हेराइ र बुझाइ
पुरानो चीवरको सदुपयोग
आफ्नो जीर्ण भइसकेको पुरानो चीवर देखाउँदै एक सेवकले भगवान बुद्धसँग नयाँ चीवर (ओढ्ने बर्को, च्यादर) मागे । भगवानले अर्का अनुयायीलाई भनेर उनलाई नयाँ चीवर दिन लगाइदिनुभयो । त्यसको केही दिनपछि भगवान बुद्ध टहल्दै ती अनुयायीको वासस्थानमा पुग्नुभयो ।
बुद्धः नयाँ चीवर कस्तो रहेछ त !
अनुयायीः एकदम राम्रो । त्यही ओढेर काम गरिरहेको छु प्रभु !
बुद्धः अनि पुरानो ओढ्ने चाहिं के ग¥यौ, फ्याँकिदियौ ?
अनुयायीः होइन, प्रभु ! त्यसलाई पर्दाको रूपमा झयालमा टाँगेको छु ।
बुद्धः पुरानो पर्दा के ग¥यौ त ?
अनुयायीः त्यसलाई चार टुक्रा पारेर भान्सामा ताता भाँडा समाउने हनबेर्ना बनाएको छु ।
बुद्धः अनि, पुराना हनबेर्ना नि ?
अनुयायीः तिनलाई भुईं पुछ्न प्रयोग गरेको छु ।
बुद्धः भुईं पुछ्ने पुरानो टालो चाहिं के ग¥यौ त ?
अनुयायीः त्यो त यति धुजाधुजा भइसकेको थियो, कतै पनि काम लाग्ने थिएन । त्यसैले मैले त्यसको धागो झ्किेर बाती (बत्ती) बनाएको थिएँ । हिजो राति तपाईंको कुटीमा बलेको बत्ती त्यसमध्येकै एउटा थियो ।
आफूसँग भएका वस्तुको अधिकतम सदुपयोग गर्ने, अलिकति पनि बर्बाद हुन नदिने ती अनुयायीको व्यवहारले बुद्धलाई प्रसन्नता र सन्तुष्टि प्रदान ग¥यो ।
यो प्रसंग अहिले पनि सान्दर्भिक छ, किनभने आज एकातिर प्राकृतिक स्रोतको अन्धाधुन्द दोहनले पृथ्वी नै संकटमा परिरहेको छ भने अर्कातिर उपलब्ध वस्तुको दुरुपयोग र बर्बादी असह्य मात्रामा भइरहेको छ ।