बाल शोध मेला के, किन र कसरी ?

केटाकेटीलाई स्कूल र घर वरिपरिको जीवन–जगतबारे शोध–खोज गर्न र त्यसरी प्राप्त ज्ञान या जानकारीलाई सार्वजनिक प्रस्तुतीकरण गर्न प्रेरित एवं सहयोग गर्ने उपक्रम हो— बाल शोध मेला। यसले शिक्षालाई जीवन्त बनाउँछ र केटाकेटीलाई विषयवस्तु बुझने, सिक्ने र आफ्नो ‘ज्ञान’ आफैं आर्जन गर्ने अवसर दिन्छ।

केटाकेटीले आफ्नो परिवेश र वरिपरि भइरहेका घटना अथवा गतिविधिबाट निरन्तर केही न केही सिकिरहेका हुन्छन् । उनीहरू केही अनुमान लगाउँछन्, अवलोकन गर्छन्, स्वयं अनुभव गर्छन् अनि ठूलाबडाहरूसँग संवाद गर्दै आफ्नो बोध विकसित गर्छन् । यो समग्र प्रक्रियामा उनीहरूमा अन्तर्निहित जिज्ञासा, कौतूहल, आनन्दको अनुभूति र मनमा उठ्ने प्रश्नहरूले तिनलाई केही नयाँ खोज्न प्रेरित गर्छन् ।

यसो बाल्यावस्थातिर फर्कनोस् र सम्झ्नोस् त, कुनै कुराका बारेमा तपाईंले कसरी जान्नुभयो ? उदाहरणका लागि, कसरी जान्नुभयो कि यो रूख हो, यसका पात यस्ता हुन्छन्, यसको फल खाइन्छ अनि फलानो रूखमा फल लाग्दैन अथवा फलानो रूखको फल खाइँदैन ? हामीले कहिले र कसरी जान्यौं कि फलानो रूखको नाम के हो अनि फलनो–फलानो खालका रूखलाई के भन्छन् ? आकाशमा उड्ने पक्षी र भुइँमा हिंड्ने जन्तुहरूबीच के फरक हुन्छ ? हामीले कसरी थाहा पायौं कि हाम्रो घर कुन गाउँ वा शहरमा छ र हाम्रो घर भएको टोललाई के भनिन्छ ? केही याद आयो ? यस्ता प्रश्नको जवाफ हामी एउटा वाक्यमा दिन सक्छौं र त्यो हो— ‘हामीले देख्यौं र ठूलाबडाले यसलाई यसो भनिन्छ भने । अथवा, ठूलाबडाले भनेको सुनेर हामीले थाहा पायौं । जान्यौं ।’ तर, मथिङ्गलमा अलिक जोड लगाएर गहन विश्लेषण गर्ने प्रयास गर्नुभयो भने यी प्रश्नको खुटका–खुट जवाफ दिन त्यति सजिलो हुँदैन । कसैका लागि पनि । जीवनमा सर्वप्रथम हामीले कुनै कुराका बारेमा कुन दिन थाहा पायौं र त्यसमा नयाँ जानकारी कहिले कसरी जोडिंदै गयो ? यो भन्न सकिने कुरै होइन । वास्तवमा यो स्वत: हुँदै जान्छ, अनायास । त्यसवेलाका हामी, अर्थात् केटाकेटीमा ‘खोज्ने’ क्षमता अत्यन्त तीव्र हुन्छ । अनेकौं प्रश्न मनमा हुन्छन् जसको उत्तर जान्न मन आतुर रहन्छ । कुनै कुराका बारेमा ठूलाबडासँग सोधेर प्रारम्भिक तवरमा जान्दछौं तर त्यसबारे ठोस बोध त्यसवेला हासिल हुन्छ, जब त्यो वस्तु वा स्थितिसँग आफूलाई जोडेर अनुभव प्राप्त गर्छौं । यो कहिल्यै नटुंगिने प्रक्रिया हो । यही जिज्ञासाले सिकाइमा अहम् भूमिका खेल्छ ।

केटाकेटी स्कूल जान थालेपछि शिक्षा र शिक्षकहरूबाट गरिने अपेक्षा के हो भने, उनीहरूले केटाकेटीका यस्ता जिज्ञासा, प्रश्न र अनुभवलाई कक्षामा स्थान दिउन्, जसले गर्दा केटाकेटीको सिकाइ सही दिशातिर उन्मुख होस् । विषय शिक्षण र कक्षागत प्रक्रिया मार्फत कतिपय शिक्षकले यस्तो प्रयास पनि गर्छन्, तर त्यो प्राय: परिणामसम्म पुग्दैन । शिक्षकहरूको जोड केटाकेटीको सिकाइमा नभएर निश्चित अवधारणा र विषयवस्तु बुझउने र निर्दिष्ट सूचना प्रदान गर्ने कार्यमा सीमित हुन पुग्छ ।

सिकाइ र बोध छायामा पर्छ अनि केटाकेटीलाई पाठ्यपुस्तकका कुरा याद गराउनु प्राथमिकतामा पर्छ । यसो नगरे उनीहरूले परीक्षामा राम्रो अंक पाउँदैनन् र समग्र शिक्षण प्रणालीको जोड राम्रो नम्बर प्राप्त गराउनुमा केन्द्रित हुन्छ । यस क्रममा शिक्षकहरू थाहै नपाई आफूलाई ‘जानकारी’ प्रदायकका रूपमा हेर्न थाल्छन् र केटाकेटीलाई ‘ज्ञान’ प्रदान गर्ने एकमात्र स्रोत पाठ्यपुस्तक हो भन्ने मान्न थाल्छन् ।

केही शिक्षकको सोचाइ चाहिं यसभन्दा फरक पनि हुन्छ । उनीहरू केटाकेटीलाई कल्पना गर्न, अनुमान गर्न, तर्क गर्न, कुनै कुरा आफैं पत्ता लगाउन, प्रश्न गर्न र स्वयं अनुभव गर्न पर्याप्त मौका दिने प्रयास गर्छन् । स्कूलको परिवेश र टोल÷गाउँलाई उनीहरू सिकाइको स्रोत मान्छन् र केटाकेटीलाई त्यहाँको परिवेशसँग जोडिन, प्राप्त जानकारीलाई व्यवस्थित गर्न र त्यसका आधारमा नयाँ कुरा बुझन÷सिक्न अवसर दिन्छन् । यस्तो अवस्थामा सिकाइ कक्षाकोठा, पाठ्यपुस्तक र शिक्षकहरूको व्याख्यानमा सीमित रहँदैन, केटाकेटीको समग्र परिवेश र वरिपरि भइरहेका घटना पनि सिकाइका स्रोत बन्न पुग्छन् । ‘बाल शोध मेला’ को परिकल्पना यस्तै मान्यताको जगमा खडा भएको हो ।

यहाँनेर ‘शोध’ शब्द र यसको अवधारणाबारे स्पष्ट हुनु एकदमै महŒवपूर्ण छ । शोध ९क्भबचअजरच्भकभबचअज० शब्दबारे व्यापक तवरमा एउटा भ्रम के देखिएको छ भने, शोध भन्ने कुरा खास पद्धति, निश्चित मानक संरचना, कठिन–पारिभाषिक शब्द एवं बोझ्लिा वाक्य र निर्धारित प्रारूप अन्तर्गत रहेर मात्र गर्न सकिन्छ । यसका लागि विशेष तयारी, क्षमता र अनुभवको आवश्यकता हुन्छ । हो; कुनै स्तरमा शोधका लागि निश्चित प्रारूप र संरचना चाहिन्छ, तर सबै स्तरमा यो सब तामझम पूरा भएपछि मात्र शोध हुन सक्छ भन्ने कुरा सही होइन । शोधका विभिन्न तह र रूप हुन्छन् र यसको मर्म ज्ञानको अन्वेषण हो ।

