समाचारमा शिक्षक

शिक्षकलाई खुशीको खबर

उहिले भारतका पटना र दार्जीलिङ लगायतका ठाउँबाट नेपालका स्कूलमा शिक्षक बनेर आउने चलन थियो । २४ फागुनमा कान्तिपुरमा छापिएको समाचार पढेपछि स्थिति उल्टन लागेको आभास हुन्छ । तर नेपाली शिक्षकको माग अन्त कतै नभएर विराटनगरको सीमावर्ती भारतीय गाउँ अररियाको बथनाह गाउँमा भएको रहेछ । समाचार अनुसार, आईएचएचएस नामको सो विद्यालयमा १९ मध्ये ११ जना शिक्षक नेपाली रहेका छन् । कक्षाको तह र योग्यता अनुसार नेपाली शिक्षकले सो भारतीय विद्यालयमा नेपाली रु.२५ सय देखि रु.६ हजारसम्म तलब खाने गरेका छन् । नेपाली शिक्षकले मासिक तलब बाहेक नेपालबाट भारतीय सीमा आवतजावत गर्न भाडा पनि पाउने गरेका रहेछन् । तलब र अन्य सुविधामा नेपाली र भारतीय शिक्षक बीच कुनै भिन्नता छैन रे । के भारतमा शिक्षक बन्न चाहने नेपाली शिक्षकको लागि खुशीको कुरा होइन र ?

शिक्षकका लागि इन्टरनेट खतरा !

शिक्षकले आफ्नो ज्ञानको दायरा फराकिलो पार्न र अद्यावधिक गर्न इन्टरनेटको उपयोग कत्तिको गर्छन् कुन्नि ? यदि गर्दैनन् भने अब तिनीहरू विद्यार्थीभन्दा पनि पछि पर्न बेर छैन । किनकि अब शहरी क्षेत्रका विद्यार्थीहरूले शिक्षकको मात्र भर नपरी इन्टरनेटबाट सामग्रीहरू खोजेर पढ्न थालेका छन् । त्यसको एउटा उदाहरण हुन् वैष्णवी माध्यमिक विद्यालयकी छात्रा सरस्वती शाह । पढाइमा निकै सहयोग पुगिरहेकाले उनी नियमित इन्टरनेट हेर्ने गरेको बताउँछिन् । २४ फागुनमा राजधानी मा प्रकाशित समाचार अनुसार इन्टरनेट प्रयोग गर्न थालेपछि विद्यार्थीहरूको पढ्ने बानीमा समेत परिवर्तन भएको छ । स्कूलको किताब मात्र पढ्ने बानी परेका विद्यार्थीहरूलाई इन्टरनेटको  प्रयोगपछि कोर्सभन्दा बाहिरका रुचिपूर्ण कुरा हरू पनि उत्तिकै पढ्न थालेका छन् जसले उनीहरूको ज्ञानको दायरालाई फराकिलो पार्न मद्दत गर्छ । विद्यार्थीले झैँ शिक्षकले पनि इन्टरनेटको उपयोग गरेनन् भने त उनीहरूलाई विद्यार्थीले आच्छुआच्छु पार्नु अस्वाभाविक होइन । अनि इन्टरनेट शिक्षकका लागि खतरा भएन त ?
दरबन्दी ! दरबन्दी !!! दरबन्दी!! !

म्याग्दीका ४८ विद्यालय दरबन्दी विहीन  शिक्षकहरूको अभावका कारण विद्यार्थीहरू मर्कामा  प्रावि शिक्षकले नै मावि चलाउँछन्  दुई तहका विद्यार्थी पढाइ एउटै कक्षामा  शिक्षक अभावले पढाइ प्रभावित  चन्दा उठाउँदै, तलब खुवाउँदै  चौरमा बसेर पढ्नुपर्ने बाध्यता फागुन महिनामा काठमाडौंबाट प्रकाशित दैनिक समाचारपत्रका शीर्षकहरू हुन् यी । यी शीर्षकहरू नै काफी छन् सामुदायिक विद्यालयमा शिक्षकको कति हाहाकार भन्ने ताजा स्थितिको बोध गराउन । शिक्षा मन्त्रालयले हिमाली भेगमा ४०, पहाडमा ४५, तराई र उपत्यकामा ५० जना विद्यार्थी बराबर एक जना शिक्षक दिने नीति तय गरेको छ । यो सरकारी मापदण्ड अनुसार महोत्तरीमा प्रावि तहमा मात्र ७ सय ४२ जना, निमावि तहमा ३ सय ७९ जना शिक्षक नपुग भएको समाचार ११ फागुनमा राजधानीमा छापिएको छ । बर्दिया, गोरखा लगायत अरू जिल्लाहरूबाट पनि यस्तै समाचार आएका छन् । आर्थिक अभावका कारण कुनै पनि बालबालिकाले स्तरीय शिक्षा प्राप्त गर्नबाट बञ्चित हुने छैन भनेर विश्व शिक्षा मञ्चमा व्यक्त प्रतिबद्धता अनुसार त नेपाल सरकारले पैसा छैन भनेर पन्छिनै पाउँदैन । किनकि दाताले सरकारलाई चाहिने जति पैसा दिन्छौं भन्नेग्यारेन्टी गरेका छन् । बरु अब हामी सबैले किन पर्याप्त शिक्षकको व्यवस्था न गरेको भनेर सरकारसित प्रश्न गर्ने हो कि !

