शिक्षक को ग्राहक बन्नुहोस् !

प्रिय पाठक तथा शुभेच्छुकहरू;

तपाईंलाई शिक्षक मासिक कस्तो लाग्छ ?
यदि यो पत्रिका तपाईंलाई पठनीय र उपयोगी लाग्छ भने यसको निरन्तरता, सुधार र उन्नतिको निम्ति योगदान गर्न हार्दिक अनुरोध छ ।

त्यस्तो योगदान तपाईंले दुई किसिमबाट गर्न सक्नुहुन्छ—

आफैं ग्राहक बनेर तथा आफन्त र अरूहरूलाई ग्राहक बन्न प्रेरित गरेर । विषयवस्तु, भाषा, छपाइ आदि पक्षहरूमा गुणस्तर कायम गरेर आफ्नो लक्ष्य (मिसन) तर्फ अग्रसर एउटा पत्रिकाको नियमितताका निम्ति प्रतिबद्ध पाठक एवं ग्राहक अपरिहार्य हुन्छन् ।

शिक्षक  मासिकको विकास र विस्तारका निम्ति हामीले के गर्नुपर्छ ? के गर्न सक्छौं ?

यी प्रश्नमा तपाईंहरूको आत्मीय एवं व्यावहारिक सुझावको पनि हामीलाई खाँचो छ । पत्र, इमेल, फोन या जुनसुकै माध्यमबाट प्राप्त हुने सुझाव हामी सहर्ष ग्रहण गर्नेछौं ।

त्यति मात्रै होइन, शिक्षक  मासिकको विकास, विस्तार, निरन्तरता र दिगोपनमा योगदान पुर्‍याउन चाहने व्यक्ति वा संस्थाहरूसँग सहकार्य गर्न पनि हामी तत्पर रहेको अवगत गराउँछौं । हाम्रो एक मात्र ध्येय, शिक्षक  मासिकले नेपालको सार्वजनिक शिक्षा सुधारको अभियानमा योगदान गर्न र आफैं बाँचिरहन सकोस् भन्ने हो । यसमा तपाईंहरूको सद्भाव र साझेदारी प्रस्तावको हामी सधैं स्वागत गर्छौं । धन्यवाद !

– सम्पादक/प्रकाशक


ज्ञान विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेड
शिक्षक  मासिक

जावलाखेल, ललितपुर
फोनः ०१–५५४३२५२, ५५४८१४२
मोबाइलः ९८६२ ९०५७८० (रचना)
इमेलः mail@teacher.org.np

 

commercial commercial commercial commercial