ज्ञानविज्ञान शैक्षिक सहकारीको साधारणसभा सम्पन्न

शिक्षक  मासिकको मातृसंस्था ज्ञान विज्ञान शैक्षिक सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा २०७९ पुस २७ गते ललितपुरमा सम्पन्न भयो ।

सहकारीका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त सभामा संस्थाका ६२ मध्ये ४१ जना शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गानबाट शुरू भएको सभाको औपचारिक कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव बाबुराम विश्वकर्माले सभा सञ्चालनको निम्ति आवश्यक गणपुरक सदस्यहरू उपस्थित भएको घोषणा गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष मधु आचार्यले उपस्थित शेयर सदस्यहरूको स्वागत गर्दै सहकारीले सामना गरिरहेका चुनौतीबारे प्रकाश पार्नुभएको थियो।

संस्थाका अध्यक्ष लक्ष्मण उप्रेतीले सञ्चालक समितिको तर्फबाट संस्थाको आ.व. २०७८/७९ को बार्षिक प्रतिवेदन सँगै शिक्षक मासिकको पुनःप्रकाशन शुरू गर्ने दिशामा भइरहेका प्रयास र प्रगतिबारे विस्तृत विवरण सभामा पेश गर्नुभएको थियो । त्यसैगरी, कोषाध्यक्ष पूजा थापाले लेखापरीक्षण प्रतिवेदनसहित संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको तर्फबाट संयोजक इन्द्रलाल श्रेष्ठले टिप्पणी र सुझाव सहितिको प्रतिवेदन पेश गर्नुभएको थियो।

उपर्युक्त तीनवटै प्रतिवेदनको अनुमोदन सहित उपस्थित शेयरसदस्यहरूबीच भएको लामो छलफल शिक्षक मासिकको पुनःप्रकाशन जतिसक्दो छिटो शुरू गर्ने संकल्पमा पुगेर टुङ्गीएको थियो ।

साधारण सभाको सम्पूर्ण कार्यबाहीको सञ्चालन सचिव बाबुराम विश्वकर्माले गर्नुभएको थियो भने अध्यक्ष उप्रेतीले सबैलाई धन्यवाद दिएर सभा विसर्जन गर्नुभएको थियो।

तस्वीरमा हेर्नुहोस् 

 

 

 

 

 

 

 

 

 

 

commercial commercial commercial commercial