उत्तम सञ्जेलको सामयिक अभियान सय रुपैयाँमा स्तरीय शिक्षा !

लगनशील, प्रतिबद्ध र कर्मशील हुने हो भने गरीबका छोराछोरीलाई सस्तोमा स्तरीय शिक्षा दिन सकिन्छ भनेर काठमाडौंगोठाटारका उत्तम सञ्जेलले समता शिक्षा निकेतन चलाएर प्रमाणित गरेका छन् ।

  • बालुवा चाल्ने रगलौँचा बुन्ने मजदुर बाबुआमाका छोरा विकास बाईवा कक्षा ८ सम्म पढ्दा पनि एसएलसीमा ३२ अङ्क ल्याएर पास हुनसके धन्य हुने ठान्थे । तीन वर्षमा उनको पढाइमा यति नाटकीय सुधार आयो, यसपटकको एसएलसी परीक्षामा ८८.२५ प्रतिशत ल्याएर उत्तीर्ण भए ।
  • बाबु बेपत्ता भएपछि सिन्धुलीकी भावना तामाङकी आमाले उनलाई गरिबीको दुष्चक्रबाट बचाउन सकिनन् । उनी पनि स्कूलबाट डेरामा पुगेपछि आमासितै अरूका घरमा काम गर्न जान्थिन् । स्कूलकै पढाइकै भरमा उनले यसपालिको एसएलसी परीक्षामा ८८.७५ प्रतिशत ल्याएर पास गरिन् ।

भावना र विकास मात्र होइन, सो स्कूलबाट २०६५ सालको एसएलसी परीक्षामा सहभागी भएका सबै पाँचै जना छात्रछात्राले विशिष्ट श्रेणीमा सफलता हासिल गरे । यो सफलता पुराना र नाम कमाएको नभएर हातमुख जोर्न पनि धौ–धौ पर्ने गरीबका छोराछोरीका लागि खोलिएको समता शिक्षा निकेतनको हो । यसको सबैभन्दा बढी जस काठमाडौंगोठाटारका ३५ वर्षका उत्तम सञ्जेललाई जान्छ जसले आठ वर्षअघि एक्लै रु.१०० मा स्तरीय शिक्षा दिने अठोटका साथ सो स्कूलको स्थापना गरेका हुन् । यी तिनै उत्तम हुन् जो स्कूलको पढाइसमेत पूरा न गरिकन फिल्मको हिरो र निर्देशक बन्न भारतको मुम्बई हानिएका थिए । त्यहाँ सफल हुन नसकेपछि उत्तम नेपाल फर्किएर आए, नेपाली सिनेमामा हात हाल्न खोजे तर यहाँ पनि ठाउँ बनाउन सकेनन् । त्यसैबीच, उनले गरीबका पढ्न नपाएका केटाकेटीका लागि अनौपचारिक कक्षा चलाए । त्यसैबाट प्रेरित भएर उनले २०५८ सालमा आफ्नो घरगोठाटारको नजिक जोरपाटीमा समता शिक्षा निकेतन खोले ।

समताले पहिलो पटक पोहोर साल (२०६४/६५) एसएलसी परीक्षामा भाग लियो । ११ जना विद्यार्र्थीले परीक्षा दिए । ‘१०० रुपैयाँ लिएर पढाएका विद्यार्र्थीहरूको अङ्ग्रेजी कस्तो होला र ? उनीहरू सबै फेल हुनेछन् !’ त्यसताका प्याब्सनको बैठकमा जाँदा उत्तमले निकै अपमान सहनुपरेको थियो । तर ११ जनाले परीक्षा दिएकोमा दुई जना विशिष्ट श्रेणीमा र बाँकी ९ जना रराम्रो अङ्क ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भए । आफ्ना विद्यार्र्थीको उपलब्धिप्रतिगौरव गर्दै उत्तम भन्छन्, “हराम्रो मेहनत र विश्वासलाई विद्यार्र्थीले खेर जान दिएनन् । हाम्रा विद्यार्र्थीले परीक्षा पास गर्न सक्दैनन् भन्नेहरूका लागि विद्यार्र्थीको परीक्षाफल दह्रो उत्तर र चुनौती भएको छ ।” २०६५ सालको एसएलसीमा पाँच जनाले भाग लिए भने अर्को वर्षका लागि २९ जना विद्यार्र्थी एसएलसी दिने तयारीमा जुटिरहेका छन् । गरीबका छोराछोरीलाई शिक्षा दिने उद्देश्य राखेका उत्तमले जोरपाटीपछि २०६१ सालमा भक्तपुरमा, २०६२ सालमा ललितपुरकोग्वार्कोमा, २०६४ मा काभ्रेको बननेपा, सिन्धुपाल्चोकको मेलम्ची र यस वर्षबाट मकवानपुरको हेटौंडा, चितवनको नारायणघाट र नवलपरासीको कावासोतीमा विस्तार गरिसकेका छन् भने वर्षायामपछि पोखरा र बुटबलमा भवन निर्माणको काम शुरु हुने कार्यक्रम छ । हालसम्म सञ्चालित सबै स्कूलमा गरी करीब १२ हजार विद्यार्थी अध्ययनरत छन् । उनले वार्षिक रूपमा चार जिल्लामा एक/एक वटा थप्ने लक्ष्य राखेका छन् । उनी एक प्रकारले समता–शिक्षा अभियन्ता नै बन्न पुगेका छन् ।

स्कूलको व्यवहारसँग अभिभावक पनि बेखुसी छैनन् । ‘हामी निकै सन्तुष्ट छौं’, आफ्ना दुवै छोराछोरी यही स्कूलमा भर्ना गरेका जोरपाटी निवासी मोहन योञ्जन भन्छन्, “थोरै पैसामा रराम्रो स्कूलमा पढाउन पाइएको छ, यही ठूलो कुरो नि !” नर्सरी देखि नै यही स्कूलमा पढिरहेकी उनकी छोरी अहिले कक्षा ५ मा पुगिन् । ४ कक्षामा पढ्दा छोरी छिरिङ्गले अरू स्कूलमा ५/६ कक्षामा पढ्ने साथीहरूलाई गृह कार्य सिकाएको देख्दा उनी दङ्ग पर्थे । “पैसा धेरै तिर ्दैमा मात्र रराम्रो शिक्षा पाइन्छ भन्ने होइन रहेछ” भन्ने निष्कर्षमा उनी पुगेका छन् । समताको पढाइ रराम्रो छ भन्ने थाहा पाएपछि जोरपाटी र आसपासका अभिभावकले आफ्ना छोराछोरीलाई धमाधम यही स्कूलमा भर्ना गर्न ल्याउन थालेका छन् । जोरपाटीकी सरिता अधिकारी र दोलखा घर भई हाल बौद्धमा बस्ने डोमा मोक्तान यसका उदाहरण हुन् । सरिताले आफ्नी भान्जीकी छोरी अस्मिता नेपाललाई यो स्कूलमा भर्ना गर्दैछिन् । उनका घरमा बस्ने सबै केटाकेटी यही स्कूल पढ्छन् । उनी भन्छिन्, “उनीहरूको अङ्ग्रेजी सुनेर, पढाइ देखेर नै अस्मितालाई यो स्कूलमा भर्ना गर्न ल्याएकी हुँ ।” डोमाका आठ वर्षका छोरा फुर्वाग्याल्जिङ पहिले विदेशीहरुले चलाएको एउटा स्कूलमा एल केजीमा पढ्थे । तर त्यो स्कूलभन्दा समता निकेतनमा एल केजीमा पढिरहेकी छोरी लाक्पा निकै जान्ने भएर निस्किइन् । अनि त डोमाले विदेशी स्कूलमा पढिरहेको छोरालाई पनि यही स्कूलमा भर्ना गरिदिने निश्चय गरिन् । अहिले उनकी छोरी लाक्पा एक कक्षामा पढिरहेकी छन् भने फुर्वा नर्सरीमा ।

अति न्यून आय भएका बालबालिकाहरूको लागि लक्षित गरेर खोलिएको यो विद्यालयमा शुरु शुरु मा गरीबका छोराछोरी मात्र पढ्थे । तर जब विद्यालयको पढाइको स्तर रराम्रो छ भन्ने देखि न थाल्यो, त्यसपछि बिस्तारै धनी र हुनेखानेले पनि आफ्ना छोराछोरीलाई यही विद्यालयमा पढाउनेक्रम शुरु भएको छ । त्यसको प्रत्यक्ष उदाहरण हुन् जोरपाटीकी दीपा खड्का । महँगो स्कूलको फी पनि तिर्नुसक्ने परिवारमा हुर्किएकी दीपालाई थोरै पैसामा रराम्रो शिक्षा दिने समताको विशेषताले नै तानेको हो । उनका दाजु मलेसियामा उच्च शिक्षा हासिल गर्दैछन् । “भविष्यमा स्टाफ नर्स बन्नका लागि सक्दो मेहनत गरेर पढिरहेकी छु” दीपा भन्छिन् ।

