त्यस्तो शिक्षक किन भएँ होला ?

आफ्नो कस्तो व्यवहारले विद्यार्थीलाई खुशी वा दुः खी बनाउँछ भन्ने पनि नसोच्ने म कति खराब शिक्षक रहिछु भनेर आज महसूस हुन्छ । अहिले लाग्छ, धन्न म लामो समयसम्म शिक्षक रहिनँ र धेरै केटाकेटीलाई बर्बाद पारिनँ !

दुई दशकअघि म एक आफन्तको काठमाडौंस्थित निजी विद्यालयमा शिक्षकको रूपमा जागिर खान गएकी थिएँ । त्यसबेला मेरो उद्देश्य शिक्षक बन्ने थिएन । मलाई त्यहाँ केही समय बिताउनु मात्र थियो । कुन कक्षाको क्लास टीचर बन्ने भनेर मलाई रोज्ने अवसर दिंदा मैले कक्षा–१ रोजें । किनकि सानो कक्षामा पढाउन धेरै सजिलो हुन्छ भन्ने मेरो बुझइ थियो । न कुनै तालिम, न शिक्षण सम्बन्धी कुनै अनुभवस यसरी शुरू भयो मेरो शिक्षण यात्रा ।

विद्यार्थीलाई किताब खरर्र पढेर सुनाइदिन्थें । किताबमा भएका प्रश्नका उत्तर भनिदिन्थें । कक्षाकार्य र गृह कार्य दिन्थें । सकियो । कक्षाकोठामा जानुअघि कुनै तयारी गर्द िनथें । सबै केटाकेटीले बुबुझे  कि बुझेनन्, मलाई वास्ता पनि हुँदैनथ्यो । कसैले बुझेन  भने सोध है भनेर मैले कहिल्यै भनिनँ । मलाई यसो गर्नु पर्छ भनेर कसैले सिकाइदिएको पनि थिएन । मैले पनि शिक्षक बनिसकेपछि स्कूलमा कसैसँग सुझाव मागिनँ । तर प्रायः विद्यार्थीले गृह कार्य राम्रैसँग गर्थे । शायद घरमा कसैले सिकाइदिएर वा सहयोग गरिदिएर हो कि १ पूर्व प्राथमिक तहका शिक्षकहरूले अक्षर, शब्द, वाक्य लेख्न राम्ररी सिकाइदिएर कक्षा–१ मा पठाइदिएकाले पनि हुन सक्छ । साथै, कमजोर विद्यार्थीका लागि ट्युसनको व्यवस्था त छँदैथियो स्कूलमा ।

मलाई त्यस्ता विद्यार्थी मन पर्थे जो पढाइ–लेखाइमा राम्रा थिए । गृह कार्यगर्थे । भनेको मान्थे, जसका अक्षर राम्रा हुन्थे अनि जो सफासुग्घर भई चिटिक्क परेर आउँथे । यस्ता विद्यार्थीलाई नै म धेरै मायागर्थें । मन पराउँथे । उनीहरू पनि मलाई मन पराउँथे होलान् जस्तो लाग्थ्यो । किनकि उनीहरू मलाई कहिले घरबाट फूल ल्याएर दिन्थे । कहिले चकलेट दिन्थे । म पनि सारीमा आइरन गरेर, सफा भएर, चिटिक्क परेर राम्री भएर स्कूल जान्थें ।

मलाई दुई थरी विद्यार्थी मन पर्दैनथे । फोहोरी भएर आउने र गृह कार्य न गर्ने । गृह कार्य न गरी आउने एक जना विद्यार्थीलाई मैले एक दिन लट्ठीले हातमा पिट्दा उनको नाकमा लाग्यो र रगत आयो । म साह्रै अत्तालिएँ । आफ्नोरूमालले रगत रोक्ने प्रयास गरे । रुमालमा रगत लाग्यो र त्यो आफैंसँग राखें ।

आज मेरो कक्षामा यस्तो भयो भनेर स्कूलकी एक सिनियर शिक्षकलाई सुनाएँ । ती विद्यार्थीकी आमा निकै डेन्जर अर्थात् कडा स्वभावकी भएको उनले सुनाइन् । मेरो सातो गयो । अब भोलि स्कूल कसरी जाने रु ती विद्यार्थीकी आमासँग के भन्ने रु सबैको अगाडि झ्गडा गरिन् भने के होला रु जाँदाजाँदैगेटमा भेट भयो र अरू अभिभावक पनि उनीपट्टि लागेर म विरुद्ध कराए भने के गर्ने होला रु यस्ता कुरा सोचेर रातभरि छट्पटी भयो । राम्ररी निदाउन सकिनँ । भोलिपल्ट डराउँदै डराउँदै स्कूल गएँ ।
तर बिहान उनी स्कूल आइनन् । छुट्टी हुने बेलामा आउने हुन् कि रु डर बाँकी नै थियो । तर उनी आइनन् । कस्तो खुशी लाग्यो । ‘अब चाहिं कसैले गृह कार्य गरे न भने म पिट्दिनँ ।’ मनमनै यस्तो सोचें । कसैलाई पिट्यो र अभिभावकले थाहा पाए भने मलाई पनि केही गर्लान् भन्ने मलाई लागेको थियो ।

