सञ्जीवनीका बुटी

“राजनीतिक दलमा लाग्नेहरू शिक्षक नै होइनन् । स्वच्छ शिक्षक नभई छात्रछात्रालाई ज्ञान दिन सकिँदैन । राजनीतिक दलको पछिलाग्नेले विद्यार्थीलाई पढ्न होइन, दलकै झेला बोक्न सिकाउँछन् ।”

काभ्रेको धुलिखेलमा ६२ वर्षअघि खोलिएको सञ्जीवनी स्कूल (हालको सञ्जीवनी उमावि)को आर्थिक÷भौतिक प्रगति र सांस्कृतिक उन्नतिमा महŒवपूर्ण योगदान छ । तर, सञ्जीवनीलाई ‘साँच्चै’ सञ्जीवनी बनाउने काम काठमाडौंका पूर्णमानसिंह बस्नेतले गरेका थिए भन्ने तथ्यसँग पछिल्लो पुस्ताका शिक्षक, विद्यार्थी र अभिभावकहरू कमै परिचित पाइन्छन् ।

१ साउन २०१८ मा मावि शिक्षक भएर सञ्जीवनी छिरेका पूर्णमान २०२० सालदेखि २०४९ सालसम्म सञ्जीवनीका हेडमास्टर रहे । दुई वर्ष शिक्षक र २९ वर्ष ‘प्रअ’ रहँदा पूर्णमान सरले सञ्जीवनी हाईस्कूलको कायापलट मात्र गरेनन्, काभ्रेका धेरैलाई सुयोग्य र सफल नागरिक हुने अवसर पनि दिलाए । सञ्जीवनीलाई गुनै गुन लगाएकाले अवकाशको दुई दशकपछिसम्म पनि बस्नेतलाई धुलिखेलको पुरानो पुस्ताले ‘हेडसर’कै रूपमा सम्झ्रिहेको छ ।

काठमाडौंको असनमा जन्मेका बस्नेतको निम्ति २०१३ सालमा त्रिचन्द्र क्याम्पसबाट स्नातक सक्दा सैनिक अधिकृत हुने अवसर थियो । उनका बाबु÷बाजे सबै सैनिक सेवाको उच्च ओहोदामा थिए । तैपनि बस्नेत चाहिँ तत्कालीन समाजमा शिक्षाको ज्योति फैलाउने रहर र अठोट बोकेर २०१५ सालमा बनेपाको आजाद हाईस्कूल पुगे । स्नातक गरेका शिक्षक दुर्लभ रहेको त्यतिबेलाको परिवेशमा पूर्णमानसिंह ‘बीए माड्साप’ भनेर पुकारिन्थे ।

सञ्चालक समितिका अध्यक्षले हेडमास्टर भएर काङ्ग्रेसलाई सहयोग गर्न आग्रह गरेपछि पूर्णमानको आजाद हाईस्कूलसँगको सम्बन्ध टुङ्गियो । उनले “विद्यालयमा सबै पार्टीमा आवद्ध अभिभावकका छोराछोरी पढ्छन् । त्यसैले हेडमास्टर निष्पक्ष हुनुपर्छ । कुनै पार्टीप्रति आवद्ध व्यक्ति हेडमास्टर भएमा ऊ निष्पक्ष हुन सक्दैन” भन्दै अध्यक्षको प्रस्ताव अस्वीकार गरे । त्यसपछि शुरु भयो उनको र सञ्जीवनी माविको सहयात्रा । बस्नेत आज पनि भन्छन्, “राजनीतिक दलमा लाग्नेहरू शिक्षक नै होइनन् । स्वच्छ शिक्षक नभई छात्रछात्रालाई ज्ञान दिन सकिँदैन । राजनीतिक दलको पछिलाग्नेले विद्यार्थीलाई पढ्न होइन, दलकै झेला बोक्न सिकाउँछन् ।” उनले आफ्नो आदर्शलाई आजीवन पालना गरे । उनले ठड्याएको सञ्जीवनी स्कूल अझ्ै पनि दलीय राजनीतिको प्रभावबाट धेरै हदसम्म मुक्त भेटिन्छ ।