नीतिनिर्मातालाई मुन्नीको प्रश्न

माछा मार्ने र अर्काको घरको जुठो भाँडा माझने पुख्र्यौली पेशा अँगालेका ५६ कहाँर परिवारमा कोही पनि साक्षर छैनन् । सम्पत्तिको नाममा उनीहरूसँग अलिकति जग्गा र त्यसमा बनाएको फुसको झुपडी बाहेक केही छैन । जिल्ला शिक्षा अधिकारी राकेश श्रीवास्तवले बालबालिकालाई छात्रवृत्ति दिएर समेत स्कूलमा पढाउन खोजे तर चार छोराछोरीकी आमा मुन्नी कहाँरले श्रीवास्तवलाई टेरपुच्छर लगाइनन् । उल्टै उनले भनिछन्, “पढेर पनि काम गर्ने हो, केटाकेटीले अहिले पनि काम गरेरै खाएका छन् ।” निरक्षर भए पनि मुन्नीले आफ्नै भाषामा आफूजस्ता गरिबहरूका लागि शिक्षाको उपादेयता माथि नै प्रश्न उठाइन् । जिल्लाभर शिक्षाको प्रशासन चलाउने  श्रीवास्तवले मुन्नीलाई सम्झउन नसकेर उसै फर्किएछन् । २० फागुनमागो रखापत्र मा छापिएको यो समाचारले नीतिनिर्मातालाई गतिलो चुनौती दिएको छ । मुन्नीको चुनौती तिनले बुझलान् ?

टाउको दुख्यो, नाइटामा औषधि !

कुरा बर्दिया राजापुर क्षेत्रको हो । शहीद दशरथ चन्द उच्च माविका विद्यार्थी मितराम थारू लगायत ४ जना विद्यार्थीको समूहले परीक्षामा चिट चोरेकोमा जाँचबाट निष्कासन गरेको झेंक शिक्षक रविराज शर्माको घरमै गएर फेरेछन् । शायद शर्माको रामधुलाई नै भएछ क्यार, त्यसबाट आत्तिएका शिक्षकहरूले राजापुर क्षेत्रका करिब ६० वटा विद्यालयको पठनपाठन नै बन्द गराए छन् । माग चाहिँ कक्षा १० को अन्तिम परीक्षा दिएर बसेका थारू र उनका साथीहरूलाई कारबाही नभएसम्म पढाइ नै न गर्ने निर्णय शिक्षकहरूले गरेको समाचार ११ फागुनको कान्तिपुर ले छापेको थियो । यो समाचार पढेपछि लाग्यो, विद्यार्थी भन्दा त शिक्षक झन् मूर्ख रहेछन् । किनकि चिट चोर्नुपर्ने गरी प्रश्नपत्र बनाएपछि विद्यार्थीले त चोर्न खोजिहाल्छ । यदि शिक्षकले विद्यार्थीको अन्तरनिहित क्षमता र ज्ञान नाप्ने गरी प्रश्नपत्रको डिजाइन गरेको भए विद्यार्थीले चिट चोर्नै पर्दैनथ्यो नि  !अनि यसलाई टाउकाको औषधि नाइटामा लगाएको भनेर नभनेर के भन्ने ?

गरे नहुने के रहेछ र ?

नेपालीमा एउटा उखान छ, तिर्खा लागेपछि मानिस आफैं पानी पिउन खोलामा धाउँछ । कान्तिपुरमा १७ फागुनमा प्रकाशित एउटा समाचार पढेपछि त्यो उखान त्यसै बनेको होइन रहेछ भन्न करै लाग्छ । कुरा पर्वतको उत्तरी क्षेत्रमा पर्ने साजिला गाविसको ज्योति माविको हो । सूचनाप्रविधिको यो युगमा स्कूले विद्यार्थी देखि अभिभावकसम्मले कम्प्युटरसिक्नुपर्छ भन्ने बोध भएपछि गाउँलेहरू मिलेर पैसा उठाए छन्, कम्प्युटर किनेर लगेछन् । गाउँमा बिजुली नभएर के फरक परयो र ? गाउँलेहरूले जे नेरेटर पनि किनेछन् । अहिले त्यो विद्यालयमा विद्यार्थी र अभिभावक दुवैले आलोपालो मिलाएर कम्प्युटर सिकिरहेका छन् । हाल ११ वटा कम्प्युटर छन् । कम्प्युटर गुरुहरू मात्रै चार जना रहेछन् जसले मासिक ४० हजार जति तलब खान्छन् । कम्प्युटर सिक्ने अभिभावकसित प्रतिमहिना ७ सय ५० उठाएर शिक्षकलाई तलब खुवाउने प्रबन्ध मिलाइएको रहेछ । आखिर गरे नहुने के रहेछ र ?

विद्यालयलाई दान

  • बाराको डुमरवाना कलेज र स्वरोजगारमूलक प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्यबाट आयोजना गरिएको महायज्ञबाट २ करोड ५० लाख चन्दा उठेको छ । सो महायज्ञमा बद्रीराज पाण्डेले सबैभन्दा बढी २५ लाख मूल्य पर्ने एक विघा जग्गा दान गरेका थिए ।
  • पोखरा उपमहानगरपालिका चाउथे स्थित रामेश्वरी माविको शैक्षिक तथा भौतिक विकास को लागि महायज्ञ शुरु भएको छ र त्यसको पहिलो दिन नै रु.५ लाख ५० हजार चन्दा सङ्कलन भएको छ । उद्योगपति सूर्यबहादुर केसीले सर्वाधिक रु.३ लाख २० हजार दान दिएका थिए । (
  • देउखुरी उपत्यकाको एक मात्र क्याम्पस निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा रु.८४ लाख सङ्कलन भएको छ । दाङको लमहीमा पाँच दिनसम्म चलेको सो महायज्ञमा रु.८३ लाख ९४ हजार ६८४ सङ्कलन भएको हो । (र
  • मध्यपुर थिमी उच्च माध्यमिक भवन निर्माणका लागि गरिएको महायज्ञबाट अरनिको उच्च माध्यमिक विद्यालय दधिकोटमा ५० लाख रुपैयाँ सङ्कलन भएको छ । (र
  • पोखराका विर्तप्रसाद गुरुङले घान्द्रुकस्थित जनसेवा प्राथमिक विद्यालयलाई भवन निर्माण र खेलमैदानका लागि रु.१ लाख ५० हजार मूल्य बराबरको तीन रोपनी जग्गा निःशुल्क दिएका छन् । (राजधानी दैनिक फागुन १९)

शिक्षक के गर्दै होलान् ?

कक्षा ५ मा पढ्दै गरे की सपना राईलाई साँझ्– बिहान गृह कार्य गर्ने र साथीहरूसँग खेल्ने फुर्सद छैन । किनकि उनका बाबुआमाको कमाइले हातमुख जोर्न पनि नपुग्ने भएकाले उनले पनि साँझ्बिहान केही न केही काम गर्नैपर्छ । कहिले उनी दाउरा खोजेर बेच्छिन् त कहिलेगिटी कुट्न पुग्छिन् । केही काम भएन भने उनी भारी बोक्न जान्छिन् । उनी हाल भगवती प्राविमा पढ्दैछिन् । २७ फागुनमा राजधानी दैनिकमा छापिएको समाचार अनुसार सुनसरीको विष्णुपादुका गाविसका दर्जनौं बालबालिका गरिबीका कारण साँझ्बिहान सपना राईले झैँ काम गरेर दिउँसो विद्यालय जान्छन् । यसले उनीहरूले आफ्नो जीवनको लागि शिक्षाको महत्व र आवश्यकतालाई कति गहिरोसँग बुझेका छन् भन्ने कुरा उजागर गर्छ । तर यी बालबालिका जुन लगनका साथ विद्यालय गएका छन्, त्यहाँका शिक्षकले त्यही लगनका साथ पढाएका होलान् कि नहोलान् ?   

प्रस्तुतिः अशु कोइराला

commercial commercial commercial commercial