो विभाजन अनुसार एशिया महादेशमा) संसारको लगभग ३०.५ प्रतिशत भूभाग पर्दथ्यो । तर संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको महादेशहरूको पछिल्लो सीमा विभाजनमा रूसको सम्पूर्ण भूभागलाई युरोपतर्फ राखिएको छ ।

हामीले अबको पाठ्यपुस्तकमा राष्ट्रसंघकै तथ्याङ्कलाई मान्यता दिई संशोधन गर्ने भएका छौं । त्यसो हुँदा अबको तथ्याङ्कमा एशियाको क्षेत्रफल पहिले भन्दा घट्ने र युरोपको बढ्ने अवस्था आएको छ । अद्यावधिक आँकडा अनुसार विद्यार्थीलाई पढाउँदा एशियाको क्षेत्रफल ३,१०,३३,१३१ वर्ग किलोमिटर अर्थात् संसारको कुल क्षेत्रफलको २१.६ प्रतिशत र युरोपको क्षेत्रफल २,२१,३४,९०० वर्ग किलोमिटर अर्थात् संसारको जम्मा क्षेत्रफलको १५.४ प्रतिशत छ भनी पढाउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
विष्णुमाया सापकोटा
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

commercial commercial commercial commercial