स्कूलमा मानवीय मूल्यको सिकाइ

स्कूल शिक्षाको क्रममा मानवीय मूल्य जोड्नुको सबभन्दा महत्तवपूर्ण उद्देश्य हो— विद्यार्थीले प्रश्न गर्न सिकून्। तिनले हरेक कुरा मा किन र कसरी भन्ने प्रश्न गर्न सकून् र असल र खराबमा मात्र होइन, राम्रा कुरा मध्येमा कुन धेरै रराम्रो भन्ने छुट्याउन सकून् ।

सूचनाप्रविधिको बढ्दो विकास सँगै शहरी क्षेत्रमा आजभोलि एकै परिवारका सदस्यबीच एकापसमा कुरा कानी कम हुन थालेको छ । एउटै कोठामा आमाबाबु, छोराछोरी भए पनि कोही फेसबूक, कोही यूट्यूब अनि कोहीगेममा व्यस्त रहन्छन् । संयुक्त परिवारबाट एकल परिवार बन्दै गइरहेको अहिलेको अवस्थामा हजुरबुवा वा हजुरआमासँग पनि भेटघाट र कुरा कानी कम हुँदै गएको छ । यस्तो अवस्थाले परिवारबीच सामीप्यता घट्दै सम्बन्ध फिका हुन थालेको त हैन ? बेलाबेला, यस्ता प्रश्न हामी गर्न थालिसकेका छौं । बिरामी हुँदा समेत एकगिलास तातोपानी दिन झ्र्को मान्ने तर मोबाइलमै मस्त रहने छोराछोरीको गुनासो कतिपय आमाबुबाले गर्ने गरेको सुनिन्छ । ठूलालाई आदर, एकअर्काबीच मायाप्रेमको सम्बन्ध अनि सुख–दुः खका साथ देखे मात्र बालबालिकाले घरबाट यस्ता मानवीय मूल्य सिक्ने अवसर पाउँछन् ।

यस्तो अवसर नगुमाउन् भनेर सेन्ट जेभियर्स स्कूल, जावलाखेल, ललितपुरकी शिक्षक अलीना मुखिया सुनुवारले कक्षा–८ का विद्यार्थीहरूलाई पेशा विषय अन्तर्गत एक परियोजना कार्य दिइन् । उनीहरूले आफ्ना आमाबुबा वा हजुरबुवा हजुरआमासँग समय बिताउने र कुरा गरेर जानकारी तयार पार्नुपर्ने थियो । आफ्ना आमाबुबा वा हजुरबुबा हजुरआमाले प्रयोग गर्ने औषधीयगुण भएको वनस्पतिका बारेमा विद्यार्थीले कक्षामा प्रस्तुति गर्नु पर्ने थियो । यस्ता वनस्पतिका बारेमा खोज मात्र भन्दा उनीहरूले नेटबाटै खोजेर ल्याउने हुँदा उनले त्यस्तो परियोजना कार्य तयार गर्न लगाएकी थिइन् ।

कसैले मेथीको बारेमा भने । एक विद्यार्थीले काठमाडौं बाहिर बस्ने आफ्नो बाजेलाई सोधे र सजिवन अर्थात् मोरिङ्गाका बारेमा थाहा पाए । बाजेले खुशी भएर नातिलाई सजिवन र यसको बिरुवा नै पठाइदिए । अर्का एक विद्यार्थीले जमराको बारेमा सुनाए । उनकी आमा क्यान्सरको बिरामी हुन् । उनी जमराको रस प्रयोग गर्द िरहिछन् र यसबाट उनको स्वास्थ्यमा फाइदा भइरहेको रहेछ । ती विद्यार्थीले पहिलो पटक साथीहरू र शिक्षकमाझ् आफ्नी आमा क्यान्सरको बिरामी भएको बताएका रहेछन् । शिक्षक अलीना र सबै विद्यार्थी सँगै मिलेर उनकी आमाको स्वास्थ्य लाभको कामना गरे । ऊ साह्रै खुशी भयो, शिक्षक अलीनाले भनिन् र उनले ती विद्यार्थीसँग उनको आमाको स्वास्थ्यका बारेमा कक्षा बाहिर लगेर छुट्टै कुरा गरिन् । कक्षा शिक्षकलाई पनि जानकारीगराइन् । उनी भन्छिन्, “आमा बिरामी भएका कारण ती विद्यार्थीको पढाइ–लेखाइ वा अरू व्यवहारमा पनि असर पर्न सक्छ । हामीले उसलाई विशेष फोकस गर्नु पर्छ ।” यसरी आमाबुबा अनि बाजेबज्यैसँग समय बिताई सम्बन्ध मजबूत बनाउन दिइएको कार्यले शिक्षक विद्यार्थीको सम्बन्ध पनि गाढा बनायो ।

