सामाजिक शिक्षाका असली गुरु

आफ्ना पिताको हत्या गर्ने अपराधीहरूका बारेमा एक शब्द टिप्पणी न गरी युवा पण्डित दीनबन्धु पोखरेलले माओवादीको अस्पताल सञ्चालनार्थ पुराणको आयोजना गरिदिएर उहाँले आफूलाई सामाजिक विभागको एक उत्कृष्ट शिक्षक सावित गर्नु भएको छ । तर माओवादीका नेता र कार्यकर्ताले उहाँको यो व्यवहारबाट कति ज्ञान प्राप्त गरे भन्ने बारेमा अहिले नै टिप्पणी गरिहाल्नु हतार हुन्छ ।

नेपाल यतिबेला इतिहासको सबैभन्दा अराजक, हिंस्रक र भद्रगोल समयमा टाक्सिएको छ । राजनीति अत्यन्तै स्वार्थी भएको छ । स्वार्थी भएकै कारण त्यो अराजक र अनुशासनहीन पनि भएको छ । राजनीतिको अराजकता र अनुशासनहीनताका कारण हाम्रा सामाजिक संरचनाहरू पनि भत्किएका छन् । राजनीतिक भाषामा प्रयोग गरिने सङ्क्रमणकाल, हराम्रो सामाजिक जीवनमा विष बनेर आएको छ । मुलुकमा अहिले देखि एको हिंसा, बन्द, जोरजबर्जस्ती जस्ता हीन आचरणहरूले हिजोको नेपाललाई बिर्साउने, तर नयाँ नेपालको निर्माण गर्न नसक्ने अवस्था आइपरेको छ ।

नैतिक मूल्य र मान्यताहरूमा ह्रास आएकै हुनाले वर्तमान पुस्तामा डङ्गुर विकारहरू हुर्किएका छन् । ती विकारहरू राजनीतिमा मात्र छैनन्, सामाजिक जीवनका सबै अङ्गहरू विकारको भारी भएर हाम्रासामु उपस्थित भएका छन् । गाउँमा शान्ति र सुरक्षा दुवै छैन । कतै मधेशवादी बन्दूकेका हिंसात्मक गतिविधिका कारण नागरिक आक्रान्त छन् । कतै जनजाति नामका लडाकूका हिंसात्मक गतिविधिका कारण नागरिक त्रस्त छन् । शहर सापेक्षित रूपमा सुरक्षित त छ तर चोरी डकैती जस्ता असामाजिक क्रियाकलाप ले शहरिया नागरिकको मनको शान्ति हरेर लगेको छ ।

आज हिंसाले अहिंसालाई समाप्त पार्ने किरिया खाएको छ, अराजकताले मर्यादालाई सिध्याउने किरिया खाएको छ । यस्तो अवस्थामा शिक्षक भएर बोल्नु र शिक्षक भएर लेख्नुको खासै अर्थ हुँदैन । त्यसैले देखेका र भोगेका उन्नत संस्कृतिका केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न चाहन्छु ।

म सानो छँदा मेरी आमा भन्नुहुन्थ्यो “तँ पनि अरू केटाकेटी जस्तो हाँसखेलगर् न नानी । कति धुमधुमती घरैमा बसिरहन्छस् हातमा किताब लिएर ।”

म अरू केटाकेटी जस्तो थिइनँ । सङ्गत गर्न नरुचाउने, वल्लोपल्लो घरमा गएर रत्तिन नसक्ने त्यतिबेलाको आफ्नो स्वभाव अहिले पनि सम्झन्छु म । पढ्न भने म असाध्यै रुचि राख्थेँ । मेरो पहिलो गल्ती यही पढाइका कारण जन्मिएको थियो ।
नौ वर्षको थिएँ म र हामीले पढ्ने नेपालीको किताबमा एउटा मीठोगीत थियो– भरियाले बिसायो भारी भञ्ज्याङ्गैको पिपलु छायाँमा ... । त्यसमा केही छोटा कथाहरू पनि थियो र मलाई त्यो किताब चाहिएको थियो । त्यतिबेला त्यसको दाम पचास पैसा थियो । सानै देखि साहित्यमा मेरो रुचि थियो । साहित्यका किताबहरू उसै पनि खोजी खोजी पढ्न थाल्ने भइसकेको थिएँ । त्यस माथि नेपाली साहित्यको पुस्तक त मेरो पाठ्यक्रममै थियो । त्यसैले त्यो मलाई जसरी पनि चाहिएको थियो ।
मेरो पिताजी नेपालीप्रति उदासीन हुनुहुन्थ्यो । आफू खासै मिहिनेत न गरी नेपाली रराम्रो जानेको हुनाले पनि त्यस्तो भएको हुनसक्छ  । त्यसैले उहाँ अङ्ग्रेजी, हिसाब र सामाजिक शिक्षाका किताबहरू भन्नेबित्तिकै किनिदिई हाल्नुहुन्थ्यो । तर नेपालीको किताब किन्ने जाँगरले उहाँलाई कहिल्यै पोल्दैनथ्यो । २०२१/२२ सालतिर किताबको सेट नै हाम्रा गाउँघरतिर पुग्ने त कल्पना पनि गरिँदैनथ्यो । शिक्षक र पुस्तक बिक्रेताहरू पनि अङ्ग्रेजी, विज्ञान र हिसाबका पुस्तकहरूमै जोड दिनुहुन्थ्यो । नेपालीका किताब त असारतिर मात्र पुग्थे ।
नेपाली साहित्य पुस्तक आएपछि मैले पिताजीसँग अनुरोध गरें । आमासँग पनि निहोरा गरें । आमासँग साथमा पैसा भइरहँदैनथ्यो, तर मलाई भनिसकेपछि चाहिन्थ्यो नै ।
केही दिनगनगनमै बिते । अब सोझे औँलाले घिउ आउँदैन भन्ने मलाई लाग्यो ।
आमा पूर्णिमाका दिन ब्रत बस्नुहुन्थ्यो र साँझ्मा चन्द्रमाले क्षितिज छोड्न थालेपछि उहाँ आफ्नो सानो काठको कन्तुरमा राखेको ढ्याके मोहोरको पूजा गर्नु हुन्थ्यो । त्यो मोहोरको अर्थ के हो भन्ने मलाई थाहा थिएन । मलाई यत्ति थाहा थियो– त्यो एउटा मोहोर

हो र एक मोहोर तिरेपछि साहित्यको किताब आउँछ ।
मैले त्यो मोहोर चोर्ने अठोट गरें ।

हराम्रो घरमा पैसा चोर्न खासै गाह्रो थिएन । पिताजी र आमा दुवैलाई छोराछोरीप्रति विश्वास थियो र हामी गाउँका अरू केटाकेटीजस्ता पनि थिएनाँै । त्यसैले घरमा ताल्चासाँचो लगाउने चलन थिएन । मैले सजिलै पैसा चोरेँ र भीमबहादुर श्रेष्ठको पसलमा गएर किताब किनेँ ।

पूर्णिमाको दिन आयो । आमाले कन्तुर खोल्नुभयो । त्यहाँ पैसा थिएन । आमा छाँगाबाट खस्नुभयो ।
मैले नै पैसा झ्किेँ भनेर ठम्याउन आमालाई गाह्रो परेन । म सधैँ पूजाको बेला आमाको छेउमा उभिएको हुन्थेँ । त्यो साँझ् पनि म त्यहीँ थिएँ । पैसा चोरेर साह्रै नरराम्रो काम गरें भन्ने मलाई लागेको पनि थिएन । त्यसैले आमाले अमिलिएको अनुहारले मलाई हेर्दा पनि मलाई केहीजस्तो लागेन ।
“नानी, तैँले पैसा झ्कििस् ?” आमाले सामान्य ढङ्गले सोध्नुभयो ।
“तपाईंहरूले दिनुभएन अनि के गरौँ त ! मैले त किताब किनेर पनि ल्याइसकेँ ।”
आमाले एकपल्ट लामो सुस्केरा तान्नुभयो र मलाई हातमा समातेर आँगनमा निकाल्नुभयो । बाहिर जून झुल्किसकेको थियो । आमाले मेरो हातै समातेर भन्नुभयो, “भगवानलाई प्रणामगर् ।”
पूर्णिमाको जून नै हराम्रो भगवान थियो ।
“भगवान्, यसैका खातिर दश वर्ष देखि पूजा गर्दै आएकी थिएँ । अज्ञानीले पूजाको थाली टिपेछ । मेरो यो कलिलो छोराको शिर माथिको हात नटुटोस् । यसका सबै अपराधहरू मेरो शिरमा परुन् । यसको अपराध माफ होस् ।”
जत्ति नै केटाकेटी भए पनि आमाको पीडायुक्त क्रन्दनले मलाई नछुने कुरै भएन । म एक्कैछिनमा त्यहीँ भक्कानिएर रुन थालेँ । आमाका मायालु हातहरूले मलाई गम्लङ्ग अँगालोमा बाँधे । सानो बच्चालाई बोकेजसरी आमाले मलाई छातीमा बोक्नुभयो र आकाशतिर उक्लिँदै गएको जूनतिर हेरेर फेरि निहोरा गर्नु भयो, “हे भगवान्, यसले माफ मागिसकेको छ ।”

त्यो रात धेरै बेरसम्म मेरोगलाबाट हिक्का आइरह्यो । आमाका खोकिलामा म कतिबेला रुँदै निदाएँ, थाहै भएन ।
भोलिपल्ट थाहा पाएँ– त्यो हराम्रो घरमा भएको चाँदीको मोहोर रहेछ । आमालाई पूजा गर्न सजिलो होस् भनेर मामाले त्यस्तो मोहोरको धेरै खोजी गर्नु भयो । तर चाँदीको मोहोर पाउन सकिएन । आमाले पूर्णचन्द्रलाई अर्घ चढाएर पूजा गर्ने बानी बसाल्नुभयो । तर त्यसपछि का पूर्णिमाहरूमा मैले पनि आमाको कोखामा बसेर भगवान चन्द्रमालाई ढोग्नुपर्ने नियम बस्यो ।
त्यसको तीन वर्षपछि नै आमाको निधन भयो । तर त्यो मोहोर नै मेरो पहिलो र अन्तिम चोरी थियो । त्यसपछि मझेरीमा एक दुई रुपैयाँका नोटहरू देख्दा पनि मेरो आँखामा लोभ उम्रिएन । जहाँ र जतिखेर म फ्याँकिएको पैसा देख्थेँ– छेउमै उभिएको आमाको सुस्केरा र पीडाले मलाई चिमोटिहाल्थ्यो । अहिले पनि बाटाघाटामा झ्रेको पैसा वा नोटको छेउमा पुग्दा मलाई लाग्छ– “नानी, यो कुनै अदनाको सम्पत्ति हो, नछोइकन बाटो लाग् है” भनेर आमा सम्झइरहनु हुँदैछ । त्यसैले आफ्नी आमालाई मेरो नैतिक शिक्षाको पहिलो शिक्षक मान्छु ।

यो मेरो पुरानो अनुभव हो । आजभोलि पनि यस्ता अनुभवको अकाल परिहालेको छैन । काम बिगारालाई माया गरेर सम्झउने संस्कृति नेपालबाट मरिहालेको पनि छैन । तर त्यसको प्रचार र त्यसबाट लिनुपर्ने शिक्षाका बारेमा भने राम्रै कञ्जुस्याइँ भएको छ । त्यसको पहिलो र शीर्षस्थ उदाहरण बन्नु भएको छ, पण्डित दीनबन्धु पोखरेल । दीनबन्धु पोखरेल स्वर्गीय पण्डित नारायणप्रसाद पोखरेलका सुपुत्र हुनुहुन्छ । हिन्दूवादको अँध्यारो खोरबाट नेपाली समाज लाई बाहिर निकाल्ने उद्देश्य लिएर, जातिभेद विरुद्ध आध्यात्मिक क्षेत्रबाट जनचेतना फैलाउँदै हिँडेका नारायणप्रसाद पोखरेललाई माओवादी पार्टीका कार्यकर्ताहरूले मारेका थिए केही वर्ष अगाडि । माओवादीकै कारण पण्डित नारायणप्रसाद पोखरेलको परिवारले दुः ख पायो, परिवार नै छिन्नभिन्न हुने अवस्थामा पुग्यो । केही दिन पहिले माओवादी नेताहरूले आफ्नो अस्पतालको सहयोगार्थ भागवत पुराणको कार्यक्रम आयोजना गर्ने र त्यसका मूलपुरोहित बनी कार्य सम्पन्न गराउन उनीहरू पण्डित दीनबन्धु अर्यालको पाउमा पुगे । हिजो शिवलिङ्गमा गएर रजस्वला भएकी महिलालाई पिशाव गराउने, आध्यात्मवादको प्रचार गरयो भन्ने आरोपमा आफ्नै पिता पण्डित नारायणप्रसाद पोखरेलको हत्या गर्ने माओवादीका अपराधहरूका बारेमा एक शब्द टिप्पणी न गरी युवा पण्डित दीनबन्धु पोखरेलले अस्पताल सञ्चालनार्थ पुराणको आयोजना गरिदिनुभयो ।

दीनबन्धु पोखरेल सामाजिक विभागका उत्कृष्ट शिक्षक त हुनुभयो नै तर माओवादीका नेता र कार्यकर्ताले कति ज्ञान प्राप्त गरे भन्ने बारेमा अहिले नै टिप्पणी गरिहाल्ने बेलाभएको छैन । गुरुको मान राख्न जान्ने चेतना माओवादीमा पलाओस् ।

अर्को एउटा उदाहरण पेशागत शिक्षककै बारेमा पनि उठाउनु यतिबेला सान्दर्भिक भएको छ ।

माओवादीले दोलखा जिल्लाको एपाड (इण्ड अफ पञ्चायत अटोक्रेसी राइज अफ डेमोक्रेसी) माध्यमिक विद्यालयका विज्ञान शिक्षक बुद्धिमान पाख्रिनको हत्या गरे बीभत्स रूपमा सेरेर । उसो त माओवादीबाट हत्या गरिएका शिक्षकहरूको ठूलो सङ्ख्या विज्ञान र अङ्ग्रेजी शिक्षककै छ । दुर्गमस्थानमा कुनै अतिरिक्त महत्वाकाङ्क्षी योजना नबनाई बालबालिकालाई शिक्षा दिने शिक्षकलाई बिनाकारण मार्ने टोलीकी नेतृ देवी खड्का र हत्या गरिएकी पाख्रिनकी श्रीमती शान्ति पाख्रिन एकैचोटि पुनः स्थापित संसद्का मान नीय सदस्य हुन पुग्नुभयो । सांसद् भएपछि बेलामौकामा बोल्नै पर्ने भयो । एकदिन श्रीमती शान्ति पाख्रिनले पोडियममा उभिएर आफ्ना शिक्षक पतिको बर्बर हत्याको प्रसङ्ग उठाउनुभयो र उहाँले सम्पूर्ण माओवादीलाई आह्वान गर्दै भन्नुभयो, “हिजो हाम्रा आफन्तहरूको ज्यान मार्नेहरू पनि यहाँ आउनुभएको छ र मारिनेका हामी विधवाहरू पनि यहाँ उपस्थित भएका छौँ । हामी दुवै हिजो भएको हत्याहिंसालाई बिर्सौं र नयाँ नेपालको निर्माणका लागि हातेमालो गरौँ ।

जतिबेला शान्ति पाख्रिन संसद्को सभाभवनमा बोलिरहनु भएको थियो, त्यतिबेला विज्ञान शिक्षक बुद्धिमान पाख्रिनलाई मार्ने देवी खड्का पनि श्रोता भएर बसिरहनु भएको थियो । त्यतिबेला धेरै सांसद्हरूले शान्ति पाख्रिनको बोली र दृष्टिकोणलाई सह्राएको देखि यो । यतिबेला मान नीय देवी खड्का के सोचिरहनु भएको छ कुन्नि ! सही विश्लेषण गरेर भन्ने हो देवी खड्कामार्फत श्रीमती शान्ति पाख्रिन माओवादीको असल शिक्षक हुनुभएको छ ।

commercial commercial commercial commercial