त्यसैले, माथि भनिए जस्तो सिक्ने प्रक्रियासँग जोडिएको खोज–प्रक्रिया ९क्ष्लत्रगष्चथ(उचयअभकक० पनि एउटा तहको शोध नै हो । हरेक बालकले वस्तुत: शोधकै माध्यमबाट जीवन र जगतबारे बोध हासिल गर्छ । प्राथमिक स्तरमा प्रत्येक शिक्षक र केटाकेटीले शोध गर्न सक्छन् । आ–आफ्नो ठाउँमा, आ–आफ्नो तवरले तिनले शोध गरिरहेकै हुन्छन् । ‘बाल शोध मेला’ ले सरलता र सहजताका साथ शोध गर्ने र त्यसको निष्कर्ष साझ गर्ने अवसर उपलब्ध गराउँछ । यो समग्र प्रक्रिया रोचक र आनन्ददायी हुन्छ । केटाकेटीमा विभिन्न कौशल र दक्षताहरूको विकासका लागि पनि यो उपयोगी र सार्थक हुन्छ ।

बाल शोध मेलाको संरचना र तयारी

  • बाल शोध मेला केटाकेटी र शिक्षकहरूले मिलेर गरेको कार्यको प्रस्तुतीकरण हो । निश्चित विषय–क्षेत्रमा निश्चित अवधिसम्म उनीहरूले स्कूल बाहिर गएर संयुक्त रूपमा काम गर्छन् र एउटा निश्चित दिनमा आफूहरूले गरेको शोध–खोज ९च्भकभबचअज बलम क्ष्लत्रगष्चथ० र त्यसका आधारमा तयार पािरएको ‘प्रस्तुतीकरण’ (प्रेजेन्टेशन) सबैसामु गर्छन् ।
  • यसका निम्ति नजीकैका तीन–चार वटा स्कूलहरूले मिलेर पनि काम गर्न सक्छन् । एउटै स्कूलले पनि काम गर्न सक्छ । केटाकेटीको निश्चित समूह बनाएर (जस्तै ३–४–५ कक्षाको अथवा ६–७–८ कक्षाको समूह) उनीहरूलाई अलग–अलग तर निर्धारित विषयहरूमा स्कूल बाहिर गएर खोज गर्न प्रेरित गर्न सकिन्छ ।
  • शुरूमा शिक्षकहरूबीच मिलेर समग्र प्रक्रियाको उद्देश्य र यसले केटाकेटीलाई सिक्ने मौका कसरी उपलब्ध गराउँछ भन्नेबारे राम्ररी छलफल गर्नु आवश्यक हुन्छ ।
  • स्कूल÷क्लासैपिछे बेग्लाबेग्लै थीम÷विषयमा, एउटै टोलमा बस्ने केटाकेटीको एउटा समूह बनाएर अथवा एउटै क्लासभित्र पनि विभिन्न समूह बनाएर काम गर्न सकिन्छ ।
  • शोध–खोजका लागि अर्थात् निर्धारित विषयमा जानकारी÷सूचना भेला गर्न केटाकेटीलाई केही दिन, एक हप्ता वा दुई हप्ताको समय दिनुपर्छ । यस क्रममा सम्बन्धित शिक्षकहरूले निरन्तर कार्यस्थलमै रहेर सहजकर्ता र मार्गदर्शकको भूमिका वहन गर्नुपर्छ ।



सर्भे वा भेटघाट÷कुराकानीमा शिक्षकहरूले सँगै रहेर निरीक्षण गर्नुपर्छ । काम भने केटाकेटीलाई स्वयं गर्न दिनुपर्छ र त्यसमा हस्तक्षेप गर्नुहुँदैन । उनीहरूले आफ्नो पारा र आफ्नो बुद्धिको निर्धक्क प्रयोग गर्न पाउन्, शिक्षकको उपस्थितिले संकुचित हुनु नपरोस् भन्ने एकदमै ख्याल गर्नुपर्छ । प्रत्येक दिन स्कूल शुरू हुने वेला आधा घण्टा जतिको समयमा केटाकेटीसँग बसेर तिनले अघिल्लो दिन गरेको कामबारे छलफल गर्नु, आवश्यक प्रतिक्रिया दिनु र त्यस दिन गर्ने कामको प्रारूपबारे संक्षिप्त रूपमा स्पष्ट पार्नु उपयोगी हुन्छ ।

