मत–अभिमत ‘नराम्रा’ शिक्षकलाई कसरी सुधार्ने ?

शिक्षक विद्यालयको खम्बा हो । शिक्षक सिकाउने मात्र नभएर सिक्ने र समयसापेक्ष समेत हुनुपर्दछ । ‘खराब’ शिक्षकको सिकाइ पनि खराबै हुन्छ । अयोग्य शिक्षकले योग्य शिक्षकको भूमिकालाई न्यून बनाउन सक्छ । उसले विद्यालयको शैक्षिक वातावरण खलबल्याउन सक्छ । अयोग्य शिक्षक व्यक्तिगत र दलगत स्वार्थमा डुबेको हुन्छ । ऊ उपल्लो वर्गको चाकरीमा लिप्त हुन्छ जसले गर्दा विद्यार्थीको भविष्य माथि खेलबाड भई विद्यालयलाई विकृति र विसङ्गतिको भुमरीमा जाक्छ ।

एउटै अयोग्य वा खराब शिक्षकका कारण विद्यार्थीहरू भर्ना नहुने, भर्ना भएकाले विद्यालय छोड्ने, पढाइमा रुचि नराख्ने र नतिजा सन्तोषजनक नहुने जस्ता असर देखा पर्न थाल्छन् । अयोग्य शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तकको निर्धारित लक्ष्य पूरा गर्न सक्दैन । एउटा खराब शिक्षकका कारण शिक्षण पेशा र योग्य शिक्षकलाई समेत समाज ले हेर्ने दृष्टिकोण नकारात्मक हुन पुग्छ र राम्रा शिक्षक पेशाबाट बाहिरिन सक्छन् । यस्तो अवस्थामा विद्यालयगाईगोठमा परिणत हुन्छ ।

‘अयोग्य’ वा ‘खराब’ शिक्षकले विद्यालयलाई नाटक मञ्चनको थलो बनाएका हुन्छन् । जब यदाकदा खराब शिक्षक मदिरा सेवन गरी विद्यालय जान्छन्, विद्यालय परिवारमा नै त्यसको नकारात्मक असर पर्छ । खराब शिक्षक विद्यालय नै जाँदैनन्, कहिलेकाहीँगइहाले पनि कक्षामा प्रवेश गर्दैनन् । कक्षामा प्रवेश गरे पनि समयमा प्रवेश गर्दैनन् । कक्षाकोठामा प्रवेश गरिहाले पनि पूरै समय पढाउँदैनन् । कक्षामा समय बिताए पनि उद्देश्यमूलक अध्यापन गर्दैनन् ।

कुशल शिक्षकमा हुनुपर्ने न्यूनतमगुण नभएको शिक्षक साँच्चिकै खराब हुन्छ । खराब शिक्षकबाट विद्यालयमा के–के असर पर्छ भन्दा पनि रराम्रो चाहिँ केही हुँदैन । खराबले विद्यालयको कुनै पनि पक्षलाई असल बनाउनै सक्दैन । समग्रमा, अयोग्य शिक्षकले विद्यार्थीको भविष्य अन्धकार बनाउँछ । विद्यालय शिक्षा र ज्ञानको भण्डार बन्न सक्दैन । खराब शिक्षकका कारण राज्यले शिक्षामा गरेको लगानी खेर जान्छ । वास्तवमा खराब शिक्षक स्कूलको क्यान्सर हो ।

अयोग्य शिक्षकले विद्यालयमा संवाद हैन ‘विवाद’, विद्यार्थीलाई चेला हैन ‘हेला’, अभिभावकको सल्लाह हैन ‘खैलाबैला’, तालिमलाई अनुकूल हैन ‘प्रतिकूल’ अनि विद्यालयको भौतिक क्षेत्रमा विकास हैन ‘विनास’ गरेका हुन्छन् । विद्यालय भताभुङ्ग र लथालिङ्ग बन्छ ।

विद्यालयहरूलाई ‘अयोग्य’ शिक्षकबाट मुक्त राख्न सरोकारवालाले इमान दारी साथ अनुगमन, मूल्याङ्कन र व्यवस्थापन क्षेत्रमा जोड दिनुपर्छ । विद्यालय आफैंमा अपवित्र वा खराब हुँदैन । विद्यालयको भौतिक, शैक्षिक , आर्थिक तथा विविध गतिविधिमा सकारात्मक वा नकारात्मक परिणाम हुनुमा शिक्षक पनि जिम्मेवार रहेको हुन्छ । प्रथम त खराब शिक्षकबाट विद्यालयलाई अलग राख्न स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट राम्रा शिक्षक नियुक्ति गरिनुपर्दछ । नियुक्ति पाएका शिक्षकको कौशलता र मनोबल वृद्धिमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुन्छ । सरकारी निकायले तालिम, सेवा तथा सुविधा, पेशाकोग्यारेण्टी गराउनु पर्छ ।

शिक्षकका संस्थाहरूलाई विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनको रूपमा विकास गरिएको छ । शिक्षक र विद्यालय व्यवस्थापन समितिबीचको राजनीतिक असमझ्दारी बढ्दै जाँदा अयोग्य शिक्षकको सङ्ख्या वृद्धि भएको पाइन्छ । त्यसैले व्यवस्थापन समिति एवं शिक्षकलाई राजनीतिबाट अलग न गरी खराब शिक्षकलाई सुधार्न सकिँदैन । विद्यालयलाई ‘अयोग्य’ शिक्षकबाट मुक्त राख्न स्रोत व्यक्तिले अनुगमन/मूल्याङ्कन प्रभावकारी तुल्याउनुपर्ने देखिन्छ । जिल्ला शिक्षा कार्यालयमा बसेर विद्यालयको निरीक्षण गर्ने परिपाटीको पूर्ण रूपमा अन्त्य हुनुपर्छ । खराब शिक्षक विद्यालयमा नराख्न नियुक्ति दिने पक्ष, मूल्याङ्कनकर्ता, विद्यार्थी र समुदाय एवं शिक्षक कर्मचारीबीच व्यापक छलफल पछि निष्पक्ष ढङ्गले आवश्यक दण्ड दिन सक्नुपर्दछ । यसका साथै राम्रा र योग्य शिक्षकलाई पुरस्कृत गर्न पनि सक्नुपर्दछ । ६ महिनाभन्दा बढी अस्थायी नियुक्ति न गरिएमा अयोग्य शिक्षक थपिने सम्भावना कम हुन्छ ।

