लोभ र मूख्र्याइँ 

आफ्नी आमालाई समेत पेटभरि खान नदिने एउटा कन्जुस–करोडपति एक दिन फलफूल किन्न भनेर घरबाट निस्कियो । गाउँको पसलमा ‘महँगो भयो’ भन्दै सस्तो खोज्न शहरतिर लाग्यो । शहरमा पनि उसले सोचेभन्दा बढी नै पैसा पर्ने भएपछि कसैको बगैंचाबाट चोरेर सित्तैं फलफूल हात पार्ने विचार ले अर्को गाउँतिर मोडियो । त्यहाँ एउटारूखमा चढेर उसले केही फल पनि टिप्यो । तर ओर्लंदा चिप्लिएर ऊ त्यहीरूखको हाँगामा अड्किन पुग्यो । 

सौभाग्यवश, एउटा माउते हात्तीलाई पानी खुवाउन त्यतै आउँदै थियो । कन्जुसले आफूलाई सकुशल ओरालिदिए आधा सम्पत्ति दिन्छु भनी माउतेलाई गुहा¥यो । धनको लोभमा परेको माउते हात्ती माथि उभिएर कन्जुसलाई उतार्ने प्रयत्न गर्न थाल्यो । उसले कन्जुसको एउटा हात समातेको मात्रै के थियो हात्ती पानी भएतिर अघि बढ्यो । कन्जुसको हातमा बिजोकसँग झुण्डिएको माउते कन्जुससँग जीवनको भिक्षा माग्न थाल्यो— “स्वामी;रूखको हाँगा बलियोसँग समात्नुहोला, मेरो जीवन तपाईंको हातमा छ ।” त्यत्तिकैमा एउटा सइस घोडलाई पानी खुवाउन त्यहीं आइपुग्यो । उसलाई देख्ने बित्तिकै माउतेले आफूलाई सकुशल भुईंमा ओरालिदिए आफ्नो हात्ती दिने कुरा बतायो । हात्तीको लोभमा परेको सइस अघि माउतेले गरे जस्तै घोडाको पिठ्यूँमा उभिएर माउतेको खुट्टा समात्न के लम्किएको थियो, घोडा सरासर पानीतिर अघि बढ्यो । अब तीनै जना मूर्ख लोभीहरू एकअर्कालाई समाएररूखमा झुण्डिएका थिए । 

पाठः क) अति लोभले मानिसको विवेक र बुद्धि भ्रष्ट तुल्याइदिन्छ । ख) लोभीले आफूलाई मात्र सिध्याउँदैन, अरूलाई पनि दुः ख दिन्छ ।ग) मानिसले धन–पैसा हैन, प्रेम र सद्भावका लागि अरूलाई मद्दत गर्नु पर्छ ।
२०७० मंसीर अंकमा प्रकाशित । 

commercial commercial commercial commercial