अनलाइन प्रणालीबाट कोषकट्टी रकम संकलन शुरू 

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका कर्मचारीहरूको कोषको खातामा कोषकट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । कोषकट्टी भएको रकम सम्बन्धित कार्यालयले सोझै आफ्ना कर्मचारीहरूको कोषको खातामा जम्मा गर्न सक्नेछन् । यो सुविधा विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) बाट  पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका कार्यालयहरुका लागि उपलब्ध हुनेछ । 

हाल उपलब्ध यो सेवा कोषको कर्मचारी वचत बृद्धि अवकाश योजनामा सहभागी भएका कार्यालयहरुलाई मात्रैै उपलब्ध छ । ती कार्यालयहरुले अबदेखि आफ्ना कर्मचारीहरुको निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसिएचएलका सबै सदस्य बैंक–वित्तीय संस्थाबाट पठाउन सक्नेछन् । कर्पोरेट पे सुविधा लिएका कार्यालयले भने उक्त प्रणाली मार्फत आफैंले भुक्तानी गर्न सक्ने छन् । 

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि पनि कोषले यो सुविधा उपलब्ध गराएको छ । सामुदायिक विद्यालयका शिक्षकहरुको लागि संचालित सावधिक जीवन बिमा योजनामा अनिवार्य रूपमा रकम कट्टा गर्दै आउनु भएका शिक्षकको कट्टी रकम अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था मिलाईएको छ । यो सुविधामार्फत अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी निश्चित समयमै सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा रकम जम्मा हुनेछ । हालै उपलब्ध यस्तो सरल अनलाइन सेवाबाट लाभ लिन कोषले आफ्ना सेवाग्राहीलाई हालै एक सूचना जारी गर्दै आग्रह गरेको छ । 

 

commercial commercial commercial commercial