पुस्तकसँगै चाहियो पुस्तकालय विज्ञ !

पठन सीप र संस्कृतिको विकास का विद्यालयका पुस्तकालयको सही रूपमा संचालन र व्यवस्थापन हुनु आवश्यक छ । यसका लागि दक्ष जनशत्तिाm चाहिन्छ र त्यसनिम्ति लगानी गर्न तथा नीति बनाउन ढिला भइसकेको देखिन्छ । 

कतै सरकारबाट प्राप्त पैसा या कतै आफैं स्रोत खोजेर भए पनि सामुदायिक विद्यालयहरूमा पुस्तकालय बनाउने रराम्रो अभ्यास शुरू भएको छ । ललितपुरको साननेपास्थित टीका विद्याश्रम माविमा पुस्तकालय स्थापनाको कथा भने रोचक छ ।

साननेपामै रहेको ब्रिटिश स्कूलका विद्यार्थी बेलाबेलामा नजिकैको सो विद्याश्रममा आउँथे । उनीहरू आफ्नो लाइब्रेरीमा भएका कथा आदिका किताब ल्याउँथे र त्यहाँका विद्यार्थीलाई पढ्न दिन्थे । पढेर सुनाउथे पनि । यही सिलसिलामा, २०७२ सालको भूकम्पपछि कक्षा–७ की एक छात्रा टीका विद्याश्रमकी विद्यार्थीसँग निकै नजिक भइन् । अरूका घरमा काम गरेर त्यहाँ पढ्दै गरेका विद्यार्थीलाई सहयोग गर्न पाए हुन्थ्यो जस्तो लाग्यो उनलाई । त्यतिबेला टीका विद्याश्रममा विद्यार्थीका निम्ति न त पुस्तकालय थियो न ब्रिटिश स्कूलमा जस्तो कथाका रमाइला किताब नै थिए । धेरै विद्यार्थी अंग्रेजी किताबका साधारण वाक्य पनि बुझन नसक्ने थिए । ब्रिटिश स्कूलकी ती छात्राले आफ्नो यो अनुभव आफ्नी आमा सन्ध्या रेग्मीलाई सुनाइन् । सन्ध्या बुद्ध शान्ति फाउन्डेसन नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् ।

छोरीको कुरा सुनेपछि टीका विद्याश्रममा पुस्तकालय स्थापनाका लागि पहल गर्ने सोच सन्ध्याको मनमा पनि आयो । “पुस्तकालय छ कि छैन भनेर बुझन २०७४ पुसमा सन्ध्या रेग्मी विद्यालय आउनुभयो”, विद्याश्रमकी प्रअ विमला लामिछानेले भनिन् । सन्ध्यासँग प्रअ लामिछानेले सम्भ्रान्तको घरमा काम गर्ने केटाकेटीका लागि कमैले वास्ता देखाउने गरेकोले आफ्नो विद्यालय बत्तीमुनिको अँध्यारो जस्तै भएको दुखेसो गरे की थिइन् ।

सन्ध्याले आफ्नो संस्थाको तर्फबाट पुस्तकालयका निम्ति सहयोग जुटाउन अष्ट्रियाको भियनास्थित एक दातृ संस्थामा प्रस्ताव हालिन् । अन्ततः विश्वका १०० देशका एक हजार प्रस्तावमध्ये सन्ध्याको प्रस्ताव छनोट भयो र टीका विद्याश्रममा पुस्तकालय बन्यो । (हे. तस्वीर) “सिसौका तीन थान टेबल, २२ थान कुर्सी र १२ वटा रयाक अनि थुप्रै पुस्तक सहितको पुस्तकालय २०७५ साल कात्तिकमा हस्तान्तरण भयो” प्रअ लामिछाने बताउँछिन् ।

सुविधासम्पन्न विद्यालयकी ११-१२ वर्षकी एक छात्राले ठीक विपरीत परिस्थितिमा हुर्कंदै गरेका आफ्नै उमेरका विद्यार्थीको अवस्था महसूस गर्नु नै टीका विद्याश्रममा पुस्तकालय बन्नु को मुख्य कारण बन्यो ।

हालै मात्र टीका विद्याश्रमको पुस्तकालयमा पुग्दा कक्षा–५ र ६ का २०-२५ जना विद्यार्थी नेपाली भाषामा लेखिएका बालकथा पढ्दै थिए । कोठा फराकिलो भए पनि बसाइ व्यवस्थापनमा ध्यान नदिइएका कारण विद्यार्थीहरू एकै ठाउँमा टाँसिएर बसेका थिए । यी विद्यार्थीलाई सानो–सानो समूह बनाएर छुट्टाछुट्टै राख्न सकिन्थ्यो । अलि हल्ला पनि थियो त्यहाँ । तर पनि उनीहरू रमाई–रमाई कथा पढिरहेका थिए ।

टीका विद्याश्रमको पुस्तकालयमा विविध प्रकारका पुस्तक छन् । त्यहाँ धर्मग्रन्थ देखि स्वास्थ्य, विज्ञानका किताब, विश्वप्रसिद्ध व्यक्तिका जीवनीसम्म राखिएका छन् । अंग्रेजी भाषामा लेखिएका किताब पनि छन् । तर विद्यार्थीलाई दराजमा कुन–कुन भाषाका कस्ता–कस्ता पुस्तक छन् भनेर बताइदिने, योग्यता र उमेर सुहाउँदा किताब सुझाइदिने र पुस्तक छानेर पढ्न प्रेरित गर्ने व्यवस्था भने छैन । पुस्तकालयमा आउने कुनै निश्चित दिन र समय पनि तोकिएको छैन । प्रधानाध्यापक विमला लामिछाने विद्यार्थीका लागि त्यस्तो रुटिन बनाउने तयारी भइरहेको बताउँछिन् ।

अहिले त्यहाँ विद्यार्थीहरू पुस्तकालयमा आएको बेला एक जना शिक्षकलाई विद्यार्थी र पुस्तकको रेखदेख गर्न खटाइने गरेको छ । जुन शिक्षकको कक्षा हुँदैन वा जो खाली छन्, उनै शिक्षक पुस्तकालयमा आएर बस्ने गर्छन् । तर त्यसरी खटाइने शिक्षकलाई पुस्तकालय व्यवस्थापनका बारेमा खासै जानकारी हुँदैन । यसो हुनुको पछाडि उनीहरूले कहीं कतैबाट तालिम पाएका छैनन् । 

टीका विद्याश्रममा जस्तै अधिकांश सामुदायिक विद्यालयमा शिक्षकले नै आलोपालो गरी पुस्तकालय चलाउने गरेको पाइन्छ । त्यस्ता शिक्षकले कसले कुन किताब लग्यो वा फर्कायो भनेर अभिलेख राख्ने काम सम्म गर्छन् । कसै कसैले विद्यार्थीलाई पढ भनेर अह्राएको पनि देखिन्छ । तर कति विद्यालयमा चाहिं पुस्तकालयका किताब त्यतिकै थन्किएर धुलाम्यै भएका हुन्छन् । विद्यार्थीले पढे–पढेनन् शिक्षकलाई उतिसारो मतलब हुँदैन । कतिमा त विद्यार्थी पुस्तकालय गए पनि पुस्तक पढ्दैनन् । ‘लाइब्रेरी टाइम’ भनेर समय मात्र बिताए जस्तो गर्छन् । वास्तवमा भन्ने हो भने पुस्तकालयमा विद्यार्थीलाई उनीहरूको रुचि वा उमेर अनुसारका किताब पढ्न सहयोग वा पे्ररित गर्ने काम भएको पाइँदैन । टीका विद्याश्रमका व्यवस्थापन समिति अध्यक्ष वंशीधर पौडेल भन्छन्, “लाइब्रेरियन नै नभई, रराम्रोसँग पुस्तकालय चलाउन सकिंदैन । त्यसैले हामीले लाइब्रेरियनको माग गर्दै ललितपुर नगरपालिकाका मेयरलाई पत्र लेखेका छौं ।”

हामीकहाँ भएकै केही विद्यालय तथा बाहिरका अभ्यास हेर्दा दक्ष लाइब्रेरियनले कुन उमेर समूह वा तहका विद्यार्थीलाई कस्ता किताब दिने ? कसरी पढ्न उत्साहित गर्ने भनेर भूमिका खेल्छन् । विद्यार्थीले शब्द, वाक्य कसरी उच्चारण गरिरहेका छन् ? पठन सीप कस्तो छ ? उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ ? तिनले यी पाटोमा मद्दत गरी सम्बन्धित विषयका शिक्षकलाई पनि जानकारी गराउने गरेको पाइन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) का योजना शाखा अधिकृत अर्जुन ढकाल भन्छन्, “पुस्तकालय व्यवस्थापनका लागि लाइब्रेरियन जरूरी देखिन्छ । शिक्षकहरूलाई पुस्तकालय संचालनबारे तालिम दिन सके मात्र पनि विद्यार्थीलाई निकै सहयोग पुग्छ । हामीले काम गर्नु पर्ने पाटो हो यो ।” ढकालका अनुसार मावि तहका सामुदायिक विद्यालयमा पुस्तकालय बनाउन यो वर्ष सरकारले रु.६५ करोड बजेट छुट्याएको छ । प्रति विद्यालय रु.६ लाख ५० हजारका दरले एक हजार वटा विद्यालयका लागि यो बजेट स्थानीय तहमा पठाइएको छ । तीन वर्षयता मात्रै शिक्षा मन्त्रालयले झण्डै  रु.२ अर्ब पुस्तकालयका निम्ति दिइसकेको छ । संघसंस्थाले पुस्तकालय बनाइदिएका विद्यालयले भने यस्तो अनुदान पाउँदैनन् । विभिन्न गैर सरकारी संस्थाहरूले पनि विद्यालयमा पुस्तकालय बनाउन सहयोग गरिरहेका छन् । अन्य विद्यालय आफैंले पनि स्रोत खोजेर पुस्तकालय बनाइरहेका छन् । यसरी पुस्तकालय बनाउन (फर्निचर, पुस्तकका लागि) ठूलै लगानी हुने गरेको छ । तर त्यस्ता पुस्तकालयको संचालन तथा प्रभावकारी व्यवस्थापनका लागि चाहिने जनशक्तिका निम्ति भने कतैबाट पनि लगानी भएको पाइँदैन । दक्ष जनशक्ति नहुँदा पुस्तकालयमा राखिने किताब पनि जथाभावी राखिएका हुन्छन् । विद्यार्थीलाई पठन सीपमा सहयोग गर्ने वा सुझाव दिने भन्ने महत्वपूर्ण  पक्ष त ओझाेलमा  पर्ने नै भयो ।

विद्यालयमा उमेर र रुचि अनुसारका विभिन्न खाले किताब पढ्न उत्साहित वा प्रेरित गर्न सक्दा विद्यार्थीमा सानै देखि पठन संस्कृतिको विकास हुन्छ । जुन विद्यालयमा रराम्रो पुस्तकालय, रराम्रो व्यवस्थापन हुन्छ, सानै देखि किताब पढ्न विद्यार्थीलाई उत्साहित गरिन्छ— त्यस्तो विद्यालयका विद्यार्थीमा जीवनभर नै पढिरहने खालको संस्कार विकास भएको पाइन्छ । थरी–थरीका किताब पढ्नु भनेको आनन्दमा डुब्नु पनि हो । आफूमा सकारात्मक सोचको ऊर्जा भर्नु र ज्ञानको भण्डार निर्माण गर्नु पनि हो । विशेषतः पठन सीप र संस्कृतिको विकास का लागि विद्यालयमा बनाइएका पुस्तकालयको उद्देश्य पूरा गर्न तिनको सही रूपमा संचालन र व्यवस्थापन हुनु आवश्यक छ । यसका लागि दक्ष जनशक्ति चाहिन्छ र त्यसनिम्ति लगानी गर्न तथा नीति बनाउन ढिला भइसकेको देखिन्छ । 

२०७६ असोज अंकमा प्रकाशित । 

commercial commercial commercial commercial