अहंकारीका सात लक्षण

आध्यात्मिक गुरुहरू अहंकारलाई एक प्रकारको मानसिक रोग बताउँछन् । उनीहरूका अनुसार यो विमारको सबैभन्दा ठूलो विशेषता, रोगीले आफूलाई रोगी नठान्नु हो ।

पूर्वीय धर्म–दर्शनका पण्डितहरूले ‘अहंकार’ रुपी रोगका ७ लक्षण पहिल्याएका छन् । ती लक्षणको आधारमा हरेक व्यक्तिले आत्म–निरीक्षण गरेर आफूलाई अहंकारको रोगबाट बचाउन सक्छ ।

१. पुण्य–प्रदर्शन प्रेमीः अहंकारी व्यक्ति आफूले पुण्य वा राम्रो काम गरेको देखाउन चाहने मानसिकताबाट ग्रस्त हुन्छ । उसले कुनै राम्रो काम नै गर्‍यो भने पनि त्यसको भित्री उद्देश्य ‘म यस्तो गर्छु, गर्न सक्छु’ भन्ने अहंकार प्रदर्शन गर्नुहुन्छ ।

२. श्रेष्ठताको भ्रमः ऊ आफूलाई जुन कुनै क्षेत्रमा पनि सर्वश्रेष्ठ ठान्छ । उसलाई अरूका राम्रा पक्ष पनि तुच्छ लाग्छन् ।

३. प्रशंसाको भोकोः अहंकारी व्यक्तिलाई प्रशंसाको भोक यति धेरै लाग्छ, उसको पेट कहिल्यै भरिंदैन । ऊ आफैं पनि आफ्नो प्रशंसा गरिरहन्छ र अरूबाट पनि हरदम प्रशंसै मात्र सुन्न चाहन्छ ।

४. क्रोधीः एउटा अहंकारी आफ्नो अहं माथि सानो प्रहार पनि सहन गर्न नसक्ने हुन्छ । कसैले उसको कुरा काट्यो अथवा सुझाव दियो भने पनि ऊ रिसले आगो भइहाल्छ ।

५. चाकडी र चाप्लुसी रुचाउनेः अहंकारी व्यक्तिको ध्यान हरदम आफ्ना काम र कुरा प्रचार–प्रसार गराउन, फोटो खिचाउन, अरूबाट अभिवादन गराउन, फूल–मालाले ढाकिन र अरूलाई चरणस्पर्श गराउने जस्ता कार्यमै लागिरहेको हुन्छ ।

६. नामको निम्ति दानः एउटा अहंकारी व्यक्तिले दान–सहयोग दिंदा पनि त्यस्तो ठाउँ मात्रै रोज्छ जहाँ उसको नाम टासिन्छ अथवा प्रचार हुन्छ ।
७. इष्र्यालुः अहंकारी व्यक्ति अति नै इष्र्यालु हुन्छ । अरू कसैले राम्रो काम गरेको देख्दा–सुन्दा पनि उसलाई जलन हुन्छ । त्यस्ता कार्य भाड्न समेत उद्यत हुन्छ ।

(आधारः कल्याण मासिक, ५/२०१९)

commercial commercial commercial commercial