विधि, निमन्त्रणा, आशीर्वाद इत्यादि बुझाउने क्रियापद

अघिल्ला पाठमा भविष्यत्कालको क्रियापदको उदाहरणसहित परिचय दिइयो । यस पाठमा विधि, निमन्त्रणा, आशीर्वाद इत्यादि बुझाउने क्रियापदको परिचय दिइँदै छ । अर्थात् यहाँ लिङ् लकार र लोट् लकारका क्रियापदको प्रयोग देखाइँदै छ । लिङ् लकार दुई प्रकारका हुन्छन्— विधि इत्यादि बुझाउने लिङ् (विध्यादिलिङ्) र आशीर्वाद अर्थ बुझाउने लिङ् (आशीर्लिङ्) । लोट् लकारको चाहिं विधि, निमन्त्रणा इत्यादि अर्थमा र आशीर्वाद अर्थमा पनि प्रयोग हुन्छ

विध्यादिलिङ्
विध्यादिलिङ् लकारका रूपहरू यहाँ देखाइन्छन् । जस्तै परस्मैपदी भू सत्तायाम् (भू, हुनु) धातुका रूपहरू—
                      एकवचन        द्विवचन         बहुवचन
प्रथम पुरुष—    भवेत्            भवेताम्         भवेयुः
मध्यम पुरुष—    भवेः            भवेतम्          भवेत
उत्तम पुरुष—     भवेयम्        भवेव             भवेम ।

क्रृ–धातुका विध्यादिलिङ्का परस्मैपदमा रूपहरू— कुर्यात्  कुर्याताम्  कुर्युः, कुर्याः कुर्यातम् कुर्यात, कुर्याम् कुर्याव कुर्याम । परस्मैपदी गम्–धातुका विध्यादिलिङ्का रूपहरू— गच्छेत् गच्छेताम् गच्छेयुः, गच्छेः गच्छेतम् गच्छेत, गच्छेयम् गच्छेव गच्छेम । यिनको वाक्यमा प्रयोग—

विद्यार्थी परिश्रमी भवेत् । (विद्यार्थी परिश्रमी होओस् ।)
अद्य भ्राता शीघ्रम् विद्यालयम् गच्छेत् ।
(आज भाइ छिटै विद्यालय जाओस् ।)
विद्यार्थिनः सम्यक् पठेयुः । (विद्यार्थीहरू राम्ररी पढून् ।)
इदम् कार्यम् कर्मकराः कुर्युः । (यो काम कामदारहरूले गरून् ।)
त्वम् कार्यालये समये एव उपस्थितः भवेः ।
(तिमी कार्यालयमा समयमा नै उपस्थित भए ।)
युवाम् ग्रामम् गच्छेतम् । (तिमीहरू दुई जना गाउँ जाओ ।)
अद्य अहम् विपणीम् गच्छेयम् ? (आज म बजार जाउँ ?)
आवाम् मेलनशीलौ भवेव । (हामी दुई जना मिलनसार होऔं ।)

आशीर्लिङ्
आशीर्लिङ् लकारका रूपहरू तल देखाइन्छन् । जस्तै परस्मैपदी भू–धातुका रूपहरू—
                       एकवचन             द्विवचन          बहुवचन
प्रथम पुरुष—     भूयात्                भूयास्ताम्       भूयासुः
मध्यम पुरुष—    भूयाः                 भूयास्तम्        भूयास्त
उत्तम पुरुष—    भूयासम्              भूयास्व          भूयास्म ।

क्रृ–धातुका आशीर्लिङ्का परस्मैपदमा रूपहरू— क्रियात् क्रियास्ताम् क्रियासुः, क्रियाः क्रियास्तम् क्रियास्त, क्रियासम् क्रियास्व क्रियास्म । परस्मैपदी गम्–धातुका आशीर्लिङ्का रूपहरू— गम्यात् गम्यास्ताम् गम्यासुः, गम्याः गम्यास्तम् गम्यास्त, गम्यासम् गम्यास्व गम्यास्म । वाक्यमा प्रयोग—
तव गृहे समृद्धिः भूयात् । (तिम्रो घरमा समृद्धि होओस् ।)
विद्यार्थिनः परीक्षायाम् उत्तीर्णाः भूयासुः ।
(विद्यार्थीहरू परीक्षामा उत्तीर्ण होऊन् ।)
त्वम् विद्यायाः पारम् गच्छेः । (तिमी विद्याको पार पुगे ।)
युवाम् विद्वांसौ भूयास्तम् । (तिमीहरू दुई जना विद्वान् होओ ।)
अहम् मित्रेण सह मिल्यासम् । (म साथीसित भेटिऊँ ।)
आवाम् मेलनशीलौ भूयास्व । (हामी दुई जना मिलनसार होऔं ।)

लोट्
लोट् लकारका रूपहरू यहाँ देखाइन्छन् । जस्तै परस्मैपदी भू–धातुका रूपहरू—
                        एकवचन              द्विवचन             बहुवचन
प्रथम पुरुष—     भवतु भवतात्       भवताम्            भवन्तु
मध्यम पुरुष—    भव भवतात्         भवतम्             भवत
उत्तम पुरुष—     भवानि                भवाव              भवाम ।

क्रृ–धातुका लोट् लकारका परस्मैपदमा रूपहरू— करोतु–कुरुतात् कुरुताम् कुर्वन्तु, कुरु–कुरुतात् कुरुतम्, कुरुत, करवाणि करवाव करवाम । परस्मैपदी गम्–धातुका लोट् लकारका रूपहरू— गच्छतु–गच्छतात् गच्छताम् गच्छन्तु, गच्छ–गच्छतात् गच्छतम् गच्छत, गच्छानि गच्छाव गच्छाम । (यहाँ भवतात् गच्छतात् आदि तात् लागेका रूपहरूको चाहिं विधि आदि अर्थ हुँदैन, आशीर्वाद अर्थ मात्र हुन्छ भन्ने पनि सम्झिनुपर्छ ।)

लोट् लकारका क्रियापदहरूको वाक्यमा प्रयोग—
इदम् कार्यम् कर्मकरः करोतु । (यो काम कामदारले गरोस् ।)
जनाः सुखिनः भवन्तु । (मानिसहरू सुखी होऊन् ।)
त्वम् सुशीलः भव । (तिमी असल शीलले युक्त होऊ ।)
यूयम् विद्यालयम् गच्छत । (तिमीहरू विद्यालय जाओ ।)
अहम् इदम् कार्यम् करवाणि ? (म यो काम गरौं ?)
वयम् मेलनशीलाः भवेम । (हामीहरू मिलनसार होऔं ।)
विध्यादिलिङ् लकार र लोट् लकारको प्रयोग भएको एउटा प्रसिद्ध श्लोक पनि पढौं—
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत् ।।
सबै सुखी होऊन् । सबै निरोगी रहून् । सबैले कल्याण देखून् । कोही पनि दुःखभागी नहोस् ।
यहाँ प्रयुक्त भवन्तु सन्तु पश्यन्तु क्रियापद लोट् लकारका हुन् भने भवेत् विध्यादिलिङ् लकारको हो ।

(संस्कृत भाषा शिक्षणको यो प्रारम्भिक शृंखला आगामी अंकबाट समापन हुनेछ । – सम्पादक)

commercial commercial commercial commercial