शिक्षक, नाटेश्वर मावि, मकवानपुर

--------------------------------

अरूले पनि सुधार्न सक्छन्

खराब शिक्षकलाई सुधारेर ‘योग्य’ वा ‘असल’ बनाउन सकिन्छ तर त्यसका लागि शिक्षकहरू स्वयंमा प्रतिबद्धता र अठोट चाहिन्छ ।

- अनिल पोख्रेल

उत्तरदायी,गुणी एवं असल विचार भएका शिक्षकहरूको फेहरिस्त लामो छ । त्यसको दाँजोमा थोरै खराब वा अयोग्य शिक्षक भइदिँदा पनि शिक्षण क्षेत्रमा यसले जटिलता थपिदिएको छ । खराब वा अयोग्य शिक्षकका कारण राम्रा वा केही गर्नु पर्दछ भन्ने भावना बोकेका सद्विचार युक्त शिक्षकलाई समेत कठिनाई भइरहेको छ । यसले शैक्षिक क्षेत्रमा असन्तुलन पैदागराइदिएको छ । शैक्षिक क्षेत्रमा सुधार र दिगो विकास को अनुभव गर्न चाहनेहरू यस्तो असन्तुलनबाट मुक्ति चाहन्छन् । खराब वा अयोग्य शिक्षकका कारण शैक्षिक क्षेत्रले आशातीत सफलता हासिल गर्न सकेको छैन ।

बानीव्यहोरा, शिक्षण विधि, विद्यार्थीसँग को अन्तरक्रिया, शैक्षिक रणनीति एवं कार्यदिशा र पेशाप्रतिको समर्पण एउटा रराम्रो शिक्षकका विशेषता मापन गर्ने कडी हुन् । यस्ता विशेषतामा जब शिक्षक चुक्छ, तब उसले विद्यार्थीबाट ‘नराम्रा’ वा ‘खराब’को उपमा प्राप्त गर्द छ । यथार्थता यही हो ।

हाम्रा शिक्षकहरू नराम्रा वा खराब हुनुमा उनीहरू स्वयं जिम्मेवार छन् । तथापि ‘राम्रा’ भन्दा ‘हाम्रा’ व्यक्ति शिक्षणमा भित्रिने क्रम नरोकिएका कारण खराब शिक्षकको आँकडा चुलिँदै गएको छ । विद्यार्थीहरू जिज्ञासु हुन्छन्, तिनले शिक्षकबाट बढीभन्दा बढी ज्ञान हासिल गर्न चाहन्छन् । तर, कतिपय ‘नराम्रा’ शिक्षक ज्ञानआर्जनप्रतिको विद्यार्थीको लालसा बुझन सक्दैनन् अनि उत्प्रेरणामार्फत उनीहरूको ज्ञानप्रतिको लालसा मेट्न नसक्दा विद्यार्थीका दृष्टिमा ‘नराम्रा’ वा ‘खराब’ कहलाइन्छन् । शिक्षकहरूले विद्यार्थीको आवश्यकता नबुझी पठनपाठनगराउँदा र विद्यार्थी जान्दैनन् भन्ने मान सिकता नत्याग्दा शिक्षक–विद्यार्थीबीच कटुता बढ्ने गरेको छ । यसबाट मनोवैज्ञानिकरूपमै विद्यार्थीमा पढाइप्रति वितृष्णा पैदा भएको छ । सार्वजनिक व्यक्तित्व भइसक्दा पनि वैयक्तिक बानीव्यहोरा अर्थात् अम्मली प्रवृत्ति हटाउन नसक्नु र विद्यार्थीकै सामुन्ने मद्यपान एवं धुम्रपान गर्नु ले शिक्षक–विद्यार्थी सम्बन्धमा दरार उत्पन्न गरेको छ ।

‘नराम्रा’ वा ‘खराब’ शिक्षकका गल्ती औंल्याइदिँदा नसुध्रेमा कानूनी रूपमा हटाउने स्पष्ट विकल्प छ तर गल्ती गर्ने लाई कारबाही न गरिएकोले विद्यालयको शैक्षिक वातावरणमा खलल पुगेको छ । खराबलाई सुधारेर ‘योग्य’ वा ‘असल’ शिक्षक बनाउन सकिन्छ तर त्यसका लागि शिक्षकहरू स्वयंमा प्रतिबद्धता र अठोटको खाँचो छ । ‘मैले जे गरे पनि मेरो जागिर ढुक्क छ’ भन्ने मनोविज्ञानले गर्दा खराब शिक्षकले गल्तीबाट उन्मुक्ति पाइरहेका छन् । यस्तो सोचाइ सरकारी विद्यालयका शिक्षकमा बढी छ । दण्डहीनताकै कारण ‘खराब’ वा ‘नराम्रा’ प्रवृत्ति बढिरहेको छ ।

शैक्षिक क्षेत्रमा ‘नराम्रा’ वा ‘खराब’ शिक्षकको हालीमुहाली भयावह हुन नदिन सरोकारवाला, विद्यालय व्यवस्थापन समिति र शैक्षिक प्रशासक सचेत हुनुपर्ने बेला आएको छ । ज्ञान बाँड्ने क्रममा विद्यार्थीलाई मान सिक र शारीरिक यातना दिने शिक्षक कदापि असल कहलाउँदैन । सिकाइ र यातनाबीच कुनै नाता छैन । उत्प्रेरक भई सिकाइको वातावरण सिर्जना गर्ने शिक्षक नै विद्यार्थीका नजरमा ‘रराम्रो’ वा ‘असल’ कहलाउँछ । यस्ता शिक्षकले मात्र विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान गरी प्रस्फुटित गराउन सक्छन् । जुनसुकै अवस्थामा पनि शिक्षकले एउटा उत्प्रेरक हुनुको विकल्प छैन ।

‘नराम्रा’ वा ‘अयोग्य’बाट ‘राम्रा’ वा ‘योग्य’मा रुपान्तरित हुन शिक्षक स्वयंले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । जबसम्म कुनै शिक्षकले आफू भित्रको कमी–कमजोरी एवं त्रुटिहरूको स्वमूल्याङ्कनका माध्यमबाट पहिचान गरी सच्चिने कोशिश गर्दैैनन् तबसम्म ‘राम्रा’ वा ‘योग्य’ शिक्षक प्राप्त गर्ने लक्ष्य साकार हुँदैन । ‘नराम्रा’ शिक्षकहरू तत्काल राम्रा शिक्षक बन्नेतर्फ अग्रसर भए सन्तुलित शैक्षिक वातावरणको परिकल्पना साकार गर्न सकिन्छ । अन्यथा, आगामी दिनमा शैक्षिक क्षेत्रले नराम्रा शिक्षककै कारण अपूरणीय क्षति एवं शैक्षिक अराजकता भोग्नुपर्नेछ । स्वच्छ एवं समृद्ध शैक्षिक वातावरण त्यतिबेला सम्भव हुनसक्छ जतिबेला हाम्रा सार्वजनिक स्कूलले पर्याप्तगतिला र योग्य शिक्षक पाउँछन् ।

इटहरी –४, सुनसरी

--------------------------------

हेडमास्टरगतिलो भए खराब सुध्रिन्छन्

- मघु राई

कोही पनि मानिस जन्मँदै खराब वा असल व्यवहार लिएर जन्मँदैन । ऊ हुर्कने वातावरण र सङ्गतले व्यक्तिलाई खराब वा असल बनाउने हो । कहिलेकाहीँ खराब मानिस पनि राम्राको सङ्गतले असल बन्न सक्छ र असल पनि खराब आचरण भएको सङ्गतमा परे खराब बन्न सक्छ । शिक्षा क्षेत्रमा प्रवेश गरेका आलाकाँचा शिक्षकहरू सर्वप्रथम हेडमास्टर वा प्रिन्सिपलको व्यक्तिगत र सामाजिक व्यवहारबाट प्रभावित हुन्छन् । हेडमास्टर मिलनसार, मेहनती र सिर्जनशील भए शिक्षकहरू पनि त्यस्तै हुने प्रयास गर्छन् । असल हेडमास्टर पाउने शिक्षकलाई भाग्यमानी नै मान्नुपर्छ । असल हेडमास्टर विना धेरै शिक्षकहरू कालान्तरमा खराब शिक्षक बन्ने धेरै सम्भावना हुन्छ । पेशाप्रति इमान दार र मेहनती हेडमास्टरले विद्यार्थीलाई छोराछोरी र आफू मातहतका शिक्षकलाई सहयोगी ठान्दछन् । विद्यार्थीको वर्तमान र भविष्य सुन्दर बनाउन चाहने हेडमास्टरले असल शिक्षकलाई प्रोत्साहित गर्छ । किनभने शिक्षकहरूको सामुहिक प्रयासले मात्र छात्रछात्राको भविष्य स्वर्णिम तुल्याउन सकिन्छ ।गतिला हेडमास्टरले खराब शिक्षकलाई सुधार्न आफूले नमुना चरित्र प्रदर्शन गर्छन् । यसका साथै हेडमास्टरले असल शिक्षकको कामको सही मूल्याङ्कन गरी पुरस्कृत गर्दा खराब शिक्षकहरूले आफू सुध्रने प्रयास गर्छन् ।

सरिता इन्द्र पूर्व प्रावि, विराटनगर

--------------------------------

सुधार्ने आफैंलाई हो; सुध्रिने आफैं हो

आफूगलत छु वा विद्यार्थीहरूमाझ् अप्रिय छु भन्ने कुरा तपाईंको मस्तिष्कले बताउँछ भने तत्काल नै आफूलाई परिवर्तन गर्ने दृढ सङ्कल्प गरिहाल्नोस् !

- युगादि लुइँटेल

‘नराम्रा’ शिक्षक सुधार्न कुनै बाह्य तत्वको भन्दा शिक्षक स्वयंको भूमिका बढी प्रभावकारी एवम् फलदायी हुन्छ । सर्वप्रथम त हरेक शिक्षकले आफू विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक वा सम्बन्धित क्षेत्रको नजरमा योग्य छु वा अयोग्य भन्ने कुरा को स्वयं मूल्याङ्कन गर्नु जरुरी हुन्छ । यसका लागि उसले विद्यार्थी, अभिभावक आदिसँग अन्तरक्रिया गरेर आफ्ना कमजोरी तथा नराम्रा पक्ष एवं बानीव्यवहारलाई औंल्याइदिन आग्रह गर्न सक्छ । उनीहरूबाट रराम्रो सुझावको अपेक्षा गर्नु र त्यसलाई कार्य रूपमा बदल्नु उसको प्रमुख दायित्व हुन्छ ।

