‘चार खुट्टा असल, दुई खुट्टा खराब !’ 

सुँगुरहरूले असबाब–कोठालाई आफ्नो मुख्य अड्डा तुल्याएका थिए । साँझ्मा तिनीहरू यस कोठामा फार्म हाउसबाट ल्याइएका पुस्तकको मद्दतले कामी–काम, सिकर्मी–काम र अरू आफूलाई दरकार पर्ने कामहरू सिक्थे । स्नोबल अरू जनावरहरूलाई आफूले न्वारन गरेका जनावर–समितिहरूमा संगठन गर्ने काम पनि गथ्र्यो । उसलाई यो काम गर्न कहिल्यै थकाइ लाग्दैनथ्यो । उसले कुखुराहरूका लागि फल–उत्पादन–समिति,गाईहरूका लागि सफला पुच्छर–संघ र मुसा र खरायोहरूलाई घरपालुवा पार्ने मनसायले जंगली साथीहरूको पुनः शिक्षण–समिति खडा गरयो र भेडाहरूका लागि ‘अझ् सेतो ऊन आन्दोलन’ चलायो । यस्तै अरू अनेक किसिमका समिति र पढ्ने र लेख्ने कक्षा पनि शुरूगरायो । तर यसको नतीजा के भयो भने कुनै कार्यक्रम सफल हुन सकेन । उदाहरणका लागि जंगली जनावरहरूलाई घरपालुवा तुल्याउने उद्योग तुरुन्तै विफल भयो । तिनीहरूको अगाडि को बानी–बेहोरमा रत्तिभर सुधार भएन र दयाको व्यवहार गर्दा तिनीहरू आफ्नो स्वार्थ सिवाय अरू केही नहेर्ने भए । बिराली पुनः शिक्षण–समितिको सदस्य भई र केही दिनसम्म त्यसले निकै सक्रिय भएर काम गरी । एक दिन त्यो छाना माथि बसेर आफूले समात्न नसक्ने गरी टाढा बसेका केही भँगेराहरूसँग कुरा गरिरहेकी थिई । ऊ तिनीहरूलाई सुनाइरहेकी थिई, “अब सबै जनावरहरू साथी भैसके र आफूलाई इच्छा लाग्ने जुनसुकै भँगेरो मेरो पन्जामा आएर बस्न सक्छ”, तर भँगेराहरू ऊबाट टाढै बसे । 

पढ्ने र लेख्ने कक्षाहरू भने निकै सफल भए । जाडो शुरू हुनुभन्दा अगाडि फार्मका सबैजसो जनावरहरू केही न केही लेख्न पढ्न जान्ने भए ।
सुँगुरहरूले त लेख्न र पढ्न निकै राम्ररी जाने । कुकुरहरू पनि मजैसँग पढ्न सक्ने भए तर सात परमादेश सिवाय तिनीहरूलाई अरू कुरा पढ्नमा रुचि लागेन । खसी मुरिएल कुकुरहरूभन्दा अलिकता राम्ररी पढ्न सक्थ्यो; र कहिलेकाहीं साँझ्मा मलको थुप्रोमा आफैं भेटिएका अखबारका टुक्रा बाँचेर ऊ अरूहरूलाई सुनाउने गथ्र्यो । बेन्जामिनको पढ्ने क्षमता कुनै सुँगुरको भन्दा कम थिएन; तर ऊ आफ्नोगिदी कहिल्यै खर्च गर्दैनथ्यो । ऊ भन्थ्यो, “जहाँसम्म मलाई थाहा छ, पढ्न लायक कुरा केही छैन ।” क्लोभरले जम्मै वर्णमाला पढी तर त्यसले शब्दहरूलाई सिङ्गैसिङ्गै राखेर अर्थ गर्नै सकिन । बोक्सर ‘डी’ अक्षरभन्दा अघि जानै सकेन । ऊ आफ्नो ठूलो टापले धूलोमा ए, बी, सी, डी लेख्थ्यो र आफ्ना कानहरू स्याप्प पारेर उभिई ती अक्षरहरूलाई एकटकले हेरिरहन्थ्यो । ‘डी’ अक्षरभन्दा पछि के आउने हो भनी सम्झ्ने साह्रै ठूलो कोशिशमा ऊ कहिलेकाहीं आफ्नो निधार माथिको याल झ्ट्काथ्र्यो तर सदैव विफल हुन्थ्यो । धेरैपटक उसले ई, एफ्, जी, एच् पनि भन्न जान्यो तर यी अक्षरहरू कण्ठ पार्दै गर्दा उतापट्टि उसले ए, बी, सी र डी बिर्सिसक्थ्यो । अन्त्यमा अगाडि का चार अक्षरहरूमै उसले सन्तोष गर्ने निश्चय गरयो र आफ्नो सम्झना शक्ति ताजा राख्नका लागि तिनलाई दिनका दिन एक–दुई पटक कोर्ने गथ्र्यो । मोलीले आफ्नो नाउँमा पर्ने (एम्, ओ, एल, ए, ई, वाई) ६ वटा अक्षर बाहेक अरू सिक्तै सिकिन । स–साना मुनाले ती ६ वटा अक्षरहरूलाई त्यो असाध्य सफासँग लेख्थी र केही फूलले तिनलाई सिंगारेर मक्ख पर्दै तिनको बारम्बार परिक्रमागर्थी ।

फार्मका अरू कुनै पनि जनावर ‘ए’ अक्षरभन्दा पर पुग्न सकेनन् । भेडा, कुखुरा र हाँस जस्ता मूर्ख जनावरहरूले सात परमादेश पनि कण्ठ पार्न नसकेको देखि यो । धेरै विचार गरे पछि स्नोबलले घोषणा गरयो कि सात परमादेशलाई व्यवहारमा मिल्ने गर्न एउटै टुक्कामा छोट्याउन सकिन्छ अर्थात् ‘चार खुट्टा असल, दुई खुट्टा खराब ।’ उसको भनाइ अनुसार त्यसमा पशुवादको सिद्धान्त निहित थियो । उसले भन्यो, “त्यो राम्ररी बुझनेलाई मान्छेको प्रभावले छुनै सक्दैन ।” चराहरूले पहिले त्यसको विरोध गरे किनभने तिनीहरूलाई पनि आफ्नो दुई खुट्टा भएजस्तो लाग्यो तर स्नोबलले तथ्य त्यो होइन भनी तिनीहरूको चित्त बुझयो ।
उसले बतायो, “साथी हो, चराको पखेटा घचेट्ने अङ्ग हो, त्यो चलाउने अङ्ग होइन । यसकारण पखेटालाई खुट्टै भनी ठान्नुपर्छ । मान्छेलाई जनावरबाट छुट्याउने चिनु त उसको हातै हो, त्यसै हतियारले ऊ भएभरको बदमासी गर्छ ।” 

(जर्ज अरवेलको विश्व विख्यात कृति ‘एनिमल फार्म’ को नेपाली अनुवाद   ‘चारखुट्टेको घरजम’ (अनुवादक फणीन्द्रप्रसाद उपाध्याय) बाट उद्धृत गरिएको अंश ।

२०७१ असोज अंकमा प्रकाशित । 

commercial commercial commercial commercial