पढ्नु : धेरैलाई दिग्दार लाग्दो काम !

अध्ययन तथा अध्ययन संस्कृतिको कुरा हुँदा अमत्र्य सेनको पछिल्लो पुस्तकमा उल्लेख एक दृश्यको सम्झना हुन्छ। अर्थशाश्त्रमा नोबेल पुरस्कार विजेता सेनको पछिल्लो पुस्तक अर्थशाश्त्रमा केन्द्रीत छैन । निश्चय उनले अर्थशाश्त्र पढ्दाका केही सम्झना जोडेका छन् तर यो उनको जीवनकालको महत्वपूर्ण संस्मरणको संगालो हो– होम इन द वल्र्ड । यसको एक दृश्यले तात्कालीन भारतीयको पठन संस्कृतिको मनोविज्ञानलाई उजागर गर्छ।

संस्मरणमा उल्लेख भए अनुसार सन् १९५३ मा सेन पानीजहाज मार्फत बेलायत गइरहेका हुन्छन्। बेलायतको ट्रिनीटी विश्वविद्यालयमा पढ्नको लागि हवाईजहाज मार्फत जान भाडा महंगो हुन्छ। तसर्थ, पैसा बचाउनको लागि १९ दिन लामो पानीजहाजको यात्रा रोज्छन्। बेलायतमै हक्की खेल्न गइरहेको महिला टोली पनि सेन चढेको पानीजहाजमा हुन्छ। टोलीको एक सदस्यसँग सेनको कुराकानी हुन्छ । ती महिलाले अमत्र्य सेनलाई हरबखत गणित अभ्यास गरिरहेको देखेकी हुन्छिन् । र, एकदिन संवादको क्रममा ती हक्की खेलाडीले सेनलाई भन्छिन्– ‘मैले सधैं स्कूललाई घृणा गरे। शिक्षाको आवश्यकता नै के छ र ?’
‘मलाई हक्की खेल्न आउदैन,’ अमत्र्य सेन भन्छन् ‘त्यसैले मैले पढाइ रोज्नु प¥यो ।’
‘म तिमीलाई (हक्की खेल्न) सिकाउँछु ।’
‘सिकायौ भने त, त्यो पनि शिक्षा भयो नि । तिमीले मलाई शिक्षा दिएको हुन्छ ।’
‘निश्चय नै,’ हक्की खेलाडी महिलाले भन्छिन् ‘तर यो शिक्षा तिमीले जहाजको तलामा बसेर दिनभरी अभ्यास गरिरहेको गणित भन्दा धेरै रमाईलो हुन्छ ।’

आज पनि हामीमध्ये धेरैलाई पढ्ने काम भनेको सेनले ७० वर्ष अघि भेटेको ती हक्की खेलाडीलाई जस्तै हो। धेरैको लागि पढ्नु वा अध्ययन गर्नु दिग्दार लाग्दो काम हो । हामीमध्ये अधिकांशलाई पुस्तक अध्ययन रुचिको विषय हैन । धेरैलाई त विद्यालयको पढाइ र कलेजसम्मको यात्रा प्रमाणपत्रको लागि मात्र हो । धेरै अभिभावक आफ्ना सन्तानले उसको रुचिको विषय पढोस् भन्ने चाहदैनन् । कुन विषय वा विधा रोजे छिटो रोजगार मिल्छ भन्ने ध्यान रहन्छ । हामीमध्ये अधिकांशको चिन्तन कसरी पैसा कमाउने भन्नेमा केन्द्रीत छ । समग्र जीवन के हो र यसलाई कसरी सहज बनाउने भन्ने सोच्दैनौं । हामी समाजको एक सदस्य भएर जीवन बाचिरहेका हुन्छौं । समाज राजनीति, कुटनीति, मानवता र प्रकृतिको आपसी सिद्धान्तहरूको प्रभावमा चलिरहेको हुन्छ । किताबले राजनीतिको रंग, कुटनीतिको कला, मानवताको मर्म र प्रकृतिको प्रवृति बुझ्न सिकाउँछ। यी कुराहरू कुनै सिद्धान्तकार, लेखक, विज्ञ वा नेताले भनेको वा व्याख्या गरेको जस्तो एक सरल र एक पक्षिय हुँदैन। यी कुराहरू एकाध पुस्तक पढेर बुझिने कुरा पनि हैन । यसको अर्थ यति नै पुस्तक पढेर बुझिन्छ भन्ने पनि छैन । पुस्तक पढिरहदा राजनीति, कुटनीति र प्रकृतिसँग मानिसको सम्बन्ध र यसले मानिसको जीवनमा पार्ने प्रभावको बारेमा बुझ्छौं। अन्य तत्वसँग जीवनको सम्बन्ध बुझ्नु भनेको जीवन जिउने कला सिक्नु हो । जीवन जिउने कला सिकेपछि हाम्रा भोगाई सहज र सरल बन्दै जान्छन्। तर जीवनलाई सहज बनाउने नाममा अधिकांशले अध्ययनलाई वेवास्ता गरिरहेका छन् । यो उल्टो यात्रा वा बुझाइ हो।

