एउटै गाउँपालिकामा नौ मातृभाषी शिक्षक नियुक्त

पाँचथर जिल्लाको फाल् गुनन्द गाउँपालिकाका नौवटा सामुदायिक विद्यालयमा मातृभाषा विषयका शिक्षक नियुक्त भएका छन् । आठ विद्यालयमा लिम्बू मातृभाषी र एक विद्यालयमा तामाङ मातृभाषी शिक्षक नियुक्त गरिएको गाउँपालिकाका स्रोतव्यक्ति नरहरि ढुंगानाले बताए । माघ ३, ४ र ५ गते परीक्षा लिएर खुला प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गरिएको थियो । शिक्षकको तलबभत्ताको व्यवस्था गाउँपालिकाले नै गरेको छ । यो गाउँपालिकामा लिम्बू मातृभाषी विद्यार्थी ४ हजार ६६९ जना अर्थात् ६४।१९ प्रतिशत छन् ।
फाल् गुनन्द–१ को जनकल्याण आधारभूत विद्यालय, वडा–२ को सत्यहाङमा मावि, महा गुरु फाल् गुनन्द आभूवि, वडा–३ को सारताप मावि, वडा–४ को कृष्ण मावि, वडा–५ को नागेम्बा आभूवि, वडा–६ को बी।पी। स्मृति आभूवि र पञ्चकन्या आभूविमा लिम्बू मातृभाषी शिक्षक नियुक्त भएका छन् । त्यस्तै वडा–६ को लक्ष्मी आभूविमा भने तामाङ ९तामयिग० मातृभाषी शिक्षक नियुक्त गरिएका छन् । यी विद्यालयमध्ये सत्यहाङमा माध्यमिक विद्यालयमा कक्षा–१२ सम्म, लक्ष्मी आभूविमा कक्षा–३ सम्म र अन्य सबै विद्यालयमा कक्षा–७ सम्म अलग विषयका रूपमा मातृभाषा पढाउन थालिएको छ ।
फाल् गुनन्द गाउँपालिकाले चालू आर्थिक वर्ष ९२०७५/७६० भरिका निम्ति मातृभाषा शिक्षालाई रु।१० लाख विनियोजन गरेको छ । यस अनुसार आधारभूत तहका मातृभाषी शिक्षकले दशैं खर्च सहित मासिक रु।८ हजार र माध्यमिक तहकाले मासिक रु।१२ हजार तलबभत्ता पाउनेछन् । गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बेका अनुसार यो तलब–भत्ता प्रारम्भिक चरणको हो । उनी भन्छिन्, “शिक्षकहरूको तलबभत्तामा गाउँपालिकाले क्रमिकरूपले सुधार गर्दै लैजानेछ ।”
गाउँपालिकाको यो कदमबाट विगतमा विभिन्न संस्थाको सहयोगमा मासिक रु।१५०० देखि रु।४ हजारसम्ममा पढाइरहेका मातृभाषी शिक्षक भने उत्साहित बनेका छन् । कुनै महीना विना तलब पनि पढाउनु परेको अवस्थालाई स्मरण गर्दै लक्ष्मी आभूविका तामाङ विषयका शिक्षक डिराज मोक्तानले गाउँपालिकाको पहलले खुशी र उत्साहित तुल्याएको प्रतिक्रिया दिए ।
शिक्षक मात्र होइन, आफ्नो भाषा विद्यालयमा पढ्न पाउँदा विद्यार्थी र तिनका अभिभावक पनि खुशी छन् । “आफ्नो भाषा र लिपिमा पढ्न, लेख्न पाउँदा खुशी छु” सत्यहाङमा माविकी विद्यार्थी सञ्जु नेम्बाङ भन्छिन् । यस्तै अभिभावक बीरवल नेम्बाङ गाउँपालिकालाई धन्यवाद दिंदै भन्छन्, “विगतमा हामीले मातृभाषामा शिक्षा लिन पाएनौं, अहिले हाम्रा बालबच्चाले त्यो अवसर पाएका छन्, गाउँपालिकाको यो कार्य साह्रै सराहनीय छ ।”
नेपालको संविधान–२०७२ मा मातृभाषामा शिक्षा लिन सकिने व्यवस्था छ । साथै संविधानले माध्यमिक तहसम्मको शिक्षा सम्बन्धी अधिकार स्थानीय सरकारलाई दिएको छ । गाउँपालिकाले मातृभाषा शिक्षा सम्बन्धी अध्ययन र पठन–पाठनको व्यवस्था गर्न भाषाविद् हरिचन्द्र लाओतीको संयोजकत्वमा एक समिति बनाएको छ । सोही समितिले तयार गरेको प्रतिवेदन अनुसार विद्यालय छनोट, मातृभाषी शिक्षक नियुक्ति आदि प्रक्रिया सम्पन्न गरिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत रहेका लाओतीले मातृभाषा शिक्षा र संरक्षणको सवालमा फाल् गुनन्द गाउँपालिकाको यो कदम ऐतिहासिक भएको बताए ।
आउँदो शैक्षिक सत्र २०७६ मा थप १३ वटा विद्यालयलाई मातृभाषी शिक्षक नियुक्तिका लागि स्वीकृति दिइने गाउँपालिका अध्यक्ष अमर कुमार नेम्बाङले बताए । उनले भने, “शैक्षिक सत्र २०७६ मा गाउँपालिकाभित्रका २२ विद्यालयमा स्थानीय मातृभाषा पठन–पाठन हुनेछ ।”
सन्देश सुब्बा, पाँचथर
शिक्षक मासिक, २०७५ फागनु अंकमा प्रकाशित ।