बस्नेतको सङ्गत पाएका धेरै शिक्षकले उनकै आदर्श पछ्याएको भेटिन्छ । बनेस्तका सहकर्मी तथा सञ्जीवनी उमाविका पूर्वप्रअ अमरनाथ योगल भन्छन्, “उहाँको सङ्गत गरेका धेरै शिक्षक अझ्ै पनि शुद्ध छन्, त्यो मामिलामा म पनि शुद्ध नै रहन सकेँ ।”
२००६ सालमा स्थापना भए पनि बस्नेत प्रअ हुँदासम्म सञ्जीवनी स्कूलको भौतिक÷शैक्षिक स्थिति नाजुक थियो । छात्रछात्राको सङ्ख्या न्यून थियो भने तिनलाई पढाउने शिक्षक पाउन कठिन हुन्थ्यो । विद्यालय सञ्चालन गर्न धुलिखेलका गृहिणीको मुठीदान र व्यापारीको चन्दाले ठूलो टेवा दियो । स्कूलप्रतिको बस्नेतको त्याग र लगनशीलताका कारण उनी प्रअ भएको वर्ष दिन नपुग्दै सञ्जीवनी हाईस्कूलका छात्र शङ्करप्रसाद काफ्ले २०२१ सालको एसएलसी बोर्डमा पाँचौं स्थान हासिल गर्न सफल भए । २०३३ सालमा डा. रामकण्ठ श्रेष्ठ एसएलसी बोर्डको दशौं स्थानमा आए । यसअघि २०३२ सालमा बस्नेतका छात्र भगवान दासले एसएलसी बोर्डमा तेस्रो स्थान हासिल गरेका थिए । एसएलसीको परिणाम, पठनपाठन तथा भौतिक सुविधा र अतिरिक्त क्रियाकलापहरूमा राम्रो परिणाम प्रदर्शन गरेको आधारमा सरकारले सञ्जीवनी हाईस्कूललाई २०३४ सालमा काभ्रेको ‘नमुना विद्यालय’ घोषणा ग¥यो । त्यतिबेलासम्म जिल्लामा एउटा मात्र नमुना स्कूल हुन्थ्यो ।

पूर्णमानसिंह सरको कार्यकालसँगै शुरु भएको एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्ने सञ्जीवनीको परम्परा अझ्ै पनि कायम रहेको पाइन्छ । एसएलसीमा प्रथम श्रेणी हासिल गर्ने आफ्ना छात्रछात्रालाई पूर्णमानले सञ्जीवनीमा पढाउने अवसर दिन्थे । सञ्जीवनी उमाविका अहिलेका २४ शिक्षकमध्ये प्रअ वेदप्रसाद कोजु, सहायक प्रअ निर्मलाकुमारी योगलसहित १४ जना शिक्षक बस्नेतकै छात्रछात्रा हुन् । तिनैमध्येका सानुकाजी महत सञ्जीवनीका गणित तथा विज्ञान शिक्षक हुन् । उनी २०६२ देखि शैक्षिक तालिम उपकेन्द्र काभ्रेको प्रमुखको रूपमा काजमा छन् ।

महतले २०३७ सालमा सञ्जीवनीबाट एसएलसी प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए । पूर्णमानसिंहले एसएलसी दिएपछि सञ्जीवनीमा महतलाई स्वयंसेवक शिक्षक राखेका थिए । २०४२ सालमा आइएस्सी सकेपछि उनी सञ्जीवनीमा फेरि एक वर्ष स्वयंसेवक शिक्षक भए । २०४५ सालमा विज्ञान विषय लिएर बीएड सकेपछि उनी निजी स्रोतमा विज्ञान शिक्षक नियुक्त भए । २०४९ सालमा पूर्णमानले अवकाश पाएपछि सानुकाजी सोही दरबन्दीमा मावि शिक्षक भए । सानुकाजी भन्छन्, “छात्र र सहकर्मीको रूपमा मैले उहाँभित्र महान् हेडमास्टरको व्यक्तित्व देखेको छु ।”

पूर्णमानसिंह सधैँ ९ः४५ मा विद्यालय पुगिसक्थे । विद्यालयमा बस्नेतको अनुपस्थिति सामान्यतया हुँदैनथ्यो । स्कूलभित्र कागजको टुक्रा देखे आफैं टिप्ने, विद्यालय फोहोर हुनै नदिने, शिक्षक नहुँदा कक्षा खाली नराख्ने, गृहकार्य नगर्ने छात्रछात्रालाई गृहकार्य गराउने, पाठ योजना अनुसार कक्षामा जाने आदि बस्नेतका शिक्षक जीवनका विशेषता हुन् । अङ्ग्रेजी शिक्षण अङ्ग्रेजी माध्यममा गर्ने, सहकर्मी शिक्षकहरूलाई फकाएर काम लगाउने, छात्रछात्रालाई अतिरिक्त क्रियाकलापमा लगाउने, शिक्षकलाई सधैँ पढ्न अभिप्रेरित गर्ने गरेका कारण पूर्णमानको कार्यकाललाई शिक्षक–अभिभावकले सञ्जीवनीको ‘स्वर्ण युग’ भन्ने गरेका छन् ।

पूर्णमानसिंहको सक्रिय जीवनको अधिकांश समय धुलिखेलमै बित्यो, काठमाडौंको सान–सौकात र भारदारी रवाफले उनलाई छोएन । स्कूलको नेतृत्व गरुञ्जेल बिदामा नबसेकाले २०४४ सालमा घाँटीको बिरामी (ल्यारिनज्याइटिस) भएर वर्ष दिन थलिँदा पनि पूर्णमानसिंहलाई विद्यालयले तलबी बिदा दियो । किनभने घरपायक नभएर पनि बस्नेतले सञ्जीवनीको सेवामा जीवन अर्पण गरेका थिए । बस्नेतको अनुशासन र उच्च नैतिकता धेरैको प्रेरणाको स्रोत बनेको छ । सानुकाजीका शब्दमा “बस्नेतको व्यक्तित्वको बयान गर्न गाह्रो छ । उहाँ धुलिखेलको आस्थाको धरोहर हो ।”

पूर्णमान बस्नेतले आफ्ना दुई छोरालाई मावि तहको शिक्षा सञ्जीवनीमै दिए । सञ्जीवनीबाट एसएलसी गरेका उनका छोरा निरञ्जनसिंह अहिले प्राइभेट फर्ममा काम गर्छन् भने कान्छा छोरा अरुणसिंह हेल्प नेपालका अध्यक्ष छन् । अरुण भन्छन्, “मैले कक्षा ८ सम्म काठमाडौंको निजी स्कूलमा पढेको हुँ । तर, ९ र १० सञ्जीवनी स्कूल पढ्दा निजी स्कूलको भन्दा गतिलो शैक्षिक वातावरण पाएको थिएँ ।” २०१४ सालमा हाईस्कूल सञ्चालनको स्वीकृत पाएको सञ्जीवनी त्यसको १४ वर्षपछि बहुउद्देश्यीय विद्यालयमा परिणत भएको थियो ।

देशभरिका सरकारी स्कूलमा यता आएर अङ्ग्रेजी माध्यममा पढाउने लहर चलेको छ । तर, बस्नेत सरले सञ्जीवनीमा २०३९ सालमै अङ्ग्रेजी माध्यममा छुट्टै कक्षा शुरु गरेका थिए । २०४३ सालदेखि सञ्जीवनीमा दृष्टिविहीन छात्रछात्राका निम्ति एकीकृत शिक्षा सञ्चालन गरिएको थियो । बस्नेतकै कार्यकालमा २०४८ सालदेखि सञ्जीवनीमा उमावि तह सञ्चालन गरियो । २०६० सालदेखि काठमाडौं विश्वविद्यालयको सहयोगमा उमाविमा विज्ञान सङ्काय पनि सञ्चालित छ । विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायमा उमावि कक्षा चलाएको सञ्जीवनीलाई सरकारले २०६२ सालमा देशकै ‘नमुना उमावि’ घोषणा गरेको थियो ।
पार्किसन रोग लागेर अहिले चाबहिलको शान्ति गोरेटोस्थित घरमा थलिँदा पनि पूर्णमानसिंह सरलाई आफूले धुलिखेलका जनता र स्कूलका निम्ति गरेको योगदानले सन्तुष्टि दिइरहेको छ । उनले शिक्षक प्रतिनिधिलाई भने, “स्कूललाई प्राण ठानें, अभिभावकले पनि सहयोग गरे । त्यसैले मनमा तुष र खेद छैन । बिरामी भएर थलिँदा पनि धुलिखेलका जनताको अपार माया र सम्मान पाएको छु । यही नै मैले कमाएको सम्पत्ति हो । म पूर्ण सन्तुष्ट छु ।”

सञ्जीवनी स्कूलको उन्नतिमा पु¥याएको योगदानकै कारण बस्नेतले राष्ट्रिय शिक्षा पुरस्कार, महेन्द्ररत्न भूषणलगायत दर्जनौं सम्मान र पुरस्कार प्राप्त भएका छन् । २०४९ मा अवकाश पाएका बस्नेतको औपचारिक बिदाइ विद्यालय परिवारले ३ जेठ २०५० मा ग¥यो । उक्त दिन बस्नेतलाई धुलिखेल बसपार्कबाट हजारौंको जुलुसको बीचमा हिँडाएर सञ्जीवनी पु¥याइएको थियो । बिदाइ समारोहपछि धुलिखेलवासी उनलाई पु¥याउन दर्जनौं बस–मिनीबस ‘रिजर्भ’ गरी काठमाडौंको चाबहिलसम्मै आएका थिए । उनी भन्छन्, “मैले आर्जन गरेकै माया, सद्भाव र सम्मान थियो त्यो ।” सञ्जीवनी उमाविको प्रगति र पूर्णमानको व्यक्तित्वमा महŒवपूर्ण समानता छ । त्यो हो– सञ्जीवनी उमाविले शैक्षिक र भौतिक विकासमा उच्च सफलता हासिल गरेको छ भने पूर्णमानसिंह बस्नेतको पेशागत व्यक्तित्व, निष्ठा र मिहिनेतले उनलाई पूर्ण सन्तुष्टि प्रदान गरेको छ । पूर्णमान सर स्वस्थ, सुखी र दीर्घजीवी होऊन् !

commercial commercial commercial commercial