अध्ययन वा पढाइको विषय जीवनको भोगाई र अश्तित्वसँग जोडिनुपर्छ । तर हामीले पढाइलाई रोजगारी वा करिअरसँग मात्र जोड्न खोजिरहेका छौं । यसको लागि पढेको कुरा जान्नुपर्छ भन्ने बुझियो । यसैलाई प्रोत्साहित गर्नको लागि धावन्ते खेती, घोकन्ते विद्याको भाष्य तयार गरियो । निश्चय नै अहिलेको शिक्षाले यो नारालाई प्रोत्साहन गर्दैन । तर अधिकांशको चिन्तन भने उही पुरानो भाष्यमा अल्झिएको छ । आज पढ्न नचाहने र पढ्न चाहने दुवैको चिन्तन एउटै छ । जसरी भए पनि पैसा कमाउने कामको सुनिश्चतता होस् । पढ्नको लागि विदेश जाने होस् वा पढाइ त्यागेर श्रम गर्न विदेश जाने, दुवैको उदेश्य पैसा नै हो । अधिकांशले पढेपनि जागिर खानको लागि मात्र पढ्छौं । कतिले कतै प्रमाणपत्र पेश गर्न पर्छ कि भनेर पढ्न चाहन्छन् । पढ्ने क्रममा लिनुपर्ने ज्ञानको चिन्ता छैन । परिणाम त कति नेता वा पैसावालहरूले अरुलाई परीषा लेख्न लगाएको समाचार पढिन्छ । कुनै समय त बनारसको पान पसलबाट प्रमाणपत्रको ल्याउँछन् भन्ने हल्ला पनि व्यापक थियो । यहाँ धेरैलाई शिक्षित देखिन परेको छ तर ज्ञान हासिल गर्नु छैन।

हाम्रो लागि पढ्ने काम सुचना संकलन गर्ने उदेश्यसँग मात्र जोडिएको छ। तसर्थ, हामी पढ्दै गर्दा घटना र पात्रमा केन्द्रीत हुन्छौं। तर पुस्तकभित्रको अध्याय पढ्दै गर्दा त्यसको सन्देस र मर्मलाई भुल्छौं। अल्बर्ट आइन्सटाइनका अनुसार शिक्षा त्यो हो, जो हामीले पढिसकेर भुल्दा पनि बाँकी नै रहन्छ । त्यो अर्थमा शिक्षा भनेको कुनैपनि अध्यायले दिने सन्देस र मर्म नै हो । हामीले पढेका पात्रहरू भुल्न सक्छौ। घटनाको मिति र स्थानहरू भुल्न सक्छौं। तर त्यसले सिकाउने पाठ आत्मसाथ गरियो भने त्यसले हाम्रो सोच र व्यवहार नै बदल्छ। 

यो अर्थमा पढाइ आफैंमा मनोरञ्जन पनि हो । कुनैपनि किताबमा घोत्लिनु भनेको त्यहाँका घटना, पात्र वा मितिको बारेमा जान्नु मात्र हैन । संवेगहरूसँग खेल्दै ति पात्र, घटनाको अवलोकन गर्नु पनि हो । कुनैपनि मितिमा भएका घटनाहरूको परिकल्पना गर्नु पनि हो । सयर र परिकल्पना मानिसका जीवनमा शुन्दरतम चिजहरू हुन् । निश्चय नै यो वास्तविकता भन्दा परको कुरा हो । तर यसले मानिसलाई खुशी बनाउँछ । मनोरञ्जन दिलाउँछ, जो मानशिक स्वास्थ्यको लागि अति आवश्यक तत्व हो । 

ज्ञान र मनोरञजनको स्रोेतहरू अरू पनि छन् । तर अध्ययन ज्ञान र मनोरञ्जन प्राप्तिका सजिलो तरिका हुन् । यद्यपि, हामी पढ्दैनौं । जीवन यापनको लागि अध्ययन आवश्यक छ। केही प्राप्तिको लागि औपचारिक शिक्षा र जीवन यापनको लागि अध्ययन आवश्यक छ । जीवनमा आर्थिक तथा सामाजिक हैसियत बदल्नको लागि औपचारिक अध्ययन चाहिन्छ। तर जीवन र सोच नै बदल्नको लागि चाहिं स्वअध्ययन चाहिन्छ, जो निरन्तर चल्ने प्रकृया हो । हामी स्वःअध्ययन त गर्दैनौ नै, पायो भने औपचारिक अध्ययनको प्रमाणपत्र पनि छलछाम गरेर लिन पाएँ हुन्थ्यो भन्ने खालको छ । यी सब अध्ययनलाई बाध्यताको एउटा फिक्का कामको रूपमा बुझ्नु हो।  

