प्रतिभा जन्मने होइन बन्ने हो!

सिकाइ र ज्ञान निर्माणका सम्बन्धमा शिक्षाशास्त्रीहरूको स्पष्ट कथन छ— कोही एक जनाले जति सिक्छ, उचित अवसर दिने हो भने संसारका प्रायः सबैले त्यत्तिाकै जान्न र सिक्न सक्दछन्। विज्ञानका प्रतिभाहरू पनि यिनै सेरोफेरोमा बन्ने हुन्, ती जन्मने हैनन्।

“मिडियकर विल डू साइन्स
(Mediocre will do science)"

यो भनाइ हो नोबेल पुरस्कार विजेता रिचार्ड अन्स्र्टको । सन् २००४ को मार्चमा ‘नास्ट’ (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) द्वारा आयोजित पाँचौं राष्ट्रिय विज्ञान प्रविधि सम्मेलनमा उनी विशिष्ट पाहुनाका रूपमा आमन्त्रित थिए । आफ्नो मन्तव्यको क्रममा एउटा प्रसङ्गमा उनले त्यसो भनेर विज्ञानमा सफलता पाउन लगनशीलताको बढी भूमिका हुने कुरा औंल्याएका थिए ।

हामीमध्ये धेरैले के मानसिकता बोकेका हुन्छौं भने मेधावी, विलक्षण प्रतिभा र कुशाग्र बुद्धिका विद्यार्थीले मात्र विज्ञानमा केही गर्न सक्छन्, र यो ‘जिनियस’ हरूका निम्ति आरक्षित विषय हो । स्विट्जरल्याण्डको उत्कृष्ट प्राविधिक विश्वविद्यालय ईटीएचबाट विद्यावारिधि गरेका र त्यही संस्थासित आबद्ध प्राध्यापक अन्स्र्टले आफूलाई पनि मध्यमस्तरको विद्यार्थीको दर्जामा राखे । त्यसो भन्नु उनको विनम्रता पनि थियो होला तर उतिबेला दिएको एउटा अन्तर्वार्तामा उनले के कुरा लुकाएनन् भने उमेर हुँदा उनी १८ घण्टासम्म काम गर्थे । अर्थात् विज्ञानमा ‘इन्टेलिजेन्ट’ ९ष्लतभििष्नभलत० भन्दा ‘डिलिजेन्ट’ ९म्ष्ििष्नभलत० को खाँचो हुन्छ ।

नेपालमा विद्यार्थीहरू प्रवेशिका उत्तीर्ण गरे पश्चात् उच्च शिक्षाको विषय छान्दछन् । उनीहरूले केही निश्चित विषयगत संकायहरूमध्येबाट कुनै एउटा छान्नुपर्ने हुन्छ, जस्तैः व्यवस्थापन, शिक्षा, मानविकी वा विज्ञान । चलन के छ भने विद्यार्थीले प्रवेशिका परीक्षामा हासिल गरेको नतिजा अनुसार उसलाई विषय छान्ने सल्लाह दिइन्छ । यस अनुसार विशिष्ट श्रेणीमा आउने विद्यार्थीलाई विज्ञानमा र प्रथम श्रेणीमा आउनेलाई व्यवस्थापनमा पठाइन्छ भने त्यस मुनिकालाई मानविकीमा । विश्वविद्यालय र कलेजहरूले समेत यसैगरी वर्गीकरण गरेका हुन्छन् । तर्क जे भए तापनि; यस प्रकारको प्राविधिक वर्गीकरणका कारण एकातिर कतिपय विद्यार्थीले भित्री क्षमता र इच्छा भएर पनि विज्ञान पढ्न पाउँदैनन् भने अर्कातिर कतिपयले इच्छा बेगर पनि विज्ञान पढ्नै पर्ने मानसिक दबाब हुन्छ । योभन्दा पनि खराब कुरा, समाजमा विज्ञान पढ्नेजति प्रतिभावान र वैज्ञानिकहरू बच्चादेखि नै कुशाग्र बुद्धिका हुन्छन् भन्ने सोचाइ झँगिंदै जान्छ ।