हरेक विषयमा छ मानवीय मूल्य

शिक्षक सुनुवार माध्यमिक तहमा फिजिक्स पढाउँछिन् । उनी सिनियर स्कूल को–अर्डिनेटर हुन् । उनी भन्छिन्, “हरेक विषयमा मानवीय मूल्य पढाउन सिकाउन सकिन्छ ।” यसका लागि उनी आफ्नो विषय पढाउँदा पढाउँदै बीचमा कतै सन्दर्भ मिलाएर कहिले कथा सुनाउँछिन् त कहिले विचार ोत्तेजक प्रश्न छोडिदिन्छन् अनि कहिले छलफल गराउँछिन् । एक दिन कक्षा–९ मा मेजरमेन्ट अर्थात् नाप पढाउँदै गर्दा उनले तलको कथा सुनाइन्ः

‘एक जना राजा थिए । आफ्नो सेवकसँग अत्यन्तै खुशी भएर उनले तिनलाई ‘तिमी जति हिंड्न दौडन सक्छौ त्यो सबै जमीन तिम्रो हुनेछ’ भने । साथै त्यहाँबाट फर्केर आफूकहाँ आउनुपर्ने शर्त पनि राखे । जति हिंड्यो सबै जमीन आफ्नो हुने भएपछि ती सेवकमा लोभलालच जाग्यो । ऊ दौडेको दौड्यै गर्न थाल्यो । तर फर्केर आउँदा बाटोमा उसको मृत्यु भयो । आखिर मान्छेलाई मृत्युपछि कति जमीन चाहिंदो रहेछ त ? ६x३ फीट ?’

कथापछि उनले विद्यार्थीसामु उनीहरू आफैंले विश्लेषणगरून् भनी प्रश्न छोडिन् । उनको मुख्य उद्देश्य चाहिं व्यर्थको लोभलालच फलदायी हुँदैन भन्ने मूल्य सिकाउने हो ।

नाफा नोक्सानको अभ्यास को उदाहरण दिंदै गणितमा पनि मानवीय मूल्य सिकाउन सकिने शिक्षक मुखिया बताउँछिन् । साधारणतया नाफा नोक्सान सिकाउँदा किताबमा भएका प्रश्न हल गर्न सिकाइन्छ । यति नाफा भयो वा नोक्सान भयो भनेर उत्तर निकाल्ने गरिन्छ । यसरी हिसाब सिकाउँदा सिकाउँदै विद्यार्थीसँग छलफल पनि गर्न सकिन्छ । बिक्री मूल्य अति धेरै राखेर व्यापारीले नाफा गरिरहेका होलान् । तर उपभोक्ता मर्कामा, ठगीमा परिरहेका छन् कि ? अन्याय भएको छ भने त्यस माथि बोल्न सकून् भनेर यसरी प्रश्न उब्जाइदिएपछि उनीहरूलाई सोच्न बाध्य बनाउन सकिने उनको भनाइ छ ।

मानवीय मूल्यको महत्व

स्कूल शिक्षाको क्रममा यसरी विभिन्न विषयमा मानवीय मूल्य जोड्नुको सबभन्दा ठूलो र महत्वपूर्ण उद्देश्य हो विद्यार्थीहरूले प्रश्न गर्न सिकून् । उनीहरू हरेक कुरा मा किन र कसरी भन्ने प्रश्न गर्न सकून् र असल र खराबमा मात्र होइन, राम्रा कुरा मा पनि कुन धेरै रराम्रो भन्ने छुट्याउन सकून् । कतै अमानवीय काम भयो भने वा उनीहरू अन्यायमा परे भने निडर भएर बोल्न सकून् र आफ्ना लागि के सही हो भनेर निर्णय लिन सकून् भन्ने उद्देश्यले कक्षा १ देखि नै विभिन्न विषयमा मानवीय मूल्य जोडिएको शिक्षक अलीना मुखिया सुनुवार बताउँछिन् ।

शिक्षा शास्त्रको भाषामा यसलाई एकीकृत शिक्षण पद्धति  भनिन्छ । यसका लागि शिक्षकहरू पाठयोजना तयार गर्छन् । एक शैक्षिक सत्रमा तयार गरिएको पाठयोजना अर्को शैक्षिक सत्रमा प्रयोग हुँदैन । नयाँ नै तयार गरिन्छ । विद्यालयमा पढाइ हुने विभिन्न विषयसँग जोडेर मात्र होइन आपत्विपत्का बेला पनि विद्यार्थीलाई मानवीय मूल्य सिकाउने गरिन्छ । जिन्दगीलाई सार्थक र सफल बनाउन मानवीयगुण धेरै आवश्यक भएको शिक्षक सुनुवारको विश्वास छ । उनी भन्छिन्, “मानवीय मूल्य विनाको शिक्षाले विद्यार्थी शिक्षित त बन्लान् तर माया–प्रेम, दया–करुणा, इमान दारी जस्तागुण उनमा छन् कि छैनन् ? अन्यायमा बोल्न सक्छन् कि सक्दैनन् ?गलतलाई गलत भन्न सक्छन् कि सक्दैनन् ? कठिन परिस्थितिमा आफूलाई सम्हाल्न सक्छन् कि सक्दैनन् ? दुः खमा अरूलाई सहयोग गर्न तयार हुन्छन् कि हुँदैनन् ? यो असाध्यै महत्वपूर्ण हो ।”

आफूले आज पढाएको विद्यार्थी २० वर्षपछि भेट्दा ऊ असल व्यक्ति भएको होस् । समाज का लागि केही गरेको होस् । उसको जीवन खुशी होस् र उसको परिवार भएको रहेछ भने आफ्ना केटाकेटीलाई पनि रराम्रो संस्कार सिकाएको होस् । उनको पहिलो चहाना यस्तो छ । उनी अगाडि भन्छिन्, “हो मैले पढाएको विषयमा विशेषज्ञता हासिल गरेको होस् वा वैज्ञानिक भएको होस् यो अर्को पाटो हो । विषयगत दक्षता वा पढाइ वा सफलता एउटा पक्ष हो तर ऊ कस्तो व्यक्ति बन्यो त्यो सबभन्दा महत्वपूर्ण पाटो हो ।”

उनका अनुसार सेन्ट जेभियर्सका विद्यार्थीहरू उच्च शिक्षाको पढाइ सकेपछि आफ्ना शिक्षकहरूलाई भेट्न आइरहेका हुन्छन् । उनीहरू विभिन्न पेशामा भए पनि समय निकालेर मानवीय हितका लागि केही न केही गरिरहेका हुन्छन् । कोही गरीब केटाकेटीका शिक्षाका लागि, कोही स्वास्थ्यका लागि त कोही विपन्नलाई रोजगारी दिने काम गरिरहेका हुन्छन् । “मूल्यमान्यता सिकाएर केही त परिवर्तन ल्याएछौं जस्तो लाग्छ”,गर्व र हर्ष भरिएको स्वरमा उनी सुनाउँछिन् ।

मूल्याङ्कन

धेरैजसो विद्यालयका प्रायः शिक्षक अनि अभिभावकलाई सबभन्दा बढी चासो विद्यार्थीको विषयगत पढाइ र त्यसमा ल्याउनेग्रेडसँग हुन्छ । यसैमा हामी मक्ख पर्छौं । उत्कृष्टग्रेड ल्याएपछि उसको बानी व्यवहार, आचरण जस्तोसुकै होस् हामीलाई खासै वास्ता नहुन पनि सक्छ । वा विस्तारै सुधार भइहाल्छ भन्ने हुन्छ । कक्षा–१ देखि नै रिपोर्ट कार्डमा यिनै कुरा लाई मात्र प्राथमिकता दिइन्छ । रराम्रोग्रेड ल्याउनेको मात्र सबैका अगाडि वाह्वाही गरिन्छ । पढाइ–लेखाइमा ठीकै तर मानवीय मूल्यमा राम्रा विद्यार्थीलाई हामीले सबैका अगाडि प्रशंसा गरेको वा स्याबासी दिएको प्रायः देख्न पाइँदैन ।

कक्षा–१० का एक विद्यार्थी पढाइमा ठीकै थिए । तर अनाथ केटाकेटी देखि वृद्धाश्रममा गएर सहयोग गर्नु परयो वा कसैलाई केही सहयोग गर्नु परयो भने सबभन्दा अघि सर्थे । मरिहत्तेगर्थे । ती विद्यार्थीकोेगुणको कदर गर्दै उनलाई पुरस्कार दिइयो । विद्यालयले उनलाई यसरी सबका अघिल्तिर सम्मान गर्छ भनेर उनले कल्पना नै गरेका थिएनन् । उक्त प्रसंग सम्झ्ँदै शिक्षक मुखिया भन्छिन्, “यो अवार्ड पाएर उनी यति खुशी भए कि म भन्नै सक्दिनँ । यो सम्मान लाई उनले आफ्नो पहिचानका रूपमा लिए । चार/पाँच दिन त हामीले उनकै बारेमा कुरा गरिरह्यौं ।” यसो भनिरहँदा आफ्नो हातमा उम्रिएका काँडा देखाउँदै मुखियाले विश्वासका साथ भनिन्, “उनी अवश्य पनि एक असल व्यक्ति बन्नेछन् ।”

२०७६ जेठ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial