कालो थोप्लो ! 

शिक्षकले कक्षामा पस्ने बित्तिकै घोषणा गरे — ‘आज तिमीहरूको आकस्मिक परीक्षा । तयार होऊ !’ 
शिक्षकले सधैं झैं घोप्टो पारेर प्रश्नपत्र वितरण गरे । सबैलाई बाँडिसकेपछि प्रश्नपत्र सुल्ट्याएर हेर्न भने । 
प्रश्नपत्र पल्टाउने बित्तिकै विद्यार्थीहरू आश्चर्यमा परे, प्रश्नपत्रको बीचमा एउटा कालो थोप्लो बाहेक केही थिएन; कागजको सेतो पाना पूरै खाली थियो । प्रत्येक विद्यार्थीको अनुहार नियाल्दै शिक्षकले भने, “प्रश्नपत्रमा जे देख्छौ, त्यही लेख । देखेको कुरा लेख ।”

विद्यार्थी अन्योलमा परे । तर पनि केही त लेख्नु नै थियो, लेख्न थाले । 
उत्तरकपी जम्मा पारेपछि शिक्षक पालैसँग सबैले सुन्ने गरी ती कपी पढ्न थाले । सबै विद्यार्थीले प्रश्नपत्रमा दिइएको कालो थोप्लोमै केन्द्रित भएर जवाफ लेखेका थिए; त्यसबाहेक केही थिएन ।

विद्यार्थीको कौतूहल र अन्योल चिर्दै अन्ततः शिक्षकले रहस्य खोले, “आज म कुनै नम्बर दिन्न । तिमीहरूलाई केही सोच्न लगाउन यो जाँच लिएको हो । जवाफ सुनिहाल्यौ, सबैले कागजको कालो थोप्लो बारेमा लेखेछौ, कागजको खाली–सेतो भागका बारेमा केही पनि लेखेनौ, त्यत्रो ठूलो भाग त कसैले देख्दा पनि देखेनछौ ! 

हो, हराम्रो जीवनमा, हराम्रो समाज मा पनि यस्तै हुन्छ— सबैको ध्यान त्यो सानो कालो थोप्लो जस्तै रोग, गरीबी, झ्गडा आदि नराम्रा कुरा मै केन्द्रित हुने गर्छ । हराम्रो जीवनमा उपलब्ध राम्रा कुरा को अगाडि काला थोप्ला अर्थात् समस्याहरू धेरै साना र क्षणिक छन्, तर पनि तिनले नै हराम्रो मन–मस्तिष्कमा रजाइँ गर्छन् । त्यसैले, आजै देखि कालो थोप्लो जस्ता साना समस्यामा मात्र होइन; जीवनको सेतो, रराम्रो, ठूलो अंशतिर हेर्न सिक । सुखी र खुशी भएर बाँच्न सिक ।” 
२०७६ साउन अंकमा प्रकाशित । 
 

commercial commercial commercial commercial