भूतकाल बुझाउने क्रियापदको प्रयोग

विभक्तिका प्रयोगहरू उदाहरणसहित देखाइसकेपछि संस्कृत भाषाका क्रियापदका विषयमा चर्चा गर्न थालियो । अघिल्ला दुई पाठमा क्रियापदका वर्तमान कालका केही प्रयोग देखाइए । अब भूतकालका विषयमा चर्चा गर्ने पालो आएको छ । संस्कृतमा भूतकाल मुख्यतया तीन प्रकारका छन्— सामान्य भूतकाल, अनद्यतन भूतकाल र परोक्ष भूतकाल । यस पाठमा सामान्य भूतकालका क्रियापदको परिचय दिइँदै छ ।

संस्कृतका प्रत्येक धातुबाट सामान्य भूतकाल बुझउन लुङ् लकारको प्रयोग हुन्छ । भयो, ग¥यो, खायो, खेल्यो, गयो इत्यादिलाई संस्कृतमा भन्नुपर्दा क्रमशः अभूत्, अकार्षीत्, अखादीत्, अखेलीत्, अगमत् इत्यादि भनिन्छ । लुङ् लकारका रूपहरू यस्ता हुन्छन्—

परस्मैपदी भू सत्तायाम् (भू, हुनु) धातुका लुङ् लकारका (सामान्य भूतकालका) रूप—

कृ–धातुका परस्मैपदमा लुङ् लकारका रूपहरू— अकार्षीत् अकाष्र्टाम् अकार्षुः, अकार्षीः अकाष्र्टम् अकाष्र्ट, अकार्षम्् अकाष्र्व अकाष्र्म । परस्मैपदी गम्–धातुका रूपहरू— अगमत् अगमताम् अगमन्, अगमः अगमतम् अगमत, अगमम् अगमाव अगमाम ।

लुङ् लकारका रूपहरू कस्ता हुन्छन् भन्ने थाहा पाएपछि मात्र वाक्यमा सामान्य भूतकालको प्रयोग गर्न सकिन्छ । केही प्रतिनिधि धातुका रूपहरूको अभ्यास गरिसकेपछि अरू धातुका रूपहरू पनि जान्न सजिलो हुन्छ । वाक्यहरूमा सामान्य भूतकालको प्रयोग रामायणको कथाको केही अंश दिएर तल देखाइएको छ । यहाँ प्रथम पुरुषका एकवचन, द्विवचन र बहुवचनका प्रयोग गरिएका छन्—
पुरा अयोध्यायाम् दशरथः राजा अभूत्
(उहिल्यै अयोध्यामा दशरथ राजा थिए ।)
तस्य तिस्रः भार्याः अभूवन् ।
(उनका तिनओटी पत्नी थिए ।)
तासाम् नामानि कौसल्या कैकेयी सुमित्रा च अभूवन्
(तिनका नाम कौसल्या कैकेयी र सुमित्रा थिए ।)
कौसल्यायाः पुत्रः श्रीरामः अभूत् ।
(कौसल्याका छोरा श्रीराम थिए ।)
कैकेय्याः पुत्रः भरतः अभूत् ।
(कैकेयीका छोरा भरत थिए ।)
सुमित्रायाः पुत्रौ लक्ष्मणः शत्रुघ्नः च अभूताम्
(सुमित्राका छोराहरू लक्ष्मण र शत्रुघ्न थिए ।)
तेषाम् गुरुः ऋषिः वसिष्ठः अभूत् ।
(उनीहरूका गुरु ऋषि वसिष्ठ थिए ।)
दशरथस्य राज्ये सर्वे जनाः सुखिनः अभूवन्
(दशरथका राज्यमा सबैजना सुखी थिए ।)
एकदा दशरथः श्रीरामस्य राज्याभिषेकम् कर्तुम् अलगीत्
(एक दिन दशरथले श्रीरामको राज्याभिषेक गर्न लागे ।)
किन्तु श्रीरामस्य सपत्नमाता कैकेयी तत् सोढुम् न अशकत्
(तर श्रीरामकी सौताने आमा कैकेयीले त्यो सहन सकिनन् ।)
सा श्रीरामम् वनम् प्रस्थाप्य भरतस्य राज्याभिषेकम् कर्तुम् ऐच्छत् ।
(उनले श्रीरामलाई वन पठाएर भरतको राज्याभिषेक गर्न चाहिन् ।)
ततः सा आत्मनः इच्छाम् दशरथम् अभणीत्
(त्यसपछि उनले आप्mनो इच्छा दशरथलाई भनिन् ।)
तस्याः वचनम् श्रुत्वा दशरथः दुःखितः अभूत्
(उनकोे वचन सुनेर दशरथ दुःखित भए ।)
तथापि प्रतिज्ञाबद्धः दशरथः श्रीरामम् वनम् गन्तुम् अभणीत्
(तथापि प्रतिज्ञाले बाँधिएका दशरथले श्रीरामलाई वन जान भने ।)
पितुः आज्ञाम् श्रुत्वा श्रीरामः सहर्षम् वनम् अगमत् ।
(पिताको आदेश सुनेर श्रीराम खुसीसाथ वन गए ।)
श्रीरामस्य वियोगात् विह्वलः दशरथः दिवम् अगमत्
(श्रीरामका वियोगले विह्वल भएका दशरथ स्वर्ग गए ।)
तदा भरतः मातुलस्य गृहे अभूत् ।
(त्यति वेला भरत मामाघरमा थिए ।)
ततः भरतः अयोध्याम् आगमत्् ।
(त्यसपछि भरत अयोध्या आए ।)
ततः सः राज्यम् त्यक्त्वा रामम् प्रत्यावर्तयितुम् वनम् अगमत्
(त्यसपछि उनी राज्य छाडेर रामलाई फर्काउन वन गए ।)
किन्तु रामः भरतम् एव राज्यभारम् ग्रहीतुम् अभणीत् ।
(तर रामले भरतलाई नै राज्यको भार लिन भने ।)
ततः भरतः अयोध्याम् प्रत्यावृत्य राज्यसञ्चालनम् अकार्षीत् ।
(त्यसपछि भरतले अयोध्या फर्केर राज्यसञ्चालन गरे ।)
भू–धातुको भूतकालमा मध्यम पुरुष र उत्तम पुरुषका प्रयोगहरू—
पूर्वम् त्वम् कुत्र अभूः ? (पहिला तिमी कहाँ थियौ ?)
युवाम् परीक्षायाम् उत्तीर्णौ अभूतम्
(तिमीहरू दुई जना परीक्षामा उत्तीर्ण भयौ ।)
यूयम् इदानीम् प्रसन्नाः अभूत ।
(तिमीहरू अहिले खुसी भयौ ।)
अहम् पूर्वम् कान्तिपुर्याम् अभूवम्
(म पहिला काठमाडौँमा थिएँ ।)
आवाम् विद्यालये पठन्तौ अभूव
(हामी दुई जना पाठशालामा पढ्दै थियौं ।)
गतवर्षे वयम् ग्रामे अभूम
(पोहर हामीहरू गाउँमा थियौं ।)

commercial commercial commercial commercial