विकशित देशको तुलनामा हाम्रो औपचारिक शिक्षाको इतिहास छोटो छ। एक त छोटो समय, अर्काेतिर यसले प्राविधिक कुरामा मात्र केन्द्रित हुँदा यो प्रभावकारी हुन सकेन । हामीले धेरै समयसम्म विद्यालयको शिक्षा पास, फेलसँग मात्र जोड्यौ । पाठको मर्मलाई बुझ्ने हैन, त्यसको पात्र, स्थान र घटना रट्ने काममा केन्द्रीत भयौ वा बनायौं। मान्छेलाई कुनैपनि नयाँ काम गर्दा सहज महसूस गर्दैन । औपचारिक शिक्षाको इतिहास एक शताब्दी पनि नभएको देशमा पढ्नु, लेख्नु नयाँ काम नै हो । यो नयाँ काममा रस बसाउन उत्प्रेरित गर्नुपथ्र्याे। तर धावन्ते खेती, घोकन्ते शिक्षा भनेर यसलाई यसलाई बाध्यत्मक बनाई दियौं । बाध्यत्मक काममा मानिसको रुचि हुँदैन। कुनैपनि विकल्प पाउने बित्तिक्कै त्याग्छ । अहिले भइरहेको पनि यही नै हो। धेरैलाई घोकेर पास ग¥यो काम पाइदैन भन्ने लाग्छ । त्यसैलाई यहाँ कोही आफ्नो लागि पढिरहेका छैनन्। अरूको लागि पढिरहेका छन् । अरूले काम गर्ने ठाउँमा प्रमाणपत्र माग्ने हुनाले जोहो गर्न कस्सिएका छन्। यही कारण परिक्षा केन्द्रमा नक्कली परिक्षार्थी भेटिन्छन् । धेरै जसो पढेर बेरोजगार हुनुभन्दा बेलैमा वैदेशिक रोजगारमा जान तम्सिएका हुन्छन्। धन, सम्पत्ति तथा मान्छेको उच्च हैसियतलाई सम्मान गर्ने हाम्रो समाजको संस्कारलाई यस किसिमको सोचलाई अझ मलजल गर्‍यो । 

अर्काेतिर अल्पज्ञानले दिने आत्मविस्वासमा पनि हाम्रो समाज भुलिरहेको छ । भनिन्छ कि अल्पज्ञान खतरनाक हुन्छ। यो नकरात्मक पाटो भयो। व्यक्ति विशेषको लागि अल्पज्ञानको सकरात्मक पाटो पनि छ । त्यो भनेको ज्ञानको बारेमा भ्रम र आत्मविस्वास हो । कुनै खास क्षेत्रमा लामो अध्ययन गरेपछि मान्छेले विज्ञता प्राप्त हुन्छ । विज्ञता प्राप्त गरेको व्यक्ति कुनै खास उदेश्यको लागि निश्चित मञ्चहरूमा आत्मविस्वासका साथ कुरा राख्छ । तर अल्पज्ञानले जताततै आफु जान्ने, सुन्ने भएको अभिव्यक्ति दिइरहन्छ । यस्तो आत्मविस्वास भएको मान्छेहरू हामी चिया पसलमा धेरै नै भेट्छौं । यस्ता व्यक्तिमा आफू जान्ने हुँ भ्रम यति ठूलो हुन्छ कि उसले पढ्नु पर्छ वा अरूको कुरा पनि सुन्नु पनि पर्छ भन्ने आवश्यकता नै ठान्दैन । यस्ता मान्छेले पढेर आनन्द लिने कुरा रुचाउँदैन। उनका लागि चिया र सोमरसको चुस्की अनि मान्छे भुलाउन तयार पारिएका कमसल पाठ्य तथा सञ्चार सामग्री नै मनोरञ्जनका अनुपम स्रोत हुन्। त्यही कारण चिया पसलमा देशको चिन्तन गर्ने छ्यापछ्याप्ती भेटिन्छन् । देश कता जादैछ भन्ने उनीहरूलाई राम्ररी थाहा हुन्छ। अफशोष, निर्वाचनको बेला उपयुक्त उम्मेद्धारलाई मत दिन चुक्छन्। यही नै हो अल्पज्ञानको समस्या तर लाग्छ कि म नै संसारको जान्ने, सुन्ने व्यक्ति हो।  

अध्ययन तथा पढ्ने काम भनेको बिना चिनीको अमेरिकानो कफी खानु हो। अमेरिकानो कफीमा दूध राखिदैन । त्यसमाथि चिनी पनि नराख्दा पिउनेले पाउने पहिलो स्वाद भनेको तितो मात्र हो । तर यसको आदत लागेपछि दूध र चिनी सहितको कफी पनि फिक्का लाग्छ। पुस्तक अध्ययन पनि यस्तै हो । शुरू शुरूमा पाना पल्ढाउँदै अक्षरमाथि आँखा दौडाउने काम पट्यार लाग्दो हुन्छ। आदत बसेपछि किताबबाटै समाज र ज्ञानका विभिन्न विधालाई छिचोल्न सकिन्छ। तर यो कामको लागि उत्प्रेरणा जोगाउने काम शिक्षा प्रणाली र समाजका अग्रजको हुनुपथ्र्याे जो भएन। 
(बोखिम पत्रकार तथा लेखक हुन्।) 
 

commercial commercial commercial commercial