  • ‘फील्ड’ को काम सकिएपछि, केटाकेटीले प्राप्त गरेको जानकारी÷सूचना वा निष्कर्षलाई सिलसिला मिलाएर लेख्न अथवा ‘प्रस्तुतीकरण’ का लागि तयार पार्न एक वा दुई दिनको समय दिनुपर्छ ।
  • यस क्रममा शिक्षकहरूले केटाकेटीसँग उनीहरूको अनुभव र कामको प्रक्रियाबारे विस्तारपूर्वक चर्चा गर्नुपर्छ । कुनै जानकारी÷सूचना वा तथ्याङ्क संकलन गर्न कस्तो कठिनाइको सामना गर्नुप¥यो भन्ने कुरा अभिव्यक्त गर्न पर्याप्त अवसर दिनुपर्छ । समग्र प्रक्रियालाई विस्तारपूर्वक लेख्न प्रेरित गर्नुपर्छ । जस्तै, उनीहरूले विषय पाएपछि त्यसबारे के के सोचे, त्यसबारे थाहा पाउन क–कसको सहयोग लिए, को–कोसँग कुराकानी गरे, कस्ता कस्ता प्रश्न गरे, कहाँ कहाँ गए, के के रमाइलो र के के अनौठो लाग्यो । के चित्त बुझ्ेन आदि । यस्तो लिखित दस्तावेज पछि गएर ज्यादै महŒवपूर्ण र उपयोगी सावित हुन्छ ।
  • यो सबै काम सकिएपछि निश्चित दिन निश्चित ठाउँमा बाल शोध मेलाको आयोजना गर्नुपर्छ । त्यसमा केटाकेटीले गरेको शोध–खोज र तयार पारेको ‘प्रस्तुतीकरण’ को प्रदर्शन गरिन्छ ।  
  • मेलामा, केटाकेटीको काम÷विषयवस्तुका आधारमा बेग्लाबेग्लै ‘स्टल’ बनाउन सकिन्छ । स्टल तयार पार्ने र सजाउने काम उनीहरूलाई नै गर्न दिनुपर्छ । शिक्षकले सहजीकरण मात्र गर्नुपर्छ ।
  • मेलाको अवलोकन गर्न अन्य कक्षाका र अन्य स्कूलका शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षामा चासो राख्ने व्यक्तिहरूलाई समेत आमन्त्रित गर्न सकिन्छ ।
  • आफ्नो शोध–खोज र ‘प्रस्तुतीकरण’ को निर्धक्क प्रदर्शन गर्न, मेलाका अवलोकनकर्तालाई कुरा बुझउन र उनीहरूको जिज्ञासा समाधान गर्न केटाकेटीलाई अधिकतम उत्प्रेरित गर्नुपर्छ । यसले उनीहरूको व्यक्तित्व विकासमा पनि ठूलो सघाउ पु¥याउँछ ।

शोध–खोजका निम्ति सम्भावित विषय
केटाकेटीको परिवेशसँग जोडिन सक्ने र जोड्न सकिने विभिन्न पाठ, ‘थीम’ र विषयवस्तु हरेक कक्षाका पाठ्यपुस्तकमा हुन्छन् । कक्षामा पाठहरू पढाइन्छन् नै, तर त्यस्ता विषयवस्तुलाई उनीहरूको परिवेशसँग जोडिदिएर तिनै विषयमा शोध–खोज गर्न लगाइयो भने केटाकेटीले ठोस बोध प्राप्त गर्छन् । उनीहरूलाई पुस्तकका कुरा कण्ठ गर्नुको सट्टा बुझने र ज्ञान आर्जन गर्ने अवसर प्राप्त हुन्छ । जस्तै:

आफ्नो ठाउँको इतिहास । केटाकेटीले आफ्नो गाउँ÷शहरको इतिहास खोज्न सक्छन् । त्यसको नाम कसरी रह्यो ? शुरूमा त्यो ठाउँ कस्तो थियो, अब कस्तो छ ? कहाँबाट मानिस आएर त्यहाँ बसे ? यस्ता कुरा पत्ता लगाउन उनीहरूले विभिन्न मानिससँग कुरा गर्न सक्छन्, गाउँपालिका÷नगरपालिकाको कार्यालयमा कुनै दस्तावेज भए पढ्न सक्छन् । गाउँ÷शहरको नाम रहनुका पछाडि कुनै कथा भए त्यो खोजेर लेख्न सक्छन् ।

पानी । उनीहरूको टोल वा गाउँमा खानेपानी कहाँबाट आउँछ ? कसरी आउँछ ? एउटा घरमा एक दिनमा पानी के केमा खर्च हुन्छ ? नुहाउन, खाना पकाउन र लुगा धुन कति पानी लाग्छ ? धाराको पानी प्रयोग हुन्छ कि इनारको, ट्युबवेलको वा खोलाको ? कहाँको पानी कस्तो छ ? पानीसँग जोडिएका कथा, गीत र कविताहरू बूढापाकासँग सोधेर भेला पार्ने, आदि ।

काम–धन्दा । आफ्नो टोल वा गाउँमा कतिवटा पसल छन् ? के–केका पसल छन् ? कुनै पाँचवटा पसलमा पसलेसित सोधेर पत्ता लगाउनुप¥यो— उनीहरू प्रत्येकले एक दिनमा कति जति समान बेच्छन् ? कति रुपैयाँ जतिको कारोबार हुन्छ ? तीनवटा सबैभन्दा बढी बिक्ने सामान कुन कुन हुन् ? तिनले सामान कहाँबाट ल्याउँछन् ? कसले कस्ता सामान किन्छन् ? अथवा, पहिले भएका तर अहिले हराएका कामधन्दा के–के हुन् ? पहिले ती काम गर्ने मानिस अहिले के गर्छन् ? त्यस्ता कामधन्दाबाट उत्पादित हुने वस्तु अहिले कताबाट आउँछन् अथवा तिनको सट्टा के प्रयोग हुन्छ, आदि ।

खेतीबारी । आफ्नो गाउँ वा नजीकैको गाउँमा के–के खेती गरिन्छ ? कति जनाले खेतीको काम गर्छन् ? कुनै मौसममा के रोपिन्छ ? कुन अन्न अथवा तरकारी कति दिनमा फल्छ ? रोप्ने, गोडमेल गर्ने काम कसरी गरिन्छ ? हलो, कोदालो कस्तो हुन्छ ? (चित्र बनाउने) अथवा, वर्षभरिमा खेतमा कुन कुन अन्न र बारीमा कुन–कुन तरकारी उत्पादन हुन्छ ? (चार्ट बनाउने) आदि । एउटै अन्न वा तरकारीको बीउ रोप्नेदेखि टिप्ने÷काट्नेसम्मको प्रक्रियालाई फ्लो चार्टमा देखाउन लगाउन पनि सकिन्छ ।
बस्तुभाउ । आफ्नो टोल÷गाउँ वा नजीकैको गाउँमा कुन–कुन बस्तुभाउ पालिन्छन् ? तिनको संख्या कति छ ? तिनको उपयोगिता के–के हो ? तिनले के खान्छन् ? के बिझयाइँ गर्छन् ? आदि ।

चाडबाड । वर्षभरि के के चाडबाड मनाइन्छ ? (सूची बनाउने) मुख्य ६ वटा चाडपर्व कसरी मनाइन्छ ? के के खानेकुरा पकाइन्छ ? मेला लाग्छ कि लाग्दैन ? हरेक चाडपर्वको सबैभन्दा रमाइलो कुरा के हो ? चाडपर्व मनाउने कारण, त्यसको इतिहास अथवा कथा÷किंवदन्ती के छ ? आदि ।

घर । आफ्नो टोल÷गाउँका १० वटा क्रमागत घरहरूको विवरण । घर कस्ता छन् ? पक्की, कच्ची, एकतले, दुईतले, बारबेर भएका वा नभएका ? कस्तो रंग लगाएका ? कति कोठाका ? कुन घरमा कति परिवार÷कति जना बस्छन् ? को–को के गर्छन् ? कसको स्कूल, अफिस कुन हो ? घरमा कुकुर, बिरालो, सुगा आदि पालेको छ कि छैन ? आदि ।

