नेपालीमा पढाएर बिग्रियो

सिन्धुपाल्चोकका दिनेश खतिवडाले सिन्धु पुराना गाउँ उमावि सिन्धुकोटबाट चौथो पटकमा यसपालि एसएलसी उत्तीर्ण गरे । तीन पटक एसएलसी जाँच दिँदा खतिवडा तीनै पटक अङ्ग्रेजी र गणितमा असफल भए । उनले पहिलो पटक २०६१ सालमा एसएलसी परीक्षा दिएका थिए । अङ्ग्रेजीमा असफल भएका कारण दोलखाका शङ्कर सापकोटाको एसएलसी पास गर्ने धोको दुई पटक परीक्षा दिँदा पनि पूरा भएन । २०५७ सालमा प्रथम पटक एसएलसी परीक्षा दिएका उनले दुई पटक असफल भएपछि अङ्ग्रेजी उत्तीर्ण हुन्छु भन्ने आस मारेर परीक्षा दिनै छाडेको बताए

माध्यमिक तहको अङ्ग्रेजी पाठ्यक्रमले आफ्नो परिचय दिन सक्ने, सामान्यतया लेख्न तथा बोल्न सक्ने, अङ्ग्रेजी मातृभाषीहरूले बोलेको कुरा बुझेर जवाफ दिन सक्ने, दैनिक जीवनमा आइपर्ने काम अङ्ग्रेजीमा चलाउन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको पाइन्छ । तर, एसएलसी उत्तीर्ण गरेका मध्ये धेरैजसोले पाठ्यक्रमको उद्देश्य पूरा गरेको पाइँदैन । एसएलसी उत्तीर्ण भएकाहरूमा अङ्ग्रेजीको रराम्रो ज्ञानको कमी रहेको छ । शिक्षाविद् तथा त्रिविविका अङ्ग्रेजी भाषाका प्राध्यापक डा. तीर्थ खनियाँ भन्छन्, “एसएलसीका अधिकांश परीक्षार्थीले ठमेलका ‘क्युरियो हकर’ जति पनि अङ्ग्रेजी बोल्न सक्दैनन् ।” विज्ञहरू कक्षाकोठामा पढाउने शैली र प्रस्तुतिका कारण अङ्ग्रेजीमा छात्रछात्र कमजोर रहेको बताउँछन् । “हाम्रा कक्षाहरू अन्तरक्रियात्मक छैनन्, त्यसैले विद्यार्थीले अङ्ग्रेजी सिक्न सकेका छैनन्”, खनियाँ भन्छन् । पाठ्यक्रम विकास केन्द्रका अङ्ग्रेजी भाषाका पाठ्यक्रम अधिकृत विष्णुप्रसाद पराजुली पाठ्यक्रमको उद्देश्य अनुसार अङ्ग्रेजी शिक्षण हुन नसकेको स्वीकार गर्छन्, “अङ्ग्रेजीलाई ‘कम्युनिकेटिभ’ पाठ्यक्रमको रूपमा लागू गर्न खोजिएको हो तर कक्षाकोठामा त्यो भएन ।” अङ्ग्रेजीको पाठ्यक्रम सुनाइ, बोलाइ, लेखाइ र पढाइमा विभाजित छ । एसएलसी परीक्षामा सुनाइ र बोलाइलाई २० अङ्क र लेखाइ र पढाइलाई ८० अङ्क दिने गरिएको छ ।

गणितपछि अङ्ग्रेजी

अहिलेसम्मको एसएलसी परीक्षाको नतिजा अनुसार गणितपछि सबैभन्दा धेरै छात्रछात्रा असफल हुने विषयमा अङ्ग्रेजी परेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीको तथ्याङ्क अनुसार अङ्ग्रेजीमा २०५४ मा ६३, २०५५ मा ६६, २०५६ मा ८५, २०५७ मा ६०, २०५८ मा ५७, २०५९ मा ५४, २०६० मा ७१, २०६१ मा ५८,  प्रतिशत परीक्षार्थी मात्र एसएलसीमा उत्तीर्ण भएको देखिन्छ । २०५४ सालयता एसएलसी दिने सम्पूर्ण परीक्षार्थीले अङ्ग्रेजीमा औसत द्वितीय श्रेणी भन्दा कम अङ्क हासिल गरेका छन् । २०५८ र २०६१ सालको एसएलसीमा कुल विद्यार्थीले प्राप्त गरेको औसत अङ्क त उत्तीर्ण हुनको लागि आवश्यक अङ्क बराबर पनि पुग्दैन । ३२ अङ्क प्राप्त गरे उत्तीर्ण हुने एसएलसीमा २०५८ र २०६१ मा क्रमशः कुल परीक्षार्थीले ल्याएको औसत अङ्क २८.९९ र २८. ९८ मात्र छ । २०५८ सालमा करिब २१ प्रतिशत विद्यार्थीले १५ भन्दा कम अङ्क ल्याएका थिए भने २०५९ मा १४, २०६० मा ७ र २०६१ मा १३ प्रतिशत विद्यार्थीले १५ भन्दा कम अङ्क ल्याएका छन् ।

निजी स्कूलको तुलनामा सार्वजनिक स्कूलका छात्रछात्रा नै अङ्ग्रेजीमा कमजोर देखि एका छन् । नेपालमा पहिलो पटक अङ्ग्रेजी पढाइ शुरु भएको काठमाडौंको भानु माविबाट यस वर्ष ३५ जनाले एसएलसी दिएकोमा २२ जना मात्र अङ्ग्रेजीमा उत्तीर्ण भए । तीन दशकअघिसम्म पटक–पटक एसएलसी बोर्डमा समेत परेको भानु माविमा यस पटक अङ्ग्रेजीमा अधिकतम अङ्क ल्याउने विद्यार्थीले समेत ७३ कटाएको पाइएन । जब कि मध्यमस्तर को मानिने ललितपुरको साननेपास्थित रेडियन्ट रिडर्स एकेडेमीका विद्यार्थीमध्ये अङ्ग्रेजीमा सबैभन्दा कम अङ्क ल्याउने विद्यार्थीले नै ७२ ल्याएका छन् । २६ जनाले एसएलसी दिएको एकेडेमीबाट अङ्ग्रेजीमा सबैभन्दा बढी ल्याउनेको ९१ अङ्क छ ।

भानु माविका अङ्ग्रेजी शिक्षक यादव धनञ्जय विद्यालय र घरमा नेपाली बढी प्रयोग गरिने भएको ले विद्यार्थीहरू अङ्ग्रेजीमा कमजोर भएको बताउँछन् । धनञ्जय भन्छन्, “विद्यार्थीमा शब्दभण्डार कम छ, परीक्षामा हामीले पढाएको मात्र १५ नम्बरको प्रश्न आउँछ, ‘अनसिन प्यासेज’ का कतिपय शब्द समेत परीक्षार्थीले बुझन सक्दैनन् र परीक्षामा अनुत्तीर्ण हुन्छन् ।” तर पाठ्यक्रम अधिकृत पराजुली शिक्षकले पाठ्यक्रमको धारणा नै नबुझेको तर्क गर्छन् । “शिक्षकले पाठ्यक्रममा आधारित भएर स्वतन्त्र रूपमा पढाउन सक्छ, पाठ्यपुस्तक त विद्यार्थीको लागि सहायक हो, प्रश्नपत्र पनि पाठ्यपुस्तकमा भन्दा पाठ्यक्रममा बढी आधारित हुन्छ” पराजुलीको भनाइ छ ।

मालिका मावि, हुम्लाका अङ्ग्रेजी शिक्षक विष्णुबहादुर शाही पनि गाउँका विद्यालयमा कक्षामा अङ्ग्रेजी शिक्षकसँग बाहेक अन्यत्र अङ्ग्रेजी बोल्नुपर्ने बाध्यता नभएको ले विद्यार्थीहरू कमजोर भएको बताउँछन् । शाहीका अनुसार उनको विद्यालयमा त सुनाइ र बोलाइका लागि क्यासेट समेत छैन । अङ्ग्रेजी शिक्षणका लागि स्कूलमा सामग्री नभएकै कारण एसएलसीको प्रयोगात्मक परीक्षामा समेत सरल प्रश्न सोधिने शाहीको कथन छ ।

‘रटाएर हुँदैन’

निजी स्कूलमा अध्ययन गर्ने विद्यार्थीले अङ्ग्रेजीमा रराम्रो अङ्क ल्याउनुमा विद्यालयको वातावरण नै अङ्ग्रेजीमय हुनु प्रमुख कारण हो । रेडियन्ट रिडर्स एकेडेमीका अङ्ग्रेजी शिक्षक भोला चालिसे भन्छन्, “विद्यार्थीले अन्य विषय पढ्दा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा अङ्ग्रेजी सिकिरहेका हुन्छन्, हामी कक्षाकोठामा पनि अङ्ग्रेजी जीवन्त रूपमा पढाउँछौँ ।”

राजिनामा दिएर बसेका शिक्षा मन्त्री प्रदीप नेपालले मन्त्री भएलगत्तै सार्वजनिक विद्यायलमा कक्षा एक देखि नै अङ्ग्रेजी विषय अध्ययन–अध्यापन गरिनुपर्ने बताएका थिए । उनले सार्वजनिक विद्यालयमा अङ्ग्रेजीको स्तर उकास्न र निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउन यस्तो धारणा राखेका थिए । तर, शिक्षाविद् तीर्थ खनियाँ शिक्षकको पढाउने तरिका र कक्षा गतिविधि परिवर्तन नभएसम्म कक्षा एकबाट मात्र होइन आमाकोगर्भबाटै अङ्ग्रेजी सिकाए पनि छात्रछात्राले अङ्ग्रेजी नसिक्ने बताउँछन् । “ठूला–ठूला विद्वान्ले गरेको अनुसन्धानले पत्ता लगाएको कुरा के हो भने भाषा कति वर्ष सिकेकोसँग होइन, कसरी सिकेकोसँग सम्बन्धित हुन्छ”, खनियाँ थप्छन् ।

भाषाशास्त्री प्रा.डा. योगेन्द्र यादव पनि सामुदायिक विद्यालयका प्रायः शिक्षकमा भाषा कसरी सिकाउने भन्ने सीप र क्षमताको कमी रहेको बताउँछन् । “भाषा रटाएर हुँदैन, भाषालाई कक्षामा परिस्थिति र सन्दर्भ अनुकूल पढाउनु पर्छ, तर सामुदायिक विद्यालयका शिक्षकले भाषालाई व्यावहारिकरूपले सिकाउन सकेका छैनन्”, डा. यादवको भनाइ छ । अङ्ग्रेजीमा बोल्ने अभ्यास को कमीकै कारण अधिकांश विद्यार्थीले अङ्ग्रेजी विषयलाई आत्मसात् गर्न सकेका छैनन् ।

पाठ्यक्रम अधिकृत पराजुली शिक्षकले सामुदायिक स्कूलमा अङ्ग्रेजी भाषा पनि नेपालीमा पढाएकोले धेरै छात्रछात्रा एसएलसीमा कमजोर र असफल भएको बताउँछन् । नेपाली भाषामा अङ्ग्रेजी पढाउने शिक्षकको प्रवृत्तिलाई सिकाइको बाधक देख्छन् शिक्षाविद् खनियाँ पनि । “कक्षामा आधा घण्टा जति पढाउँदा पनि नेपालीमा पढाएपछि विद्यार्थीले कसरी अङ्ग्रेजी सिक्छन् ?” उनी प्रश्न गर्छन् । “कक्षामा अङ्ग्रेजी पढाउने भनेको अङ्ग्रेजी सिकाउने हो, त्यो पनि नेपालीमा सिकाइन्छ” उनी बताउँछन् । उनका अनुसार भाषा जान्नु र प्रयोग गर्नु फरक कुरा हो, त्यसैले सुनेर केही जाने पनि प्रयोग गरे न भने त्यो काम लाग्दैन । तर अङ्ग्रेजी शिक्षक विष्णुबहादुर शाही भन्छन्, “स्कूलको वातावरण नेपाली हुने भएको ले अङ्ग्रेजी पढाउँदा पनि नेपाली नबोली धरै छैन, सार्वजनिक विद्यालयका साना कक्षामा तुलनात्मकरूपले झन् कमजोर शिक्षक र पढाइ हुनाले पनि समस्या छ ।” २०५७ सालसम्म नारायणी मावि, चितवनमा अङ्ग्रेजी शिक्षक समेत रहेका अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनी पनि सार्वजनिक विद्यालयको अङ्ग्रेजीको स्तर कमजोर हुनुमा शिक्षककेन्द्रित पढाइलाई नै दोषी देख्छन् । कक्षाकोठामा विद्यार्थीकेन्द्रित शिक्षण गराउन सके अङ्ग्रेजीको स्तर उक्सने उनको धारणा छ ।

शिक्षाविद् खनियाँ विश्वविद्यालयको पढाइ उच्च अध्ययनको प्रमाणपत्र लिनका लागि उपयोगी भएको तर पढाउनका लागि सहयोगी नभएको बताउँछन् । “बीएड उत्तीर्ण गर्नेहरू परीक्षामा पास गर्नलाई दक्ष भए, कक्षामा अङ्ग्रेजी पढाउनलाई होइन” उनको कथन छ । शैक्षिक जनशक्ति विकास केन्द्रमा रहेर तीन वर्ष शिक्षक तालिममा समेत संलग्न पाठ्यक्रम अधिकृत पराजुली भने तालिमले शिक्षकको पढाउने शैली परिवर्तन गर्न नसकेको दुः खेसो व्यक्त गर्छन् । उता अङ्ग्रेजी शिक्षक पनि विश्वविद्यालयको पढाइ र सेवाकालीन तालिम कक्षा शिक्षणका लागि व्यावहारिक हुन नसकेको बताउँछन् । शिक्षक शाही भन्छन्, “बीएड पढ्दा सैद्धान्तिक कुरा मात्र बढी पढियो, तीन वर्षमा केवल तीस दिन ‘प्राक्टिकल’ हुन्थ्यो, अनि कसरी विश्वविद्यालयको पढाइले कक्षाकोठामा पढाउन सक्नु ?” शिक्षण तालिम लिँदा सिकेका विधिसमेत कक्षा शिक्षणमा प्रयोग गर्न नसकेको उनको अनुभव छ ।

सुधारको बाटो

शिक्षाविद् केदारभक्त माथेमाको नेतृत्वमा रहेको ‘एसएलसी अध्ययन टोली’ले तयार गरेको प्रतिवेदनमा विद्यार्थी अङ्ग्रेजीमा बढी अनुत्तीर्ण हुनुमा पाठ्क्रम/पाठ्यपुस्तक र प्रश्नपत्र कारण मानिएको छ । “विषयवस्तुहरू सीमित छन्, शैली एकै किसिमको छ र शब्दहरू एकनाशको छ, संवाद, कुरा कानी र केही अनुच्छेदहरू चाखलाग्दा र कतिपय एसएलसी उमेर समूहका लागि सुहाउँदा समेत छैनन्”, प्रतिवेदनमा भनिएको छ । बढीजसो पाठ्यसामग्री स्वयं किताब लेखककै हुनु, प्रथम पुरुषमा लेखिनु र अधिकांश परिवारकै बारेमा लेखिएको सामग्री पुस्तकमा समावेश गरिनुलाई पनि प्रतिवेदनमा गम्भीर त्रुटि मानिएको छ ।

शिक्षक शाही स्थानीय परिवेश अनुसार पाठ्यपुस्तक सुहाउँदो नभएको बताउँछन् । “हुम्लाका विद्यार्थीले कसरी ट्राफिक, ट्रान्सपोर्टेसन र कम्प्युटरबारे छिटो सिक्न सक्छ” उनको प्रश्न छ । अध्ययन टोलीको प्रतिवेदनमा एसएलसीका कतिपय प्रश्नहरूग्रामीण भेगका विद्यार्थीको लागि पूर्वाग्रही मानिएको छ । २०६० सालको एसएलसीमा अङ्ग्रेजी विषयमा सोधिएको सुपरमार्केट सम्बन्धी प्रश्न, २०५७ को थानकोटमा प्लेन क्र्यास र  डिलक्स होटलको फ्रन्ट मेनेजरलाई निवेदन जस्ता प्रश्नहरू निश्चित समूहका बालबालिकाको लागि मात्र परिचित भएको रग्रामीण भेगका विद्यार्थीको लागि यस्ता प्रश्न पूर्वाग्रही भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनले विद्यार्थीको अङ्ग्रेजी सुधारको लागि लेखाइ, सुनाइ, बोलाइ र पढाइको लागि छुट्याइएको अङ्कभार पुनर्संयोजन गर्नु पर्ने सुझाव पेश गरेको छ । प्रतिवेदनमा भनिएको छ, “अङ्ग्रेजी सिकाइको मुख्य उद्देश्य भनेको यसलाई बोलीमा प्रयोग गर्न सक्ने बनाउनु हो ।” शिक्षाविद् खनियाँ ४० मिनेटको कक्षालाई दुई घण्टाको बनाएर हप्तामा तीन दिन मात्र अङ्ग्रेजी पढाउने र कक्षाकोठालाई अन्तरक्रियात्मक बनाउने हो भने विद्यार्थीले सजिलै अङ्ग्रेजी सिक्ने दाबी गर्छन् । उनको भनाइ छ, “हामीले अङ्ग्रेजी सुनाएको भरमा सिकेनन् भनेका छौं, बोल्न सिकाएका छैनौं, हराम्रो कक्षाको ‘ओभरअल डेलिभरी सिस्टम’ मा परिवर्तन ल्याउन सके अङ्ग्रेजी कुनै महाभारत हैन ।” भाषाशास्त्री प्रा.डा. योगेन्द्र यादवका अनुसार भाषा सिक्न त्यसको अधिकतम प्रयोग गर्नु पर्छ ।

रराम्रो गर्ने काइदा

कञ्चनपुरको जेसिस मावि (सामुदायिक), राजीपुरबाट यस पटक एसएलसीमा सामेल १६ जना छात्रछात्रामध्ये १४ जनाले अङ्ग्रेजीमा प्रथम श्रेणीभन्दा बढी अङ्क ल्याए । दुई जना द्वितीय श्रेणीमा उत्तीर्ण भए । प्रअ खेमलाल घिमिरे छात्रछात्राले अङ्ग्रेजीमा रराम्रो अङ्क ल्याउनुमा स्कूलमा अपनाइएको शिक्षण विधिलाई कारण मान्छन् । उनको कथन छ, “हराम्रो विद्यालयमा व्याकरण घोकाउने परिपाटी छैन, सबै कुरा उदारण दिएर सिकाइन्छ, सबै छात्रछात्राले ८० भन्दा बढी अङ्क ल्याउन भन्ने हराम्रो उद्देश्य हो ।”

अङ्ग्रेजी शिक्षक समेत रहेका काठमाडौं विश्वविद्यालयका एम.एड. घिमिरेका अनुसार सुदूरपश्चिमका सबै सार्वजनिक विद्यालयले अङ्ग्रेजीलाई चासो दिएर पढाएको पाइँदैन । “तर हराम्रो विद्यालयमा शिशु कक्षा देखि नै अङ्ग्रेजी पढाइ हुन्छ”, घिमिरे भन्छन् । उनका अनुसार विद्यालयले अङ्ग्रेजी सुधारका लागि स्थानीय पाठ्यक्रम पनि बनाउने गरेको छ । “विद्यार्थीलाई सानै उमेर देखि अङ्ग्रेजीका सामान्य ज्ञान सिकाइने गरिएको छ, कक्षा ४ देखि विद्यार्थीलाई स्थानीय परिवेश अनुसार चिठी–निबन्धहरू लेख्न सिकाइन्छ”, घिमिरे भन्छन् ।

सबै तहको व्यवस्थापनको जिम्मा समुदायले लिएको यस विद्यालय यसपालि पहिलो पटक एसएलसीमा सामेल भएको हो । विद्यालयमा माध्यमिक तहका दुई, निमाविका तीन र प्राविका एक जना राहत शिक्षक छन् । प्रावि तहमा छ जना शिक्षक स्थायी दरबन्दीमा कार्यरत छन् भने १३ जना निजी स्रोतका शिक्षक रहेका छन् ।

commercial commercial commercial commercial