आफूगलत छु वा विद्यार्थीहरूमाझ् अप्रिय छु भन्ने कुरा तपाईंको मस्तिष्कले बताउँछ भने तत्काल नै आफूलाई परिवर्तन गर्ने दृढ सङ्कल्प गर्नु होस् । प्रबल इच्छाको नतिजा तिलस्मी हुन्छ । आँखा बन्द गरेर अठोट गर्नु होस् कि, ‘म अपमानित, अयोग्य र अप्रिय शिक्षकबाट मायालु, सम्मानित, स्वाभिमानी, योग्य र प्रिय शिक्षक बनेर छाड्नेछु ।’ दृढ विचार सफलता प्राप्तिको मूल आधार हो । त्यसैले आफैंलाई सुधार्ने यो एउटा अचूक औषधि हो । जब तपाईं आफैंप्रति इमान्दार बनेर एउटा असल शिक्षक बन्ने अठोट गर्नु हुन्छ, तब तपाईंका सम्पूर्ण काम यसप्रति झुक्न बाध्य हुनेछन् । विस्तारै–विस्तारै तपाईंमा आफूले शिक्षक भएर निर्वाह गर्नु पर्ने दायित्व निर्वाह गर्न नसकेको यथार्थबोध हुनेछ र तपाईं आफ्नो मस्तिष्कमा नयाँ र सकारात्मक विचार हरूको स्थापना गर्दै त्यसलाई व्यवहारमा उतार्नुहुनेछ । आफूलाई बदल्न ‘सेल्फ एक्चुअलाइजेसन’ अति नै महत्वपूर्ण तत्व हो ।
कतिपय शिक्षकहरू ज्ञानको कमीले ‘नराम्रा’ मानिन्छन् भने केही चाहिँ उनीहरूको रुखो व्यवहारका कारण ‘खराब’ मानिन्छन् । तसर्थ आ–आफ्ना कमजोरीहरू आफैंले पत्ता लगाई त्यसलाई सुधार्न ‘नराम्रा’ शिक्षक स्वयं लाग्नुपर्छ । अरूले दबाब दिएर खराब शिक्षकलाई सुधार्न कठिन छ । प्रशन्न व्यक्ति जो कोहीलाई पनि मन पर्छ । त्यसैले विद्यार्थीमाझ् सदैव हँसिलो चेहरा लिएर प्रस्तुत हुनेगरौं । कक्षामा प्रवेश गर्नासाथ उल्लासमय वातावरण बनाइदिनुहोस् । सबै विद्यार्थीहरूसँग समान र प्रेमपूर्वक व्यवहार गर्ने बानी बसाल्नुहोस् । प्रत्येक विद्यार्थीका आँखामा आँखा मिलाउनुहोस् । उनीहरूको विचार सुन्न सदैव अग्रसर हुनुहोस् । विद्यार्थीहरूसँग को अन्तरक्रिया उनीहरूसँग चाँडै घुलमिल हुने प्रमुख आधार हो । समस्याको सही समाधान गर्ने लाई प्रोत्साहन र हौसला दिनुहोस् । सामूहिक कार्यमा जोड दिनुहोस् । यसो गर्नाले विद्यार्थी–विद्यार्थीमाझ् गहिरो सम्बन्ध स्थापित हुन्छ भने शिक्षकप्रति उनीहरूको सकारात्मक धारणाको विकास हुन्छ । सकेसम्म आफूले जानेका र सुनेका रोचक घटनाहरूको वर्णन गरिदिनुहोस् । यस्ता कार्यले आफूलाई विद्यार्थीमाझ् रराम्रो र लोकप्रिय बनाउन मद्दत पुग्छ ।

केही विद्यार्थी पढाएको नबुझेपछि शिक्षकलाई ‘नरराम्रो’ ठान्छन् । त्यस्ता शिक्षकले पनि आफ्नो कमजोरी महसूस गरी विषयवस्तुको बढी ज्ञान लिने र नयाँ शिक्षण विधि प्रयोग गर्ने गर्नु पर्दछ । आफूले पढाउने विषयवस्तुमा शिक्षकले पहिल्यै तयारी गर्नु पर्दछ ।

छात्रछात्रालाई नयाँ कुरा खोज्न प्रोत्साहन गर्नु होस् । उनीहरू जबसम्म बुझदैनन्, हाँसी–हाँसी व्याख्या गरिरहनु होस् । विभिन्न ढङ्गबाट विश्लेषण गरिदिनुहोस् । उनीहरूसँग कत्ति पनि नझ्र्किनुहोस् । मायालु भावले वर्णन गर्नाले जति नै अप्ठ्यारा कुरा पनि सरल लाग्नेछन् । परिणामतः विद्यार्थीहरूले तपाईंलाई रराम्रो शिक्षक मान्न थाल्नेछन् ।

शिक्षकको महत्वपूर्णगुण भनेको विद्यार्थीको मनोभावना बुझनु हो । उनीहरूको अवस्थाअनुरुप व्यवहार गर्नु पर्दछ । उनीहरू अत्यन्त गम्भीर भएर कुनै कुरा को अवलोकन, खोज वा समाधान गरिरहेका छन् भने त्यस्तो बेला उनीहरूलाई व्यङ्ग्य गर्नु हुँदैन । विद्यार्थीहरू रमाइरहेको क्षणमा शिक्षक पनि उनीहरूसँगै रमाइदिनु लाभदायक हुन्छ । विद्यार्थीका हरेक प्रश्नलाई गम्भीर भावले लिनुपर्छ ।

हरेक शिक्षकले विद्यार्थीसामु यस्तै तरिकाबाट प्रस्तुत भएमा कुनै पनि शिक्षक नरराम्रो हुँदैन । सबै शिक्षक राम्रा हुन्छन् । अनि सबै विद्यालय र सबै विद्यार्थी राम्रा हुन्छन् । फलतः रराम्रो परिवार, समाज अनि राष्ट्र रराम्रो हुन्छ अनि यो सारा विश्व रराम्रो हुन्छ । तसर्थ यो विश्वलाई रराम्रो पार्ने अभिभारा बोकेका सम्पूर्ण शिक्षकले आफू ‘रराम्रो र नरराम्रो’को स्वमूल्याङ्कन गरी सुधारतर्फ लाग्नु आजको आवश्यकता हो । त्यसैले परिवर्तनको अपेक्षा राख्नुहुन्छ भने आफैंबाट शुरु गर्नु होस् ।

नराम्रा शिक्षकलाई सुधार्न शैक्षिक , सामाजिक, प्रशासनिक र राजनीतिक क्षेत्रबाट पनि विभिन्न प्रयासहरू थाल्नु जरुरी छ । विगतमा नराम्रा शिक्षकका रूपमागनिएका शिक्षक वर्तमान मा सुध्रिएको पाइएमा उनीहरूलाई पुरस्कृत, सम्मानित र अभिनन्दित गर्नु पर्दछ । यसो गर्नाले नराम्रा शिक्षक राम्रा बन्न प्रेरित हुनेछन् । राजनीतिक क्षेत्रले पनि त्यस्ता शिक्षकलाई सहयोग गर्नु पर्छ । तर, सुधार्ने नाममा त्यस्ता शिक्षकहरू माथि अनावश्यक दबाब दिइनुहुँदैन । उनीहरूलाई अन्य ठाउँमा सरुवा गराउने, विभिन्न लाञ्छना लगाउने गरे मा तिनमा हीनताबोध उत्पन्न हुन्छ । दुः ख दिएर सुधार गर्न खोजियो भने खराब शिक्षकले कहिल्यै आफूलाई सही ढङ्गबाट रुपान्तरित गर्न सक्दैन । सकारात्मक व्यवहार र सोचद्वारा नै समस्याको समाधान हुन्छ । नराम्रा शिक्षकलाई पूर्ण रूपमा रराम्रोमा बदल्ने हो भने प्रत्येक शिक्षक आफैंले परिवर्तन थाल्नु जरुरी छ । आज र अहिलेबाटै नरराम्रोबाट रराम्रो, अयोग्यबाट सुयोग्य र खराबबाट असल शिक्षक बन्नेतर्फ अग्रसर बनौं, बनाऔं र बन्न प्रेरितगरौं ।               

बलखु–६, ओखलढुङ्गा

--------------------------------

भविष्य जोखिममा पर्ने चिन्ता

- अम्बरराज ढकाल

खराब शिक्षकले विद्यार्थीसँग जिम्मेवार र परिपक्व व्यवहार गर्न कदापि सक्दैन । कतिपय खराब शिक्षकले त छात्रछात्रालाई असल शिष्यका दृष्टिले नहेरी यौनशोषण गर्ने कुचेष्टा समेत गरेको भेटिन्छ । खराब शिक्षकले विद्यार्थीलाई अश्लीलगालीगलौज गर्ने , पिट्ने, धम्की दिने, विद्यालयभित्रै खैनी, चुरोट खाने, रक्सी पिएर कक्षाकोठामा पढाउन जाने जस्ता अमर्यादित क्रियाकलाप गरेको पाइन्छ । खराब शिक्षकले विद्यालयको समग्र शैक्षिक वातावरण धमिल्याउने काम गर्छ । पठनपाठन अनियमित हुन्छ । पढाइको स्तर खस्किन्छ । कोर्स नै पूरा हुनसक्दैन । यस्ता शिक्षकको दबदबा बढ्न थाल्दा राम्रा, योग्य र दक्ष शिक्षकहरू समेत पेशाबाट पलायन हुनसक्ने खतरा रहन्छ ।

खराब शिक्षक सङ्कुचित धारणालेग्रसित हुन्छ । आफूलाई ‘हिटलर’ ठान्ने शिक्षकले अल्पसङ्ख्यक अपाङ्ग, दलित, जनजाति जस्ता विशेष समूहका छात्रछात्रालाई शैक्षिक सहयोग प्रदान गर्न सक्दैन । छात्रछात्रालाई सामूहिक सिकाइका लागि पृष्ठपोषण, सबलीकरण, प्रशंसा र प्रोत्साहन दिन सक्दैन । उसले विद्यार्थीले सानातिना गल्ती गरे मा धेरै आलोचना गर्छ, छात्र र छात्रामा विभेद सिर्जना गरी राम्रा विद्यार्थी र नराम्रा विद्यार्थी भनी पक्षपात गर्छ । खराब शिक्षकका क्रियाकलाप ले विद्यार्थीको भविष्य नै जोखिममा पार्ने भएको ले तिनलाई समयमै सुधार गर्न विद्यालय, अभिभावक र छात्रछात्रासमेत लाग्नुपर्ने देखिन्छ ।    ७
महाँकाल जनजागृत मावि,गोल्फुटार, काठमाडौं

--------------------------------

तालिम उपचार होइन

- श्यामप्रसाद लामिछाने

विद्यालयमा ‘नराम्रा/अयोग्य’ शिक्षकको प्रवेश वा अयोग्यताको सिर्जना राज्यको शिक्षा नीति, शिक्षक नियुक्ति प्रक्रिया र व्यवस्थापन समितिको भूमिकाले निर्धारण गर्द छ । शिक्षा नीति, नियमको इमान दारीपूर्वक कार्यान्वयनगराइएको खण्डमा हाम्रा विद्यालयहरूलाई ‘नराम्रा’ शिक्षकहरूको प्रभावबाट मुक्त गर्न सकिन्छ । विषयवस्तुमा ‘अब्बल’ व्यक्तिलाई शिक्षण पेशामा आकर्षित गर्न योग्यता र दक्षताको आधारमा सेवा प्रवेशको अवसर तथा उचित तलब सुविधा सुनिश्चित गर्नु पर्छ । पेशामा प्रवेश गरिसकेका शिक्षकका लागि अध्ययन, अनुसन्धान र तालिमका अवसरहरू दिँदा र योगदानको आधारमा बढुवाको व्यवस्था गर्न सक्दा अयोग्य शिक्षकको योग्यता बढाउन सकिन्छ । स्कूल निरीक्षण/सुपरीवेक्षण प्रक्रियालाई प्रभावकारी नतुल्याई अनि समुदायलाई ‘साक्षी’ र ‘मालिक’भन्दा ‘सहयोगी’को रूपमा विकास न गरी स्कूल सुधार हुनसक्दैन । ‘ गरिखाने’ प्रअको व्यवस्था वास्तविकरूपमै गर्नु आजको आवश्यकता हो । विद्यालयमा ‘नराम्रा/अयोग्य’ शिक्षकको उपस्थितिको उपचार शिक्षकको शैक्षिक योग्यता र परम्परागत रूपमा दिँदै आएको तालिमबाट गर्न सकिँदैन । उनीहरूमा रहेको मौजुदा ज्ञान र सीपलाई कक्षाकोठामा इमान दारीपूर्वक प्रयोग गर्न उत्प्रेरित गर्न जरुरी छ ।

भीमोदय उमावि, गोरखा

--------------------------------

खराबलाई सुधार्ने पाँच तरिका

- माधवप्रसाद अधिकारी

शिक्षक र नराम्रा शब्द सिद्धान्ततः आपसमा मेल नखाने कुरा हुन् तर नराम्रा शिक्षकहरू पनि छन् । यो तीतो यथार्थ हो । राम्रा र नराम्रा भन्ने ठम्याइ व्यक्ति र परिस्थिति अनुसार भिन्नाभिन्नै हुन्छन् । मूल्याङ्कनकर्ताको चेतनाको उचाइ फरक–फरक हुने भएको ले विश्लेषण गरेर निचोड निकाल्ने कुरा पनि सापेक्ष हुन्छ ।

‘नराम्रा’ शिक्षकलाई सुधार्ने तरिका
(क)    आत्मानुशासन, आत्मदर्शन र प्रवृत्ति व्यक्तिका मौलिक पक्षहरू हुन् । जुन व्यक्ति आफ्नागलत र सही पक्षलाई नियाल्न सक्दछ त्यसले आफ्ना नराम्रा पक्षलाई असलगुणहरूमार्फत विस्थापन गर्द छ । यसका निम्ति सरोकार–वालाहरूले अनुकूल परिस्थितिको सिर्जना गरिदिनुपर्दछ ।
(ख)    आत्ममूल्याङ्कनको प्रविधिः पेशासँग सम्बन्धित अत्यन्त संवेदनशील प्रश्नावली रहेको आत्ममूल्याङ्कन फारम विद्यालयका प्रत्येक शिक्षकलाई उपलब्ध गराउने । उचित निर्देशनपछि पर्याप्त समय दिएर सो फारम भर्न लगाउने र शिक्षक परिवारसामु स्वयम्लाई पढ्न लगाउने । यस्तो व्यवस्थाले एउटा मार्मिक परिस्थिति पैदा हुन्छ जसबाट नराम्रा शिक्षक क्रमशः राम्रामा परिणत हुन थाल्दछन् ।
(ग)    सम्बन्धित विषयको सिकाइ उपलब्धि, नियमितता, परिश्रम, विद्यार्थीहरूको शिक्षकप्रतिको अनुभूतिका आधारमा दण्ड–पुरस्कार को नीति अवलम्बन गर्दा खराब शिक्षक सुध्रिन सक्दछन् ।
(घ)    सरुवा प्रावधानः नराम्रा शिक्षकलाई राम्रा शिक्षक र रराम्रो शैक्षिक वातावरण भएका विद्यालयहरूमा सरुवा गरिदिँदा पनि उनीहरूमा सुधार आउन सक्दछ ।
(ङ)    आ–आफ्नो कार्य–सम्पादनका आधारमा जवाफदेही वहन गर्नु पर्ने, गर्न नसके सार्वजनिक रूपमा आत्मालोचित हुने र कहिल्यै सुधार नभएमा सेवा त्याग गर्नु पर्ने प्रणाली विकसित गर्न सके नराम्रा शिक्षक विद्यालय आउन छाड्छन् ।              ७

प्रअ, इन्द्रेश्वर मावि, पनौती

--------------------------------

अवकाशः एउटा उपाय

- अञ्जना न्यौपाने

खराब वा अयोग्य व्यक्तिलाई प्रभावकारी तरिका अपनाएर शिक्षण पेशा प्रवेशमै रोक लगाउनुपर्छ । यसनिम्ति शिक्षण अनुमतिपत्र दिने चरणमै छनोट गर्न थाल्नुपर्छ । जहाँसम्म हाल कार्यरत नराम्रा शिक्षकहरूको सवाल छ; स्कूल, सरकार र अभिभावक तीनवटै पक्षले उपयुक्त वातावरणको निर्माण गरेर त्यस्ता शिक्षकलाई सुध्रिने मौका दिनुपर्छ । त्यसपछि पनि नसुध्रिनेलाई अवकाश दिइहाल्नुपर्छ ।

काठमाडौं

--------------------------------

पुरस्कार ले सुधार्न सक्छ

- सन्दिप पन्थी

समाज मा धेरै प्रकारका नराम्रा वा खराब शिक्षकहरू हुन्छन् र उनीहरूलाई सुधार्ने माध्यम वा उपायहरू पनि अनेक हुन्छन् । शिक्षकलाई प्रशासनिक कारबाहीस्वरुप तह घटुवा गर्ने , तलब रोक्का गर्ने जस्ता कारबाहीहरू गरेर सुधार्ने कोशिश समाज मा गरिन्छ तर यो उपाय चिरस्थायी हुन सक्दैन । यस्तो सजायले केही सुधार भए पनि यसले शिक्षक तथा विद्यार्थी र समाज बीचमा वैमनस्यता सिर्जना गर्छ । अनि शैक्षिक वातावरण झनै कमजोर बन्न पुग्छ । सबै मिलेर आत्मीय व्यवहारका साथ खराब शिक्षकलाई परिवर्तन गर्ने मार्ग खोलिदिनुपर्छ । यो नराम्रा शिक्षक परिवर्तन गर्ने सजिलो उपाय हो । यसबाट स्वयम् शिक्षकमा पनि ‘म यति सजिलै परिवर्तन हुन सक्छु भने किन परिवर्तन नहुने ?’ भन्ने सोचाइको विकास हुन्छ । फलतः ऊ परिवर्तन हुन्छ । शिक्षकहरू आपसमा भेला भएर अन्तरक्रिया गर्न सक्छन् । यसबाट शिक्षकहरूको आत्मविश्वास र क्षमता वृद्धि हुन्छ । तर, शिक्षकलाई सुधार्ने मुख्य उपाय तालिम हो । शिक्षक, विद्यार्थी तथा अभिभावकहरूबीचको नियमित छलफल बाट शिक्षकले धेरै कुरा सिक्न अवसर पाउँछन् र आफूलाई बदल्न सक्छन् । शिक्षकलाई रराम्रो बनाउने वा नराम्रा शिक्षकलाई परिवर्तन गर्ने अर्को उपाय हो– सम्मान र पुरस्कार । नरराम्रो वा रराम्रो जेभए पनि यसले खराब शिक्षकमा आत्मग्लानिको भाव हराउँछ र सकारात्मक सोचको विकास हुन्छ । त्यसपछि निश्चित छ, उनीहरूले आफूलाई परिवर्तन गर्छन् ।

अर्घाखाँची

--------------------------------

अयोग्य गाउँमा, खराब शहरमा

- खेमचन्द्र अधिकारी

शिक्षक सदाचारी नै हुन्छ भन्ने छैन । दूराचारी शिक्षकका डरलाग्दा र सुन्दै अपत्यारिला कर्तुत अखबारमा निस्कने गर्द छन् । जब विद्यार्थी, अभिभावक सचेत हुन्छन् तब खराब आचरणका शिक्षकको कर्तुत पर्दाफास हुन्छ । अयोग्य शिक्षकको ठूलो सङ्ख्या गाउँमा र खराब शिक्षकको उल्लेख्य मात्रा शहरमा छ । यस्ता शिक्षकका कारण एउटा स्कूलको मात्रै होइन, शैक्षिक क्षेत्रकै बद्नाम हुने गरेको छ ।

विद्यालयलाई अयोग्य र खराब शिक्षकबाट मुक्ति दिन विद्यार्थी र अभिभावक बेलैमा सचेत हुनुपर्छ । विद्यालयमा हालीमुहाली गर्न चाहनेले आफ्ना नातेदार वा आफ्नो कुरा नकाट्नेलाई शिक्षक नियुक्त गर्ने अहिलेको कुप्रथालाई त्याग्नुपर्छ

त्रिविवि कीर्तिपुर

--------------------------------

सुधार्न तालिम,नसुध्रिए अवकाश

- सञ्जय पौडेल

विद्यालयलाई ‘नराम्रा’ वा ‘अयोग्य’ शिक्षकहरूबाट मुक्त गर्नको लागि सर्वप्रथम शिक्षक, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकले संयुक्त प्रयास थाल्नुपर्छ । विद्यालयमा खराब आचरण गर्ने शिक्षकहरूलाई दण्डित न गरे सम्म यसबाट मुक्ति पाउन गाह्रो छ । अयोग्य शिक्षकलाई कि त तालिमको व्यवस्था गरेर योग्य बनाउन सक्नुपर्छ, अन्यथा उचित क्षतिपूर्ति दिएर अवकाश दिनुपर्छ । विद्यालयलाई स्थायी रूपमा खराब शिक्षकबाट मुक्ति दिलाउनका लागि शिक्षक नियुक्ति निष्पक्ष हुनुपर्छ । पढाइरहेका शिक्षक पनि पढाउन योग्य छन् कि छैनन् भनेर मापन गर्ने संयन्त्रको आवश्यकता छ । यस्तो संयन्त्रले अयोग्य शिक्षकको पहिचान गरी त्यसको बदलामा योग्य शिक्षकलाई मौका दिने वातावरण तयार गर्न सक्छ ।

सम्बन्धित विषयमा दक्षता भएकाहरूलाई मात्र पढाउन दिएमा अयोग्यले अध्यापन गर्न पाउँदैनन् । खराब शिक्षकलाई नियन्त्रण गर्न शिक्षक आचारसंहिता लागू गर्नु भरपर्दो उपाय हुनसक्छ । यसका निम्ति शिक्षकका पेशागत संघ/संस्थाको सक्रियता जरुरी हुन्छ । विद्यार्थीहरूले पनि शिक्षकका कमी–कमजोरी र नकारात्मक कुरा लाई आफ्ना अभिभावकसँग राख्ने बानी बसाल्नुपर्दछ । र, खराब शिक्षक माथि अभिभावकको दबाब पर्न थालेमा तिनले नकारात्मक क्रियाकलाप त्याग्ने आशा राख्न सकिन्छ । अतः स्थानीय भन्दैमा कम योग्यता भएकालाई नियुक्ति गर्ने परम्परा बन्द गरे मा खराब शिक्षकका कारण उत्पन्न समस्या घट्छ ।

सिंघिया–६, लालपुर, सुनसरी

--------------------------------

वातावरणले बिगार्छ

उद्धव घिमिरे

अयोग्य शिक्षकलाई सुधार गरी दक्ष र योग्य शिक्षकमा परिणत गर्न सकिन्छ । शिक्षक आफैँमा खराब हुँदैन, खराब त वातावरणले बनाउने हो । विद्यालयको शैक्षिक व्यवस्थापन, शिक्षक र अभिभावक संघ, स्रोत केन्द्रका शैक्षिक गतिविधि आदिबाट शिक्षक प्रभावित हुन्छ । यदि शिक्षक तालिमप्राप्त छैन भने उसका लागि पेशागत तालिमको व्यवस्था हुनुपर्दछ ।

प्रअ, जनप्रेमी निमावि, उदयपुर

--------------------------------

‘खराब’ कहलिन को पो चाहन्छ र !

समाज मा श्रम, समय र सिर्जनाको पहिचान, सम्मान र प्रयोग गर्ने / गराउने कार्यमा सचेत शिक्षकहरू अघि बढेमा खराब शिक्षक खोज्दा पनि पाइने छैन ।

भोलाप्रसाद दाहाल

खराब शिक्षकलाई असल बनाउन चार सीपमा ध्यान दिनुपर्छः १. शिक्षकको पेशागत निपुणता, २. शिक्षण–सिकाइ क्रियाकलाप मा दक्षता, ३. व्यक्तिगत क्षमता र ४. सामाजिक सीप । पेशागत निपुणता शिक्षकले कलेज तथा विश्वविद्यालयको अध्ययन तथा विभिन्न तालिमबाट प्राप्त गर्न सक्छ । स्वाध्यायन र विषयवस्तुको निरन्तर खोजले शिक्षकलाई अद्यावधिक बनाइराख्छ । हरेक विद्यार्थीको पहिचान, पाठयोजना तर्जुमा, शैक्षिक सामग्री निर्माण र प्रयोग, सिकाइ प्रक्रिया तथा उपलब्धि मापनले शिक्षकमा पेशागत दक्षता अभिवृद्धि हुन्छ । शिक्षकको व्यक्तिगत क्षमता, उसको नेतृत्व, परिपक्वता र हरेक विद्यार्थीलाई चिन्ने र सोहीअनुरुप सहयोग गर्ने कुरा मा निर्भर गर्द छ । स्व–अध्ययन, तलब भत्ता, पेशागत सुरक्षा, लुवाईखुवाई, वृत्ति–विकास का अवसर, आचरण र व्यवहारमा शिक्षकको व्यक्तिगत क्षमता आधारित हुन्छ । यो कुनै तालिम वा कलेजबाट प्राप्त गर्न सकिँदैन । शिक्षकको सामाजिक सीप चाहिँ उसले सरोकारवालासँग को सम्बन्ध, सञ्चारसीप समन्वय, सहकार्य आदिले निर्धारण गर्छ । शिक्षकको सामाजिक सीपले विद्यार्थीलाई असल नागरिक बन्न सघाउँछ । शिक्षकले बालबालिकालाई शिक्षण सिकाइ क्रियाकलाप को साझेदारको रूपमा सहजीकरण गर्ने र विद्यालय तथा कक्षाकोठाका गतिविधिमा तिनलाई सहभागी गराउनु पर्दछ ।

सरकारी दरबन्दीमा रहेका सबै शिक्षक तालिमप्राप्त छैनन् । तालिमप्राप्त शिक्षकले पनि सिकेको कुरा कक्षाकोठामा प्रयोग गर्दैनन् । सबैका लागि शिक्षा को पछिल्लो मूल्याङ्कनले शिक्षक तालिम कक्षाकोठामा नपुग्नु गुणस्तरीय शिक्षाको सबभन्दा ठूलो चुनौती भएको देखाएको छ । बालमैत्री शिक्षण विधि कक्षाकोठामा प्रयोग गर्ने र त्यसबाट बालबालिकाको सिकाइमा आएको परिवर्तनलाई अभिलेखीकरण गर्न सक्षम शिक्षक आजको खाँचो हो ।

‘शिक्षकहरू बढी राजनीति गर्छन्, पढाउँदैनन्’ भन्ने आरोपको सन्दर्भमा, शिक्षकका संघ, सङ्गठन र युनियनले शिक्षकको हक–अधिकारका अतिरिक्त उनीहरूको पेशागत दक्षता अभिवृद्धि र कर्तव्य निर्वाहमा समेत सचेत गराउन सकेमा शिक्षण पेशालाई मर्यादित र खराब शिक्षकलाई असल बनाउन सकिन्छ कि !

संविधान निर्माण गर्ने जिम्मा पाएका धेरै सभासद् विगतमा शिक्षक थिए । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, गाउँ शिक्षा समिति, जिल्ला शिक्षा समिति, शैक्षिक जनशक्ति विकास परिषद् आदिमा कानूनतः शिक्षक प्रतिनिधि वा शिक्षक युनियनको प्रतिनिधित्व छ । तर, यी समितिहरूमा शिक्षकको प्रतिनिधित्व गहनाको रूपमा होइन विषयगत, संस्थागत र नियमित हुनु आवश्यक छ । असल शिक्षकले विद्यालयको मात्र होइन, समाज रुपान्तरणकै अगुवाई गरिरहेको हुन्छ ।
मेरो अनुभवमा, हरेक शिक्षकले आफ्नो पेशाका बारेमा मौलिक दृष्टिकोण बनाउनुपर्छ । म अरू शिक्षकभन्दा कसरी केमा फरक छु वा हुन्छु भन्ने एउटा निश्चित लक्ष्य लिएर आफूलाई परिवर्तन गर्नतिर लाग्नुपर्छ । निरन्तर अध्ययन शिक्षकमा नभई नहुनेगुण हो ।

असल शिक्षकका विशेषता
१.    विद्यार्थीको वर्ण, भाषा, भेष, जाति, लिङ्ग विशेष आवश्यकता, फरक क्षमताको पहिचान र सम्मान गर्दै प्रभावकारी, मायालु, समतामूलक र सहभागितात्मक सिकाइको अभ्यास गर्ने ।
२.    शिक्षक एउटा असल विद्यार्थी अनि पथप्रदर्शक हो । यसका लागि नयाँ ज्ञान, सीप, अवधारणा र अनुभवको निरन्तर खोजी गरी प्रयोग गरिरहने ।
३.    राष्ट्रिय शिक्षा नीति र पाठ्यक्रमका आधारमा स्थानीय परिवेश अनुसार शिक्षण सिकाइ क्रियाकलाप को पाठ्यक्रम निर्धारण, शिक्षण विधि सामग्रीको विकास र प्रयोगमा लागिरहने । सबै विद्यार्थीमा जिज्ञासा जगाउन, सिकाइमा सहभागिता बढाउन र अपेक्षित सिकाइ उपलब्धि हासिल गराउन शिक्षण सिकाइ निर्देशन र सिद्धान्तको अभ्यास , कार्यान्वयन र त्यसको प्रभावकारिताको अनुगमन तथा मूल्याङ्कन गरिरहने ।
४.    स्तरीय सिकाइ शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरक्रियाबाट मात्र सम्भव छ । शिक्षण सिकाइ कक्षाकोठाभित्र मात्र सीमित छैन । विद्यालय परिसर र समाज मा पनि बालबालिकाले निरन्तर सिकिरहेका हुन्छन् । अतः शिक्षकले विद्यार्थी, अभिभावक, समुदाय, स्थानीय संघसंस्था र सरकारी निकायसँग सिकाइ र शिक्षण क्रियाकलाप मा सहकार्य र साझेदारी गर्नु पर्छ ।
५.    शिक्षण पेशालाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन यसका मूल्य, मान्यता, नीति, सिद्धान्त र कानूनी दायित्वको प्रचारप्रसार र अभ्यास मा ध्यान दिने ।

शिक्षक परिवर्तनको बाहक हो । समाज रुपान्तरणको अगुवा हो । विद्यार्थीलाई कुशल प्रश्नकर्ता बनाउन उत्प्रेरित गर्ने सहजकर्ता हो । विद्यालय लोकतन्त्रको अभ्यास गर्ने थलो हो । समाज का विद्यमान संरचना, विधि, प्रक्रिया र परम्परा माथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी समाज रुपान्तरणमा योगदान दिने नागरिक तयार गर्न शिक्षकको बोली र व्यवहारबीच तालमेल आवश्यक छ । समाज मा श्रम, समय र सिर्जनाको पहिचान, सम्मान र प्रयोग गर्ने / गराउने कार्यमा शिक्षक अघि बढेमा खराब शिक्षक खोज्दा पनि पाइने छैन । आखिर खराब बन्न र बनाउन कोही पनि इच्छुक र तत्पर हुँदैन । त्यसैले आजैबाट असल शिक्षक बन्ने प्रयासगरौं ।

commercial commercial commercial commercial