शिक्षकको शक्ति

सत्य के हो भने समाज का अरू कुनै पनि वर्गको तुलनामा जनताको धारणा निर्माणमा शिक्षकको भूमिका सर्वोपरि हुन्छ । राष्ट्रको धारणा र प्रवृत्तिलाई आकार दिने काम शिक्षकले गर्छ । वास्तविक अर्थमा ‘शक्ति’ भनेको यही हो ।

धेरै वर्ष देखि तान्जानियामा धार्मिक पादरी र संस्थाहरू क्रियाशील रहँदै आएका छन् । हामीलाई थाहा छ, यिनीहरू धर्म प्रचारका लागि यहाँ आएका मिसनरीहरू हुन् । यिनले हामीलाई शिक्षा र स्वास्थ्य जस्ता जनसरोकारका विषयमा पनि सेवा र सहयोग पुर्याएका छन् । तर, मिसनरीहरूका सवालमा हराम्रो स्वतन्त्र मुलुक तान्जानियाको आफ्नै धारणा छ । त्यो हो यिनले दिने सेवा उनीहरूले दिन खोजेको जस्तो नभएर हामीले चाहेजस्तो हुनुपर्छ । अहिले उनीहरू हामीले खोजेका सेवा दिन तयार भएका छन् ।

कुनै समयमा हाम्रा मानिसहरूले पढ्ने भए क्रिश्चियन हुनुपथ्र्यो वा बरु अशिक्षित नै रहन्छु भन्नुपथ्र्यो । तर अब ती दिन गए । मलाई विश्वास छ, यो कुरा हाम्रा जनता र चर्च दुवैका लागि रराम्रो हो । सेवा चाहिएका मानिसलाई तिनको धर्म, जात र रङ नहेरी सेवा दिँदा त्यसले समाज लाई लाभ मात्र गर्छ । यसलाई राजनीतिक भाषामा धर्म–निरपेक्ष भनिन्छ तर म यसलाई धर्मसँग सरोकार नै नभएको विषय मान्दछु । यसको अर्थ के हो भने नागरिक चाहे मुसलमान , प्यागन, हिन्दू, प्रोटेस्टेन्ट वा क्याथोलिक जेसुकै होस् यस्ता ‘शिक्षकका कलेज’मा प्रवेश गर्न उनीहरू स्वतन्त्र छन् । यसका लागि कसैले आफ्नो मान्यता परिवर्तन गर्नु पर्दैन ।

अब म अलि अर्को विषयमा कुरा गर्न चाहन्छु । यो हो शिक्षाको शक्ति । हामीले शिक्षकको गहन जिम्मेवारी, समाज मा तिनको अतुलनीय योगदान र भूमिकाका विषयमा धेरै कुरा सुनेका छौं, बोलेका छौं । तर, त्यस्ता राम्रा कुरा हरू जान्दाजान्दै पनि हाम्रा धेरैजसो युवायुवतीहरू शिक्षक बन्न चाहँदैनन् । मलाई अचम्म लाग्छ, किन थोरै मात्र युवायुवती यो गहन जिम्मेवारीका लागि तयार छन् ? धेरै विद्यार्थीहरू यो उत्तरदायित्व लिन किन तयार नभएका होलान् ? यहाँ मेरो अगाडि बसेका कति विद्यार्थीले शिक्षक तालिमका लागि आवेदन दिएका छन् भन्ने कुरा मलाई थाहा छैन । अधिकांशले आवेदन दिएका छन् भने मलाई सुखद् आश्चर्य हुनेछ । साथै, अर्को एउटा कुरा पनि अल्मलिएको छ । सरकारका अन्य सेवामा छिरेका मानिसहरू किन सुखी, सम्मृद्ध र सुरक्षित मानिन्छन् ? शिक्षण पेशामा लाग्नेहरू किन त्यति सुखी छैनन् ? शायद हाम्रा धेरै युवा शिक्षक बन्न नचाहनुको कारण यो पनि हो ।

यसको मैले एउटा सीधा कारण देखेको छु । त्यो के हो भने सरकारी कर्मचारीहरू हराम्रो समाज मा बढी शक्तिशाली मानिन्छन् । केही हदसम्म, मानिसहरूलाई तिमी कहाँ घर बनाउन पाउछौं, कहाँ पाउँदैनौं भनेर आदेश दिने ती सरकारी कर्मचारी नै हुन् । यति मात्र होइन, तिम्रा बच्चा फलानो स्कूलमा भर्ना हुन पाउँछन्, फलानोमा पाउँदैनन् भनेर पनि अभिभावकलाई तिनै कर्मचारीले बताउँछन् । जहाँ जहाँ कर्मचारीहरू कानून पालनगराउँछन् वा तिनका मन्त्रीको आदेश कार्यान्वयनगराउँछन्, ती ती ठाउँका जनताका लागि कर्मचारी नै सर्वशक्तिमान हुन्छन् । जनतालाई मात्र होइन, धेरै कर्मचारीहरू आफैँलाई पनि यस्तै लाग्छ । आफू जुन कानून वा निकाय अन्तर्गत बसेर काम गरिरहेको छ, जुन राजनीतिक निर्देशनको ऊ मातहतमा छ र जुन व्यापक नोकर शाहीको ऊ एउटा सदस्य हो, ऊ त्यसका सीमाहरू बुझने बुझाउने झन्झट उठाउँदैन । कहिले सक्दैन, कहिले चाहँदैन । आखिर ऊ पनि एउटा सामान्य मानिस हो, जो अरूमा धाक जमाउन चाहन्छ । ‘तिमी बडो शक्तिशाली छौ’ भनेको कसलाई पो मन पर्दैन र !

तर, यही कुरा शिक्षकका सवालमा लागू हुँदैन, लागू गर्न पनि सकिँदैन, मिल्दैन । शिक्षकले समाज का वा राज्यका कानून निर्माण गर्दैन, न त कानून बनाउनेको प्रवक्ताको काम गर्छ । कसले कुन अवसर पाउनुपर्छ, वा पाउनुहुदैन भन्ने निर्णय पनि शिक्षकले गर्दैन । यसैले शिक्षकलाई उपयोगी त मानिन्छ तर शक्तिहीन पनि मानिन्छ । महत्वपूर्ण त मानिन्छ तर आकर्षक मानिँदैन । र, स्वयं शिक्षक पनि आफ्ना बारेमा यही सोच्छ । अथवा, कुनै शिक्षकले आफूलाई शक्तिको अभ्यास गर्न लायक व्यक्ति ठान्दछ भने पनि उसलाई आफूसँग त्यो शक्ति छैन भन्ने लाग्छ । अनि यस्तो शिक्षक समाज बाट अलि अलग, बढी आक्रामक र असहयोगी बन्न जान्छ । किनभने उसलाई ठगिएको महसूस हुन्छ । उसलाई लाग्छ– मैले पाउनुपर्ने शक्ति मलाई दिइएन ।

मैले भन्न खोजेको कुरा के हो भने, शिक्षकका प्रति हराम्रो दृष्टिकोण र शिक्षकको आफ्नै विचार पनि समाज मा व्याप्त यस्तागलत धारणाले निर्माण गरिदिएका छन् ।

हराम्रो देश वा अर्को कुनै देश, त्यति नै महान्, रराम्रो, बस्न लायक र प्रगतिशील हुनसक्छ जति त्यसका नागरिकले बनाउँछन् । देशको नेतृत्व असल हुनसक्छ, खराब हुनसक्छ वा कुनै फरक नपार्ने खालको, असरहीन पनि हुनसक्छ । तर, यदि जनता सचेत र जागरुक छन् भने समाज मा यसको असर पर्न धेरै समय लाग्दैन । देश लामो समयसम्म जनताभन्दा फरक, तिनको विचार भन्दा फरक रहिरहन सक्दैन । सत्य के हो भने समाज का अरू कुनै पनि वर्गको तुलनामा जनताको धारणा निर्माणमा शिक्षकको भूमिका सर्वोपरि हुन्छ । राष्ट्रको धारणा र प्रवृत्तिलाई आकार दिने काम शिक्षकले गर्छ । वास्तविक अर्थमा ‘शक्ति’ भनेको यही हो । कसैलाई घर बनाउन वा लाइसेन्स बनाउन ‘हुन्छ’ र ‘हुन्न’ भन्नु वास्तविक शक्ति होइन ।

कुनै बालक छ–सात वर्षको उमेरमा पहिलो पटक स्कूल आउँदा, उसमा आधारभूत चरित्रकागुणहरूको विकास भइसकेका हुन्छन् । ती, उसले परिवारबाट पाएकागुण हुन् । त्यो बालकले भेट्ने पहिलो ‘समाज ’ विद्यालय हो । त्यसबेला उसमा परिवारभन्दा बाहिरका कुन कुरा ठीक र कुन कुरा बेठीक भन्ने धारणा बन्न भ्याएकै हुदैन । उसको दिमाग अझै कसिइसकेको हुँदैन, खुकुलो नै हुन्छ । यसैले त्यो धेरै दिशामा मोडिन सक्छ । बालबालिकाहरू जन्मँदै देखि तेजिलो वा कमजोर हुनसक्छन् तर जस्तो भएपनि बच्चा भनेको आखिरमा एउटारूखको बिरुवा जस्तै हो । जसलाई , मालीले अग्लो होचो, सोझे बाङ्गो, फल दिने नदिने बनाउन सक्छ, त्यस अनुसार स्याहार गर्नसक्छ । यस्तो बिरुवा जस्तो बच्चालाई कस्तो बनाउने भन्ने निर्णय गर्ने , त्यसलाई आकार दिने अवसर पाउने व्यक्ति– त्यो शक्ति भएको मानिस– स्कूलको शिक्षक हो ।

यो कुरा लाई यसभन्दा बढी व्याख्या गर्नु पर्छ भन्ने मलाई लाग्दैन । तपाई हामीमध्ये धेरैजसोले निकै पहिले स्कूल छाडिसकेका छौं । स्कूलमा सिकेका धेरै चिज हामीले बिर्सिइसकेका छौं । तर, धेरै हदसम्म हामी अहिले जे छौं, त्यो स्कूलमा शिक्षकबाट सिकेका कुरा का कारण छौं । ती दिनले नै हामीलाई आजको दिनमा ल्याइपुर्याएका हुन् । ती शिक्षकले हामीलाई आजको बाटो देखाएका हुन् । हाम्रा जीवन मूल्यमान्यताहरू सानैमा बनेका हुन् । कसैसँग गर्ने व्यवहार देखि कुनै घटनालाई बुझने तरिका, हेर्ने तरिका, ठम्याउने तरिका र के ठीक के बेठीक भनेर छुट्याउने विवेक, यी सबै बालककालका स्कूल र घरका अनुभूतिले विकास गरेका हुन् ।

यसमा घरको वातावरण र अभिभावकको धारणा र व्यवहार जस्ता कुरा को पनि विशेष महत्व हुन्छ । यी कुरा लाई कम आँक्नु गल्ती हुन्छ । तर, साथै विद्यालयका अनुभवको महत्व पनि कम गर्न सकिँदैन । हामी शिक्षकलाई ज्ञानदाताका रूपमा बुझछौं । हिसाब गर्न, लेख्न र पढ्न सिकाउने व्यक्तिका रूपमा हामी शिक्षकको स्मरण गर्छौं मान गर्छौं । यो कुरा महत्वपूर्ण हो, तर विद्यार्थीले शिक्षकबाट सिक्ने कुरा यो मात्र होइन । शिक्षकले कक्षामा के पढाउँछ भन्ने कुरा को महत्व ठूलो छ । यसैले अहिले हराम्रो सरकारले पाठ्यक्रम र पाठहरूको विषयमा धेरै ध्यान दिएको छ । तर, फेरि म भन्न चाहन्छु, मुख्य कुरा शिक्षकले के सिकाउँछ भन्ने होइन, कसरी सिकाउँछ र बच्चाको सिक्ने खुबी र कलाको विकास गर्न कसरी र कति मद्दत गर्छ भन्ने हो ।


कुनै कक्षाकोठामा छिर्दा शिक्षक थकित छ, उदास छ, अल्छी र पढाउने जागर नभई–नभई कक्षामा आएजस्तो देखिन्छ भने यसको असर विद्यार्थीमा पनि पर्छ । त्यसबाट उनीहरूको पढाइमा मात्र होइन उनीहरूको जीवनभरका लागि आचरण र धारणाको विकास मा पनि यसको असर पर्छ । कुनै शिक्षकले कक्षाका सबै श्रमका काम बच्चालाई ल गाउँछ र आफू भने उनीहरूले काम गरेको हेरेर बस्छ भने विद्यार्थीले पनि श्रम भनेको गर्न नहुने कुरा हो भन्ने सिक्छन् र भाग्न थाल्छन् । यस्तो पढाइले विद्यार्थीलाई ठूलो हुनु भनेको, शक्तिशाली हुनु भनेको आफ्नो काम अरूलाई गराउनु हो भन्ने सिकाउँछ । विद्यार्थीले शिक्षकका आचरण थाहै नपाई सिकिरहेका हुन्छन् । जुन शिक्षकले जोश, जाँगर र उमङ्गका साथ कक्षा लिन्छ, जसले विद्यार्थीलाई एकअर्कालाई सहयोग गर्न सिकाउँछ, आफैँ काम गरेर देखाउँछ र सबै कामको नियम तथा आवश्यकता बच्चालाई बुझउँछ, उसले बच्चाको धारणामा अर्कै प्रभाव पार्दछ । यो शिक्षण प्रक्रिया बढी रचनात्मक पनि हुन्छ ।

कक्षाकोठा भित्र मात्र होइन, शिक्षकको बाहिरको आचरणले पनि विद्यार्थीमा उत्तिकै प्रभाव पार्छ । जस्तै, यदि कुनै शिक्षकले स्कूलमा आउने सुकिला अधिकारी हरूको खुब सम्मान गर्छ र खेतमा काम गर्ने किसानलाई फोहोरी जस्तो व्यवहार गर्छ भने विद्यार्थीले पनि यस्तै धारणा बनाउँछन् । उनीहरूका लागि खेतमा काम गर्ने मानिस फोहोरी बन्न पुग्छ । कालान्तरमा त्यो समाज र राष्ट्रकै धारणा बन्नसक्छ । कक्षाकोठामा चाहे शिक्षकले जेसुकै भनोस्, आचरण र धारणा निर्माणको सवालमा बाहिरको व्यवहार निर्णायक हुन्छ । शिक्षकले भनेको भन्दा बढी विद्यार्थी उसको काम र व्यवहारबाट सिक्छन् । यस्तै, कुनै शिक्षकले सबै वर्गका मानिसलाई एउटै स्थानमा राखेर, समभावले छलफल , कुरा कानी गर्छ भने उसले विद्यार्थीलाई समान ताको शिक्षा दिइरहेको हुन्छ । यसबाट विद्यार्थीमा समता, मित्रता, भ्रातृत्व र आपसी सद्भावको भावना विकसित हुन्छ । र, यस्तोमा शिक्षकले आफू जे छ, जे हो त्यही विद्यार्थीलाई दिइरहेको हुन्छ, सिकाइरहेको हुन्छ । आजसम्म भएका शिक्षण विधिहरूमा यो नै सबैभन्दा उत्तम विधि हो ।

यो लेख तान्जानियाका प्रथम राष्ट्रपति न्यारेरेले २७ अगष्ट सन् १९६६ मा मोरोगोरो शिक्षक कलेजमा दिएको अभि–भाषणमा आधारित छ । त्यो अभि–भाषण फ्रिडम एण्ड सोसियलिज्म नामक उनको पुस्तकमा दि पावर अफ टिचर्स शीर्षकमा प्रकाशित छ । भावानुवादः यज्ञश

commercial commercial commercial commercial