कोही पनि मानिस के जन्मँदै कुशाग्र बुद्धिका हुन्छन् ? अथवा, विलक्षण प्रतिभा के जन्मजात हो ? मानिसको मनमस्तिष्कमा गढेका केही पुराना जिज्ञासाहरूमध्ये यो पनि एउटा हो । मानिसहरू जन्मँदै आ–आफ्नो भाग्य लिएर आएका हुन्छन् भन्ने कुरा धेरै अघिदेखिको मान्यता हो । खासगरी राजा–रजौटाहरूले आफ्नो वंश–परम्परालाई निरन्तरता दिन कुल, घराना, सिद्धि प्राप्ति जस्ता कुराहरू गरे । विज्ञानको अभावमा जनताले त्यस्ता कुरा पत्याउँदै आए । यद्यपि, ईसापूर्व छैटौं शताब्दीतिरै चार्वाक, केशकंबली आदिले अलौकिकवादलाई चुनौती दिंदै सन्देहवाद र अनुभववादका दर्शनहरूको सूत्रपात भारतवर्षमा गरिसकेका थिए । त्यस्तै २५०० वर्ष अघि सिद्धार्थ गौतम (बुद्ध) ले भौतिकवादी दर्शन र मध्यमार्गको पक्षपोषण गरे । तर सामन्तवादले त्यसलाई कुनै हालतमा हुर्कन दिएन र अहिलेसम्म पनि हाम्रो समाजमा धर्मको नाममा भावीमाथिको विश्वास जब्बर भएर बसेको छ । मानिस जन्मजात प्रतिभावान हुन्छ भन्ने कुरा यस्तै विश्वासमा आधारित छ ।

पश्चिमाहरूको समाज पनि हाम्रोभन्दा खासै फरक देखिन्न । प्लेटो (ई.पू. ४२७–३४७) देखि रिने डेकार्ट (ई.सं. १५९६–१६५०) सम्म हुर्केको झ्न्डै दुई हजार वर्षको तर्कवादी दर्शनले इन्द्रिय बोधलाई ज्ञानको आधार मानेन । डेकार्टको प्रख्यात उक्ति ‘म विचार गर्छु, यसकारण म छु’ ले वस्तुको अनुभवभन्दा अगावै ज्ञान हुने अथवा ज्ञानको लागि अनुभव आवश्यक नपर्ने कुरालाई मान्यता दिन्छ । यस अर्थमा तर्कवादले प्रतिभाहरू पनि अनुभव र भोगाइले बन्ने होइन भन्ने कुरालाई बल पु¥याउँछ । सत्रौं शताब्दीको अन्त्यमा जोन लक (ई.सं. १६३२–१७०४) र त्यसपछि डेविड ह्यूम (ई.सं. १७११–१७७६) जस्ता अनुभववादी दर्शनका व्याख्याताहरू आएपछि भने तर्कवादको पुरातन सोच किनारातिर धकेलियो । सन् १८५९ मा चाल्र्स डार्विनको ‘अन द अरिजिन अफ स्पेसिज्’ छापिएपछि मानिसहरूले बुझ्े कि एउटा सामान्य जीव प्राकृतिक छनोटको क्रममा विकसित हुँदै कसरी यति धेरै विविधता र मानिससम्म आइपुगेको रहेछ । यो करोडौं वर्षको इतिहास हो, जसलाई थुप्रै प्रमाण सहित डार्विनले उजागर गरे । उनी सम्पन्न परिवारमा जन्मेका सामान्य विद्यार्थी थिए, मेडिसिनको पढाइ बीचैमा छाडेका थिए । प्रश्न दोहोरिन्छ, प्रकृतिलाई बुझने त्यस्तो सामथ्र्य उसलाई प्राप्त भयो कसरी ? डार्विनलाई त्यस्तो ज्ञान प्रकृतिको गहन अवलोकन, कडा परिश्रम, निरन्तरको लगन र अघिल्ला वैज्ञानिकहरूको अनुसन्धान अनुभवबाट प्राप्त भएको थियो ।

प्रकृतिलाई बुझन यत्न गर्ने अर्का मानिस हुन् अल्बर्ट आइन्स्टाइन (ई.सं. १८७९–१९५५) । आइन्स्टाइन एउटा सामान्य परिवारमा जन्मेका थिए । उनलाई सानैदेखि गणितमा अभिरुचि थियो । उनी जुरिचको प्राविधिक विश्वविद्यालय ईटीएच मा पढ्न चाहन्थे, प्रवेश परीक्षामा गणित र भौतिकशास्त्रमा उत्कृष्ट गरे पनि अरू विषयमा अङ्क पुगेन र पढाइ एक वर्षपछि स¥यो । उनी एक्लै र आफंै पढ्न र सिक्न चाहने खालका विद्यार्थी थिए, उनको विचरण गर्ने विषय पृथ्वीभन्दा पर ब्रह्माण्डसम्म पुग्थ्यो ।

आइन्स्टाइनकै शब्दमा भन्नुपर्दा उनी अक्षरभन्दा रूपरेखा (चित्र) मा कल्पना गर्दथे । सन् १९०५ आइन्स्टाइनको विद्यावारिधि सकिएको वर्ष थियो, त्यसै वर्ष सापेक्षतावादको विशेष सिद्धान्त समेत गरी जग हल्लाउने खालका उनका चारवटा कृति प्रकाशित भए र २६ वर्षको उमेरमै वैज्ञानिक जगतमा नाम कहलिए । सन् १९११ मा आइन्स्टाइनले एउटा हिसाब निकाले कि सूर्यको गुरुत्वाकर्षण नजिक पुग्दा अन्य ताराबाट आएको प्रकाश बांगिएर जानुपर्छ, सन् १९१९ मा यसको पुष्टि भयो ।

सन् १९१६ मा आइन्स्टाइनको सापेक्षतावादको सामान्य सिद्धान्त प्रकाशित भयो र थाहा लाग्यो कि जसलाई हामीले गुरुत्वबल भनेर जानिरहेका थियौं त्यो अन्तरिक्ष र समयको वक्रताबाट उत्पन्न हुने रहेछ । सिद्धान्त सामान्य भने तापनि बुझनलाई त्यो कठिन नै थियो । सन् १९२१ मा नोबेल पुरस्कार पाएपछि उनी प्रवचनका लागि देश–परदेश चहार्दै हिंडे । आइन्स्टाइनका थुप्रै समीकरणहरूमध्ये असाध्य प्रचार भएको चाहिं ऊर्जा बराबर पिण्ड र प्रकाशको गति ९भ्.mअद्द० नै होला ।

सन् १९३३ देखि आइन्स्टाइन अमेरिकामा रहन थाले । सन् १९५५ मा आन्तरिक रक्तस्रावका कारण उनको देहान्त भयो ।

उनको दाहसंस्कार अत्यन्तै साधारण तरिकाबाट गरिएको थियो र खरानी पनि गोप्य तरिकाले छरियो । आइन्स्टाइन मृत्युपश्चात् उनलाई देवत्वकरण नगरिदिउन् भन्ने चाहन्थे । तर छोरा हान्स अल्बर्टलाई पछि थाहा भयो, लाश परीक्षण गरेका चिकित्सक थोमस हार्भेले आइन्स्टाइनको टाउकोबाट मस्तिष्क (गिदी) निकालिसकेका रहेछन् । हार्भेको तर्क थियो, विलक्षण प्रतिभाशाली वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्क अध्ययनबाट ठूलो वैज्ञानिक रहस्य खुल्नेछ र त्यो विज्ञानका निम्ति महŒवपूर्ण योगदान हुनेछ । तर आइन्स्टाइनको गिदी निकाल्ने उक्त अनपेक्षित कार्य डा. हार्भेका लागि निकै महँगो सावित भयो । केही समयपछि नै उनले प्रिन्सटन अस्पतालको जागिरबाट हात धुनुप¥यो, श्रीमतीले पनि छाडेर गइन् । कामको खोजीमा उनी फिलाडेल्फिया पुगे, आफूसँग लगेको आइन्स्टाइनको गिदीलाई त्यहीं २४० टुक्रामा विभाजित गरेर दुईवटा सिसाका भाँडामा सेलोइ डीनमा संचय गरे, तिनको फोटो पनि खिचे, नमूना स्वरूप केही बाँडे पनि ।

तर, धेरै वर्षसम्म हार्भेले आइन्स्टाइनको मस्तिष्क अध्ययनको कुनै नतिजा प्रकाशित गर्न सकेनन्, शायद उनी सनसनीपूर्ण नतिजा पाउने भ्रममा थिए । सन् १९८५ मा बल्ल एउटा लेख निस्कियो, जसमा दाबी गरियो कि— आइन्स्टाइनको गिदीमा न्यूरन र ग्लिया भन्ने कोषहरूको मात्रा असामान्य पाइयो । तर निकै सानो नमूना लिएर गरिएको त्यस अध्ययनमाथि विधि नै अपुग भएको आलोचना भयो । त्यसपछि यस सम्बन्धमा अरू तीन–चार वटा लेख प्रकाशित भए र हरेकले आइन्स्टाइनको मस्तिष्क केही फरक भएको देखाउने प्रयत्न गरे । आइन्स्टाइनको जस्तै सोभियत संघका संस्थापक भ्लादिमिर लेनिन, गणितज्ञ कार्ल गस आदिको पनि मस्तिष्क अध्ययनका लागि निकालिएको थियो । तर ती सबै अध्ययन केही काल्पनिक नतिजा पाउने उद्देश्य राखेर गरिएको हुँदा त्यो विज्ञानसम्मत भएन भन्ने मत बलियो देखियो । वैज्ञानिक तथ्य के पनि छ भने, जन्मिँदा मानिसको मस्तिष्क ३० प्रतिशत मात्र विकास भएको हुन्छ । यसकारण, मस्तिष्कको आकार–प्रकारले प्रतिभा निक्र्योल गर्छ भन्ने कुरा होइन, बरू मानिसको चिन्तन र क्रियाकलापबाट उसको मस्तिष्कको स्वरुपमा केही परिवर्तन आउने हो । मस्तिष्क फरक भएर कोही महान् भौतिकशास्त्री बन्ने होइन, बरु महान् भौतिकशास्त्री भएर उसको मस्तिष्क फरक हुन गएको भन्नु तर्कसंगत हुने विज्ञहरूको अभिमत छ ।

शिक्षाका नामूद अनुसन्धानकर्मी बेन्जामिन ब्लूम (ई.सं. १९१३–१९९९) ले विशिष्ट उपलब्धि हासिल गरेका १२० जना प्रतिभाहरूबारे एउटा गहन अध्ययन गरेका थिए । ती सबै आ–आफ्नो क्षेत्रमा स्थापित व्यवसायीहरू थिए, जस्तै पियानोवादक, मूर्तिकार, ओलम्पिक पौडीबाज, टेनिस खेलाडी, गणितज्ञ, स्नायुविज्ञ आदि । ब्लूमका अनुसार किशोरावस्थासम्म पनि तिनले भविष्यमा त्यति उँचाइको उपलब्धि हासिल गर्लान् भन्ने सङ्केत देखाएका थिएनन् । तर निरन्तरको प्रेरणा, लगनशीलता र प्रतिबद्धताले उनीहरूलाई विश्वस्तरको सफल मानिस बनायो । एकथरी अनुसन्धानकर्मीहरूले मानिसको प्रतिभालाई आईक्यू ९क्ष्त्त० सित पनि दाँजेर अध्ययन गरे; सामान्यतः आईक्यू १४० उँभो हुनेलाई प्रतिभावान मानिन्छ । तर यो सूत्रले पनि खासै काम गरेन, आईक्यू हुँदैमा कोही आइन्स्टाइन बन्ने र नहुँदैमा डार्विन बन्ने कुरा मिल्न आएन ।

सिकाइ र ज्ञान निर्माणका सम्बन्धमा शिक्षाशास्त्रीहरूको स्पष्ट कथन छ— कोही एक जनाले जति सिक्छ, उचित अवसर दिने हो भने संसारका प्रायः सबैले त्यत्तिकै जान्न र सिक्न सक्दछन् । निर्माणवादको दर्शन हुर्कंदै गर्दाको बखतका सोभियतकालीन मनोवैज्ञानिक लियो भिगोत्सकी (ई.सं. १८९६–१९३४) ले ज्ञान निर्माणका तीन पक्षहरूको व्याख्या गरेका छन्ः १) सामाजिक अन्तरक्रिया, २) जानेका दोस्रो व्यक्ति (शिक्षक वा कोच), र ३) सिक्ने क्षमता । विज्ञानका प्रतिभाहरू पनि यिनै सेरोफेरोमा बन्ने हुन्, ती जन्मने हैनन् ।

commercial commercial commercial commercial