शिक्षक मासिकको सूचना

यस ज्ञान विज्ञान शैक्षिक सहकारी संस्थाको सञ्चालक समितिको २०७९ चैत २२ गतेको बैठकले गरेको निर्णयबमोजिम शिक्षक मासिकको छापा संस्करण पुनः प्रकाशन यही जेठ महीनाभित्रै सम्पन्न हुने गरी काम भइरहेको व्यहोरा सबै शेयर सदस्य, ग्राहक र शुभेच्छुकहरूलाई अवगत गराउन चाहन्छौं।
यस सन्दर्भमा; लेख–रचना पठाउन चाहने उच्छुक लेखक, शिक्षक तथा पाठकहरूलाई पत्रिकाको इमेल (पुरानो नै) ठेगानामा पठाउन हुन हार्दिक अनुरोध छ।
त्यसैगरी, शिक्षक मासिक बिक्री गर्न चाहने बिक्रेता र विज्ञापन आदिको कारोबार गर्न चाहने व्यक्ति र एजेन्सीहरूलाई पनि हाम्रो वितरण तथा लेखा शाखामा सम्पर्क राख्न अनुरोध छ।