महिला प्रअ ‘जति भेटें, सफल भेटें’

स्कूलको स्तरोन्नतिका लागि यति प्रतिबद्ध, ‘बोल्ड’ र निडर महिला मैले देखेकै थिइनँ । एक पटक त दलका कार्यकर्ताले जाँच नै हुन दिएनन् रे । तर पनि उहाँ अविचलित भएर जाँचबाट मात्र नयाँ शिक्षक राख्ने भनेर अड्डी कसेर बस्नुभएछ ।

शिक्षा मन्त्रालयको योजना महाशाखामा पहिले शाखा अधिकृत र पछि उपसचिवको हैसियतमा करिब १० वर्ष काम गरे पछि मन्त्रालयले मलाई पहिलो पटक २०६१ माघमा जिल्ला शिक्षा अधिकारी बनाएर भक्तपुर पठायो । करिब दुई वर्ष त्यहाँ काम गर्दा मलाई सबैभन्दा प्रभाव महिला ‘हेड टिचर’ले पारेका थिए । त्यतिबेला भक्तपुरमा चारवटा हाईस्कूलको नेतृत्व महिला शिक्षकको हातमा थियो । संयोगवश चारवटै स्कूलको पढाइको स्तर औसत सरकारी स्कूलको भन्दा निकै रराम्रो थियो ।

गणेश माविकी प्रअ रञ्जनादेवी प्रधानाङ्गका आफ्नै विशेषताहरू रहेछन् । शैक्षिक योग्यताका हिसाबले निम्नमाध्यमिक तहकी भए पनि उहाँले मावि राम्ररी चलाउनुभएको थियो । म गएको दुई महिनापछि एसएलसीको परीक्षा आयो । रञ्जना मिसको स्कूलमा पनि परीक्षा केन्द्र थियो । उहाँले आफ्नै प्रयत्न र पहलमा परीक्षा हलमा सीसी टिभी जडान गर्नु भएछ । सीसी टिभी भएपछि आफ्नै कार्यकक्षबाट परीक्षामा के भइरहेको छ भनेर प्रत्यक्ष रूपमा देख्न र सम्भावित अनियमितता रोकेर परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने उहाँको सोचाइ रहेछ । निरीक्षणमा जाँदा मैले सोधेँ, “तपाईंले किन सीसी टिभी राख्नुभा’को ?” उहाँले भन्नुभयो, “जिल्लाबाट तपाईंहरू आउँदा तगार्डले राम्रै गर्लान्, बाहिरबाट कोही पनि निरीक्षक नआएको बेलामा पनि उनीहरूले उत्तिकै रराम्रो तरिकाले कामगरुन् र परीक्षालाई परीक्षाकै स्तर मा सम्पन्न होस् भनेर यस्तो गरिएको हो ।” परीक्षालाई स्वस्थ र मर्यादित बनाउने उहाँको कटिबद्धता देखेर म असाध्यै प्रभावित भएँ । देशका सबै स्कूलमा यस्तै विचार बोकेका र यति नै प्रतिबद्ध प्रअ भए हराम्रो शिक्षाको स्तर कति रराम्रो हुन्थ्यो होला भनेर मनमनै कल्पिएँ पनि ।

एसएलसीको परीक्षा सकियो । परीक्षाको कापी बुझएपछि केन्द्राध्यक्षको काम पनि सकियो । परीक्षाको बारेमा अरू कुनै पनि प्रतिवेदन तयार गर्न लगाउने न परम्परा छ, न त पद्धति नै । तर उहाँले त परीक्षाको प्रश्नपत्रमा रहेका त्रुटि देखि परीक्षा सञ्चालनको सबल र सुधार गर्नु पर्ने पक्षहरूसम्मलाई समेटेर तस्बिरहरूसहितको व्यवस्थित रिपोर्ट नै तयार गरेर दिनुभयो । त्यो देख्दा म छक्क परेँ । आफ्नो प्रतिवेदनलाई शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयले कति ध्यान दिन्छन् भन्ने पर्वाह न गरिकन आफ्नो जिम्मेवारी निर्वाह गर्ने उहाँको मान्यता रहेछ । त्यसले उहाँमा अन्तर्निहित सकारात्मक पक्ष मात्र उजागर गर्दैन, व्यवस्थित र वैज्ञानिक पद्धतिको स्थापनाप्रतिकोे विश्वासलाई पनि प्रतिबिम्बित गर्छ ।

म भक्तपुर गएको केही समयपछि शान्ति निकेतन माविकी महिला प्रधानाध्यापकले अवकाश लिनुभयो । सो स्थानमा महिला नै (मिनाक्षी प्रजापति) आउनुुभयो । सूर्य विनायक भन्दा उत्तरतिर हनुमन्ते खोला नजिकै रहेको सो स्कूलमा वरिपरिकागलौँचा कारखानामा र अन्यत्र काम गर्ने मजदुरका केटाकेटीको बाहुल्य थियो । पहिले त ती केटाकेटीलाई स्कूलमा ल्याउनै कठिन थियो । स्कूलमा शुल्क तिर्नु नपर्ने भए पनि केटाकेटीको लागि कापी, कलम, किताबको व्यवस्था समेत तिनका अभिभावकले गर्न सक्दैनथे । उहाँ मजदुर बसेको कोठाकोठामा गएर सम्झाइबुझाइ गरेर ‘ल यति म व्यवस्था गर्छु, यति तपाईं गर्नु होस्’ भनेर तिनका केटाकेटी स्कूलमा ल्याउनुहुँदोरहेछ । कतिसम्म भने आफ्ना विद्यार्थीले दाँत माझेर आएनन् भने त्यसको कारण पत्ता लगाएर उहाँले कतिपयलाई त दन्तमञ्जनको पनि व्यवस्था गरिदिनुहुन्थ्यो । यदि कुनै बच्चा लगातार अनुपस्थित भयो भने उसको अभिभावकलाई आफैं भेट्न जानुहुन्थ्यो र स्कूल नआउनुको कारण पत्ता लगाई त्यसको निराकरण गरेर भोलिपल्ट देखि स्कूल आउने बनाउनुहुन्थ्यो । उहाँमा गरिब र मजदुरका छोराछोरीको पढाइबारे गहिरो चासो र चिन्ता रहेको मैले पाएँ ।

कन्या मावि भक्तपुरकै धेरै पुरानो स्कूल रहेछ । पहिले ख्याति कमाएको त्यो स्कूलको स्तर पछि आएर यति बिग्रिएछ कि एसएलसी परीक्षाको परिणाम झण्डै शून्यमा झ्रेको रहेछ । त्यति खराब अवस्थामा अम्बिका मान न्धरले त्यो स्कूलको नेतृत्व लिनुभयो । स्तर खस्कँदै गएपछि विद्यार्थी सङ्ख्या पनि घट्दै जानु स्वाभाविक थियो । उहाँ हेडटिचर भएको वर्ष कक्षा १० मा मात्र १२ जना विद्यार्थी थिए । त्यस्तो स्कूललाई कसरी रराम्रो बनाउने ? स्कूलमा सुधार आएको छ भन्ने कुरा सबैभन्दा छिटो देखि ने र प्रचार गर्न सजिलो त एसएलसीको नतिजाबाट नै हो । त्यसैले, उहाँ त्यो वर्ष कक्षा १० मा रहेका सबै १२ जनालाई एसएलसी उत्तीर्ण गराउने अठोट गरेर उनीहरूको पढाइ रराम्रो बनाउने काममा लाग्नुभयो । त्यसमा उहाँ सफल हुनुभयो । त्यसले नयाँ आशा र उमङ्ग जगायो । गरे सकिँदोरहेछ भन्ने आत्मविश्वास पलायो ।

त्यसपछि अम्बिका मिसले अर्को साहसी र महत्वपूर्ण कदम चाल्नुभयो । नामै ‘कन्या मावि’ रहेको स्कूलमा केटा पनि भर्ना गर्ने प्रस्ताव लिएर उहाँ जिल्ला शिक्षा कार्यालयमा आउनुभयो । मैले आफ्नो तर्फबाट सक्ने जति सहयोग गरे‌ । अन्ततः उहाँको स्कूलले केटा पनि भर्ना गर्ने स्वीकृति पायो । तीन चार वर्षको अन्तरालमा स्कूलले एउटा ठूलो फड्को मार्न सफल भएको छ । यसले के कुरा स्पष्ट पारेको छ भने प्रतिबद्धता र लगनशीलता हुने हो भने हाम्रा सरकारी विद्यालयहरूको गुणस्तर मा केही वर्षमै धेरै सुधार ल्याउन सकिन्छ ।


सबै स्कूलको नेतृत्व महिलाको हातमा सुम्पनुपर्छ भन्ने होइन । तर महिला भएकै कारण कसैलाई वञ्चित गरिनुहुन्न र पुरुषसरह महिलाहरुलाई नेतृत्व गर्ने अवसर चाहिं दिइनै पर्छ भन्ने जिकिर हो ।

महिलाको नेतृत्वमा चलेको अर्को स्कूल थियो, कमलविनायकको सरस्वती विद्या गृह । त्यसको प्रधानाध्यापक चन्द्रकला मास्के हुनुहुन्थ्यो । नरम स्वभावकी मास्केका अगाडि परेपछि जति रिसाएको मान्छे पनि शान्त हुन्थ्यो । सहकर्मी शिक्षकहरूसँग घुलमिल हुने उहाँको विशेषता नै थियो । सानोभन्दा सानो समस्यामा पनि सबै शिक्षकहरूसँग छलफल गरेर निराकरण गर्ने गर्नु हुन्थ्यो । स्कूलको पठनपाठन कसरी रराम्रो बनाउँदै लैजाने भन्ने कुरा बाट उहाँका सबै गतिविधि निर्देशित हुन्थे । परिणामस्वरुप स्कूलको स्तर तुलनात्मक रूपमा राम्रो थियो । पढाइ रराम्रो भएकै कारण नगरकोटको डाँडा देखि केटाकेटीहरू बीचमा पर्ने अरु सरकारी स्कूल छाडेर त्यहाँ पढ्न आउँथे ।

भक्तपुरका यी प्रतिबद्ध र लगनशील ‘हेड टिचर’हरूको कामले म असाध्यै प्रभावित थिएँ । त्यहाँ बसेर सरकारी स्कूलको स्तर उकास्ने कार्यमा आफ्नो भूमिका अझ् प्रभावकारी बनाउन खोज्दै गर्दा २०६४ कात्तिकमा धादिङ सरुवा भएँ । करिब ९५ वटा हाईस्कूल भएको धादिङमा जम्मा एकजना मात्र महिला माध्यमिक तहको प्रअ हुुनुहुँदोरहेछ । त्यो पनि सदरमुकाम भन्दा टाढा गोरखासँग जोडिएको गाउँ सल्यानटारमा । तर थोरै समयमा के थाहा भयो भने, धादिङ जिल्लाका अरू ९४ जना पुरुष हेडमास्टर भन्दा सल्यानटारकी प्रअ बाल कुमारी श्रेष्ठ कुनै पनि हिसाबले कमजोर हुनुहुँदोरहेनछ । प्राथमिक तह मात्र स्वीकृत त्यो स्कूल निमावि र मावि अनुमतिबाट चलेको र त्यो काम उहाँकै प्रयासका कारण सम्भव भएको रहेछ ।

दुर्गम ठाउँमा महिला प्रअले स्कुल राम्ररी चलाएकी छन् भन्ने थाहा पाएपछि त्यो स्कूल हेर्न म लालायित थिएँ । बाहिरबाट जानेका लागि त्यहाँ खाने–बस्ने कुनै सुविधा थिएन । न होटल, न त लज नै छ । म प्रअ बाल कुमारीजीकैमा पाहुना लागेर बसेँ । बिहान घरको काम सकेर उहाँ रानीपौवामा बीएड पढ्न जानुहुँदोरहेछ । एसएलसी न गर्दै बिहे गर्नु भएकी बाल कुमारीका चारवटा छोराछोरीमध्ये दुईवटाको त विवाह पनि भइसकेको रहेछ । त्यो उमेरमा पनि नयाँ कुरा सिक्ने चाहनाका कारण बीएड पढ्न थाल्नुभएको रहेछ । आफ्नो पढाइ सकेर उहाँ सीधै स्कूल पुग्नुहुँदोरहेछ । स्कूल सफा मात्र थिएन, पढाइ पनि रराम्रो थियो ।

गाउँघरका स्कूलमा दलीय राजनीतिको प्रभाव अलि बढी नै छ । सल्यानटारको यो स्कूलमा पनि एउटा पार्टीले दबाब दिएर राहत कोटामा आफ्ना समर्थकलाई राख्न खोजेको रहेछ । तर स्कूलमा स्वच्छ तरिकाबाट दक्ष शिक्षक राख्नुपर्छ भन्ने मान्यतामा अडिग बाल कुमारीले प्रतिस्पर्धाका आधारमा छनोट गर्न जिल्ला शिक्षा कार्यालयलाई विद्यालय निरीक्षक र स्रोतव्यक्ति पठाइदिन लिखित आग्रह गर्नु भयो । अनि, जाँचकै दिन तत्काल प्रश्नपत्र तयार गर्न लगाएर प्रतिस्पर्धीहरूको जाँच लिनुभयो । नतिजा पनि तत्काल प्रकाशन गर्नु भयो । सबै कुरा पारदर्शी भएपछि स्थानीय जनता, अभिभावक कसैले पनि धाँधली भयो भनी आशङ्का गर्न पाएनन् । स्कूलको स्तर ोन्नतिका लागि यति प्रतिबद्ध, ‘बोल्ड’ र निडर महिला मैले देखेकै थिइनँ । एक पटक त दलका कार्यकर्ताले जाँच नै हुन दिएनन् रे । तर पनि उहाँ अविचलित भएर जाँचबाट मात्र नयाँ शिक्षक राख्ने भनेर अड्डी कसेर बस्नुभएछ । त्यसले गर्दा केही समयसम्म त्यो कोटाको शिक्षक नै खाली रहन गयो, तरगलत तरिकाबाट गलत मान्छे शिक्षक बन्न उहाँले दिनुभएन ।

घुम्दै पुगेका केही जर्मन नागरिक उहाँको काम र लगनशीलता देखेर यति प्रभावित भएछन् कि स्कूलको भवन निर्माणका लागि तिनले रु.३० लाखभन्दा बढी सहयोग जुटाइदिए । त्यो पैसाबाट बनेको भवनको केही दिनअघि मात्र भव्य समारोहका बीच उद्घाटन भयो । पूर्व शिक्षा अधिकारी का हैसियतमा मलाई पनि त्यो उद्घाटन कार्यक्रममा निम्त्याइएको थियो । तर, विभागको कामका कारण चाहेर पनि जान सकिनँ ।

क्षमताको हिसाबले पनि बाल कुमारी अब्बल हुनुहुन्थ्यो । शिक्षा विभागले विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई दिएको एउटा तालिममा सबैले बाल कुमारीलाई उत्कृष्ट ठहर्‍याए । र, सोही कारण उहाँले एउटा अध्ययन भ्रमणमा भारत जाने मौका पनि प्राप्त गर्नु भयो । मैले छनोट गर्ने साथीहरूलाई सोधेकी थिएँ, “तपाईंहरूले किन बाल कुमारीलाई नै छनोट गर्नु भएको ?” जवाफमा उनीहरूले भने, “कुनै पनि पुरुष सहभागीहरूको भन्दा उहाँको सहभागिता रराम्रो देख्यौं । त्यसैले उहाँलाई नै छनोट गर्यौ ।”

म महिला भएको कारणले महिलाप्रति बढी झुकाव राखी होला भन्ने नठानियोस् भनेर पुरुषहरूकै मूल्याङ्कनमा पनि बाल कुमारीजी उत्कृष्ट ठहरिएको प्रसङ्ग उल्लेख गर्न चाहेकी हुँ । जिल्ला शिक्षा अधिकारी को रूपमा मेरो आफ्नै अनुभव छ र, यी दुई जिल्लामा महिला प्रअहरूको भूमिकालाई नियालेको आधारमा म ढुक्कले भन्न सक्छु, जिम्मेवारी पाएका खण्डमा शिक्षा क्षेत्रमा नेतृत्व गर्न महिलाहरू सक्षम छन् । पुरुषभन्दा कम छैनन् । महिलाले पुरुष जत्तिकै रराम्रो गर्न सक्छन् भन्नेमा अब समाज ले विश्वास गर्नु पर्छ ।  

हो, प्रअ ‘टिम वर्क’ हो । नेतृत्व गर्ने एक जनाले मात्र गरेर पनि केही हुँदैन । तर त्यही नेतृत्व गर्ने मानिसले नै हो, अरूलाई विश्वासमा लिने र परिचालित गर्ने । टिम बनाउने र टिमलाई सही तरिकाले परिचालित गर्ने कुरा नै नेतृत्व क्षमता हो । त्यो क्षमता सबै महिलामा छ भन्ने मेरो दावा होइन । तर महिला भएकै कारणले उनीहरू स्कूलको नेतृत्वका लागि सक्षम छैनन् भन्ने मान्यता सैद्धान्तिक रूपमा मात्र होइन, व्यावहारिक हिसाबले पनि गलत सिद्ध भइसकेको छ । त्यसको अर्थ अब सबै स्कूलको नेतृत्व महिलाको हातमा सुम्पनुपर्छ भन्ने होइन । तर महिला भएकै कारण कसैलाई वञ्चित गरिनुहुन्न र पुरुषसरह महिलाहरूलाई नेतृत्व गर्ने अवसर चाहिँ दिइनै पर्छ भन्ने जिकिर हो ।

(हाल शिक्षा विभागमा कार्यरत नकर्मीसँग को कुरा कानीमा आधारित ।)

commercial commercial commercial commercial