आफ्नी आमालाई मैले पिटेको कुरा सुनायो भने फेरि मेरो पिटाइ खानुपर्छ भन्ने डरले ती विद्यार्थीले घरमा नभनेका पनि हुन सक्छन् । अहिले सोच्दा मलाई यस्तो लाग्छ । तर त्यो घटनापछि ती विद्यार्थीसँग म अलि घुलमिल हुन थालें । शायद उनले आफ्नी आमालाई पोल नलगाएकाले हो कि १ उनी पनि मसँग नजिकिन थाले । मेरो कक्षामा उनको अनुहार हँसिलो हुन थालेको थियो ।

यस्तै अर्की एक छात्रा थिइन् गृह कार्य पनि न गर्ने अनि फोहोरी भएर आउने । सधैं नाकभरी सिंगान हुन्थ्यो । गृह कार्य किन न गरेको, अल्छी फोहोरी भनेर म उनलाई गालीगर्थें । उनी जवाफै दिन्नथिन् । टाउको निहुराएर मतिर हेर्दै हेर्दिनथिन् । मलाई झन् रिस उठ्थ्यो । शिक्षक पो हुँ त भन्ने लाग्थ्यो । चिउँडोमा समातेर टाउको माथिगराउँथें । त्यति गर्दा पनि उनी बोल्दिनथिन् । कति रिस उठ्थ्यो । पिट्न मन लाग्थ्यो । तर काबु भइसकेकी थिएँ । त्यसपछि उनले गृह कार्य न गरे पनि मैले वास्ता गर्न छाडें । म कक्षामा हुन्जेल उनको मुख अँध्यारो हुन्थ्यो । म पनि उनलाई रिस भरिएको नजरले हेर्थें । मेरो कक्षामा मैले उनलाई कहिल्यै हाँसेको पनि देखि नँ ।

अचेल मेरो छोराले केही शिक्षकबाट कहिलेकाहीं भोग्नुपरेको यस्तै खाले भोगाइ सुनाउँदा उसको अनुहार पनि अँध्यारो र साहै्रै मायालाग्दो हुन्छ । शायद यसैकारण पनि होला ती छात्राको अँध्यारो अनुहार सम्झँदा  आजभोलि मेरा आँखा रसाउँछन् । त्यतिखेर ६(७ वर्षकी ती अबोध बालिकालाई मैले गरेको व्यवहारले म आफैंलाई दुः खी बनाउँछ । मेरो खराब व्यवहारले त होला नि म कक्षामा हुँदा उनले अँध्यारो मुख लगाएर बस्ने गरेको । शायद उनलाई मसँग डर थियो वा मप्रति घृणा । कतिखेर मेरो कक्षाको समय सकियोस् र म त्यहाँबाट जाओस् जस्तो हुन्थ्यो होला उनलाई । म कति खराब शिक्षक रहेछु भनेर मलाई आज महसूस हुन्छ ।

मैले कसरी त्यस्तो नरराम्रो व्यवहार गर्न सकेको होला रु मैले पढाएको नबुझेर  त उनले गृह कार्य न गरे की होलिन् नि १ घरमा कुनै समस्या पो थियो कि १ मैले त उनलाई माया गरेर सोध्नुपथ्र्यो । सिंगान पुछ्न त सिकाउन सक्थें नि १रूमाल किनेर दिन सक्थें । अभिभावकलाई बोलाएर सरसफाइ र पढाइ–लेखाइका कुरा गर्नु पथ्र्यो । अचेल बेलाबेला यस्ता कुरा मनमा आइरहन्छन् ।
मनलाई यसरी पनि सम्झउँछुस त्यतिखेर आज जस्तो बालमनोविज्ञान वा शिक्षणकला सम्बन्धी जानकारी सहजै उपलब्ध हुँदैनथ्यो ।गुगलमा सामग्री भेटिंदैनथे । संचारमाध्यममा पनि शिक्षाका कुरा खासै आउँदैनथे । मलाई प्रअ, सिनियर शिक्षक वा व्यवस्थापनबाट कुनै ‘ओरिएन्टेशन’ दिइएको थिएन । न तालिम, न अनुभव, न कुनै बलियो प्रक्रिया(परीक्षाबाट छानिएर वा प्रतिस्पर्धा गरेर म शिक्षक बनेकी थिएँ । म आफ्नो रुचि वा रोजाइले पनि शिक्षक भएकी थिइनँ ।

अहिले मलाई लाग्छ केटाकेटीसँग रमाउन र भिज्न नसक्ने वा नचाहने व्यक्ति शिक्षण पेशामा प्रवेश गर्नु नै हुँदैन । विषयवस्तुमा पोख्त हुँदैमा रराम्रो शिक्षक बन्न सकिन्छ जस्तो लाग्दैन । सामाजिक, आर्थिक वा पारिवारिक कारणले विभिन्न अवस्था र क्षमताका विद्यार्थीलाई पढाउन सिकाउन उनीहरूसँग भावनात्मक रूपमा आत्मीय सम्बन्ध नबनाइकन सम्भव हुँदैन । त्यसैले शिक्षक नम्र र मायालु हुनुपर्छ । कठोर र दम्भी शिक्षकसँग विद्यार्थी खुलेर कुरा कानी र छलफल गर्न गाह्रो मान्छन् । यसो भयो भने कक्षाकोठा प्रवचन कक्ष जस्तो मात्र हुन पुग्छ ।

रराम्रो पढाउने, सबल पक्षको प्रशंसा गर्ने र कमजोरी पक्ष सबैका अघिल्तिर नखोल्ने, कमजोरी सुधार्न सहयोग गर्ने , विभिन्न क्रियाकलाप मा सबैलाई सहभागी गराउने, रमाइलो गर्ने गराउने शिक्षकलाई प्रायः विद्यार्थीले मन पराउँछन् । रिपोर्टिङका क्रममा विभिन्न विद्यालयका विद्यार्थीसँग कस्तो शिक्षक मन पर्छ भनेर सोध्दा मैले उनीहरूबाट पाउने जवाफ यस्तै हुन्छ ।
तर सूचनाप्रविधिको अधिकतम उपयोग गर्न सकिने आजको समयमा पनि विना तयारी कक्षाकोठामा जाने शिक्षकको कमी छैन । के कसो गर्दा विद्यार्थीलाई सिकाउन–बुझाउन सकिन्छ भनेर कुनै प्रयास न गर्ने व्यक्ति पनि शिक्षण पेशामा गएका छन् । शिक्षणमै रमाउँछु भनेर यो पेशा रोज्नेको संख्या पनि प्रशस्तै छ । अन्त नपाएर आउने पनि छन् र अन्त रराम्रो अवसर पाएपछि छोड्ने पनि छन् ।

शिक्षाशास्त्र अध्ययन र शिक्षक सेवा आयोगको परीक्षा जस्ता प्रक्रिया मात्र होइन, जस्तोसुकै अवस्था वा पृष्ठभूमिका केटाकेटीलाई माया गर्ने , समान व्यवहार गर्ने , उनीहरूको मनोविज्ञान बुझने–बुझन चाहने र शिक्षण पेशामा साँच्चै रुचि भएकाहरूलाई मात्र यो पेशामा भित्रयाउने  व्यवस्था भए विद्यालयमा बालबालिका कति खुशी हुन्थे होला १ यस्तागुणले सुसज्जित बनाउन कक्षाकोठामा वा विद्यालयमा पठाउनुअघि नै उनीहरू माथि प्रशस्त लगानी हुनुपर्छ जस्तो लाग्छ ।  
शिक्षण पेशा सजिलो ठानेर म शिक्षक भएकी थिएँ । त्यही माथि नातेदारको स्कूल । पहुँचको भरमा कति सजिलै शिक्षक भएकी थिएँ । विद्यार्थीका निम्ति मैले के गरे र १ अक्षर, अंक, शब्द सबै पूर्व प्राथमिक तहमा सिकिसकेका थिए । कसरी पढाउँदा विद्यार्थीले राम्ररी सिक्छन् रु कस्तो व्यवहारले उनीहरूलाई खुशी वा दुः खी बनाउँछ भन्ने पनि नसोच्ने म कति खराब शिक्षक रहिछु भनेर आज महसूस हुन्छ । अहिले लाग्छ, धन्न म लामो समयसम्म शिक्षक रहिनँ र धेरै केटाकेटीलाई बर्बाद पारिनँ !

२०७६ असार अंकमा प्रकाशित

 

commercial commercial commercial commercial