हाट–बजार । आफ्नो टोल÷गाउँमा वा नजीकै लाग्ने हाट–बजार सम्बन्धी जानकारी । हाट–बजार कहिले लाग्छ ? के–के सामान बेचिन्छ ? बेच्ने मानिस कहाँबाट आउँछन् ? किन्ने मानिस कहाँका हुन्छन् ? सबै टोल÷गाउँकै मानिस हुन्छन् कि बाहिरका पनि हुन्छन् ? बेच्ने सामान कहाँबाट ल्याइन्छ ? तरकारी बेच्ने पाँच जनासँग कुरा गर्ने— तरकारी कहाँबाट ल्याउँछन् ? उनीहरूकै बारीबाट कि त्यही टोल÷गाउँबाट ? कि अन्यत्र कतैबाट ? नबिकेको तरकारी के गर्छन् ? सबैभन्दा बढी कुन तरकारी बिक्छ ? कुन मौसममा तरकारी सस्तो हुन्छ र कुन मौसममा महँगो हुन्छ ? किन त्यस्तो हुन्छ ? आदि ।

माथि भनिएका बाहेक अनेकौं विषय हुन सक्छन् र हरेक विषयमा अनेकौं कोणबाट काम गर्न गराउन सकिन्छ । यी विषय, कोण र प्रश्नहरू त नमूनाका लागि मात्र दिइएका हुन् । समय, परिस्थिति र आवश्यकता अनुसार विषय, कोण, गतिविधि, तरीका र प्रक्रिया तय गर्ने काम शिक्षकको हो । साथै, कामको विभाजन केटाकेटीको उमेर र शैक्षिक–बौद्धिकस्तर अनुसार गरिनुपर्छ ।

शोध–खोज प्रक्रिया र अपेक्षित कौशल
बाल शोध मेलाका क्रममा केटाकेटी मुख्यत: निम्न प्रक्रियाबाट गुज्रिनेछन्:

  • सर्भे गर्ने ।
  • मानिसहरूसँग कुराकानी÷अन्तर्वार्ता गर्ने । (यसका लागि प्रश्न तयार गर्ने)
  • अवलोकन र संवादको माध्यमबाट जानकारी÷सूचना संकलन गर्ने ।
  • तथ्य–तथ्यांकको उपयोग, व्याख्या र विश्लेषण ।
  • संकलित जानकारी÷सूचनाको अभिलेख तयार गर्ने ।
  • प्रस्तुतीकरण’ तयार गर्ने, प्रदर्शन गर्ने ।
  • प्रदर्शनका क्रममा दर्शकहरूको जिज्ञासा÷प्रश्नको उत्तर दिने ।  

प्रदर्शनका लागि सामग्री तयार गर्न मुख्यत: चार्ट पेपर आवश्यक हुन्छ । चित्र र नमूना बनाउनुपर्ने भएमा घरमै उपलब्ध हुने अथवा अत्यन्त कम खर्च लाग्ने सामग्री प्रयोग गर्न सकिन्छ ।

बाल शोध मेलाको तयारी र प्रदर्शनका क्रममा अपेक्षित कौशलहरू हुन्: अनुमान गर्नु, अवलोकन, वर्गीकरण घटना–विश्लेषण, तर्क गर्नु, प्रश्न बनाउनु, तुलना गर्नु, तथ्यांक संकलन र विश्लेषण, सामूहिक सहभागिता, मौलिक लेखन, अभिव्यक्ति कौशल, आत्मविश्वास आदि ।

बाल शोध मेलाले शिक्षण प्रक्रियालाई जडताबाट जीवन्तता र गतिशीलतातर्फ डो¥याउँछ अनि केटाकेटीलाई घोकन्ते होइन विषयवस्तु बुझने, वास्तविक सिकाइ हासिल गर्ने र आफ्नो ज्ञान आफैं आर्जन गर्ने बनाउँछ । यसको लाभ बहुआयामिक छ । आशा गरौं, शिक्षक साथीहरूले यो उपाय अपनाएर शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउनुहुनेछ ।

लेखक: अजिम प्रेमजी फाउण्डेसन, भारतको शिक्षा केन्द्रका स्रोत व्यक्ति हुन्

साभार : टिचर्स अफ इण्डियाडटकम

भाषान्तर: शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial