शिक्षकमा निर्भर छ देशको भविष्य

अमेरिकाको भविष्य नै शिक्षकहरूमा निर्भर छ । आज म नयाँ पुस्ताका अमेरिकीहरूलाई अगाडि बढेर हाम्रो देशको कक्षाकोठाहरूमा सेवा गर्न आह्वान गर्छु । यदि तपाईं यो राष्ट्रको जीवनमा फरक ल्याउन चाहनुहुन्छ, आफ्नो क्षमता र लगावको अधिकतम प्रयोग गर्न चाहनुहुन्छ, पछि सम्म रहिरहने किसिमको आफ्नो गाथासहितको छाप छोड्न चाहनुहुन्छ भने शिक्षण पेशामा सरिक हुनुहोस् । अमेरिकालाई तपाईंको आवश्यकता छ ।

आजको अमेरिकाको समृद्धि हामी धन जम्मा गर्न कति सक्षम छौं भन्ने कुरा मा होइन, बरु हामी हाम्रा जनतालाई कसरी राम्रोसँग शिक्षित बनाउँछौं भन्ने कुरामा आधारित रहेको छ । शिक्षा अब केवल अवसर र सफलताका लागि सहायक हुने अतिरिक्त योग्यताको कुरा मात्र होइन, प्रायः सबै किसिमका अवसर पाउनका लागि चाहिने आधारभूत आवश्यकता बन्न पुगेको छ । अहिलेको विश्वव्यापी आर्थिक मन्दीबाट उत्पन्न भएको जागिर कटौतीको मारमा पर्नेमा सबैभन्दा धेरै चार वर्षे डिग्री नभएका कामदारहरू छन् । तीब्र गतिले वृद्धि भइरहेका अमेरिकाका धेरैजसो व्यावसायिक कम्पनीहरूले स्नातक तहसम्मको पढाइ खोज्छन् । आगामी दिनहरूमा स्नातकहरूको मागमा झन वृद्धि हुनेछ ।

जुन राष्ट्रले आफ्ना नागरिकलाई सबैभन्दा राम्रो शिक्षा दिन्छ त्यही राष्ट्रको भविष्य उज्ज्वल छ भन्ने कुरा मा कुनै शङ्का छैन । हामीसँग त्यस्तो अर्थात् एउटा सम्पन्न राष्ट्र बनाउन चाहिने सबै कुरा छन् । सबैभन्दा राम्रा विश्वविद्यालयहरू हामीसँग छन्, सबैभन्दा कहलिएका विद्वान्हरू पनि हामीसँगै छन् । हामीसँग नौला–नौला प्रयोग गर्ने उत्सुकता र आँट भएका प्रधानाध्यापक, प्रतिबद्ध शिक्षक र प्रतिभावान् विद्यार्थीहरू पनि छन् । हामीसँग यस्ता अभिभावक छन् जसको जीवनको प्रमुख प्राथमिकता नै आफ्ना छोराछोरीको शिक्षा हो । हामीसँग उत्कृष्टताको इतिहास छ र हाम्रा नानीहरूले हामीले चढेका भन्दा अग्ला शिखर चढ्नुपर्छ भन्ने प्रबल चाहना र त्यसका लागि चाहिने आत्मविश्वास पनि छ ।

तर यति हुँदाहुँदै पनि, विश्वमै अतुलनीय स्रोत आफ्नै हातमा भएर पनि हामीले हाम्रा विद्यार्थीको शैक्षिक उपलब्धिलाई बनाउन सकेनौं, स्कूलहरूलाई कमजोर हुन दियौं, शिक्षकहरूको स्तर खस्कन दियौं र अरू देशहरूलाई हामीलाई उछिन्ने मौका दियौं । यो कुरा म केही तथ्याङ्कहरूका आधारमा बोलिरहेको छु । आठ कक्षाको गणितमा हामी विश्वमा नवौं स्थानमा झर्‍यौं । सिङ्गापुरका माध्यमिकस्तर का प्रत्येक चारजना मध्ये तीनजना विद्यार्थीले हाम्रालाई उछिन्छन् । १३–१४ वर्ष उमेरका अमेरिकी किशोरकिशोरीहरू मध्येका एकतिहाईले मात्र उनीहरूले जति राम्ररी पढ्नुपर्ने हो त्यति पढ्छन् । अफ्रिकन–अमेरिकी र ल्याटिनो स्कूले विद्यार्थी रगोरा विद्यार्थीको शैक्षिक गुणस्तर का बीचमा गहिरो खाडल विद्यमान छ । अमेरिकी शिक्षाको स्तरमा देखि एको तुलनात्मक ह्रास हराम्रो अर्थतन्त्रका लागि अनुकूल छैन । यो हाम्रो प्रजातन्त्रको दिगोपनाको पक्षमा पनि छैन, यो गिर्दो स्तर हाम्रा केटाकेटीहरूका लागि स्वीकार्य छैन र हामी यसलाई निरन्तरता दिइरहन सक्दैनौं ।

आज कुनै कुरा जोखिममा छ भने त्यो हो अमेरिकीहरूको साझ सपना । मेरा बुबा र तपाईंहरूमध्ये धेरैका बुवा र आमाहरूले शिक्षाको खोजीमा धेरै दुः ख गर्नु भएको छ । यो सपनाले नै धेरै अमेरिकीहरूलाई अतिरिक्त काम गराए को छ, स–साना खुसियालीहरूलाई त्याग्न लगाएको छ, कम खर्च गरेर जति सकिन्छ बचाउन लगाएको छ । यो सपना हो आफ्ना केटाकेटीलाई गुणस्तरीय शिक्षा दिने चाहना धेरै मानिसहरूमा आफूले चित्तबुझदो शिक्षा नपाए पनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने चाहना छ र उनीहरूले आफ्ना केटाकेटीलाई गुणस्तरीय शिक्षा दिन पुग्ने पैसा जोगाउने आशामा नै धेरै दुः ख गरेका छन् ।

दशकौं देखि वासिङ्टनबासी राजनीतिक विवादमा अल्झिएको छ जसले उन्नतिलाई पक्षघात गराए को छ र शैक्षिक ह्रासलाई निरन्तरता दिएको छ । हाम्रै पार्टीका पनि केहीले रराम्रो पढाउने शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिएर पुरस्कृत गर्ने विचार को विरोध गरेका छन् । यसले कक्षाकोठामा अन्तर ल्याउँछ भन्ने कुरा हामीलाई थाहा हुँदाहुँदै पनि यसको महत्व पुष्टि गर्ने यथेष्ट प्रमाणहरू हुँदाहुँदै पनि धेरै जना प्रारम्भिक शिक्षामा नयाँ लगानीको विरोध गर्छन् । त्यसैले यहाँ धेरै पैसा र धेरै सुधारबीचको र खर्च र यथास्थितिवाद बीचको पुरानै विवाद हामी वासिङ्टनमा पाउँछौं । यहाँ पार्टीगत गुटबन्दी र साना मसिना कुरा को विवादमा अल्झिने क्रम व्याप्त छ । तर यदि हामी एक्काइसौं शताब्दीमा सफल हुने हो भने बीसौं शताब्दीको पुरानो लडाइँलाई मिल्काएर अघि बढ्नु जरुरी छ ।

मलाई लाग्छ, तपाईंहरू पनि एकअर्कालाई औंला ठड्याउने समय अब सकिइसक्यो भन्ने कुरा मा सहमत हुनुहुन्छ होला । अब हामीलाई एक सूत्रमा बाँध्ने र उत्तरदायी बनाउने समय आएको छ । हामीलाई नयाँ लगानी मात्र होइन नयाँ सुधार चाहिएको छ । यो हाम्रा विद्यार्थीहरूबाट अझ धेरै अपेक्षा गर्ने समय हो । यो राम्रा शिक्षकहरूलाई पुरस्कृत गर्न शुरु गर्ने र खराबलाई माफी दिन बन्द गर्ने समय हो । यो सरकारसँग हरेक स्तरमा परिणामको माग गर्ने समय हो । यो सम्पूर्ण अमेरिकी बालबालिकालाई विश्वको कुनै पनि ठाउँका कामदारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने समय हो । यो समय सबै अमेरिकी बालबालिकालाई करियर र पेशागत जीवनसम्म पुर्‍याउन प्रतिस्पर्धी शिक्षा दिने बेला हो । हामीले अब पहिले देखि का असफलताहरूलाई स्वीकारेर अगाडि बढ्नुपर्छ । अमेरिकाको समग्र शिक्षा प्रणाली फेरि एकपटक विश्वकै लागि लोभलाग्दो बन्नु पर्छ । वास्तवमा अब हामीले त्यही चाहना पूरा गर्ने अठोटका साथ अगाडि बढ्न आवश्यक छ ।

त्यसकारण म हाम्रा सबै राज्यहरूलाई यो चुनौतीप्रति गम्भीर हुन आग्रह गर्छु— बालबालिकाको शिक्षा र सिकाइको गुणस्तर वृद्धि गर्न उच्चस्तरीय योजना विकास गर्नु होस् । केटाकेटीहरूलाई किन्डरगार्डेन देखि नै सफलताका लागि तयार पार्न आवश्यक छ । हाम्रो शिक्षा सुधार एजेन्डाको पहिलो स्तम्भ यही हो । दोस्रो, हामीले हाम्रा स्कूलहरूमा अझ राम्रो मापदण्ड र मूल्याङ्कनलाई प्रणाली स्थापना गरेर अझ गुणस्तरीय शिक्षा दिने क्षमता हासिल गर्नु छ । यसमा हामीलाई धेरै राष्ट्रहरूले उछिनेका छन् । तर यसको अर्थ उनीहरूका केटाकेटीहरू हाम्रा भन्दा बाठा छन् भन्ने होइन, बरु उनीहरू आफ्ना केटाकेटीहरू कसरी शिक्षित बनाउने भन्ने कुरा मा बढी बाठा हुँदैछन् । उनीहरू धेरै काम नलाग्ने कुरा पढाउन थोरै स्रोतसाधन र समय खर्चन्छन् र धेरै काम लाग्ने कुरा पढाउन धेरै समय खर्चन्छन् । उनीहरू आफ्ना केटाकेटीलाई स्कूल अथवा कलेजका लागि मात्र नभएर एउटा ‘करियर’ को लागि तयार पार्दैछन् तर हामी त्यसो गरिरहेका छैनौं । हाम्रो कक्षा-८ को पाठ्यक्रमलाई शिक्षामा राम्रो गर्ने अन्य केही देशहरूसँग तुलना गर्दा हामी उनीहरूभन्दा दुई वर्षपछि परिसकेका छौं ।  यो आर्थिक मन्दीको एउटा परिणाम पनि हो । म अमेरिकी केटाकेटी यो चुनौतीको सामना गर्न सक्दैनन् भन्ने कुरा स्वीकार गर्न तयार छुइनँ कि ! उनीहरूले राम्रो गर्न सक्छन् । उनीहरूले सक्नुपर्छ र अझ उच्च मापदण्ड हासिल गर्नु पर्छ ।


केटाकेटीहरूलाई किन्डरगार्डेनदेखि नै सफलताका लागि तयार पार्न आवश्यक छ । हाम्रो शिक्षा सुधार एजेन्डाको पहिलो स्तम्भ यही हो । दोस्रो, हामीले हाम्रा स्कूलहरूमा अझ् राम्रो मापदण्ड र मूल्याङ्कनलाई प्रणाली स्थापना गरेर अझ् गुणस्तरीय शिक्षा दिने क्षमता हासिल गर्नु छ । यसमा हामीलाई धेरै राष्ट्रहरूले उछिनेका छन् । उनीहरू आफ्ना केटाकेटीहरू कसरी शिक्षित बनाउने भन्ने कुरामा बढी बाठा हुँदैछन् ।

अमेरिकाको भविष्य नै शिक्षकहरूमा निर्भर छ । आज म नयाँ पुस्ताका अमेरिकीहरूलाई अगाडि बढेर हाम्रो देशको कक्षाकोठाहरूमा सेवा गर्न आह्वान गर्छु । यदि तपाईं यो राष्ट्रको जीवनमा फरक ल्याउन चाहनुहुन्छ, यदि तपाईं आफ्नो क्षमता र लगावको अधिकतम प्रयोग गर्न चाहनुहुन्छ, यदि तपाईं पछि सम्म रहिरहने किसिमको आफ्नो गाथासहितको छाप छोड्न चाहनुहुन्छ भने शिक्षण पेशामा सरिक हुनुहोस् । अमेरिकालाई तपाईंको आवश्यकता छ । हामीलाई हाम्रा नगरहरूमा तपाईंको आवश्यकता छ । हामीलाई साना शहरहरूमा तपाईंको आवश्यकता छ । हामीलाई विशेष रूपमा हाम्रा भित्री शहरहरूमा तपाईंको आवश्यकता छ । हामीलाई पूरै अमेरिकाभरिकै कक्षाकोठाहरूमा तपाईंको आवश्यकता छ ।

यदि तपाईंहरूले आफ्नो तर्फको काम गर्नु भयो भने, हामी हाम्रो तर्फको गर्ने छौं । शिक्षकहरूलाई यस्तो महत्वपूर्ण दायित्व निर्वाह गर्नका लागि तयार पार्ने र आफ्नो पेशामा रहिरहन प्रोत्साहित गर्न हामी कदम चाल्दैछौं । हामी शिक्षणका नयाँ तौरतरिकाहरू पहिल्याउँदैछौं  र शिक्षकको जहाँ अधिकतम आवश्यकता छ, ती कक्षाकोठामा ल्याउन नयाँ कार्यक्रम सिर्जना गर्दैछौं । गणित र विज्ञानका शिक्षकहरूको कमीलाई अन्त्य गर्न ती विषय पढाउने अमेरिकीलाई अतिरिक्त पारिश्रमिक दिने कुरा को पक्षमा हामी छौं । यो लक्ष्यमा पुग्नका लागि सर्वोत्कृष्ट शिक्षकहरूको छनोट गरेर उनीहरूलाई पुरस्कृत गर्नु पर्छ भन्ने कुरा हामीले बुझेका छौं । 

अमेरिकी शिक्षामा सुधार गर्नु पर्ने अर्को पक्ष भनेको विद्यालयहरूमा नयाँ-नयाँ कुरा को विकास र उत्कृष्टतालाई अभिप्रेरित गर्नु नै हो । अभिभावक, शिक्षक र सामुदायिक वा नागरिक सङ्गठनहरूले स्थापना गरेका विद्यालयहरू स्वतन्त्र रूपमा नयाँ-नयाँ परिवर्तनकारी नौला प्रयोगहरू गर्छन् । मैले एउटा राज्यको विधायक अथवा एउटा अमेरिकी सिनेटरको रूपमा त्यस्ता विद्यालयहरूलाई समर्थन गर्दै आएको छु ।

हामीले आफ्ना केटाकेटी नयाँनयाँ कुरा सिकाउने विद्यालयहरूमा पढ्दैछन् वा अन्त कतै भनी निगरानी राख्नुपर्छ । हाम्रा केटाकेटीहरू हरेक वर्ष दक्षिण कोरियाका केटाकेटीभन्दा एक महिना कम समय स्कूलमा बिताउँछन् । उनीहरूलाई २१औं शताब्दीको लागि तयार पार्ने कुनै तरिका होइन । मलाई थाहा छ, वास्तवमा लामो बिदा र लामो वार्षिक सत्र दुवै धेरै मन पराइने कुरा होइनन् । लामो बिदा मेरा छोरीहरूलाई मन पर्दैन, मेरो परिवारलाई मन पर्दैन र सम्भवतः तपाईंका परिवारलाई पनि लामो बिदा मन पर्दैन । नयाँ शताब्दीका चुनौतीहरूको सामना गर्न पनि कक्षाकोठामा अझ् धेरै समय बिताउनु आवश्यक छ । यदि यो कुरा दक्षिण कोरियालीहरूले गर्न सक्छन् भने हामी पनि गर्न सक्छौं  ।

विद्यालयहरू जतिसुकै आधुनिक बने पनि र शिक्षकहरू जतिसुकै प्रभावकारी भएपनि जबसम्म हाम्रा विद्यार्थीले आफ्नो शिक्षाको दायित्वबोध न गरे सम्म अमेरिकाको अगाडि बढ्ने चाहना पूरा हुँदैनन् । यसको मतलब विद्यालयमा समयमा पुग्ने, कक्षामा ध्यान दिने, चाहिएको बेलामा अतिरिक्त कक्षाको व्यवस्था गर्न सक्ने र व्यक्तिगत समस्यामा नअल्झिने परिपाटीको विकास मा ध्यान दिनुपर्छ । त्यसकारण म विद्यार्थीहरूलाई भन्छुः विद्यालय छोड्ने अथवा पढाइ छोड्ने कुरा सोच्दा पनि नसोच्नुस् । पढाइ छोड्नु आफैंलाई छाड्नु हो । यो तपाईंले आफ्नो देशलाई छाड्नु हो । यो कुनैगतिलो उपाय होइन, यो क्षणमा जब हाम्रो उच्च माध्यमिक तह सक्नुअघि विद्यालय छोड्ने विद्यार्थीको सङ्ख्या विगत ३० वर्षमा तेब्बर भएको छ र जब उच्च माध्यमिक तह अगावै पढाइ छाड्नेहरूले कलेज सकेकाहरूको भन्दा आधा जति मात्र कमाउँछन् ।


हामीले अभिभावकका रूपमा आफैंलाई अझ बढी उत्तरदायी नबनाएसम्म कुनै पनि सरकारी योजनाले केही फरक पार्ने छैन । सरकार जतिसुकै असल र प्रभावकारी भए पनि त्यसले घरको टिभी बन्द गरिदिन अथवा भिडियो गेम रोक्न सक्दैन । यी कुरा अभिभावकले मात्र गर्न सक्छन् र गर्नुपर्छ ।

अमेरिकी शिक्षा रणनीतिको अर्को स्तम्भ भनेको हरेक अमेरिकीलाई गुणस्तरीय उच्च शिक्षा दिनु हो चाहे त्यो कलेज होस् वा प्राविधिक तालिम । क्याम्पस भर्ना भएर पढाइ पूरा गर्ने राष्ट्रहरूको सूचीमा अमेरिका दोस्रो स्थानबाट एघारौं  स्थानमा झरेको छ । यो दुर्भाग्यपूर्ण कुरा हो । सही सङ्कल्प र सही लगानी गरे मा हामी फेरि शिक्षाको यो खस्कँदो स्थितिमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं । त्यसकारण मैले अघिल्लो हप्ता राष्ट्रको नाममा सम्बोधन गर्दा अमेरिकीहरूलाई आह्वान गरेको छु, “तपाईंहरू एउटा लक्ष्य लिएर कमसेकम एक वर्ष बढी आफ्नो उच्चशिक्षामा  टिक्नुहोस् जसले गर्दा हामी २०२० सम्ममा सबैभन्दा बढी स्नातक गरेका नागरिकहरूको देश हुन सकौं ।

यी सबै कुरा को निष्कर्ष एउटै छ— हामीलाई धेरै पैसाको आवश्यकता छ । हामीलाई धेरै सुधारको खाँचो छ । हो, हामीले खर्च गर्ने प्रत्येक डलरप्रति हामीले आफैंलाई उत्तरदायी बनाउन आवश्यक छ । म एउटा अर्को कुरा पनि गर्न चाहन्छु । हामीले अभिभावकका रूपमा आफैंलाई अझ् बढी उत्तरदायी नबनाएसम्म कुनै पनि सरकारी योजनाले केही फरक पार्ने छैन । सरकार जतिसुकै असल र प्रभावकारी भए पनि त्यसले घरको टिभी बन्द गरिदिन सक्दैन अथवा भिडियोगेम रोक्न सक्दैन ।

शिक्षकहरू जतिसुकै लगनशील र प्रभावकारी भए पनि तपाईंका केटाकेटी घरबाट समयमै हिँड्छन् र राति स्कूलबाट फर्केर आफ्नो गृह कार्य गर्छन् भन्ने निश्चित गर्न सक्दैनन् । यी कुरा अभिभावकले मात्र गर्न सक्छन् र गर्नु पर्छ । म यो कुरा एउटा बाबु भएको नाताले मात्र होइन, एउटा छोरो भएको नाताले पनि भन्दैछु । म सानो हुँदा, म र मेरी आमा देशबाहिर बस्थ्यौं । मेरी आमासित मलाई राम्रो अन्तर्राष्ट्रिय विद्यालयमा पढ्न पढाउन पुग्ने पैसा थिएन जहाँ सबै अमेरिकीहरू पढ्न जान्थे । उहाँले मेरो पढाइलाई थप टेवा पुर्‍याउन हुलाकबाट पढाइने कोर्स पनि थप्नुभयो । मलाई हप्ताको पाँच दिन साढे चार बजे बिहान उठाएर म स्कूल जानुभन्दा पहिले केही पाठहरू पढ्न लगाएको म अझै सम्झन्छु । जब म आनाकानी, बहाना बाजी गर्थें र निद्रा लाग्यो भन्थेँ, उहाँ विस्तारै संयमित भएर मलाई सम्झाउनु हुन्थ्यो ।

केटाकेटी हुन्जेलसम्म तपाईंले आफ्ना अभिभावकले गरेका त्यागको बारेमा त्यति सोच्नुहुन्न । मेरी आमाले काम गर्नु पथ्र्यो, मलाई केवल विद्यालय जानुपथ्र्यो । तर उहाँ हरेक दिन बिहानै उठेर मेरो शिक्षामा केही बाधा नपुगोस् भनेर आवश्यक व्यवस्था मिलाउनुहुन्थ्यो । यसकारण मैले अवसर पनि पाएँ । मेरा आमा, हजुरआमा र हजुरबाको त्यागकै कारण आज म तपाईंहरूसमक्ष संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा उभिन सक्षम भएको छु । यो उहाँहरूकै त्यागले गर्दा सम्भव भएको हो । यो देशका हरेक बालकले यस्तै अवसर पाओस् भन्ने म चाहन्छु जुन मलाई मेरी आमाले दिनुभयो । जो मलाई मेरा गुरुहरूले दिनुभयो, जो मलाई मेरा कलेजका प्राध्यापकहरूले दिनुभयो र जो मलाई अमेरिकाले दियो ।

म वाई भोन बोजोरक्युज जस्ता बालबालिकाले त्यो अवसर पाउन् भन्ने म चाहन्छु । वाई भोन क्यालिफोर्नियाको भिलेज एकेडेमी हाईस्कूलका एक विद्यार्थी हुन् । भिलेज एकेडेमी एउटा एक्काइसौँ शताब्दीको विद्यालय हो जहाँ कक्षाकोठामा उच्च आधुनिक प्रविधिहरूको प्रयोग गरिन्छ । ‘आदर, उत्तरदायित्व र परिणाम’ त्यहाँका नीति वाक्य हुन् ।

केही महिनाअघि, वाई भोन र उनका सहपाठीले उनीहरूको जीवनमा वर्तमान अमेरिकी अर्थतन्त्रले पारेको प्रभावको बारेमा एउटा भिडियो बनाएका थिए । उनीहरूमध्ये केहीले आफ्ना बा–आमाको जागिर खुस्किएको विषयमा कुरा गरे, उनीहरूको घर जफत हुने अवस्थामा पुगेको कुरा गरे, घरमा भइरहेका कुरा ले गर्दा उनीहरूलाई विद्यालयमा ध्यान दिएर पढ्न गाह्रो भएको कुरा गरे । जब वाई भोनको बोल्नेपालो आयो, उनले भनिन्, “हामी सबै यस आर्थिक सङ्कटबाट प्रभावित छौं । हामी सबै कलेज प्रवेश गर्ने विद्यार्थी हौं । हामी सबै व्यापारी हौं, डाक्टर, वकिल र सबै ठूला मान्छे हौं । हामीसँग यी सबै सम्भावना छन् । तर जसरी कुरा अघि बढिरहेका छन्, हामी त्यसलाई सामना गर्न सक्षम हुने छैनौं ।

त्यति धेरै सम्भावना बोकेकी केटीबाट त्यस्तो कुरा सुन्नु साह्रै हृदयविदारक थियो । उनी चिन्तित थिइन् र उनी र उनका साथीहरूले त्यो भिडियोको नाम थियो ‘कोही सुनिरहेको छ ?’ त्यसैले, आज म वाई भोन र उनका भिलेज एकेडेमीका साथीहरूलाई केही भन्छु— म सुन्दैछु । हामी सुन्दैछौं । अमेरिका सुन्दैछ । र हामी त्यति बेलासम्म थकाइ मार्ने छैनौं जतिबेला तपाईंका अभिभावकले आफ्नो जागिर सुरक्षित राख्न सक्नुहुनेछ र तपाईंको परिवारले आफ्नो घर जोगाउन सक्नु हुनेछ र तपाईंले जे कुरा मा ध्यान दिनुपर्ने हो त्यसमा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ— तपाईंको आफ्नै शिक्षा, जबसम्म तपाईं भोलिको व्यापारी, डाक्टर र वकिल बन्नु हुन्न, जबसम्म तपाईं आफ्नो भविष्यको सपनालाई समात्नु हुन्न ।

अन्त्यमा, वाई भोनको सपना हामी सबै अमेरिकीको साझ सपना हो । यो हाम्रो राष्ट्रको आधारभूत बाचा हो कि हामी हाम्रो जीवन हामीले चाहेजस्तै बनाउन सक्छौं, सबै कुरा सबैका लागि सम्भव छन् र अमेरिकामा हाम्रा सबैभन्दा राम्रा दिन हाम्रा अगाडि छन् । म यो विश्वास गर्छु । यदि मैले मेरो भागको काम गरें र तपाईंहरूले पनि आफ्नो भागको दायित्व निर्वाह गर्नु भयो भने हामी यो सङ्कटबाट अमेरिकालाई अझ बलियो राष्ट्रको रूपमा उभ्याउन समर्थ हुनेछौं  र हराम्रो आधारभूत सपनालाई पहिलेभन्दा निकै सुरक्षित ढङ्गले पछि आउने कैयौं पिँढीसम्म सार्न सक्नेछौं ।

(१० मार्च २००९ मा अमेरिकी हिस्पानिक चेम्बर अफ कमर्समा राष्ट्रपति ओबामाले गरेको भाषणबाट ।)

भावानुवादः भास्कर काफ्ले

शिक्षक  मासिक, २०६६ जेठ अंकमा प्रकाशित । 


commercial commercial commercial commercial