अभिभावकहरूलाई यहाँको पढाइले ताने तापनि विद्यार्थीलाई चाहिँ यहाँ गरिने व्यवहार र पढाउने शैली मन पर्छ । यसपालि एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण भावना तामाङ र विकास बाईवाका सफलताका कथा थाहा पाइसकेपछि (हे.बक्स) शिक्षकहरूको निष्ठा र सिकाइ–प्रक्रियाको एक झल्को मिल्छ । कक्षा ९ मा पढ्ने सरिता लामाका अनुसार नजान्ने विद्यार्र्थीलाई प्राथमिकता दिएर पढाउनु नै यो विद्यालयको सबैभन्दा रराम्रो कुरा हो । कक्षामा कसैले मन लगाएर पढिरहेको छैन भने किन नपढेको ? के आएन ? बुझयो कि बुझएिन भनेर सबै शिक्षकहरूले बारम्बार सोध्ने उनी बताउँछिन् ।

शुरु मा आर्थिक अभावका कारण केही शिक्षकहरू बाहिरिएका भए पनि यहाँ कार्यरत शिक्षकहरूलाई पैसाले भन्दा कामले बढी सन्तुष्टि दिएको छ । शिक्षक ले जोरपाटी र भक्तपुरमा भेटेका करीब १० जना शिक्षक सबैले समतामा पढाउन पाउँदा आफूहरूले समाज सेवा गरेको महसूस गरेका छन् । बिहानको समयमा न्यूग्लोरियस एकेडेमीमा समेत पढाउने गणित शिक्षक ज्ञानेन्द्र ढुङ्गाना थप्छन्, “समताका विद्यार्थीमा मैले धेरै सम्भावना देखेको छु । यो विद्यालय छाडेर म यी विद्यार्थीलाई गुमाउन चाहदिनँ ।” काठमाडौंकै नाम चलेको निजी स्कूल डनबस्कोका विज्ञान शिक्षक राजन कार्कीले यहाँ पनि ‘पार्टटाइम’ पढाउन थालेका छन् । उनी यो स्कूलबाट औधी लोभिएका छन् । नयाँ ठाउँमा स्कूल खोलेर त्यहाँको प्रिन्सिपल भएर जाने रहर उनको मनमा जागिसकेको छ ।

गुणस्तरीय शिक्षाको मुख्य आधार हो, स्तरीय शिक्षक । यो तथ्यलाई उत्तमले रराम्रोसित बुझेका रहेछन् । शुरु मा नजिकका र चिनजानका साथीभाइहरूलाई शिक्षक बनाएको भए पनि उत्तमले लगत्तै पत्रपत्रिकामा विज्ञापन गरेर प्रतिस्पर्धाका आधारमा छनोट गर्ने विधि अपनाएका रहेछन् । “प्रतिस्पर्धाबाट मात्र रराम्रो मानिसको छनोट गर्न सकिन्छ भन्ने कुरा मलाई रराम्रोसितथाहा थियो”, उनी भन्छन् । राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गरेर प्राप्त भएका व्यक्तिगत विवरणसहितका आवेदनमध्ये उपयुक्त देखि एकाहरूलाई लिखित जाँच दिन लगाइन्छ । लिखितमा उत्तीर्ण भएका मध्येलाई एउटा कक्षा प्रयोगात्मक गर्न लगाइन्छ । कक्षामा विद्यार्थीले मनपराएका पात्रलाई नै छनोट गर्ने कुरा उत्तम बताउँछन् । छनोट समितिमा उत्तमका अतिरिक्त स्कूलका प्रिन्सिपल र अनुभवी शिक्षकहरू राखिँदोरहेछ ।

त्यसो त उत्तमलाई विभिन्न जिल्लाबाट “लौन हराम्रोमा पनि समता स्कूल खोल्नुपरयो” भनेर प्रस्ताव आइरहेका छन् । १७ असारमा शिक्षक प्रतिनिधिसँग कुरा कानी गरिरहेकै बेला उनलाई नेपाली काङ्ग्रेसका नेता प्रदीपगिरीले फोन गरेर आफ्नो जिल्ला सिरहामा पनि समता स्कूल खोल्न अनुरोध गरे ।गिरीले आफूले जग्गा निःशुल्क उपलब्धगराइदिने र अरू सहयोग पनि सक्दो गर्ने प्रतिबद्धता व्यक्त गरे । उत्तम भन्छन्, “अधिकांश जिल्लाबाट यस्तो प्रस्ताव आउने गरेको छ ।” तर वर्षमा चार जिल्लामा मात्र नयाँ स्कूल खोल्न सकिने उनी बताउँछन् । तदनुरुप उनले आगामी पाँच वर्षमा २० जिल्लामा स्कूल खोल्ने सोच बनाएका छन् ।

स्कूलको विस्तार नै प्रमुख सवाल होइन । मुख्य कुरा खोलिएका स्कूलको दिगोपना, रराम्रो व्यवस्थापन र स्तरीय पठनपाठन नै हो । यो कुरा लाई समता शिक्षा अभियानका पुराना सहयोगी प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले समेत गहिरोसित बुझेका रहेछन् ।गिरीको प्रस्तावमा लुकेको उनीप्रतिको विश्वास र सम्मान बाट हौसिएका उत्तमले लगत्तै फोन गरेर कलाकार श्रेष्ठलाई जानकारी दिँदा उनले प्रत्युत्तरमा भने, “भाइ, अब हामीले खोलिएका स्कूलको दिगोपना र स्तर बढाउने कुरा मा बढी ध्यान दिनुपर्छ । नयाँ स्कूल खोल्ने कुरा मा बढी जोड गर्नु हुँदैन ।” उनको कुरा मा सहमति जनाएर उत्तमले फोन राखिदिए ।

निम्छरो अवस्थाबाट शुरु गरिएको स्कूलको आर्थिक अवस्था सुरुआतको तुलनामा आठ वर्षपछि रराम्रो भए पनि अझै शिक्षकलाई ठीक समयमा तलब खुवाउनै नसकेको कुरा उत्तम आफैं स्वीकार गर्छन् । शिक्षक तलब र सुविधा सरकारी स्केलभन्दा कम नै छ । केही समयसम्म स्वयंसेवा वा न्यून सुविधामा सेवा गरे पनि कार्यरत शिक्षकलाई रराम्रो सुविधा चाहिन्छ । नत्र काम गर्ने उत्प्रेरणा विस्तारै हराउँदै जान्छ । उत्तमले बढ्दो माग र व्यवस्थापकीय सन्तुलन कसरी कायम गर्छन्, समताको भविष्य धेरै हदसम्म यही कुरा सँग गाँसिएको छ ।

निश्चय पनि एसएलसीमा सफलता स्तरीय शिक्षाको एउटा सूचक हो । तर त्यो मात्र पर्याप्त छैन । विद्यार्थीको क्षमता, विषयवस्तुको ज्ञान, सामाजिक व्यवहार, प्रस्तुति शैली, आत्मविश्वास लगायतका कुरा हरूले स्तरीय शिक्षाको मापन गर्द छ । शिक्षाविद्हरू त स्कूलको शिक्षाको स्तर त्यहाँबाट शिक्षा पाएको व्यक्तिको कर्मक्षेत्रसम्म गएर हेर्नुपर्छ भन्छन् । त्यसको अर्थ हो, आज रराम्रोसित एसएलसी पास गरेको विद्यार्थी आफ्नो क्षेत्रमा कति सफल हुन्छ र उसले समाज को हितका लागि कत्तिको योगदान गर्न सक्छ भन्ने कुरा हेरिसकेपछि मात्र स्कूलको स्तर को खरो परीक्षण हुनेछ । परीक्षामा रराम्रो अङ्क ल्याए पनि निजी स्कूलको उत्पादन समाज प्रति उत्तरदायी हुन नसकेको भनेर शिक्षाविद्हरूबाटै आलोचना हुने गरेको छ । त्यस दृष्टिबाट विश्लेषण गर्दा, उत्तम र समताका शिक्षक वर्गले आफ्नो स्कूलको गुणात्मक शिक्षाको स्तर र आयाम थाहा पाउन कम्तीमा अरू आठ–दश वर्ष कुर्नुपर्ने देखिन्छ ।

त्यसो त स्कूलका कमजोर पक्ष नभएका होइनन् । पढाइको गुणस्तर सँग जोडिएका अतिरिक्त क्रियाकलाप को, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याव पर्याप्त उपलब्ध छैनन् भने प्रोजेक्ट वर्क,ग्रुप वर्क, शैक्षिक भ्रमण र कक्षाकोठालाई अझ् बढी अन्तरक्रियामुखी गराउनु पर्नेलगायत सिकाइ उपलब्धिलाई अभिवृद्धि गर्ने कार्यहरू पनि बाँकी नै छन् । समता स्कूल परिवार खास गरी नेतृत्वले सबैभन्दा बढी ध्यान यतातिर दिनुपर्ने देखिन्छ ।

जेहोस्, रराम्रो काम गर्न कुनै साइत कुर्नुपर्दैन, न त देशको राजनीतिक माहोल रराम्रो हुनुपर्ने रहेछ भन्ने कुरा पुनः पुष्टि गरिदिएका छन् । त्यस्तै, समाज का लागि केही गर्ने उद्देश्य राखेको मानिसले प्रतिबद्ध, लगनशील र निरन्तरको खटन भयो भने जतिसुकै प्रतिकूल अवस्थामा पनि रराम्रो काम गर्न सकिने रहेछ भन्ने कुरा उनले छर्लङ्ग पारिदिएका छन् ।

उत्तमको सफलताबाट सिङ्गो नेपाली समाज ले नै शिक्षा लिनसक्छ । सरकारी र सामुदायिक स्कूलले गुणस्तरीय शिक्षा कसरी दिन सक्छन् भनेर अनुसरण गर्न सक्छन् । अरू निजी स्कूलले मुनाफालाई भन्दा गुणस्तर र पहुँचलाई केन्द्रमा राख्ने हो भने स्कूल चलाउने हो भने पैसाको खाँचो नपर्ने रहेछ भन्ने सिक्न सक्छन् । त्यस्तै, गुणस्तरीय शिक्षाका लागि महँगो शुल्क तिर्नु आवश्यक रहेनछ भन्ने सन्देश पनि दिएको छ ।

--------

म जोरपाटीको नयाँबस्ती, सक्षमनगरमा बस्छु । मेरो बुबागिट्टी ओसार्ने काम गर्नु हुन्छ । आमा बिरामी हुनुहुन्छ, केही पनि गर्न सक्नुहुन्न । कक्षा ४ सम्म मैले हिलारी बोर्डिङ स्कूलमा पढेकी हुँ । आमा बिरामी हुनुभएपछि आमाको औषधि, घरको खर्च अनि बोर्डिङको महङ्गो शुल्क तिर्नु हामी नसक्ने भयौं । त्यसपछि बुबाले मलाई यो विद्यालयमा भर्ना गरिदिनुभयो । शुरु मा त मलाई यो विद्यालय त्यति मन परेको थिएन । तर, यहाँका साथी, सर/मिसको माया अनि विद्यालयको वातावरणले मलाई विस्तारै तान्दै गयो । अहिले त मलाई बिदाको दिन पनि स्कूल नै जाऊँ जस्तो लाग्छ ।

यता आएर मेरो पढाइ पहिलेको भन्दा निकै रराम्रो भएको छ । यो देखेर बुबाआमा पनि खुशी हुनुहुन्छ । आमाबुबाको दुः ख देख्दा र उहाँका कुरा सुन्दा मन फाटेर आउँछ । कहिलेकाहीँ त एक्लै रुन्छु पनि । कहिले पढाइ सकिएला र काम गर्न पाइएला भनेर मन आतुर छ । आमाबुबाको इच्छा छिट्टै पूरा गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।

हामी जस्तो आर्थिक अवस्था कमजोर भएकाहरूले पनि यति रराम्रो शिक्षा लिन पाएका छौं । त्यो नै ठूलो कुरा हो । यहाँका सरहरूले हामीलाई धेरै नै मेहनत गरेर पढाउनु हुन्छ । एसएलसीको लागि अहिले देखि नै तयारी गरिरहेका छौं । यसपालि सबै दाजुदिदीहरूले विशिष्ट श्रेणीमा पास गरेका कारण हराम्रो लागि पनि झन् चुनौती थपिएको छ । शिक्षक, अभिभावक सबैजनाले हामी माथि धेरै आशा गरेका छन् । त्यसैले, धेरै मेहनत गरेर म पढिरहेकी छु । त्यस्तै, सबै सर/मिसहरूले पनि बिहान–बेलुका केही नभनिकन हामीलाई पढाइरहनु भएको छ । घोकाउने भन्दा पनि बुझाउन नै उहाँहरूले जोड दिनुभएको छ । यो विद्यालयको कमजोर पक्ष भनेको पर्याप्त अतिरिक्त क्रियाकलाप को अभाव हो । यसमा पनि अगाडि भइदिए यो विद्यालय नाम चलेका निजी स्कूलभन्दा अगाडि पुग्नेथियो ।    

-------------------------------------

कक्षा ८ सम्म म सामान्य विद्यार्थी हुँ । हिसाब सबैभन्दा गाह्रो लाग्थ्यो । कक्षा ७ मा त हिसाबमा फेल नै भएँ । अरूमा पनि पास नम्बरभन्दा बढी कहिल्यै आएन । तर पनि सरहरूले र साथीहरूले मलाई ‘तिमी गर्न सक्छौ, मेहनतगर !’ भनेर प्रोत्साहित गरिरहनु भयो । त्यसले मेरोे आत्मविश्वास बढायो । “मेहनत गरें भने जान्ने विद्यार्थी हुनसक्छु” भन्ने लाग्दै गयो । मेहनत गरेर पढ्न थालेँ । कक्षामा आफूले नबुझेको कुरा सरलाई ४–५ पटकसम्म पनि सोध्थें । त्यसपछि मेरो पढाइको स्तर मा विस्तारै सुधार हुनथाल्यो र जान्ने विद्यार्थीमा दरिन थालेँ । त्यसले ममा झन् आत्मविश्वास बढायो ।

मेहनत गरयो र पढ्ने वातावरण पाउने हो भने सामान्य भन्दा सामान्य विद्यार्थीले पनि निकै रराम्रो गर्न सक्दोरहेछ भन्ने कुरा को उदाहरण म बनेको छु । त्यतिखेर भएको प्रगति अहिले सम्झ्ँदा आफैंलाई पनि अचम्म लाग्छ ।

मेरो बुबा ईट्टा बोक्ने, बालुवा चाल्ने काम गर्नु हुन्छ । आमागलैंचा बुन्नुहुन्छ । मैले दुई कक्षासम्म विट्स एकेडेमीमा पढँे । त्यो बेला एक्लो सन्तान भएकाले आमाबुबाले मेरा सबै इच्छाहरू पूरा गरिदिनुहुन्थ्यो । भाइबहिनी जन्मिएपछि घरको खर्च बढ्यो । बुबाले पनि घरमा थोरै मात्र पैसा दिन थाल्नुभयो । आमालाई दमको रोग लागेपछि त घरको स्थिति झन् खस्किँदै जान थाल्यो । आमाबुबाले कमाएको पैसाले मलाई बोर्डिङमा पढाउन सम्भव थिएन । बुबाले मलाई समतामा कक्षा तीनमा भर्ना गरिदिनुभयो । त्यो बेलामा, समतालाई विदेशीले सहयोग गरेको विद्यालय भनेर चिन्थेँ । विदेशीले सहयोग गरेको भनेपछि पढाइ पनि रराम्रो होला भन्ने ठान्थेँ ।

कक्षा ६ मा पढ्दा महिनाको एक सय रुपैयाँ पनि तिर्नु नसकेर बुबाले मलाई गाउँ पठाइदिनुभयो । मकवानपुरको छत्रे गाउँको स्कूलमा कक्षा ६ मा पढेँ । तर, मलाई त्यहाँको पढाइ मन परेन, आमासँग धेरै रोइकराई गरेर ७ महिनापछि फेरि काठमाडौं फर्किएर समतामा कक्षा ६ मा पढ्न थालेँ ।

मैले कहिल्यै पनि एकै पटक पूरा किताब किन्न सकिनँ । तर, विद्यालयको शुल्क भने आमाले कुनै पनि हालतमा जुटाइदिनुहुन्थ्यो । घरमा आमा र बुबाको दिनैजसो झ्गडा परिरहन्थ्यो । त्यसले गर्दा पढ्ने वातावरण नै हुन्नथ्योे । घरको अवस्थाले गर्दा कहिलेकाहीं आफू नपढेर, भाइ–बहिनीलाई पढाउँछु, उनीहरूलाई सक्षम बनाउँछु भन्ने पनि लाग्थ्यो । फेरि अर्को मनले भन्थ्यो; ‘पढेपछि पो रराम्रो काम पाइन्छ !’ अनि फेरि पढ्न मन लाग्थ्यो । त्यसपछि मैले मन बाँधें अनि एकचित्तले पढाइमा लगाएँ । सरहरूले पनि हामीलाई बिहान ६ बजे देखि नै पढाउनु हुन्थ्यो । साँझ्मा मात्र घर जान पाइन्थ्यो ।

यस्तै मेहनतका कारण एसएलसीमा ८८.२५ प्रतिशत ल्याएर उत्तीर्ण हुनपुगेँ । परीक्षाफल आएको राति निन्द्रै लागेन । बिहान चार बजे मात्र थाहा पाएँ, म विशिष्ट श्रेणीमा पास भएछु । एकछिन त केगरौं, कहाँ जाऊँ, कसलाई भनूँ भयो । कोठामा एक्लै छट्पटाएँ । आमालाई उठाएर सुनाएँ । त्यसपछि दौडिँदै मन्दिर पुगेँ ।

मेरो यो सफलताका पछाडि समताका शिक्षकहरूको धेरै ठूलो योगदान छ । सरहरूले यो कमजोर विद्यार्थी हो भनेर कहिल्यै पनि हेप्नुभएन । बरु झन् बढी ध्यान दिनुहुन्थ्यो, पढ्न हौस्याउनुहुन्थ्यो । कक्षा ८ सम्म हिसाबमा कमजोर थिएँ; तर अहिले एसएलसीमा सबैभन्दा बढी नम्बर हिसाबमै आएको छ । अनिवार्य र अतिरिक्त दुवै गणितमा ९६ नम्बर आएको छ । त्यो बेला गणितमा ३२ नम्बर कसरी ल्याउने होला भनेर चिन्तित हुन्थेँ, तर मेहनत गर्दा ३२ को तीनगुणा बढी नम्बर पनि ल्याउन सकिँदोरहेछ !

मलाई भविष्यमा डाक्टर हुन मन छ । मेरो परिवारमा, गाउँमै कसैले पनि धेरै पढेका छैनन् । त्यसैले धेरै पढेर सबैका सामु उदाहरणीय व्यक्ति बन्न चाहन्छु ।

-------------------------------

मलाई बुबाले धेरै माया गर्नु हुन्थ्यो । उहाँले मलाई महाँकालको प्रोग्रेसिब इङ्गलिस बोर्डिङ स्कूलमा भर्ना गरिदिनुभएको थियो । कक्षा दुईसम्म मैले त्यहीँ पढेँ । म रराम्रो पढ्छु भनेर विद्यालयले निःशुल्क गरिदिएको थियो । तर एक्कासी बुबा आमा र मलाई छाडेर हराउनुभयो । उहाँले हामीलाई किन छाड्नुभयो मलाई अहिलेसम्म थाहा छैन ।

आमाले अर्को विवाह गरे पछि मेरो दोस्रो बुबाले मलाई त्यो स्कूलबाट निकालेर अरूको घरमा काम गर्न राखिदिनुभयो । त्यो घरमा मलाई धेरै दुः ख भयो । बिहान देखि रातिसम्म भोको पेटमा काम गर्नु पर्दा आमालाई सम्झिँदै म धेरै रोएँ । डेढ वर्षजति काम गरे पछि म त्यहाँबाट भागेर घर आएँ । मलाई पढ्न औधी मन थियो । त्यसैले आमालाई “म पढ्छु विद्यालयमा भर्ना गरिदिनू” भनी रोइकराई गरें । अनि उहाँले रराम्रो भन्दा पनि सस्तो विद्यालय भनेर जोरपाटीको समता शिक्षा निकेतनमा भर्ना गरिदिनुभयो । समतामा आएकै वर्ष म थर्ड भएँ । मेरो पढाइ देखेर यसका संस्थापक उत्तम सञ्जेल सर पनि खुसी हुनुभयो र मलाई निःशुल्क पढ्ने व्यवस्था गरिदिनुभयो ।

विद्यालय निःशुल्क पढ्न पाएपनि घरमा भने बस्न सक्ने स्थिति थिएन । दोस्रो बुबाले हामीलाई धेरै नै हेला गर्नु हुन्थ्यो । बुबाले हामीलाई विनाकारण पिटेर आधा रातमा घरबाट निकाल्नुहुन्थ्यो । मध्यरातमा हामी कसको शरण लिन जाने ? यसरी कैयन् पटक घरबाट निकालिँदा बहिनी र मैले पुलिस चौकीमा धेरै रात बिताएका छौं । हामी दिदीबहिनी माथि भएको त्यो दुव्र्यवहारको विरोध गर्दा आमाले बुबाको निर्मम पिटाइ भेट्नुहुन्थ्यो । भनेको बेलामा खाना पाइन्नथ्यो तर, कुटाइ भने खान्न भन्दा पनि खानुपथ्र्याे । तर जति दुः ख पाए पनि मैले पढ्न छाडिनँ । पछि त्यो बुबा पनि हामीलाई छाडेर जानुभयो ।

आमाले धेरै दुः ख गरेर हामीलाई पालिरहनु भएको छ । उहाँ अरूको घरमा भाडा मोल्ने, लुगा धुने र भारी बोक्ने जे पायो, त्यो काम गर्नु हुन्छ । फुर्सदको समयमा म र बहिनी पनि आमालाई काममा सघाउन जान्थ्यौं । कक्षा १० मा पढ्दा कतिपटक राति १ बजेसम्म गुम्बाका भाडा माझेर बिहान ६ बजे विद्यालय पुगेकी छु । मैले आजसम्म किनेर नयाँ लुगा लगाएको छैन । आमाले काम गर्ने घरका मानिसले दिएका लुगा लगाएर म यत्रो भएकी छु । पैसा नहुँदा कति रात हामी खाना नखाई सुतेका छौं । कहिलेकाहीँ आमाले दिँउसो आफूलाई खान दिएको खाना ल्याउनुहुन्थ्यो अनि त्यही बाँडेर खान्थ्यौं । पेटभरी खान पाएको दिन पनि कस्तो होला भनेर म कल्पिन्थें । नखाइकन तागत त आउँदैन नि ! तागतै नभएपछि कसरी पढ्ने ?

चुल्होमा पकाउने कुरै नभएर खान नपाएको बेला म स्कूलमा उत्तम सरलाई भन्नेगर्थें । यस्तो बेलामा मलाई उहाँले खान दिनुहुन्थ्यो । “पढ्नुपर्छ, केही गर्नु पर्छ” भनेर मलाई उत्प्रेरित गर्ने मानिस उत्तम सर बाहेक कोही पनि थिएनन् । जन्म दिने एउटा बाबु भएपनि कर्मको बाबुको भूमिका उत्तम सरले निभाउनुभएको छ । मैले मेरो बुबाबाट पाउनुपर्ने माया उत्तम सरबाट पाएकी छु । त्यसका लागि म उहाँप्रति अत्यन्तै ऋणी छु ।

सबै साथीहरू घरमा मेहनत गरेर पढ्थें तर म भने काममा नै व्यस्त हुन्थें । होमवर्क पनि बल्लतल्लगर्थें । मैले घरमा पढ्ने मौका कहिल्यै पाइनँ । डेराको वातावरण नै रराम्रो छैन । कोठा निकै ओसिलो छ, अँध्यारो छ । बत्ती धेरै बाल्दा घरबेटीलेगाली गर्छन् । कहिलेकाहीँ दिउँसो घरमा बस्ने मौका पाउँदा पनि अँध्यारो कोठा भएका कारण घरमा पढ्न मिल्दैन । जति पढेँ विद्यालयमा नै पढेँ । घरमा पढ्न पाइँदैन भनेर कक्षामा पढाउँदा नै पाठ बुझन भरमग्दुर प्रयासगर्थें । प्रथम श्रेणीमा पास हुन्छु भन्ने त थियो तर ८८.७५ प्रतिशत आउँछ भन्ने लागेको थिएन । यदि मैले घरमा पनि मेहनत गरेर पढ्न पाएको भए त ९५ प्रतिशतको हाराहारीमा अर्थात् बोर्डमा सबैभन्दा बढी नम्बर ल्याउन सक्ने रहेछु भन्ने लाग्न थालेको छ ।

साँझ्मा एसएलसीको नतिजा आयो । नतिजा थाहा पाएको झण्डै १० मिनेट जति त म आत्तिएँ, के गर्ने ? के न गर्ने ? कसलाई भन्ने ? केही मेसो नै भएन । एक्कासि रुन मन लाग्यो । भक्कानिएर रोएँ । मैले दुः खको आँसु धेरै खसालेकी छु । तर खुसीले पनि मानिसलाई रुवाउँदो रहेछ भन्ने चाहिँ जीवनमा पहिलो चोटि अनुभव गरे । मेरो सफलता देखेर आमा पनि साह्रै खुसी हुनुभएको छ । आमाको अनुहारमा यतिका खुसी मैले कहिल्यै देखेको थिइनँ । आमालाई खुसी देखेर म झन् खुसी भएँ । म मेरा दुई बहिनीले पनि यतिकै मेहनत गरेर पढून् भन्ने चाहन्छु ।

ठूलो सङ्घर्ष गरेर जीवनको एउटा खुट्किलो पार गरे । अब पनि म त्यत्तिकै सङ्घर्ष र परिश्रम गर्न तयार छु किनभने जीवनमा धेरै गर्न बाँकी छ । म भविष्यमा डाक्टर हुन चाहन्छु । डाक्टर पढ्नका लागि धेरै पैसा चाहिन्छ । तर पढ्नका लागि मसँग एकपैसा पनि छैन । तर मलाई विश्वास छ, मलाई कसैले न कसैले सहयोग गर्ने छन् !

--------------------------------

कुरा २०५९ सालको हो । कान्तिपुर दैनिकमा विज्ञापन गरी समता शिक्षा निकेतनले लेखापाल मागेको रहेछ । १२ कक्षाको परीक्षा दिएर यत्तिकै बस्नुपर्दा पट्यार लागिरहेको थियो । त्यसैले केही न केही काम गर्नु परयो भन्ने सोचेर आवेदन दिएँ । छनोट भएछु । त्यसबखत म १८ वर्षकी थिएँ । पहिलो पटक विद्यालयमा पाइला टेक्दा अनौठो अनि आकर्षक लागेको थियो यहाँको वातावरण । बाँसले बनाइएका स–साना कोठा । बुद्धको अनुयायी भएका कारण पनि हुनसक्छ, विद्यालयमा पस्नेवित्तिकै देखि एकोगौतम बुद्धको मूर्तिले मलाई म आफ्नै ठाउँमा आएँ भन्ने लागेको थियो ।

स्कूलको सुरुआती चरण भएको ले लेखाको काम त्यति धेरै थिएन । समयको सदुपयोग गर्ने हिसाबले म कक्षाकोठामा पसेँ । शुरु को एकहप्ता कक्षा १ मा एलटीसी, (लर्निङ्ग टु कम्युनिकेट) भन्ने विषय पढाएँ । कक्षाकोठामा सामग्रीहरू पनि त्यति धेरै थिएनन् । केटाकेटीहरू धेरै आशा लिएर मलाई हेरेको अनुभव गरें । उनीहरू अरू शिक्षक साथीका कमजोरी सुनाउँथे । केटाकेटीसँग को एक हप्ताको घुलमिलले म उनीहरूसँग रत्तिन पुगेँ । केटाकेटीहरू निश्छल हुँदारहेछन् । उनीहरूमा जीवनको अर्थ खोज्न सकिन्छ भन्ने पनि लाग्यो ।

अर्को वर्ष भक्तपुरमा अर्को समता शिक्षा निकेतन खुल्यो । उत्तम सरले ममा केही सम्भावना देख्नुभएकाले होला, मलाई भक्तपुरको स्कूलको नेतृत्व गर्ने जिम्मा दिनुभयो । एउटागह्रौं जिम्मेवारी मेरो काँधमा आएको महसूस गरें । मेरो उमेरकै कारण होला; बालबालिकाहरूसँग काम गर्न मलाई खासै गाह्रो भएन । तर, प्रशासनिक काम भने निकै कठिन लाग्थ्यो । त्यस्तो बेलामा उत्तम सरको सहयोग र सल्लाह पाइरहेँ । छलफल गर्दा उहाँले सही निर्णय कसरी लिने भनेर सिकाउनु हुन्छ । त्यसलेगर्र्दा भक्तपुरको स्कूल चलाउन सक्षम भएँ । अहिले मैले प्रशासनिक काम देखि लिएर धेरै कुरा हरू सिकिसकेकी छु । समतामा काम गर्दा गर्दै मैले शिक्षामा स्नातक गरें । मलाई यो स्थानसम्म ल्याउन उत्तम सरको ठूलो योगदान छ ।

शुरु मा काम गर्दा तलब थोरै थियो । त्यो पनि भनेको बेलामा पाइँदैनथ्यो । तरपनि ; काम गरे पछि कुनै दिन त्यसको मूल्य अवश्य पाइएला भन्ने विश्वासमा काम गरियो । त्यो विश्वास सत्य सावित भइसकेको छ । स्कूलको आर्थिक अवस्था पहिलेभन्दा सुदृढ र व्यवस्थित छ । विद्यालय प्रवेश गर्दा पारिश्रमिक १८ सय थियो, अहिले मासिक रु.८ हजार पाउँछु ।

शिक्षाले मानिसलाई ज्ञान र सीप दिन्छ । हाम्रा विद्यार्थीहरूलाई किताबको ज्ञानसँगै जीवन उपयोगी ज्ञान तथा सीप पनि दिने गरिएको छ । हामीले यसमा अझ् धेरै प्रगति गर्न बाँकी नै छ, तापनि यहाँका अरू निजी र सार्वजनिक स्कूलको तुलनामा भने हामीले राम्रै शिक्षा दिइरहेका छौं भन्ने लाग्छ ।

सबै बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्ने जिम्मेवारी सरकारले राम्ररी पूरा गर्न सकिरहेको छैन । उत्तम सरले व्यक्तिगत हैसियतमा सरकारको कामलाई नै सघाइरहनु भएको जस्तो लाग्छ । प्रतिबद्ध भई रराम्रो तरिकाले काम गरयो भने एउटा व्यक्तिको प्रयासमा मात्र पनि कति ठूलो काम हुनसक्छ भन्ने कुरा को उदाहरण हो समता स्कूल ।

उत्तम सर रराम्रो व्यवस्थापक मात्र नभएर मानवीय मूल्यलाई राम्ररी बुझेको मान्छे हो भन्ने मलाई लाग्छ । किताब नभएकाहरूलाई किताब किनिदिन सहयोग गर्ने देखि लिएर खान नपाएकहरूलाई खानका लागि पनि सहयोग गर्नु भएको मैले धेरैचोटि देखेको छु । काम गर्नका लागि प्रेरित गर्ने उत्तम सरका आफ्नै शैलीहरू छन् । विद्यार्थीको प्रगतिलाई आधार मानेर प्रत्येक वर्ष आफ्नै विद्यालयहरूभित्र रराम्रो गर्ने विद्यालयलाई पुरस्कृत गर्ने चलन छ । यो वर्ष पनि भर्खरै पुरस्कार वितरण कार्यक्रम सकियो । निमाविस्तर को पढाइ हुने सबैभन्दा रराम्रो विद्यालयको रूपमा हराम्रो विद्यालयले पुरस्कार पायो । यसले पनि काम गर्नका लागि अझ् विशेष गरी विद्यार्थीको पढाइलाई ध्यान दिनका लागि अझ् बढी प्रेरित गरेको छ ।

------------------------------

माध्यमिकस्तर को निम्ति तीनजना गणित शिक्षक मागेर पत्रिकामा विज्ञापन छापिएको रहेछ । कुनैगतिलै विद्यालय ठानेर आवेदन दिएँ । लिखित र प्रयोगात्मक दुवै परीक्षाबाट छनोट भएँ । तर विद्यालय आउन थालेको एक–दुई दिनमा नै म त आत्तिन थालें । विद्यालय व्यवस्थित थिएन । कुन व्यक्ति केमा कोसँग उत्तरदायी हुने भन्ने कसैलाई थाहा थिएन । सबै विद्यार्थी पोशाक लगाएर आउँदैनथे । भौतिक पूर्वाधार पनि त्यति रराम्रो थिएन । विद्यार्थी र विद्यालयको यस्तो अवस्थाले म १५ दिनसम्म पनि काममा निरन्तरता दिऊँ कि नदिऊँ भनेर दोमनमा थिएँ । त्यसो त शुरु मा नै हामीलाई उत्तम सरले विद्यार्थी र विद्यालयको अवस्थाको बारेमा भन्नुभएको थियो । तैपनि मैले स्थिति उहाँले भनेजस्तै होला भन्ने ठानेको थिइनँ ।

कक्षामा विद्यार्थीको हौसला भने अन्य विद्यालयका विद्यार्थीभन्दा धेरै माथिल्लोस्तर को थियो । शायद त्यसैले मलाई लोभ्यायो । यही कारणले मात्रै म समतामा बस्ने निर्णय गरें । समताका शिक्षकहरूमा केहीगरौं भन्ने भावना देखेँ । त्यसपछि सबै शिक्षकहरू बसेर सरसल्लाह गर्यौ र स्कूललाई व्यवस्थित गर्ने अठोट गर्यौ । हामीले गरेको कुरा हरूलाई उत्तम सरले पनि उत्साहपूर्वक साथ दिनुभयो ।

स्कूलमा सबभन्दा खट्किएको कुरा सरसफाईलाई हामीले तत्कालको प्राथमिकतामा राख्यौं । किनभने कक्षाकोठा देखि खेल्ने चउरसम्म अलि बढी नै फोहोर थियो । कोठामा एक–एक वटा कुचो र डस्टबीन हामी शिक्षकले आ–आफ्नै पैसा हालेर किनेर ल्यायौं । अनि शिक्षक विद्यार्थी मिलेर सरसफाई गर्न थाल्यौं । केही कुचो र डस्टबीन विद्यार्थीले स्कूलबाट चोरेर पनि लगिदिए । आफ्नो घरमा कुचो पनि नभएकाले लिएर गएको कुरा विद्यार्थीहरूबाट थाहा हुन आयो ।

हामीले स्कूलमा आइपरेका समस्या र समाधानका बारेमा सबै शिक्षकहरू बसेर छलफल गर्ने र सामूहिक निर्णय लिने परिपाटी बसायौं । यसले सबै शिक्षकमा अपनत्वको भावना जगायो र लिइएको निर्णय कार्यान्वयन गर्न सबै शिक्षकहरू उत्तिकै क्रियाशील र प्रतिबद्ध हुँदै गए ।

यसले विद्यालयमा रराम्रो प्रभाव परयो । विद्यालयमा क्रमशः सुधार हुन थाल्यो । आज यो विद्यालयका सबै शिक्षकमा एकता छ र समतालाई देशकै नमुना विद्यालय बनाउनुपर्छ भन्ने अठोट छ । परिणामस्वरुपः गत वर्ष पहिलो पल्ट एसएलसीमा सहभागी सबै ११ विद्यार्थीले सानदार सफलता पाए । झन् यसपालि त सबै विशिष्ट श्रेणीमा पास भए । अब समता शिक्षा निकेतन देशकै रराम्रो स्कूल हुनसक्छ भन्ने कुरा समाज मा स्थापित भएको छ । आज यो विद्यालय जुन अवस्थामा आइपुगेको छ, त्यो सबै शिक्षक र व्यवस्थापन पक्षको समझ्दारी, अठोट र मेहनतको फल हो ।

यहाँका शिक्षकहरूमा काम गर्नु पर्छ, यो विद्यालयलाई सबैको सामुमा चिनाउनुपर्छ भन्ने भावना छ । यस्तै भावनाले गर्दा कोही कसैप्रति पनि वैमनस्य भावले हेर्दैनन् । यो काम गर्ने ‘स्पिरिट’ उत्तम सरले नै हामीमा पैदा गर्नु भएको हो । हामी सबैको एउटै उद्देश्य र लक्ष्य हो– समता ।

जहाँ दलीय राजनीतिको दबदबा हुँदैन त्यहाँ निष्पक्ष भएर काम गर्न पाइन्छ । कामको नतिजा देखाउन पाइन्छ । कामको मूल्याङ्कन पनि भइरहेको हुन्छ । समता पनि राजनीति देखि धेरै टाढा छ । त्यसैले यहाँ काम गर्ने र न गर्ने को रराम्रो मूल्याङ्कन भइरहेको हुन्छ । समतामा मलाई पैसाले भन्दा कामले सन्तुष्टि दिन्छ । यहाँको वातावरणले मलाई रराम्रोसित पढाउन प्रेरणा दिन्छ । यो विद्यालयमा काम गर्न थालेको तीन वर्षको यो अवधिमा मलाई अरू विद्यालयमा पढाउन अवसर नआएको होइन । तर समता छाडेर अन्यत्र जाने मनै छैन । यो आफ्नै विद्यालय लाग्छ । त्यसैले म आफूलाई समतामा समर्पित गर्न चाहन्छु । समताका विद्यार्थीमा मैले धेरै सम्भावना देखेको छु । यो विद्यालय छाडेर म यस्ता विद्यार्थीगुमाउन चाहन्न । मलाई विश्वास छ, एक दिन समता शिक्षा निकेतन भनेपछि यो देशका सबैलेगर्व गर्ने एउटा स्कूल हुनेछ ।  

---------------------

एकदिन हामी (म र हरिवंश आचार्य) लाई उत्तम सञ्जेलले आफूले खोलेको विद्यालयको वार्षिकोत्सवमा अतिथिको रूपमा बोलाए । विद्यालयको बारेमा अलिअलि मात्रै थाहा भएको ले जाऊँ कि नजाऊँ भन्ने दोधार मन लिएर हामी कार्यक्रममागयौं । त्यहाँ हामीले उनका कुरा सुन्यौं, विद्यालय निरीक्षण गर्यौ । विद्यार्थीसँग कुरा कानी गर्यौ । त्यसपछि थाहा भयो, समता वास्तवमै ‘समता’ रहेछ । प्रचार गर्ने व्यक्तिभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति रहेछन् उत्तम । विद्यालयका सबै पक्ष थाहा पाइसकेपछि हामी प्रभावित भयौं ।

सरकारी स्कूलको स्तर विभिन्न कारणबाट उकासिन नसकिरहेको अवस्थामा गरीबका छोराछोरीलाई स्तरीय शिक्षा दिनु धेरै रराम्रो काम हो । समता शिक्षा निकेतन यस्तै उद्देश्यले खोलिएको विद्यालय रहेछ । रराम्रो काम गर्ने लाई सहयोग गर्नु पर्छ भन्ने लाग्यो । त्यसबखतको विद्यालयको अवस्थाले हामीलाई केही न केही आर्थिक सहयोग जुटाइदिन पे्ररित गरयो । त्यसपछि देखि हामीले सकेको सहयोग गरिरहेका छौं । हामी आफूले सकेको सहयोगसँगै सहयोग गर्ने मानिसहरू पनि भेट्टाइदिन्छौं ।
थोरै पैसा र सीमित सुविधाबाट पनि उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्ने कुरा को प्रमाण हो समता शिक्षा निकेतन । यो विद्यालयले निजी विद्यालयहरूलाई समेत चुनौती दिइरहेको छ । समता शिक्षाको पढाइबाट हामी त प्रभावित भएका छौं नै विदेशीहरू पनि निकै खुसी भएका छन् । विदेशीहरूले पनि सिक्न सक्ने काम गरेका छन् उत्तमले ।

यो देश बिग्रिएको भनेको नै जताबाट पनि आफ्नो स्वार्थको काम हेर्ने, आफ्नो फाइदाको लागि मात्र सोच्नेहरूबाट हो । निस्वार्थ मन लिएर गरिएको सानो कामले पनि धेरैलाई फाइदा दिन सक्छ भन्ने कुरा को उदाहरण हो समता शिक्षा निकेतन । उत्तमको यो काम पनि निस्वार्थ मनबाट प्रेरित भएर गरिएको काम हो भन्ने मलाई लाग्छ । आफ्नो लागि मात्र नभएर अरुका लागि केहीगरौं भन्ने सन्देश उत्तमले सबैलाई दिइरहेका छन् ।

एउटा नेपालीको छोरा आफूले खाई नखाई, च्यात्तिएको लुगा लगाएर, दिनरात मेहनत गरेर काम गरिरहेका छन् भने उनलाई सहयोग गर्नु हरेक नेपालीको कर्तव्य हो । सके हामीले पनि उनले जस्तै काम गर्ने कोशिश गर्नु पर्छ । नसके; कम्तीमा यस्तो काम गर्ने लाई सहयोग गर्नु पर्छ भन्ने मलाई लाग्छ । देश र समाज का लागि सहयोग गर्न चाहने व्यक्तिहरूलाई उत्तमले एउटा रराम्रो अवसर जुटाइदिएका छन् ।

उत्तम सञ्जेलसँग को मेरो भेट झण्डै १० वर्ष पहिले भएको हो । त्यो वेलामा उनी एउटा चलचित्रको स्क्रिप्ट लिएर आएका थिए । उनको स्क्रिप्ट रराम्रो भएपनि त्यसलाई छायाङ्कन गर्न चाहिने उपकरण हामीसँग नभएका कारण हामीले त्यो वेलामा उनको स्क्रिप्टमा काम गर्न सकेनौं । पछि उत्तमको विद्यालयमा जाँदा थाहा भयो, सृजनशील मानिसका पाइला उपकरणले रोकिँदोरहेनछ । उनी शिक्षाको ज्योति सबैलाई छर्ने काममा लागेका रहेछन् । त्यो बेला उनीसँग काम गर्ने इच्छा हुँदाहुँदै पनि काम गर्न सकेका थिएनौं । तर, यो बेलामा भने स्थिति हराम्रो वशमा थियो । त्यसैले हामीले सहयोगको हात अगाडि बढायौं ।
आफ्नो लागि भनेर हामीले विभिन्न नाममा खर्च गरिरहेका हुन्छौं । रमाइलोको लागि जुवातास खेलेर, चुरोट, रक्सीमा धेरै पैसा फ्याँकिरहेका हुन्छौं । तर त्यो पैसाको थोरै हिस्सा मात्र पनि बालबालिकाको शिक्षामा खर्च गर्न सकेमा हराम्रो सानो सहयोगले धेरै बालबालिकाको भविष्य रराम्रो हुन सक्छ । आज सडकमा मागेर हिँड्ने बालबालिका कुनै दिन देशको महत्वपूर्ण निर्णय लिन सक्ने ठाउँमा पुग्नसक्छन् । तर तिनलाई सडकमा त्यतिकै हिँड्न दिने वा ठूलो, असल व्यक्ति बनाउने भन्ने कुरा अब हराम्रो हातमा छ ।

अवसर छैन, काम पाइएन भनेर धेरै नेपालीहरू विदेशिएका छन् । कोही शैक्षिक बेरोजगारीको नाममा दिनभरि हात बाँधेर बसेका छन् । अरूलाई गाली गरेरै तिनको दिन बित्ने गरेको छ । तर केहीगरौं, रराम्रोगरौं भन्ने भावना छ भने पैसा र अवसरले रोक्दो रहेनछ । मेहनती र सृजनशील व्यक्तिको पछि अवसरहरू आफैं आउँदा रहेछन् । यही कुरा को प्रमाण हो उत्तम सञ्जेल र समता शिक्षा निकेतन । 

----------------------------------

तपाई स्कूलमा कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?
मैले आफ्नै गाउँ काठमाडौंकोगोठाटारकोगान्धी आदर्श माविमा पढेको हुँ । मलाई सानै देखि पढेको कुरा व्यवहारमा लागू हुनुपर्छ भन्ने लाग्थ्यो । किन यसो भयो र किन यसो हुनसकेन भनेर घोत्लिन थाल्दा मलाई पाठ छिचोल्न पनि गाह्रो हुन्थ्यो । त्यही भएर म जहिले पनि कमजोर विद्यार्थी रहिरहेँ । पढाइ पूरा न गरी म २०४६ सालतिर फिल्मको हिरो र निर्देशक हुने सपना बोकेर मुम्बईतिर हानिएँ । मुम्बईमा करीब सात वर्ष बिताएर घर फर्कें र २५ वर्षको उमेरमा, तेस्रो पटकमा एसएलसी पास गरें ।

एसएलसी पास गरे पछि के गर्नु भयो ?
मैले भनिहालेँ, म स्कूलको पढाइ नै पूरा न गरिकन मुम्बईतिर लागेको थिएँ । तर कमजोर शैक्षिक पृष्ठभूमिका कारण सिनेमा निर्देशन पढ्ने मेरो रहर पूरा हुन सकेन । तर पनि मैले हम दिल दे चुके सनम, खामोसी द म्युजिकल लगायतका फिल्ममा सहायक निर्देशकको रूपमा काम गरेको थिएँ । जी टीभी का लागि १० इपिसोडका दुईवटा टेलिसिरियल पनि निर्देशन गरें तर ती प्रसारण भएनन् ।

स्कूल खोल्ने विचार चाहिँ कसरी आयो ?
म शहर धाउने र घर फर्कने क्रममा चाबहिलको स्कूल पढ्ने उमेरका केटाकेटीहरूलाई सडकमा देख्थेँ । किशोरवयमा प्रवेश न गर्दै केटीहरू वेश्यावृत्तिमा लागेको पनि पाएँ । ती केटाकेटी किन सडकमा छन् भनेर खोजी गर्दा मैले त्यसका दुईवटा कारण भेट्टाएँ । पहिलो , बाबुआमाका बीचमा रराम्रो सम्बन्ध नभएर घरमा सधैं झ्गडा भइरहने हुनाले केटाकेटी सडकमा आउँदा रहेछन् । दोस्रो, कामका सिलसिलामा बाबु–आमा अधिकांश समय घर बाहिरै हुने भएकाले केटाकेटीको हेरचाह पुग्दो रहेनछ । भोकभोकै सडकमा भौंतारिन बाध्य केटाकेटीहरू बाँच्ने उपायको खोजी गर्दै जाँदा कुनै न कुनैगलत काममा लाग्दा रहेछन् । मलाई यो समस्याको स्थायी समाधान शिक्षामा मात्र छ जस्तो लाग्यो र स्कूल खोल्न मन लाग्यो ।

स्कूलको बीजारोपण कसरी भयो ?
शुरु मा जिल्ला शिक्षा कार्यालय काठमाडौंबाट सहयोग लिएर अनौपचारिक (साक्षरता) कक्षा सञ्चालन गरियो । १२/१५ जना जति आउलान् भनेर कक्षा शुरु गरेकोे त एक सय जति केटाकेटी पो जम्मा भए ! तिनीहरूले राम्रैसँग सिके । यदि तिनलाई हामीले तीन महिनाको कक्षामा मात्र सीमित न गरेर स्कूलमा झै व्यवस्थित तरिकाले शिक्षा दिने हो भने तिनले झन् कति रराम्रोसित सिक्लान् भन्ने नयाँ आशा र उमङ्ग जगायो ।

सुरुआत कसरी भयो ?
२०५७ साल शिवरात्रिको दिन मैले बाँस सङ्कलनबाट विद्यालयको सुरुआत गरे । तर मानिसहरूले नपत्याउलान् र अलिअलि पनि सहयोग न गर्लान् भनेर विद्यालय खोल्न लागेको कुरा कसैलाई पनि भनिनँ । मैले काम गरिरहेको क्लबले बाल शिक्षा सञ्चालन गरिरहेको थियो । त्यसैले त्यही बाल शिक्षालाई अलिकति बढाउनु परयो, त्यसका लागि बाँस चाहियो भनेर गाउँलेलाई भनेँ । गाउँमा बाँस प्रसस्त थियो । आफ्ना छोराछोरीले पनि पढ्ने त हो भनेर गाउँलेहरूले सजिलैसँग ४–५ घना बाँस दिए । सक्नेहरूले अलि अलि पैसा पनि दिए । त्यही पैसा कामदारलाई दिएँ । जस्तापाता चाहिँ उधारोमा ल्याएँ । २०५८ साल जेठमा विद्यालय तयार हुँदा सबैजना छक्क परे । जेठ २८ गतेदखि केटाकेटीहरू आएर पढ्न थाले ।

विद्यालय खोलेपछि धेरैले धेरै थरीका कुरा गरे । बाँसले बनाएको विद्यालयमा पढाउने रे, सय रुपैयाँमा अङ्ग्रेजी शिक्षा दिने रे ! भनेर कुरा काटे । कतिपयले त उत्तमले बच्चाको भविष्य अन्धकार पार्न र ठग्न लाग्यो भनेरगाली पनि गरे । तर म आत्तिइनँ । नयाँ काम गर्न लाग्दा टीकाटिप्पणी गर्नु मानवीय स्वभाव हो । मेरो धैर्यका कारणगाली गर्नेहरू भन्दा मेरो कामलाई माया गर्नेहरू धेरै भए ।

स्कूल शुरु गरेको पहिलो वर्षमै साढे आठसय विद्यार्थी भए । आफूसँग पैसा थिएन, विद्यार्थीका लागि तोकिएको रु.१ सयले आधा खर्च पनि नधान्ने कुरा शुरु मै थाहा थियो । तलबको भरपर्दो व्यवस्था बिना शिक्षक राख्न सजिलो थिएन । त्यही भएर चिने–जानेका र सम्पर्कका आधारमा ३६ जना शिक्षक भर्ना गरियो । तर तीन महिनासम्म पनि तलब दिन सकिएन । यहाँ थप बसियो भने पैसा पनि पाइँदैन, झन् समस्यामा फँसिन्छ भन्ने सोचेर शिक्षकहरूले धमाधम स्कूल छाड्न थाले । तत्कालको आर्थिक सङ्कट हल गर्न चाहिँ त्यसले पनि फाइदै पु¥यायो । छाडेर जानेलाई दिनुपर्ने पैसा बसेकालाई दिन पाइयो । नयाँ आउनेहरू पनि तीन महिनासम्म कुर्न तयार हुने भए । छाडेर जानेले तीन महिनाको पैसा छाडिदिँदा मलाई व्यवस्थापन गर्न निकै सजिलो भयो । तर पछि मैले उनीहरूको पैसा तिरें ।

आर्थिक सहयोग र चन्दा चाहिँ कहिले देखि पाउन थाल्नुभयो ?
मैले क्लबबाट अनौपचारिक कक्षा शुरु गरे पछि त्यसबाट प्रभावित भएर स्कूल शुरु हुनुभन्दा पहिले नै दोर्जे नाम्गेलले रु.५० हजार चन्दा दिनुभयो । स्कूल शुरु गरे पछि को एक वर्ष धेरै हण्डर, दुः ख, कष्ट भोगियो । म विभिन्न व्यक्तिहरूसँग सहयोगको याचनागर्थें तर चाहिए जति सहयोग पाउनै सकेको थिइनँ । एक दिन कान्तिपुर दैनिकका सम्पादक युवराज घिमिरेलाई गएर भेटेँ र आफ्नो बेलीबिस्तार लगाएँ । उहाँले पत्रकारगिरिशगिरीलाई मकहाँ पठाइदिनुभयो । उहाँले कोसेली परिशिष्टाङ्कमा पूरा एक पाना छापिदिनुभयो । त्यो पढेर अङ्गुरबाबा जोशीले त्यसको दुई दिनपछि ३१ हजार चन्दा दिनुभयो । त्यसपछि विस्तारै धेरथोर सहयोग आउन थाल्यो । यो संस्था यहाँसम्म आइपुग्नुमा पत्रकारहरूको ठूलो सहयोग रहेको छ । पत्रकारहरूकै कारण मनकारी मानिसलाई समताको अभियान र यसले सामना गरेका समस्याका बारेमा थाहा भइरहेको छ ।
स्कूललाई सहयोग गर्ने महत्वपूर्ण मानिसहरूको नाम बताइदिनुहोस् न !

अहिलेसम्म सहयोग गर्नेहरूको सूची त धेरै लामो छ । शुरु देखि नै सहयोग गर्ने मा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ । मलाई धेरैले नचिन्दा र धेरैले विश्वास न गर्दा उहाँहरूले विश्वास गर्नु भएको हो । उहाँहरूले अरूलाई पनि सहयोग गर्न प्रेरित गर्नु हुन्छ । त्यस्तै आनी छोइङ्ग डोल्मा र डा. सुन्दरमणि दीक्षितले पनि सहयोगी हातहरू खोजिदिनुहुन्छ । नियमित सहयोग गर्ने मा चाहिँ भरत बस्नेत, चौधरीग्रुप छ । भरत बस्नेतले यो स्कूलको जग्गाको बार्षिक भाडा रु.३ लाख ६५ हजार तिरिदिनुहुन्छ । चौधरीग्रुपले महिनाको रु.२५ हजार सहयोग दिन्छ । नवलपरासीमा स्कूल बनाउनका लागि भनेर विनोद चौधरीजीले डेढ महिनाअघि आफैं आएर रु.३५ लाख चन्दा दिनुभयो । १०/२० हजार दिने त धेरै मान्छेहरू छन् जसको नाम यहाँ लिइरहन सम्भव पनि छैन । विदेशी मिडियाले पनि प्रचारप्रसार गरे पछि यता आएर विदेशीहरूबाट पनि राम्रै सहयोग हात पर्न थालेको छ । कुल खर्चको पचास प्रतिशत जति शुल्क (रु.१०० प्रतिविद्यार्थी प्रतिमहिना)ले धान्छ भने बाँकी चन्दा–सहयोग आउँछ ।

वार्षिक खर्च कति हुन्छ ?
जोरपाटी स्कूलको मात्र वार्षिक खर्च करीब रु.२७ लाख हुन्छ । सबै स्कूलको खर्च जोड्दा त वार्षिक करीब रु.१ करोड पुग्छ ।

स्कूललाई आत्मनिर्भर बनाउने सोच छ कि सधैं चन्दामै चल्ने ?
यसलाई आम मानिसको पहुँचको स्कूलका रूपमा राख्नका लागि शुल्क वृद्धि गर्न मिल्दैन । हामी आफैं आत्मनिर्भर हुनसक्ने अवस्था कम्तीमा पनि केही वर्षका लागि छैन । त्यसैले चन्दा सहयोगको अपील गर्नु हराम्रो बाध्यता हो । हामीले स्वच्छ तरिकाले पब्लिकको हितमा कामगरुञ्जेल स्कूल चलाउन पुग्ने गरी चन्दा आउँछ । म त्यसमा ढुक्क छु ।

चन्दालगायत समताका सबै हिसाबकिताबहरू अद्यावधिक र पारदर्शी छन् ?
छन् । हामीले सबै हिसाबकिताब दुरुस्त पारेर राख्ने गरेका छौं । लेखा परीक्षण पनि भइरहेको छ । हराम्रो हिसाबकिताब सधैं सबैका लागि खुल्ला छ । सबै हिसाबकिताब सार्वजनिक गर्ने माध्यमका रूपमा वेबसाइट बनाउने तयारीमा छौं ।

शिक्षकलाई कसरी काममा उत्प्रेरित गर्नु हुन्छ ?
यो पैसा कमाउने ध्येयबाट नभएर गरीबका छोराछोरीलाई शिक्षा दिने प्रयास गरिएको हो भन्ने कुरा त्यहाँ शिक्षक बन्न आउनेले शुरु मै बुझेको हुन्छ । कक्षामा पसेपछि त्यसलाई उसले झन् गहिरोसित आत्मसात् गर्न पुग्छ । आर्थिक हिसाबकिताब लगायत सबै कुरा पारदर्शी भएको ले पनि उनीहरूलाई अभिप्रेरित गरेको जस्तो लाग्छ । यहाँ शिक्षक बनेर आउने सबै जना सेवाभावले आएका छन् । नाम चलेका निजी स्कूलमा रराम्रो तलब र सुविधा लिएर पढाउने साथीहरू पनि यहाँ न्यूनतम सुविधामा काम गरिरहेका छन् । अन्त जागिर खाने, समतामा सेवा गर्ने भन्ने भावना उनीहरूमा पाएको छु । शिक्षकहरूबाट म खुशी छु । सबै शिक्षकहरूले यसलाई आफ्नै स्कूल ठान्छन् । त्यही अनुसार तन, मन र धन लगाएर सेवा गरेका छन् ।

समताले गुणस्तरीय शिक्षा दिएको छ ?
मलाई गुणस्तरीय शिक्षाको बारेमा त्यति धेरै थाहा छैन । हामी यहाँ केटाकेटीहरूलाई समाज प्रतिको कर्तव्य, नैतिक शिक्षा, अनुशासनको महत्व जस्ता कुरा बुझाउने काममा विशेष जोड दिइरहका छौं । हामी अलि बढी व्यावहारिक शिक्षामा जोड दिन्छौं । स्थानीय ठाउँ र परिस्थिति सुहाउँदो विषय पनि सँग सँगै पढाउने विचार गरेका छौं । उदाहरणका लागि इलामको स्कूलमा चिया, अलौँचीको खेती बारेमा पनि व्यावहारिक सीप तथा ज्ञान दिनुपर्छ भन्ने हराम्रो मान्यता छ ।

यत्रो स्कूल खोल्ने हिम्मत र आँट चाहिँ कहाँबाट आयो ?
यो योजनाबद्ध ढङ्गले गरिएको कामै होइन । योजना बनाउन थालेको भए हामी आज यो अवस्थामा हुने नै थिएनौँ । योजना बनाएको भए शुरु मै धेरै पैसा चाहिन्थ्यो । त्यो पैसा न मसँग थियो, न त म जुटाउन सक्थेँ । मैले हिम्मत र आँटसहित यो काम शुरु गरेको पनि होइन । यो त यत्तिकै शुरु गरिएको काम हो र यो तत्कालको आवश्यकता टार्ने काम गर्दा गर्दै यहाँसम्म आइपुगेको अभियान हो ।

निरन्तर खटिराख्ने शक्ति र प्रेरणा कहाँबाट प्राप्त हुन्छ ?
हामीले पढाइदिएनौँ भने बच्चा सडकमा पुग्छ । यो नमीठो तथ्यले मलाई थप बच्चाहरूलाई स्कूलमा ल्याउन प्रेरित गर्छ । स्कूलको कम्पाउण्डमा पसिसकेपछि म केटाकेटीहरूको अनुहारमा खुशी छचल्किएको देख्छु । उनीहरू बिहानै देखि स्कूलमा आउँछन्, बेलुका पनि घर जाओ भनेर भन्नै पर्छ । उनीहरू स्कूलमा रमाएको देख्दा मलाई अद्भुत आनन्द आउँछ । त्यो आनन्द नै मेरो शक्तिको स्रोत हो । फिल्म क्षेत्रमा गर्न खोजेको काम गर्न सकिनँ । यता केही राम्रै भइरहेको छ भने यसलाई सफलताको शिखरमा पुर्याउन किन नलाग्ने भन्ने सोचका कारण म खटिरहेको छु ।

अबको योजना के छ ?
अर्को वर्ष दश जोड दुई खोल्ने योजना छ । स्नातकसम्म पढाइ हुने समता कलेज पनि खोल्ने विचार छ । नर्सरीमा रु.१ सय शुल्क तिरेर स्कूलमा पसेको बच्चाले पढ्दै गएर स्नातक पूरा गर्दा पनि त्योभन्दा बढी पैसा तिर्नु नपरोस् भन्ने ठानेको छु ।

स्कूल कति जिल्लामा विस्तार गर्ने योजना छ ?
पछिल्लो समयमा आएर त लौ न स्कूल खोलिदिन परयो, हामी जग्गा दिन्छौं, यति आर्थिक सहयोग गर्छौं भन्ने प्रस्तावहरू धेरैजसो जिल्लाबाट आएको छ । तर माग भए अनुरुप हामी स्कूल खोल्न सक्दैनौं । मेरो विचार मा वर्षमा चारवटा जति जिल्लामा स्कूल खोल्न सकिन्छ होला ।

नेपालका सबै सरकारी र सामुदायिक स्कूललाई समताकै हाराहारीमा ल्याउन सकिँदैन ?
सकिन्छ नि, किन नसक्नु । व्यवस्थापन पक्ष कमजोर भएर सरकारी स्कूलको योगति भएको हो । व्यवस्थापन सुधार गर्ने हो भने निश्चय पनि सबै स्कूलहरू राम्रा हुनेछन् । राजनीतिक हस्तक्षेप बन्द गर्ने , नेता र कर्मचारीले आफ्ना केटाकेटी सरकारी स्कूलमा पढाउने तथा स्कूल व्यवस्थापनलाई स्वतन्त्र तरिकाले काम गर्न दिने हो भने २/३ वर्षमै सरकारी स्कूलमा उल्लेखनीय सुधार आउनेछ । तर राजनीतिक पार्टीहरूले समाज र स्कूलमा जुन विषवृक्ष रोपेका छन्, जरा देखि नै त्यसलाई उखेल्न सबभन्दा बढी समय लाग्छ । तर यो असम्भव भने छैन ।

तपाईं कस्तो मानिस हो ?
त्यो त अरूले मूल्याङ्कन गर्ने कुरा हो । म बच्चै देखि ठूलो कुरा को इच्छा राख्थेँ । उत्ति नै समय लाग्ने हो, कोही एक सय कमाउँछन् त कोही एक हजार अनि कोही पाँच लाख । म चाहिँ ५ लाख कमाउन हिँड्ने खालको मानिस हुँ ।

आजसम्मको अनुभवको निष्कर्ष ?
त्यसै बस्नुभन्दा केही गर्न अग्रसर हुनुपर्ने रहेछ । समाज का लागि केही गर्न खोज्ने मानिसले साथ सहयोग नपाउने भन्ने हुँदोरहेनछ । राम्रै काम भइरहेको छ र सहयोगको दुरुपयोग भएको छैन भन्ने कुरा छर्लङ्ग भएपछि सहयोग पाइँदोरहेछ । समाज को लागि काम गर्दा जुन इज्जत, मर्यादा र सन्तुष्टि प्राप्त हुँदोरहेछ, त्यसबाट प्राप्त हुने आनन्दको केहीसँग तुलना नै हुनसक्दैन ।

commercial commercial commercial commercial