अधुरै रहेको संसार बदल्ने धोको !

जतिबेला जवान थिएँ, संसारलाई नै परिवर्तन गर्न चाहन्थें ।

तर, विस्तारै अनुभव भयो– संसार बदल्न गाह्रो छ, मैले सक्दिनँ । त्यसपछि म आफ्नो देश परिवर्तन गर्नतिर लागें ।

जब मलाई आफूबाट देश पनि बदलिंदैन भन्ने ज्ञान भयो, तब मैले आफ्नो प्रयास परिवारलाई परिवर्तन गर्नमा लगाएँ । म आफ्नो परिवारलाई आफूले चिताए जस्तै बनाउन चाहन्थें ।

अहिले बुढेसकालमा आएर मेरा आँखा खुलेका छन् । त्यो के भने मैले आफूलाई मात्र बदल्न सक्ने रहेछु ।

र, मलाई यो ज्ञान पहिल्यै आइदिएको भए मैले सर्वप्रथम आफूलाई बदल्थें । त्यसको असर मेरो परिवारमा पर्दथ्यो, परिवार बदलिन्थ्यो । बदलिएको परिवारको प्रभाव टोल, छिमेक हुँदै शहरमा फैलिने थियो । शहर बदलिन्थ्यो । हाम्रो शहरको परिवर्तित संस्कार र स्वरुपको असरले देश र अन्ततः विश्वलाई नै बदल्न सघाउने थियो ।

तर त्यसो हुन पाएन, मैले संसारलाई बदल्ने मौका गुमाएँ– सर्वप्रथम आफैं परिवर्तन हुन नजानेर, नसकेर !

यसमा तपाईंको कुनै विचार या टिप्पणी ?

शिक्षक  मासिक, २०७६ असार अंकमा प्रकाशित ।




 

commercial commercial commercial commercial